पालुङटारमा दाँदे लगाउँदै बाबुराम

पालुङटारमा दाँदे लगाउँदै बाबुराम

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई गृहजिल्ला गाेरखामा  असार १५ मनाउन  आएका हुन्। अर्थात् धान दिवसको दिन आइतबार भट्टराई आफ्नै गाउँ गोरखामा गोरुसँगै खेत हिल्याइरहेको अवस्थामा देखिएका हुन्।

धान दिवसको अवसरमा भट्टराई पालुङटार नगरपालिका-१ खोप्लाङ गोरखा पुगेका थिए। उनको पुर्ख्यौली गाउँ त्यहीँ हो। त्यहाँ मल्टीपर्पोज कृषि फर्मले कार्यक्रम आयोजना गरेको थियो। पूर्वप्रधानमन्त्री भट्टराईले धान दिवसमा गोरुसँगै दाँदे लगाए।

पालुङटार नगरपालिका-१, खोप्लाङस्थित ज्यतिचौतारामा बाबुराम किसानहरूसँगै रोपाईँमा सहभागी भइ दाँदे लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो गाउँमा  १५ असार मनाउदैँ गरेको फोटो राखेका छन्।धेरै किसानहरूले धान रोप्दै मुलुकभर धान दिवस मनाएका छन्। आजकै दिन धान रोप्दै हिलो खेल्ने चलन पनि छ। आम किसान मात्र होइन, राष्ट्रिय जीवनका चर्चित पात्रहरू पनि आजका दिन रोपाईँमा रमाउँछन्।हातमा कोदाली लिएर उनी हिलो खेतमा देखिएका छन्। ट्वीटरमा उनले धान दिवसमा आफ्नो सहभागिताका केही तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कृषिको आधुनिकीकरण र व्यवसायिकरणमा जोड दिऔं, स्वदेशमै रोजगार सिर्जना गरौं। कृषिमा आत्मनिर्भर बनौं।’

यूनियन लाइफ इन्स्योरेन्स असार २४ गतेदेखि आईपीओ निष्काशन गर्ने

यूनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।  इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ। इक्रा नेपालले इन्स्योरेन्सलाई इक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ। सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।  सो आइपीओमा छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ। आईपीओ निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ।

उखरमाउलो गर्मी मृत्यु हुनेको सङ्ख्या ६० नाघ्यो

क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढिरहँदा कैयौँ मानिसहरूको मृत्यु भएको छ। ब्रिटिश कोलम्बियास्थित प्रहरीले सोमवार यता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको जनाएको छ र त्यसमा ज्येष्ठ नागरिकहरू धेरै छन्। गर्मी बढ्दा त्यसले मानिसहरूको मृत्यु भएको बताइएको छ। ब्रिटिश कोलम्बिया स्थित लीटनमा तापक्रम आइतवार ४६.६ डिग्री सेल्सियस थियो भने सोमवार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको थियो। इन्भाइरोन्मेन्ट क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिश कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ। त्यसबाहेकका उत्तरपश्चिमी भूभागलाई पनि सूचना जारी गरिएको छ।

अमेरिकाको पोर्टल्याण्ड र सियाटलमा तापक्रम बढी छ। सन् १९४० यता तथ्याङ्क राख्न थालेयता अहिले त्यहाँ सबैभन्दा बढी तापक्रम पुगेको छ। अमेरिकाको न्याश्नल वेदर सर्भिसका अनुसार ओरेगनको पोर्टल्याण्डमा तापक्रम ४६.१ डिग्री सेल्सियस पुगेको छ भने सियाटलमा ४२.२ पुगेको छ।

कोभिड नेपाल: थप २,६३८ जनामा सङ्क्रमण, २० जनाको मृत्यु

अहिले देशभरिका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २६ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। नेपालमा थप २,६३६ जनामा कोरोनाभाइरस सङ्क्रमण र २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार बताएको छ।

पछिल्लो २४ घण्टामा ११,७४८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ४,४८९ परीक्षण एन्टिजन विधिबाट गरिएको हो। कुल परीक्षणको २२.४ प्रतिशतमा सङ्क्रमण देखिएको हो। सो अवधिमा ४,३४८ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९३ प्रतिशत पुगेका छन्।  नेपालमा सङ्क्रमितको कुल सङ्ख्या छ लाख ७० हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,०७१ पुगेको छ। अहिले कुल ३२,३४९ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,९६१ जना संस्थागत आइसोलेशनमा रहेका छन्। कुल सक्रिय सङ्क्रमितमध्ये ८,२३० जना काठमाण्डू उपत्यकामा रहेका छन्।

इंग्ल्याण्ड जर्मनीलाई हराउँदै युरोकपको क्वार्टरफाइनलमा

  असार, काठमाडौं :  मंगलबार राति भएको खेलमा जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबलकोक्वार्टरफाइनलमा पुगेको छ ।  इंग्ल्याण्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो छ ।

किराना पसल दिनभर खुल्ने


काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य सामग्री र पाठ्यपुस्तकको पसल साँझ ६ बजेसम्म खुल्ने र भाँडापसल, फेन्सी, हार्डवेयरजस्ता ,अरु पसल ११ बजेदेखि ६ बजेसम्म सञ्चालन हुन दिने निर्णय गरेको  छ ।

उपत्यकामा खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री पसल, खेलकुद सामग्री पसल र स्टेशनरी पसल साँझ ६ बजेसम्म खुल्ने निर्णय गरेको  छ ।

त्यस्तै डिपार्टमेन्टर स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री अटोमोवाइल पार्टस् ,इलेक्ट्रोनिक्स, निर्माणजन्य सामग्रीकोपसल भने विहान ११ देखि ६ बजेसम्म सञ्चालन हुनेछन् ।

अत्यावश्यक वस्तुको अनलाइन अर्डर, टेक अवे र होम डेलिभरी साँझ ७ बजेसम्म गर्न पाइनेछ । सवारी साधन मर्मतका लागि वर्कसप साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।त्यस्तै सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङपुल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखानाहरु भने सञ्चालन गर्न नपाइने भएको छ।

यस्तो छ आदेश

कोभिड अस्ट्रेलिया सहरहरूमा कोरोनाभाइरस देखिँदै

अस्ट्रेलिया : कोरोनाभाइरसको अत्यन्तै सङ्क्रामक डेल्टा भेरिअन्टसँग जोडिएको कोभिड प्रकोपकाबीच सिड्नीमा सङ्क्रमितहरूको सङ्ख्या १२८ पुगेको छ। सङ्घीय र राज्य सरकारहरूले सोमवार पछिल्लो अवस्थाबारे आपत्‌कालीन छलफल गर्ने  बताएका छन्। अस्ट्रेलियाका अन्य भागहरूमा सङ्क्रमण पुष्टि हुने क्रम जारी छ। उत्तरी क्षेत्र, क्वीन्सल्याण्ड र पश्चिमी अस्ट्रेलियामा सानो स्तरमा प्रकोप देखा परेको छ। अस्ट्रेलियाका विभिन्न भागहरूमा महिनौँयता पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।

विभिन्न राज्यहरूले सङ्क्रमण फैलिन नपाओस् भनेर नयाँ प्रतिबन्धात्मक व्यवस्था लागु गरेको र आफ्नो नाकासमेत बन्द राखेका बेला अर्थमन्त्री जस फ्राइडनबर्गले यो राष्ट्रका लागि ”निकै महत्त्वपूर्ण समय” रहेको बताएका छन्।

अस्ट्रेलिया

  सिड्नीको अवस्था चिन्ताको विषय बनेको छ। महामारीभरी कडा प्रतिबन्धात्मक व्यवस्था, क्वारन्टीन, तीव्र गतिमा परीक्षण अनि कनट्याक्ट ट्रेसिङ र सीमा बन्द गर्ने लगायतका नीतिका कारण अस्ट्रेलियामा कोरोनाभाइरस सङ्क्रमितको दर निकै कम छ।  यो वर्ष त्यहाँ कोरोनाभाइरसका कारण कसैको पनि मृत्यु भएको छैन। हालसम्म अस्ट्रेलियामा कोभिडसम्बन्धी रोगका कारण ९१० जनाको मृत्यु भएको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या ३०,४५० छ।

उपत्यकामा जोर–विजोर प्रणालीमा सार्वजनिक यातायात – निषेधाज्ञा अझै खुकुलो

असार, काठमाडौं :उपत्यकाका तीन जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ । तर कति सिटसम्मका सवारी साधन चल्न दिने भन्ने निर्णय हुन बाँकी छ । काठमाडौं उपत्यकाको निषेधाज्ञाको मोडलबारे सीसीएमसी र गृहमन्त्रालयको निर्णय आइनसकेकाले निषेधाज्ञाको विषय सिडिओकै तहबाट टुंग्याइएको स्रोतले बतायो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भए पनि टुंगो लागेन । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार सोमबार बिहान ९ बजे पुनः बैठक बसेर यो विषय टुंगो लगाइनेछ । नयाँ निर्णयपछि अब जोरबिजोर प्रणालीमा मङ्गलवारदेखि सामाजिक दूरी कायम गरेर र स्वास्थ्य सावधानी पालना गरेर सार्वजनिक यातायात पनि चल्ने भएका छन्।

जीवन विकास लघुवित्तको आईपीओ आजदेखि

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार ११ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन्। १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार २५ गते हुनेछ। नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ।

लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो। लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ। यस्तो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सु्रक्षित र मध्यम क्रेडिट जोखिम रहेको संकेत गर्दछ। आर्थिक वर्ष २०७६/७७ मा प्रतिशेयर आम्दानी (ईपीएस) १०४ रुपैयाँ ९७ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ ३०५ रूपैयाँ २७ पैसा रहेको छ।

 

राष्ट्रपतिको टेलिफोन बार्ता हल्ला बढी खोप कता हरायो ?

काठमाडौँ — दुई महिनायता राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्रीलगायतका गतिविधि र वक्तव्य हेर्ने हो भने यतिबेला नेपालमा कोभिड–१९ विरुद्धको खोप सर्वत्र उपलब्ध हुनुपर्ने हो । तर चीनले अनुदानमा खोप दिएबाहेक खरिद प्रक्रियामा कुनै प्रगति भएको छैन ।  १३ गते टेलिफोन संवादका दौरान नेपाललाई थप १० लाख खोप अनुदानमा सहयोग गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीले खोपको सम्बन्धमा गत असार २ गते कोभिड–१९ निर्देशक समितिको बैठकमा भनेका थिए, ‘चीनबाट ४० लाख खोप खरिद गर्न लागिएको छ ।  हालसम्म पनि नेपालले चीनबाट कति खोप ल्याउन सक्ने पक्का भइसकेको छैन । स्वयं स्वास्थ्य मन्त्रालयले असार ३ गते विज्ञप्ति निकालेरै चीनबाट खोप ल्याउने सम्बन्धमा प्रस्ट नभएको जानकारी दिइसकेको छ ।

सरकारले जेठ १० गते अमेरिका र बेलायतबाट ५०–५० लाख मात्रा खोप खरिदका लागि पत्राचार गरेको थियो । उक्त सूचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख थियो । विज्ञप्तिमा नेपालले अमेरिकासँग जोन्सन एन्ड जोन्सनको खोप ५० लाख र बेलायतबाट अक्सफोर्ड अस्ट्राजेनेकाको ५० लाख मात्रा खोप खरिद गर्न दूतावासबाट समन्वय भइरहेको उल्लेख थियो । सरकारले सम्बन्धित खोप उत्पादक कम्पनीसँग संवाद नगरी खोपका लागि पत्राचार गरेको थियो ।

 

वैशाख २३ गते चिनियाँ परराष्ट्र मन्त्रालय र चिनियाँ खोप तथा स्वास्थ्य सामग्री उत्पादक कम्पनी सिनोफार्मका पदाधिकारीसँग छलफल गरेका थिए ।  नेपाललाई अहिले खोप उपलब्ध गराउन सक्ने मुलुक अमेरिका, रुस, बेलायत, चीन र भारत हुन् । पूर्वअर्थमन्त्री युवराज खतिवडा अमेरिकाका लागि राजदूत छन् ।  चीनका लागि राजदूत पाण्डेबाहेक अन्य राजदूतले राष्ट्रपति भण्डारीको पत्रलाई सम्बन्धित मुलुकको विदेश मन्त्रालयमा पुगेर दर्ता गर्नेबाहेक अन्य कुनै प्रभावकारी काम गर्न सकेका छैनन् ।  त्यसबाहेक नेपालले कोभ्याक्स सहयोगअन्तर्गत ३ लाख ४८ हजार मात्रा खोप पाएको थियो । अमेरिकाले जेठ २० गते पहिलो चरणमा नेपालसहित एसियाली मुलुक र अन्य गरी १६ देशलाई ७० लाख मात्रा खोप दिने घोषणा गरेको थियो ।

चीनले कोभ्याक्सअन्तर्गत रहेर खोप वितरण गर्दैन । उसले आफैं खोप बिक्री–वितरण गर्दै आएको छ ।  नेपाल र ईयूबीच सुमधुर सम्बन्ध लामो समयदेखि रहेको उल्लेख गर्दै नेपाल र नेपालजस्ता मुलुकलाई कोभ्याक्समार्फत खोप उपलब्ध गराउन ईयूले २.८ अर्ब युरो सहयोग गर्ने गरेको थियो ।

‘नेपाललाई सबै खोप कोभ्याक्सबाट नै आउँछ भन्नु गलत हो, कोभ्याक्स सुविधाबाट नेपालले २० प्रतिशत जनतालाई पुग्ने गरी मात्रै खोप पाउन सक्छ,’ एक कूटनीतिक अधिकारीले भने, ‘नेपाल खोप किन्नै नसक्ने गरिब मुलुक होइन । त्यसैले कोभ्याक्सको बढी प्राथमिकतामा पर्छ भन्ने पनि छैन । नेपालभन्दा बढी गरिब मुलुक धेरै छन् ।’ ती अधिकारीका अनुसार कोभ्याक्सले खोप सुविधा दिँदा नेपाल सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा निर्वाह गरेको भूमिकालाई समेत अध्ययन गर्छ ।