अहिलेसम्मकै सुनको रेकर्ड तोड्यो

अहिलेसम्मकै सुनको रेकर्ड तोड्यो

सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। २३ गते ७६ हजार ५ सय रुपैयाँमा पुगरे सुनको मूल्यले त्यसअघिका रेकर्ड तोडेको थियो। सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारका लागि नेपाली बजारमा प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार ७ सय पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय मिडियाहरुले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्। नेपाली सुनचाँदी व्यवासायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरिरहेको छ। सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको  हाे। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।

सुनको भातभान्सा त्यागेर – व्यवसायिक साम्राज्य

आन्तरिक बजारमा सुनको माग घटिरहेका बेला प्रतितोला ७६ हजार ५ सय पुगेपछि बुधबार सुनको मूल्यले नयाँ उचाईं छोयो। सुनको भाउ अझै बढ्दै जाने पनि विश्लेषण भइरहँदा बजारमा माग ७५ प्रतिशतसम्म घटेको छ।
संक्रमणकालीन हाम्रो अर्थतन्त्र र सुनको बजारको स्थिति एकदमै नराम्रो छ। यसपटकको ज्वेलरी एक्स्पो लागि चुनौती र अवसर दुवैले अन्तरिक बजारबाट बाहिर निस्किएर अन्तर्राष्ट्रिय बजारमा नयाँ उचाईं छोयो।