सुनको कारोबार चमत्कारिक वृद्धि – दैनिक २० किलोको माग

काठमाडौं : ‘कोभिड संक्रमण घट्दै गएपछि सबै व्यापार व्यवसाय पूरानै अवस्थामा फर्किएका छन्। सुनको कारोबार पनि पूरानै लयमा फर्किएको छ। तर सुन नभएर व्यवसायी हात बाँधेर बस्नुपरेको छ ।  सेयर र जग्गाको भाउमा आएको चमत्कारिक वृद्धिले सुन व्यापार लयमा फर्किन थालेको छ। विवाहको लगनसँगै मंसिरबाट सुधार आउन थालेको सुनको कारोबारले अहिले पनि निरन्तरता पाएको छ। व्यवसायीका अनुसार अहिले दैनिक २० किलो सुन कारोबार हुन थालेको छ।कोभिड अघिसम्म १३ सय अंकको हाराहारीमा रहेको सेयर बजारले २६ सय अंक पार गरिसकेको छ। सेयरबाट नाफा बुक गर्ने लगानीकर्ताले घरजग्गा र सुनमा लगानी गर्ने विगतको ट्रेन्ड हो। सेयर, घरजग्गा र सुनबीच सीधा सम्वन्ध छ।

नेपाल नेपाल  सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार अहिले दैनिक २० किलो सुनको कारोबार भइरहेको छ। विवाहको लगनमा सुनको दैनिक कारोबार ४० किलो भन्दा माथि छ।   सेयर बजार र जग्गाको सीधा सम्वन्ध पछिल्लो कारोबारको तथ्यांकले समेत पुष्टी गर्छ। पहिला मासिक ३५ देखि ४० हजार घरजग्गा किनबेच भइरहेका थिए। अहिले मासिक ८० हजार घरजग्गा किनबेच भइरहेको छ।   महासंघले दैनिक कारोबार २० किलो भन्दा बढी भएकाले सरकारले कोटा बढाउन दबाब दिन थालेको छ। कोभिडका समयमा सरकारले वैदेशिक मुद्रा संचितीमा दबाब पर्ने भन्दै सुन आयातको कोटा दैनिक १० किलोमा झारेको थियो।

Spread the love