अध्यक्ष दाहालको प्रतिवेदन – माओवादी केन्द्रीय छोराछोरीलाई अनिवार्य सरकारी स्कुल पढाउने

अध्यक्ष दाहालको प्रतिवेदन – माओवादी केन्द्रीय छोराछोरीलाई अनिवार्य सरकारी स्कुल पढाउने

काठमाडौँ  : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ८ औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको छ । अध्यक्ष दाहालको प्रतिवेदनमा मंगलबार र बुधबार बिहान छलफल गरेको समूह १० ले सुझावमा भनेको छ, ‘पार्टीका केन्द्रीय सदस्यका छोराछोरीलाई सामुदायिक (सरकारी) विद्यालयमा अनिवार्य पठाउने व्यवस्था गर्नुपर्छ ।’  प्रत्यक्ष निर्वाचित कार्यकारीबारे पनि पार्टीको कुरा स्पष्ट पार्नेपर्ने सुझाव दिएको छ । ‘पार्टीभित्र आचरण, संस्कृति, वर्ग उठान, एनजिओको बारेमा स्पष्ट दृष्टिकोण, प्रत्यक्ष कार्यकारी, सरकारमा सहभागी हुनेहरूको आचरणको विषय, संघीय संरचनाअनुसारको वैज्ञानिक शिक्षा नीति लागू गर्नुपर्छ,’ सुझावमा भनिएको छ, ‘कालापानी, लिपुलेक, लिम्पियाधुराको नक्सा पारित गरेको स्वामित्व ओलीलाई नदिएर हामीले लिनेगरी दस्तावेजमा प्रष्ट उल्लेख गर्नुपर्छ । विश्व कम्युनिस्ट आन्दोलनबारे छोटो चर्चा गरेर साम्राज्यवादविरूद्व एउटा विश्व मोर्चा खडा गर्नुपर्छ । साम्राज्यवादी उत्पीडनको ठोस रूप के हुन स्पष्ट गरिनुपर्छ ।’

राजनीतिक प्रतिवेदनमा सुझाव दिने क्रममा गण्डकी प्रदेशका प्रतिनिधि रहेको गण्डकी प्रदेशका प्रतिनिधिले पार्टी केन्द्रीय सदस्यका सन्तानलाई अनिवार्य रूपमा सरकारी स्कुलमा पढाउने व्यवस्था गर्नुपर्ने भनेको छ । अध्यक्ष दाहालको प्रतिवेदनमा पछिल्लो समय कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारेका प्रभावबारे स्पष्ट उल्लेख गर्दै त्यसकार असरबारे पनि चर्चा गर्नुपर्ने उक्त समूहले सुझाव दिएको छ ।

स्मार्ट लाइसेन्स छपाईले निरन्तरता पाउँदै – १४ लाख स्मार्टकार्ड छाप्दै

विगत डेढ बर्षदखि रोकिएको स्मार्टकार्ड छपाईले पुनः निरन्तरता पाउने भएको छ । यातायात विभागका इन्जिनियर सन्तोष पोखरेलले आज ३ बजेदेखि औपचारीक कार्यक्रम मार्फत लाइसेन्स छपाई र वितरण कार्य हुने बताए ।  फ्रान्सेली कम्पनी सेल्प एसएसएलले यातायात व्यवस्था विभागलाई १४ लाख स्मार्टकार्ड उपलब्ध गराएको एक महिनापछि आज मंगलबारदेखि छापाई सुरु हुने भएको हो । स्मार्ट लाइसेन्स आपूर्तिको जिम्मा पाएको फ्रान्सेली कम्पनीले डेढ बर्ष स्मार्टकार्ड ल्याउन ढिलाइले लामो समय स्मार्टकार्ड छपाई रोकिएको थियो भने अर्जेन्टका लागि दिइने लाइसेन्स पनि छाप्न सकेको थिएन ।

नेपालमा कोरोना भाइरसका कारण भएको पहिलो चरणको बन्दाबन्दीपछि स्मार्टकार्डको सर्टेजले स्मार्टलाइसेन्स छपाई र बितरण रोकिएको थियो ।    मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु कुमारी यादवले उद्घाटन गर्दै फ्रान्सेली कम्पनीले गत एक महिना अघि नेपाल ल्याएको स्मार्टकाड लाइसेन्स छपाई सुरु गर्ने कार्यक्रम छ । ईन्जिनियर पोखरेलका अनुसार अब छपाईं हुने स्मार्टलाइसेन्सको डिजाइन र फम्र्याट फरक हुने छ । अहिले वितरण भइरहेको स्मार्टलाइसेन्स प्रविधि मैत्री नभएको र पुनरावलोकन गनुपर्ने जरुरी देखिएकाले पनि कार्ड फरक देखिने उनको भनाई छ ।

 

बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता

मंसिरको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्सले (NLIC) अग्रता लिएको छ । कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात मंसिर अन्त्यसम्मको अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । आगामी दिनमा यसलाई अरु बढाउने योजनाका साथ काम गरेको कम्पनीले जनाएको छ । पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिरको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो । सुचकको अब्बलतालाई कायम गर्दै नेपाल लाइफ अगाडि बढ्दै आएको छ । जसलाई कम्पनीको समग्र वित्तीय सूचकले समेत प्रष्ट पार्दछ । आ.व. २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग  ११८.७६ अर्ब रूपैयाँको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४०.५० अर्ब रूपैयाँको सर्वाधिक दावी भुक्तानी, ७.१९ अर्ब रूपैयाँको सर्वाधिक चुक्ता पुँजी रहेको छ । साथै अधिकांश सुचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ ।

जीवन बीमाको विश्वसनीयता तथा जीवन बीमामा आकर्षण बढाउने उद्देश्यका साथ कम्पनीले पुष ६ गते देखि “नेपालकै नं. १” अभियान सार्वजनिक गरेको थियो ।

 

Vianet launches high speed cost-effective internet plan

24th December 2021, Kathmandu: On the occasion of New Year 2022, Vianet has launched a new offer with Mini Internet plans targeted towards low Internet usage households. Vianet launches high speed cost-effective internet plan. 75 Mbps Internet at Rs. 800 per month with 48 GB Ncell Data Free .

Under the Mini line of products, Vianet has launched Mini-75 pack where customers will be able to enjoy super-fast speed of 75 Mbps Internet at only Rs. 800 per month on annual subscription. As a part of their New Year offer, Vianet is also providing a free Ncell Sim card with subscription to their Mini Internet plan. The Ncell Sim card comes with free 4GB mobile data every month for a year, which means customers will be able to enjoy a total of 48 GB mobile data in a year. Additionally, customers will also be able to enjoy various Ncell services free of chargeincluding50 minutes free talk time to other Ncell numbers and 50 free SMS per month. Furthermore, customers will also get free monthly talk time of 50 minutes to call Vianet call-center and an extra 1GB monthly data to use Vianet mobile app.

 

Only two weeks ago,Vianet had released its Ultra-Fi line of products – Internet plans that promises to give its users highest Internet speeds at the lowest prices. The highlight of the Ultra-Fi product line was the 175 Mbps internet plan which comes with up to 2 ViaTV subscriptions and is priced at only Rs. 1250 per month on annual subscription.

 

With the Mini Internet product line, Vianet hopes to cater to not only the general population but also the niche market of households that require high speed Internet but have limited usage.

 

More Information: https://www.vianet.com.np/mini/

 

Vianet is a leading Internet and TV solution provider in Nepal and has been offering its customers new and innovative internet solutions for both personal and professional usages.

 

Tel Aviv named world’s new most expensive city to live in

Last year’s leader – Paris – slipped to second, closely followed by Singapore. Among other cities in the most expensive top 10 are, in succession, Zurich, Hong Kong, New York, Geneva, Copenhagen, Los Angeles, and Osaka. Economist Intelligence Unit (EIU) released its December 2021 worldwide cost of living index yesterday, and the world’s new most expensive city, according to EIU, is quite a shocker.

The EIU’s survey assessed the cost of living across 173 global cities and compared the prices of over 200 everyday products and services. Israel’s Tel Aviv has been crowned as the world’s most expensive city to live in, jumping to the top of the list, from fifth place last year, for the first time ever. According to the EIU, Tel Aviv climbed up the rankings due to the rise in the Israeli currency, the shekel, “buoyed against the [US] dollar by Israel’s successful COVID-19 vaccine rollout,” which was one of the quickest in the world.

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सुरु

११ पुस, काठमाडौं : नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनलाई माओवादीले ८औं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरिसकेको छ । सम्मेलनको कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो १ बजे उद्घाटन हुन लागेको हो । सम्मेलनमा सहभागी हुने माओवादीका प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । सम्मेलनमा १६०० बढीको हाराहारीमा प्रतिनिधि सहभागी हुनेछन् । १४८३ नियमित प्रक्रियाबाट छानिएका र १० प्रतिशत अर्थात १४८ जना मनोनीत प्रतिनिधि सहभागी हुनेछन् ।

शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई आज बिहान ८ बजे बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ । हालसम्म अध्यक्षमा पुष्पकमल दाहाल नै दोहोरिने निश्चित जस्तै छ ।

 

 

भाडामा बस्नेले पनि छुट्टै बिजुली मिटर

९ पुस, काठमाडौं  : मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री भुसालले यसबाट शहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौँ जनता लाभान्वित हुने छुट्टै मिटर लिन सक्ने बताएकी छिन् ।   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भाडामा बस्नेले पनि प्राधिकरणबाट छुट्टै मिटर लिन सक्ने बताएकी छिन् । कोठामा बस्नेसहित अपार्टमेन्ट तथा कोलनीमा बस्नेले समेत छुट्टै मिटर लिएर ग्राहक बन्न दिने व्यवस्था गरिएको उनले बताइन् । मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्युत खपतका नीति बनाएर प्रभावकारी कार्यान्वयन गरिने पनि बताएकी छिन् ।

प्राधिकरणले तोकिएभन्दा बढी महसुल नलिन र नतिर्न आग्रह गरेपनि शहरी क्षेत्रमा बढी महसुल उठाउने प्रचलन हटेको छैन । अब प्राधिकरणले आफ्नो विनियमावलीमै यस खालको व्यवस्था गरेको हो ।   नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सहकार्य गरी आगामी दुई वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण गर्न कार्ययोजना बनाएर काम अगाडि बढाएको उनले जानकारी दियन् ।

नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीमार्फत निर्माणाधीन आयोजनाको निर्माण कार्यलाई तिब्रताका साथ अगाडि बढाउने कामको निरन्तर नियमन भइरहेको  छ ।

मन्त्री भुसालका अनुसार २० युटिनभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई (सामुदायिक संस्थाअन्तर्गतका ग्राहकसमेत) निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय कार्यान्वयनमा आइसकेको छ । अधिकतम् विद्युत खपत गर्ने ग्राहकको महसुल पनि प्रतियुनिट १ रुपैयाँ घटाएर रु ११ बनाइएको छ । आफूले गरेको निर्णयले विपन्न वर्गलाई सहुलियत मिलेको छ र धेरै विद्युत खपत गर्ने ग्राहकलाई प्रोत्साहन मिल्ने उनको दावी छ ।

‘चपली हाइट ३’ का कलाकारले पारिश्रमिक पाएनन् !

नेपालमा कलाकारहरुले तीन चरणमा पारिश्रमिक पाउने गरेका छन् । नेपाली फिल्म क्षेत्रमा कलाकारहरुले पारिश्रमिक नपाएको खबर प्रायः सुन्नमा आइरहन्छ । फिल्म साइन गरेपछि पहिलो चरणको, छायांकन सकिएपछि दोस्रो चरणको र डबिङ सकिएपछि अन्तिम चरणको पारिश्रमिक पाउँछन् । तीन वर्ष अगाडि फिल्म ‘रोज’ बाट पूरा पारिश्रमिक नपाएको भन्दै अभिनेता प्रदीप खड्का, अभिनेत्री परमिता आरएल राणा कानुनी उपचारमा समेत जाने तयारीमा थिए ।  पारिश्रमिक नपाएपछि कलाकार राजाराम पौडेलले पनि मिडियामा गुनासो पोखेका थिए । कलाकारहरुले पहिलो चरणबाहेक अरु पारिश्रमिक पाउन निर्मातासँग युद्ध नै लड्नु पर्छ । पारिश्रमिक लेनदेनको विषयले निर्माता र कलाकारबीच बोलचाल समेत हुँदैन ।

बाङ्ग्लादेशमा तीनतले डुङ्गामा आगलागी

बाङ्ग्लादेशमा एउटा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको छ। डुङ्गामा ५०० जना यात्रु रहेको बताइएको छ। त्यहाँको सुगन्धा नदीमा उक्त घटना भएको हो।

घटना भएको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले अहिलेसम्म कम्तीमा ३७ वटा शव फेला पारिएको छ। डुङ्गामा आगो लाग्दा कैयौँ यात्री नदीमा हाम फालेको अधिकारीहरूले बताएका छन्। “मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ। धेरैजसोको मृत्यु आगोले जलेर भएको छ भने केही आगलागी भयो भनेर पानीमा हामफाल्दा डुबेर मरेका छन्।”