Climate protesters are looking for trouble

france-climate-countdown

Climate protesters are looking for trouble

Paris mayor Anne Hidalgo says Place de la Republique was sullied by people “looking for trouble” today. Violence quickly erupted between French riot police and a group of several hundred at a major square that was the site of a peaceful demonstration earlier. Climate demonstrators face riot police near the Place de la Republique after a planned climate march was canceled on the eve of the World Climate Change Conference 2015 (COP21) in Paris, France on Nov. 29, 2015.

The Paris police chief said that at least 100 people were detained after several hundred people, some masked and armed with projectiles, tried to force their way through a blockade at the Place de la Republique. The nearly two-week conference comes amid a state of emergency in France imposed after the Nov. 13 Paris attacks that bans marches.

earthquake in kathmandu, nepal

काठमाडाैं शिवपुरी नागांर्जुन राष्ट्रिय निकुञ्ज परिसरमा केन्द्र विन्दु ४.१ को पराकम्प

१४ मंसिर, काठमाडौं –  बिहान ६ बजेर १० मीनेट जाँदा ४.१ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सोमबार बिहानै राजधानी बासीलाई भूकम्पले धक्का दिएको छ । शिवपुरी नागांर्जुन राष्ट्रिय निकुञ्ज परिसरमा केन्द्र विन्दु बनाएर गएको पराकम्पलाई राजधानीबासीले महसुस गरेका थिए । गत वैशाख १२ गते गएको भूकम्पका पराकम्पन अझै गइरहेका छन् । वैशाख १२ गते पछि अहिले सम्म ४ रेक्टर स्केल भन्दा माथिका चारसय १४ वटा पराकम्पन गइसकेको मापन केन्द्रले जनाएको छ ।

medicine-to-govt

बिदेशीले भूकम्प पीडितलार्इ दिएको औषधि ६ महिना लुकाइयो ग्राण्डी अस्पतालले

१३ मंसिर, काठमाण्डौ – गत बैशाखमा गएको भूकम्पबाट पीडित नेपालीहरुका लागि दुबईको एनएमसी ग्रुपले करिब १८ लाख दिराम बराबरको औषधि  पठाएको एनएमसीको वेबसाइटमा मे १३ (बैशाख ३० गते) तारिखमा छापिएको समाचारमा ‘गत हप्ता ती औषधि एयर कार्गोमार्फत नेपाल पठाइएको’ भनिएको छ ।   नेपालकै सुविधा सम्पन्न एवं विदेशी लगानीसमेत रहेको ग्राण्डी अस्पतालले सरकारका नाममा भूकम्पपीडितका लागि आएको ५ करोड रुपैयाँ बराबरको औषधि ६ महिनासम्म लुकाएको रहस्य खुलेको छ ।

 ग्राण्डी अस्पतालमार्फत पठाइएका ती औषधि नेपाल सरकार र अन्य संस्थालाई हस्तान्तरण गरिने समाचारमा जनाइएको थियो । बैशाखको अन्तिम साता नै एयरलिफ्ट गरी पठाइएका ती औषधि ग्राण्डीले लामो समयसम्म सरकारलाई जानकारी नै नदिई लुकाएको तथ्य हालै मात्र सार्वजनिक भएको छ ।

कार्यक्रममा एनएमसीले दिएको पाँच करोडको औषधिमध्ये ग्राण्डीमार्फत तीन करोड ६० लाखको मात्रै सरकारलाई हस्तान्तरण गरिएको छ । बाँकी एक करोड ४० लाख रुपैयाँको औषधि डा. उपेन्द्र महतोको फूलकुमारी महतो ट्रष्टले वितरण गर्ने बताइयो ।

औषधिको एक पोका स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई हस्तान्तरण गरिएको छ । औषधि हस्तान्तरण कार्यक्रममा उपेन्द्र महतोले औषधि हस्तान्तरण गरेको प्रचार गरिए पनि ६ महिना पहिले नै भूकम्पपीडितलाई आएको औषधि यसरी बाडिँदैछ भन्ने तथ्य चाँहि गुपचुप नै राखियो ।

Dharan-Banda

बन्दकर्ता बिनै धरान बन्द

१३ मंसिर, धरान । सडकमा बन्दकर्ता देखिएका छैनन् तर मुख्य सडकका पसलहरु सबै बन्द छन् ।भारतीय नाकाबन्दीको विरोधमा नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको माओवादीले गरेको नेपाल बन्दले धरान बजार सुनसान बनेको छ ।

आज विहानै पहाडतर्फ हिडेका तीन मालबाहक ट्रक र दूध बोक्ने गाडीको केही व्यक्ति आएर बन्दकर्ता हौं भन्दै चाबी खोसेपछि गाडीहरु भानुचोकमा अलपत्र परेका छन् । भानुचोकमा बन्दकर्ताले राखेको एउटा झण्डामात्र देखिन्छ । वरिपरि कुनै बन्दकर्ता नभएपनि सडकमा मोटरसाइकल मात्र चलिरहेका छन् ।

reamber

आधुनिक गितको संगालो ‘स्मरण’

भरतसन्तोषी,काठमाडौ – युवा पुस्तामाझ चर्चा बटुलिरहेका रचनाकार हुन् सुरेन्द्र थपलिया । उनले भर्खरै मात्र आधुनिक गितको संगालो ‘स्मरण’ बजारमा ल्याएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘स्मरण’को बिमोचन गरिएको हो । संगितकार डा. कृष्णहरी बरालले सो एल्बमको बिमोचन गर्दै एल्बममा समावेश भएका गित स्मरण गर्न लायक रहेको बताए । श्रोता र दर्शकको चाहानालाई बुझेर सुरेन्द्रले एल्बम तयार पारेका छन् । सुरेन्द्रको गीतकारितामा परिपक्वता भेटिन्छ भन्नुहुदै उहाँले नेपालको संगित क्षेत्र धरासायी भएको अवस्थामा नयाँ नयाँ सृजना आउनुले संगित क्षेत्रमा थप एक इट्टा थपिएको बताउनु भयो । डाक्टर बरालले समाजमा भएका विषय बस्तुलाई पनि गीतसंगितमा समावेश भएकोमा खुसी ब्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार/ निर्देशक माधब खरेलले म्युजिक भिडियोको खुलेर प्रसम्सा गर्नु भयो । समाजिक परिवेशको र चेतनामूलक भिडियो बनेको भन्दै उहाँले यस्ता भिडियोहरु मिडियाले प्राथमिक्ताका साथ् प्रसारण गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा बोल्नुहुदै थपलिया समाजका अध्यक्ष बिरेन्द्र थपलियाले समय र समाज अरुसार गीत संगीत बन्नु पर्नेमा जोड दिदै आफुलाई “स्मरण”को भिडियो हेर्दा गर्व लागेको बताउनु भयो । उहाँले सुरेन्द्र आफ्नो छोरा र स्मरण एल्बम नाति जस्तै हो भन्नू भएको थियो । उपस्थित सम्पुर्ण बक्ताहरुले स्मरण र सम्पुर्ण टिमलाई शुभकामना दिए । वर्णमाला क्रियसन एण्ड देशभक्त मिडिया नेटवर्कको प्रस्तुती रहेको सो एल्बममा थपलियाको एकल शब्द रहेको छ भने चर्चित संगीतकार राम सिटौलाको एकल संगीत रहेको छ । ‘स्मरण’मा चार वटा गित समावेश गरिएको छ, जसमा मुटुदुख्यो बेसरी बेसरी, चोखोमाया दिन्छु तिमिलाई, कति आए कति गए, माया माया भन्छौ युवा देशको माया कति छ ? जस्ता देशभक्ति र आधुनिक गितहरु रहेका छन् । स्मरणमा सत्यराज आचार्य, दिपक लिम्बु, रजिना रिमाल, प्रमोद खरेल, देविना भट्टराई लगायतको स्वर रहेको छ । एल्बमको दुई वटा भिडियो पनि तयार भैसकेको छ । भिडियोमा नायक राजन लामिछाने, नयिका रुपा खनाल र स्मीता थपलिया, कलाकार नयन राज पन्डे, राजन थपलिया, अनिता श्रेष्ठ लगायतको अभिनय रहेको छ । मुटुदुख्यो बेसरी बेसरी र कति आए कति गए बोलको गीतको भिडियो बनाईएको हो । दुबै म्युजिक भिडियोको निर्देशन चाल लगाएत ठुलो पर्दाको फिल्मको निर्देशन गर्नुभएका अनुभबी निर्देशक रुपेश उप्रेतीले गरेका हुन् ।

foriegn-ministry

नेपालमा देखिएको कूटनीतिक छाडापन नियन्त्रण गर्न दूतावासहरूको औचित्य मुल्यांकनको तयारी

मंसिर १२, २०७२- औचित्य पुष्टी नभएका दुतावास बन्द गर्ने या अर्को मुलुकमा सरकारले द्विपक्षीय सम्बन्ध बिस्तारका लागि विभिन्न मुलुकमा खोलिएका दूतावासहरूको औचित्य मुल्यांकनको तयारी थालेको छ । वाषिर्क ५ करोडभन्दा बढी खर्च भइरहेका केही दुतावास औचित्यहीन रहेको बताइने गरेको छ । केही मुलुकमा आफन्त वा कार्यकर्तालाई जागिर खुवाउनका लागि मात्र दुतावास खोलिएको आरोप लाग्दै आएको छ ।  सोही कारण सरकारले परराष्ट्र सचिव शंकरदास बैरागी नेतृत्वमा विशेष टोली गठन गरेर मुल्यांकन गर्न लागेको हो ।
सरकारले यसअघि संस्थागत सुधार गर्ने उद्देश्यले चार वटा विज्ञ समुह खडा गरेको थियो । ती समुहबाट दुतावासहरूको औचित्य मुल्यांकनको सुझाव आएको थियो ।
नेपालमा देखिएको कूटनीतिक छाडापन नियन्त्रण गर्न  मुलुकको कुटनीतिक क्षमतामा ह्रास आएको बताउँदै मन्त्री थापाले सोही कारण सुधारको आवश्यकता देखिएको बताए । हाल २९ मुलुकमा दूतावास, २ स्थायी नियोग, ४ महाबाणिज्य दूतावास र एक बाणिज्य दूतावास छन् । तीमध्ये केही कामविहिन रहेको उनीहरूका मासिक प्रतिवेदनबाट समेत स्पष्ट हुन्छ । डेनमार्कले नेपालमा रहेको आफ्नो दुतावास बन्द गर्ने तयारी गरिरहेको छ भने क्यानाडाले द्विपक्षीय सहयोग बन्द गरेको छ ।

nepal or china

चीनद्वारा प्रस्तावित विश्वब्यापी उर्जा सञ्जालमा नेपाल

काठमाडौ: विश्वका बिभिन्न मुलुक र चीनबीच उर्जा विकासमा सहकार्य गर्ने उद्देश्यले चीनले अघि सारेको ‘पावर सिल्क रोड’ परियोजना अन्र्तगत नेपाललाई छनौटमा परेको हो । छिमेकी चीनद्वारा प्रस्तावित विश्वब्यापी उर्जा सञ्जालमा नेपाल पनि परेको छ । परियोजनामा चीनका अन्य छिमेकी मुलुक मंगोलिया, रुस, काजाकास्तान, पाकिस्तान, म्यानमार, लाओस र थाइल्याण्ड पनि जोडिने भएका छन् । सन् २०५० भित्र उक्त विश्वब्यापी उर्जा सञ्जाल कार्यान्वयनमा पूर्णरुपमा आउने बताइएको छ । आर्थिक विकासका लागि चीन, एसिया, युरोप र अफ्रिका महादेशका बीच सडक, रेल र समुन्द्रि सञ्जालमार्फत् सम्पर्क बढाउने उद्देश्यले चीनले अघि बढाएको ‘सिल्क रोड इकोनोमिक बेल्ट’ र ‘ट्वान्टि फस्र्ट सेन्चुरी म्यारिटाइम सिल्क रुट’ परियोजनाहरुकै एक हिस्सा पावर सिल्क रोड हो ।
चीनले अघि सारेको ‘ग्रिड इन्टरकनेक्टिभिटी’ परियोजनालाई नेपाल लगायत छिमेकी मुकुहरुसंगको सहकार्यमा तीव्रताका साथ अघि बढाइने चिनियाँ स्टेट ग्रिडका लिउ चेन्याले चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वासंग बताएका छन् । आगामी दशबर्षभित्र यो परियोजनालाई कार्यान्वयनमा ल्याउने चीनको योजना रहेको समाचारमा जनाइएको छ ।
press insurance

पत्रकार दुर्घटना बीमा सुरु, पहिलो दिन नै ५५४ को बीमा

११ मंसिर, काठमाडौं । नेपाल सरकार र नेपाल पत्रकार महासंघको सहकार्यमा बिहीवारदेखि पत्रकार दुर्घटना बीमा सुरु भएको छ । पत्रकार दुर्घटना बीमा (व्यवस्थापन) निर्देशिका, २०७० अनुसार श्रमजीवी पत्रकारका लागि गरिएको यो दुर्घटना बीमा अन्तर्गत चोटपटकको कारणबाट ४५ प्रतिशतभन्दा बढी अशक्तता भएकोलाई पाँच लाख रुपैयाँसम्म र दुर्घटनबाट भएको उपचारवापत लाग्ने खर्चको हकमा बिलबमोजिम बढीमा दुई लाख रुपैयाँसम्मको खर्च व्यहोरिने भएको छ । बिमा योजनाअन्तर्गत प्रत्येक बिमित पत्रकारको बीमा शुल्कको ७५ प्रतिशत सरकारी कोषबाट र २५ प्रतिशत नेपाल पत्रकार महासंघमार्फत सम्बन्धित व्यक्तिबाट व्यहोरिएको छ । यसअन्तर्गत प्रति व्यक्ति वाषिर्क प्रिमियम तीन सय ३९ रुपैयाँ मध्ये सरकारी कोषबाट दुई सय ५४ रुपैयाँ ७५ पैसा र महासंघबाट ८४ रुपैयाँ ७५ पैसा व्यहोरिने छ ।

बिमित व्यक्तिको मृत्यु भएमा, स्थायीरूपले पूर्ण वा आंशिकरूपमा अशक्त भएमा, दुर्घटनाको कारण उपचार गराउनुपर्ने भएमा बिमितले लाभ प्राप्त गर्ने निर्देशिकामा उल्लेख छ । पहिलो चरणमा बिहीवार महासंघमा विवरण प्राप्त भई नेपाल सरकार सूचना विभागबाट प्रक्रिया पूरा गरी स्वीकृत गरिएका पाँच सय ५४ जना श्रमजीवी पत्रकारको बीमा गरिएको छ ।

kalimpong-town-hall-power-Load-shedding-Large

साझको समयमा बिजुली अफ – ट्रान्सफर्मरले लोड लिन सकेनन्

काठमाडौं – भारतीय नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव भएकाले सर्वसाधारण विद्युतीय चुलो बाल्न बाध्य भएपछि बिजुलीमा भार (लोड) बढेर धमाधम ट्रान्सफर्मर पड्कन र तार जल्न थालेका छन्। प्राधिकरणका कार्यकारीनिर्देशक मुकेशराज काफ्लेले एक सातायता नदीमा जलस्तर घट्न गई विद्युत् उत्पादनमा समेत कमी हुन थालेका बेला सर्वसाधारणले हिटर, इन्डक्सन चुलोजस्ता विद्युतीय उपकरणमा भात पकाउन थालेपछि प्राधिकरणलाई प्रणाली व्यवस्थापन गर्न कठिन परिरहेको बताए। अघिल्लो साता प्राधिकरणका आफ्ना विद्युत्गृहबाट तीन सय ८० मेगावाट विद्युत् उत्पादन भइरहेकोमा बिहीबार तीन सय ४४ मेगावाटमात्र उत्पादन भएको छ।

विशेष गरेर बेलुका ६ देखि ८ बजेसम्म खाना पकाउने समयमा जुनसुकै फिडरमा पनि तार बल्ने र ट्रान्सफर्मर पड्कने गरेको छ । यसले गर्दा नेपाल विद्युत् प्राधिकरणलाई भार व्यवस्थापन गर्न हम्मे परेको छ। प्राधिकरणका विभिन्न वितरण केन्द्र र क्षेत्रीय कार्यालयबाट विद्युतीय लोड बढेका कारण तार र ट्रान्सफर्मर जल्ने गरेको जानकारी आउन थालेको प्राधिकरणका वितरण तथा ग्राहक सेवाका उपकार्यकारीनिर्देशक रामचन्द्र पाण्डेयले बताए। उपत्यकासहित देशका विभिन्न भागमा ट्रान्सफर्मर, एमसीसीसीभी (ट्रान्सफर्मर कन्ट्रोलर), वितरण तार (केबल) बल्ने गरेकाले तत्काल अर्को मर्मत गर्न पनि ट्रान्सफर्मर र पेट्रोलियम अभावले उत्तिकै समस्या भएको पाण्डेले बताए। भक्तपुरका कालीघाट, व्यासी, सूर्यविनायकचोक, खौमा, नागपोखरी, कमलविनायक, सुन्दरबस्ती, सिर्जनानगर, कटुञ्जेलगायत क्षेत्रमा ट्रान्सफर्मरमाथि अत्यधिक लोड परेको अमात्यले बताए। ‘अहिले विद्युत् प्रणालीमा दैवीविपत्ति परेजस्तो भइरहेको छ’, उनले भने, ‘प्रणालीले धेरै दिन यस्तो भार थेग्न सक्दैन।’

देशभर खाना पकाउने समयमा सबैभन्दा बढी बिजुलीको लोड भक्तपुरमा परेको छ। भक्तपुर वितरण केन्द्रका प्रमुख विक्रम अमात्यका अनुसार यो साता भक्तपुरमा पाँचवटा ट्रान्सफर्मर जलिसकेका छन्। सय केभीएको ट्रान्सफर्मरले दुई सय घरमा बिजुली बाल्न पुग्ने ठाउँमा सबैले हिटर बालेका कारण ३० परिवारलाईसमेत विद्युत् पुगेको छैन।

cinet in usa

भारतीय नाकाबन्दीप्रति अमेरिकी गम्भीर चासो

विजय थापा, वाशिंगटन डिसी,भारतले गरेको अघोषित नाकाबन्दी र अमानवीय ब्यबहारविरुद्व जारी विरोध प्रदर्शनलाई अमेरिकाले पनि चासो व्यक्त गरेको छ । अमेरिकाको म्यारिल्याण्ड राज्यका सिनेटर बेन्जामिन एल कारडीनले नेपाली समुदायलाई पत्र लेख्दै नेपाल र नेपालीको हितको लागि समर्थन गर्ने पत्रमार्फत जानकारी गराएका हुन् । उनले आफ्नो पत्रमा हालसालै सयुक्त राष्ट्र सङ्घले नेपालले भोगिरहेको डरलाग्दो मानवीय सङ्कटको बारेमा चेतावनी दिएको कुराको संस्मरण गराएका छन् । उनले पत्रमा नेपाल भूकम्पको प्रभावले आक्रान्तबाट मुक्त नभइ सकेको अवस्था हुँदाहुँदै हाल आएर खान पकाउने इन्धन, खानेकुरा, ओखतिको चरम अभाव तथा राजनैतिक झगडाको कारण हुन गएको विद्यालय बन्द जस्ता विषय तुरुन्तै समाधान गर्नु पर्ने कुरामा जोड दिएका छन् । सिनेटर बेन्जामिनले ‘नेपालको सीमा क्षेत्रमा भैरहेको समस्याको कारणले भूकम्पको प्रभावबाट अवस्थामा गुजरिएको देशमा खाना, आश्रय तथा ओखती जस्ता चीज शीघ्र आवश्यक हुने हुनाले तुरुन्तै चाजो मिलाउनुपर्ने’ पत्रमा उल्लेख गरेका छन् । मानवीय सहयोग तथा आवश्यक सामग्री नेपाल भित्रिनुपर्ने उनको भनाइ छ ।
साथै, आफूले संसदमा नेपालको पुनर्निर्माणमा सहयोग गर्ने हेतुले नेपाल पुनर्निर्माण कानुनको सुरुवात गरिसकेको उनले बताएका छन् । आफू र सिनेटर मार्क किर्क नेपालको पुनर्संरचना विद्यालय ,बाटोघाटो तथा भविष्यमा प्राकृतिक प्रकोपबाट अपनाउनु पर्ने साबधान सम्बन्धी आदिमा समर्थन गर्ने र सहयोग गर्ने उनले आश्वासन दिएका छन् । तराई क्षेत्रमा झन्डै १५ लाख बालबालिका पाठशाला जानबाट बन्चित भएको सयुक्त राष्ट्र सङ्घ बालकोषले उद्धृत गरेको जनाउँदै उनले पत्रमा युवाहरू नेपालको भविष्य निर्माण गर्ने काममा अहम भूमिका निर्वाह गर्ने छन् भनेका छन् ।