विजया दशमीको हार्दिक मंगलमय शुभ कामना ।

विजया दशमीको हार्दिक मंगलमय शुभ कामना ।

हाम्रा सुभ–चिन्तक, सुभेच्छुक, बिज्ञापन दाता तथा सम्पुर्ण देश तथा बिदेशमा रहनु भएका दिदी भाई तथा दाजु बहिनीहरुमा शुभ विजया दशमी २०७१ ले सबैको घर आगँनमा हर्ष उल्लास छाओस र नर्ब दुर्गा भबानीले सबैको मंगलकामन पुरा गरुन । विजया दशमीको हार्दिक मंगलमय शुभ कामना ।

दि पावर न्युज परिवार
काठमाडौ, नेपाल

टेक्सासको ड्यालसमा “दसैँ सांस्कृतिक साँझ” सम्पन्न !

बिकास न्यौपाने, टेक्सास, अमेरिका –नेपाली समाज टेक्सासको (एनसटि ) आयोजनामा ‘बडा दसैँ २०७१’ को शुभ उपलक्ष्यमा गत सेप्टेम्बर २७ शनिवारका दिन टेक्सासको ड्यालसमा “दसैँ सांस्कृतिक साँझ” भव्य कार्यक्रमको साथ सम्पन्न गरियो । असत्य माथि सत्यको विजयको रूपमा बनाइएको यस दसैँ वर्षमा ९ दिन सम्म जमरा राखी सत्यरुपा देखि दुर्गा भवानीको पूजा गर्ने चलन छ। सोहीअनुरुप यस कार्यक्रमको सुरुवातमा नेपालीहरूको आफ्नै मन्दिरका गुरु डा शेखर पण्डित तथा बासु भण्डारी ज्यु बाट कार्यक्रम सुरु गर्नु पूर्व बैदिक मन्त्रोचारण गर्नु भएको थियो ।


नेपाली समाज टेक्सासका महासचिव विजयराज भट्टराईले औपचारिक सुरुवात गर्नु भएको उक्त कार्यक्रमको समन्वय तथा आगामी सञ्चालन भने नेपाली समाजका फिनान्स उपाध्यक्ष बाल जोशी तथा सदस्य केदार तिम्सिनाले गर्नु भएको थियो। कार्यक्रममा समाजकै इभेन्ट उपाध्यक्ष यमुना भट्टराईले स्वागत मन्तव्य दिनुभयो।

नेपालका ख्याती प्राप्त लोक-गायक मिलन लामा  तथा गायिका शान्ति भण्डारी प्रमुख कलाकारको रूपमा निम्त्याईए पनि कार्यक्रमको अवधिभर अथिति कलाकारलाई  भन्दा स्थानीय कलाकार हरुलाई  समय खर्चेको देखिन्थो, सो कुरा उपस्थिति दर्शकहरुको चाहना भने नेपालबाट आउनु भएका अथिति कलाकार लामालाई  बढी समय दिनु पर्ने र कम समयको कारणले गर्दा गायक  लामाको धेरै चर्तित गीतहरू  सुन्न नपाएको  कुरा धेरै दर्शकहरुबाट आएको गुनासो थियो । कार्यक्रममा  झन्डै १५ वटा स्थानीय प्रस्तुति रहेको थियो।

कार्यक्रममा समाजमा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने विभिन्न ३ व्यक्तित्वहरु समाजसेवी डा प्रेमराज अधिकारीले समाजको उचाइ बढाउन खेलेको उहाँको ४ वर्षे अध्यक्ष कालको भूमिका, डा झरना श्रेष्ठले एनसटि द्वारा सञ्चालित निःशुल्क स्वस्थ शिविरमा गर्नु भएको सहयोग तथा पत्रकार विकास राज न्यौपानेले टेक्सास लाई संसारमा चिनाउन खेलेको अहम भूमिकाको प्रंशशा गर्दै सम्मान समेत प्रदान गरिएको रहेको जानकारी अध्यक्ष भुवन आचार्यले गराउनु भयो। उहाहरुलाई सम्मान पत्र नेपाली समाजकै पूर्व  अध्यक्षहरु गौरिराज जोशी तथा राम पोखरेलले प्रदान गर्नुभयो।

टेक्सास ड्यालसको अर्विंग आर्ट सेन्टरमा गरिएको कार्यक्रम साँझ ७:०० बजे सुरु गर्ने तयारी आयोजकहरुबाट गरिए पनि आयोजकबाटै राखिएको निःशुल्क ‘दसैँ भोज’ मा दर्शकहरु धेरै अल्मलिएका कारण कार्यक्रम झन्डै ८:३० बजे मात्र सुरु भई राती १२:०० बजे  समापन भएको थियो।  ७५० सिट क्षमता भएको उक्त हलमा क्षमता भन्दा बढी दर्शकहरुको  सहभागी थियो  । सबै सहभागी दर्शकहरु उत्तिकै जोस र उमंगमा हुनु हुन्थ्यो । यधपी, अपेक्षा अनुसारको प्राविधिक पक्ष कायम हुन नसकेकोले अलि खल्लो महसुस भएको गुनासो कार्यक्रममा सहभागी दर्शकहरुको थियो ।
अन्त्यमा नेपाली समाज टेक्सास कै दसैँ राफल खोलिएको थियो। उपहार विजेतालाई हाम्रो पनि बधाई । 

टेक्सासको ड्यालसमा "दसैँ सांस्कृतिक साँझ" सम्पन्न ! Photo: Bikash Raj Neupane
टेक्सासको ड्यालसमा “दसैँ सांस्कृतिक साँझ” सम्पन्न ! Photo: Bikash Raj Neupane
टेक्सासको ड्यालसमा "दसैँ सांस्कृतिक साँझ" सम्पन्न ! Photo: Bikash Raj Neupane
टेक्सासको ड्यालसमा “दसैँ सांस्कृतिक साँझ” सम्पन्न ! Photo: Bikash Raj Neupane
टेक्सासको ड्यालसमा "दसैँ सांस्कृतिक साँझ" सम्पन्न !

जुवामा नगदभन्दा चेकमार्फत कारोबार

दि पावर न्यूज संवाद दाता, काठमाडौ।  प्रहरीले आइतबार साँझ छापा हानेका चाबहिल र पुतलीसडकका जुवा अडानबाट लाखौंका चेक बरामद पेसेवर जुवाडेले नगदभन्दा चेकमार्फत हारजितको हिसाबकिताब गर्न थालेका छन् । पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्सको अगाडी एक घरमा महाशाखाका प्रहरीले छापा हानी ११ जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवीन पाण्डे, सरोज श्रेष्ठ, राजेन्द्रमान श्रेष्ठ, राजेश केसी, सैलेश पौडेल, कान्छा तामाङ छन् । पुतलीसडकको जुवा अड्डाबाट धेरै पैसा बरामद हुने प्रहरीको अनुमान थियो । तर, दुई लाख १८ हजार रुपैयाँ मात्र बरामद भएको छ । जुवाडे पैसाको गड्डीभन्दा चेकबुक नै लिएर जुवा खेल्न बसेको भेटिएको प्रहरीले जनाएको नयाँ पत्रिकामा खबर छ ।

Petrol price in Nepal

राति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टतिेलमा स्वचालित मूल्य घट्यो

दि पावर न्यूज संवाद दाता, काठमाडौ। १३ असोज, सरकारले सोमबार राति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टतिेलमा ‘स्वचालित मूल्य प्रणाली’ लागू गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री सुनिलबहादुर थापाले पेट्रोलियम पदार्थको बिक्रीमा यो एक महत्वपूर्ण कार्य भएको छ । अब महिनामा दुईपटसम्म मूल्य समायोजन हुन सक्नेछ ।स्वचालित मूल्य प्रणाली लागू भएपछि पेट्रोल, डिजेल र मटितेलको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा हाल कायम भएको मूल्यअनुसार पेट्रोलमा प्रतिपलटर १ रुपैयाँ ४४ पैसा र डिजेल र मट्टतिेलमा २७ पैसा मूल्य घट्नेछ ।

भ्रष्टाचार भएको भन्दै गणेश थापामाथि ५८ करोडको छानबिन

दि पावर न्यूज संवाद दाता, काठमाडौ। आश्विन १३ – संसद्को सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) मा ५८ करोड १७ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै त्यसबारे थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, युवा तथा खेलकुद मन्त्रालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आइतबार निर्देशन दिएको छ । त्यस अवधिभर एन्फा अध्यक्ष गणेश थापालाई ‘पदीय अधिकार प्रयोगमा स्थगन’ को निर्णय पनि गरेको छ ।

एएफसी उपाध्यक्षसमेत रहेका थापा एन्फा अध्यक्ष भएयता खेलको टिकट बिक्रीबाट संकलित २१ करोड रुपैयाँ लेखापरीक्षणमा नदेखिएको र आयमा संलग्न नगरेको समितिले जनाएको छ ।एएफसीका विवादास्पद पूर्वाध्यक्ष मोहम्मद बिन हमामबाट थापा आफैंले १ लाख १५ हजार डलर लिएको बयान दिएका थिए । उनका छोरा गौरवले हमामबाट तीन वर्षअघि लिएको १ लाख डलरले अन्तर्राष्ट्रिय रूपमै नेपालको बदनाम भएको थियो । बिनानिर्णय एन्फाले बन्दना राणाको संस्था साथीलाई ६ वर्षयता १ लाख ५० हजार डलर दिएको छ । प्रशिक्षकको तलबबापत एएफसीले ‘एडीआई २७’ बाट १० वर्षयता आएको १२ लाख ६० हजार डलर र गोल प्रोजेक्टको १८ लाख डलर तथा त्यसमा ललितपुर, धरान र बुटवल नगरपालिकाको २० प्रतिशत लगानी पनि लेखापरीक्षणमा छैन । 

एन्फाले भवन निर्माणलगायत सार्वजनिक खरिदसम्बन्धी कानुन पालना नगरेको, उत्कृष्ट खेलाडीलाई सरकारले दिएको पुरस्कारको हिसाब नराखेको, विदेशी प्रशिक्ष्ाकको तलबमा अगि्रम कर कट्टी नगरेको, नेपाली प्रशिक्ष्ाकको तलबमा राजस्व नतिरेको, भ्याट र प्यान बिलबिना सामान खरिद गरेको पनि लेखाको ठहर छ । भुक्तानी नगरेकोलगायत अन्य कार्य नियम र प्रक्रियागत नभएको निर्णय गर्दै लेखाले थप अध्ययन गरेर दुई महिनाभित्र आवश्यक कारबाही गर्न अख्तियार, सम्पत्ती शुद्धीकरण र मन्त्रालयलाई १६ बुँदे निर्देशन दिएको हो ।

एनआरएनलाई नागरिकता दिने निर्णयको एनआरएन अमेरिकाद्धारा स्वागत

न्यूयोर्क, अन्य देशको नागरिकता लिएका गैर आवासीय नेपालीहरुले पनि राजनीतिक अधिकार नभएको नागरिकता पाउने निर्णय पश्चात एनआरएन अमेरिकाका अगुवाहरुले खुशी ब्यक्त गरेका छन् । एनआरएनहरुले उठाउदै आएको नागरिकता सम्बन्धी मागलाई नयां बन्ने संबिधानमा राजनीतिक अधिकार बाहेक अरु अधिकार दिने गरी समेट्ने संबिधानसभाको संबैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले निर्णय गरेको हो । समितिको यो निर्णय आए पश्चात ह्वाईट हिमाल टेलिभिजनसंग कुरा गर्दै एनआरएन क्षेत्रीय उपसंयोजक सोनाम लामाले यो निर्णय गर्ने दलका नेता सभासदहरुलाई धन्यबाद दिनुभएको छ । उपसंयोजक लामाका अनुसार आफुहरु अब समयमै गैर आवासीय नेपालीको माग पुरा भएको संबिधान आउनेमा बिश्वस्त भएको बताउनुभयो । त्यस्तै यो निर्णय पश्चात एनआरएन अमेरिकाका अध्यक्ष खग्रेन्द्र क्षेत्रीले पनि संबिधानसभाको संबैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति र सम्पुर्ण सभासदहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको छ । अध्यक्ष क्षेत्रीका अनुसार यस निर्णय पश्चात नेपालमा थप लागानिको बातावरण बन्ने बिश्वास ब्यक्त गर्नुभयो । आफुहरु देशमा गएर राजननीति गर्ने भन्दा पनि आर्थिक उन्नती र लगानिको वातावरण चाहेको र यो माग पुरा हुने वातावरण बनेको अध्यक्ष क्षेत्रीले बताउनुभयो । यस अघी एनआरएनएका अध्यक्ष शेष घलेले पनि दोहोरो नागरिकता भन्दा पनि राजनीतिक अधिकार बाहेकको नागरिकता भएमा एनआरएनहरुको माग पुरा हुने बताउदै आउनुभएको थियो । नेपाल सरकारले सार्क मुलुक बाहिर दुईवर्षभन्दा धेरै बसेका नेपालीहरुलाई गैर आवासीय नेपालीका रुपमा परिभाषित गरेको छ । बेलायतमा रहेका भूपू गोर्खा सैनिकहरुले पनि यस्तो प्रकारको विशेष नागरिकता पाउने भएका छन् । नेपालको अन्तरिम संविधान २०६३ ले वंशज , अंगिकृत र मानार्थ नागरिकताको व्यवस्था गरेकोमा अब बन्ने संविधानमा विशेष नागरिकताको व्यवस्था गरिने भएको हो । विशेष नारिकता प्राप्त गरेका व्यक्तिलाई नेपाली नागरिक सरह अन्य सबै अधिकार रहने भएपनि भोट खसाल्न पाउने, उम्मेदबार बन्न पाउने जस्ता राजनीतिक अधिकार पनि प्राप्त हुने छैन । विदेशको नागरिकता प्राप्त गरिसकेका नेपालीले नेपालमा फर्किएर ५ वर्ष बसेमा भने राजनीतिक अधिकार सहितको पुरानो नागरिकता समेत प्राप्त गर्न सक्ने भएका छन् । राष्ट्रपति, प्रधानमन्त्री लगायतका नेपालको संवैधानिक अंगको प्रमुख बन्न वंशजकै आधारमा नागरिकता प्राप्त गरेको हुनुपर्ने प्रावधान नयाँ संविधानमा राखिने भएकाले विदेशको नागरिकता प्राप्त गरेका नेपालीहरु पनि पुन ५ वर्षसम्म नेपालमा बसेमा पुरानो वंशजको आधारको नागरिकता प्राप्त गरेर यी पदहरुमा पुग्न सक्नेछन् । वंशजको आधारमा नेपाली नागरिकता पाउनका लागि बाबुआमा दुबै नेपाली हुनुपर्ने छ भने बाबु वा आमामध्ये एकजना नेपाली नागरिक भएका सन्तानले नेपाली नागरिकता पाएपनि त्यो वंशजको आधारमा हुनेछैन ।

गुन्यूचोलीको प्रतिनिधित्व आधा कट्टुमा सिमित

दि पावर न्यूज सम्वाद दाता, काठमाडौँ  .देशका सार्वजनिक मान्छेहरुले बोलीमात्र होृइन सबै कुरालाई ध्यान पु¥यानु पर्छ । अझ उच्च मान्छेको खान पान देखि लुगा लगाई सम्म सबैको ध्यान हुन्छ । उनिहरुका अगाडि जाने मानिसहरु समेत औपचारीक पोशाकमा जानुपर्छ र मानमर्यौदालाई सम्मान गर्नु पर्छ ।  केहि तस्विर यस्ता सार्वजनिक भएका छन् जसमा अवैतानिक सल्लहकार मृदुला कोइरालाले कुटनीतिक मर्यादा ख्याल नगदै कट्टुमा सजिएकी छिन तर केहि अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो पोशाकलाई समेत ध्यानमा नराखी विभिन्न व्यक्तीसँग फोटो खिच्चाउँदै उहाँकै इज्यतमा समेत प्रश्न उठेको छ । भने प्रधानमन्त्री धोतीमा बसेका तस्विरहरु समेत सार्वजनिक भएका छन् ।

प्रधानमन्त्री कोइराला द्वारा राष्ट्रसंघमा सम्बोधन

सेप्टेम्बर २७ शनिबार बिहान संयुक्त राष्ट्रसङ्घको ६९ औ‍‌ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले नेपालीको लोकतान्त्रिक पद्धतिप्रतिको अविचलित विश्वास र निष्ठाका अगाडि हिंसात्मक विद्रोहमा लागेको माओवादी बदल्न सहयोग गर्ने देशहरुको प्रसंशा गरे ।
प्रधानमन्त्री कोइरालाले माओवादीलाई शान्तिपूर्ण प्रजातान्त्रिक प्रक्रियामा ल्याउन र निरङ्कुश राजसंस्था अन्त्य गर्न सहयोग गर्ने भारत, चीन, राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय समुदाय र शुभेच्छुकहरूको महत्वपूर्ण सहयोग रहेको बताए ।
नेपालको परिवर्तन संसारकै नमूना रहेको भन्दै प्रधानमन्त्री कोइरालाले माओवादीसहितका दलहरू संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्न सँगै मिलेर काम गरिरहेको बताए ।
प्रधानमन्त्री कोइरालाले भने, “नेपाललाई शान्ति, स्थायित्व, विकास र सुशासनको लोकतान्त्रिक पद्धतिमा डोर्याउन र संविधानवाद, राजनीतिक बहुलवाद, विधिको शासनको परिधिभित्र रहेर संविधानसभाभित्र र बाहिरका राजनीतिक दलहरूलाई साथै लिएर अगाडि बढ्न सरकार प्रतिबद्ध छ । हिमाल खबर 

शिखर सम्मेलनको लागि ‘बुलेटप्रुफ’ कार

काठमाडौ, आश्विन ११ – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औ शिखर सम्मेलनको लागि राष्ट्र एवं सरकार प्रमुखको लागि चाहिने आरमदायी र अति सुरक्षीत ‘बुलेटप्रुफ’ कार भारतबाट भाडामा ल्याउने भएको छ । भारतीय विदेश मन्त्रालयलाई आवश्यक पर्दा उपयोगमा लिने पर्यटन विभाग अन्तरगतको ‘टुरिजम ब्यूरो’बाट नै नेपालले पनि त्यस्तो कार सार्कको लागि ल्याउने तयारी अघि बढाएको हो । भारतले आफ्नो मुलुकको भ्रमणमा आउने विशिष्ट अधिकारीका लागि त्यहीबाट कार भाडामा लिने गर्दछ । सरकारसंग रहेको कार संरक्षण नहुने भएपछि पछिल्लो चरणमा भारतले पनि भाडामा लिने गरेको परराष्ट्र अधिकारीहरुले बताए शिखर सम्मेलन आफ्नो मुलुकको नेतृत्व गरेर आउने राष्ट्र एवं सरकार प्रमुखहरुलाई आवश्यक पर्ने सुविधा सम्पन्न कार सरकारसँग छैन् । राष्ट्रपति रामवरण यादब र प्रधानमन्त्री सुशील कोइरालाले अहिले उपयोग नै गरिहरको बाहेका त्यस्ता तीनकार आवश्यक मर्मत विना सिंहदरबार र नारायणहिटीमा थन्किएको छ । दुवै मुलुकको सरकारी स्तरमा नै छलफल गरेर उक्त कार भाडामा ल्याउने तयारी अघि बढेको हो । अगामी मंसिर १० र ११मा काठमाडौंमा हुने १८ औं शिखर सम्मेलनको तयारी बारेमा सदस्य मुलुकको राजदूतलाई जानकारी गराउन भारत गएको सहसचिव नेतृत्वको टोलीले भारतीय विदेश मन्त्रालयको सहयोगमा त्यस्तो ‘डिल’ गरेर फर्केको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो ।

परराष्ट्रले बेलायतमा ओलम्पीक ताका प्रयोग गरिएको पुरानो गाडी खरिद गर्ने गरि प्रक्रिया अघि बढाएको भए पनि त्यो विकल्प विवादीत हुने भए पछि अन्य खरिदको लागि समय लाग्ने भन्दै भाडाको विकल्पमा गएको हो । छिमेकी मुलुकद्धयले शिखर सम्मेलनको लागि आवश्यक सहयोग समेत गर्ने भनिसकेकोले यस्तो अवस्थामा गाडी पूर्ण सहयोगमा समेत मिल्न सक्ने एक अधिकारीले बताए । शिखर सम्मेलनको तिथी नजिकिदै गर्दा सबै क्षेत्रमा तिव्ररुपमा तयारी अघि बढिरहेको छ ।

प्रधानमन्त्रीको यूएई भ्रमणका क्रममा १४ बुंदे संयुक्त ज्ञापन पत्र बुझाइयो

उत्तम अधिकारी, आबुधाबी, २४ सेप्टेम्बर २०१४ – संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्नुअघि गत शनिवार यूएईको आबुधाबीमा एकदिन बिताएका प्रधानमन्त्रीलाई यहाँ कृयाशील प्रमुख तिन दलका प्रवास संगठन र एनआरएनएले संयुक्त रुपमा १४ बुंदे ज्ञापन पत्र बुझाएका छन् ।
यहाँका नेपाली समुदायका प्रतीनिधीहरु बीच शनिवार भएको भएको छलफलमा प्रधानमन्त्री शुसिल कोइरालाले रोजगारीका लागि विदेशिन वाध्य युवाहरुलाई स्वदेशमै रोजगारीमा संलग्न गराउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताउनु भएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा परराष्ट्र मन्त्री महेन्द्र पाण्डे, परराष्ट्र सचिव शंकर बैरागी लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
मध्यपूर्वी रास्ट्रमा ठुलो संख्यामा कार्यरत नेपाली श्रमिकहरुको अवस्था र उनीहरुले भोगिरहेका समस्याका बारेमा उक्त भ्रमण दलसंगै यस क्षेत्रका बिभिन्न ६ राष्ट्रका नेपाली राजदुतहरुसंग नेपाली संघसंस्थाका प्रतिनिधिहरुले छलफल गरेका हुन् ।
 आबुधाबीको क्राउन प्लाजा होटेलमा शनिवार बिहान भएको उक्त छलफलमा नेपालका प्रमुख तिन दलका प्रवास संगठनहरु तथा एनआरएनए यूएईले संयुक्त रुपमा तयार गरेका १४ बुंदे ज्ञापन पत्रमा उल्लेखित बिषयहरु लगायतमा झन्डै २ घण्टा अन्तरकृयात्मक कार्यक्रम भएको थियो ।
 उक्त क्रममा प्रधानमन्त्रीले प्राकृतिक श्रोतको अथाह खानी हुँदाहुँदै पनि शान्ति र राजनीतिक स्थिरता कायम नभएका कारण गरिब मुलुकमा गनिनु परेको, जनताले दुख पाउनु परेको र परिवार पाल्न युवाहरु बिदेशिनु परेकोप्रति चिन्ता प्रकट गर्दै नेपालमा ठुला लगानीको बातावरण बन्दै गएकोले अबको केहि समयमा कोहि नेपालीले रोजगारीका लागि बिदेशिनु नपर्ने बताउनु भयो ।
 सरकारको सम्पूर्ण ध्यान शान्ति, संबिधान, स्थायीत्व, लोकतन्त्र र बिकाशमा रहेको भन्दै प्रधानमन्त्री कोइरालाले सबै असहमतिलाई तोडेर तोकिएको समय भित्रै संबिधान जारी हुनेमा शंका नगर्न आग्रह गर्नुभएको थियो ।140924214
 सो छलफलमा यूएईमा एमआरपी निर्माणमा देखिको समस्या र समयमै सबै नेपाली श्रमिकहरुले एमआरपी प्राप्त नगरेका खण्डमा दशौँ हजारले रोजगारी गुमाउनु पर्ने अवस्थाबारे जानकारी गराउदै नेपाल सरकारले घुम्ती टोली खटाउनु पर्ने र यथाशिघ्र अनलाईन फारम भर्ने व्यवस्था मिलाउन सरकारलाई अनुरोध गरिएको थियो ।
 जवाफमा यूएईका राजदुत धनन्जय झाले एमआरपीका लागि दुतावासको कर्मचारीबाट घुम्तीटोली संभव नहुने साथै सुरक्षा र सम्बेदंशिलताका कारण ब्यबहारिक रुपमा असम्भव हुने बताउनु भयो भने परराष्ट्र सचिव बैरागीले एमआरपी फारम अनलाइन भर्ने ब्यबस्थाका लागि प्राबिधिक टोली गठन भएको र त्यसबाट प्राप्त हुने सुझाव बमोजिम गरिने बताउदै केहि समय भित्रै पचहत्तरै जिल्ला र बिदेशमा रहेका नेपाली दुतावासबाट सिधै एमआरपी जारी गर्नेवारे अध्ययन हुँदै गरेको बताउनु भएको थियो ।
 हालै खाडी राष्ट्रका ६ देशमा घरेलु कामदार पठाउन लगाइएको बन्देज र सबैभन्दा बढी समस्या रहेको कुवेतमा अझै खुल्ला गरिएकोमा आपत्ति जनाउदै तुरुन्तै कुवेतमा घरेलु कामदार पठाउनमा बन्देज लगाउनुपर्ने, यूएईसंग दोहोरो श्रम सम्झौता गर्नुपर्ने, यूएई भिजिटमा आउन चाहनेका लागि तोकिएको अत्यन्तै संकुचित नाता सम्बन्धि नियमलाई फराकिलो बनाउनु पर्ने, श्रम नवीकरणको अत्यन्तै झन्झटिलो प्रावधानलाई सहज र ब्यबस्थित गरिनुपर्ने लगायतका मागहरु प्रधानमन्त्री सामु राखिएको थियो ।
 त्यसैगरी दुई पटक सरकारले निर्णय गरेर पनि अझै कार्यान्वयन हुन नसकेको दुबईमा दुतावासको कन्सुलेट अफिस स्थापनाका बारेमा सरकारले गरेको बेवास्ता तथा मानव तस्करमा संलग्न म्यानपावर ब्यबशायीलाई कारवाही हुन नसकेकोप्रति उनीहरुले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
 उत्तरमा परराष्ट्र मन्त्री पाण्डेले बैदेशिक रोजगारमा आई विपदमा परेका नागरिकले समेत को मार्फत त्यहाँ पुगिएको हो त्यसको जानकारी र सूचना दिन नमान्दा मानव तस्करलाई समयमै कारवाही गर्न नसकिएको बताउनु भयो । मन्त्री पाण्डेको भनाई थियो मानव तस्कर नियन्त्रणका लागि संघसंस्था र समाजसेविको भूमिका उल्लेख्य रहनु पर्दछ, मानव तस्करलाई समाजले बचाउनु हुदैन, तुरुन्तै सम्पर्क गरेमा आवस्यक कारवाही हुन्छ । परराष्ट्र सचिव बैरागीले बजेट बिनियोजन हुन नसकेका कारण दुबईमा कन्सुलेट अफिस स्थापना गर्न भएको निर्णय कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै आगामी बजेटमा यस बिषयलाई प्राथमिकतामा राखिने स्पष्ट पारेका थिए ।
 उक्त अवसरमा बिगत लामो समयदेखि दुबईको जेलमा रहेका अमर बहादुर बमको रिहाई, पाकिस्तानी नागरिकको मृत्युको कारक मान्दै अदालतले १ लाख दिर्हाम बुझाउन फैसला सुनाएको थमबहादुर कुँवरलाई सहयोग, दुबईको एक कम्पनीमा कार्यरत बिनोद भुसालको २ महिनादेखि अस्पतालमै रहेको शव यथाशिघ्र नेपाल पठाउनका लागि माग गरिएको थियो ।
सो क्रममा मन्त्री पाण्डेले अमर बहादुर बम चाडै रिहा हुने प्रवल सम्भावना रहेको भन्दै न्युयोर्कमा हुने यूएईका परराष्ट्र मन्त्रीसंगको औपचारिक भेटमा आफुले बमको बिषयलाई प्रमुख रुपमा उठाउने बताउनु भयो । त्यसैगरी मन्त्री पाण्डेले थमबहादुर कुँवरको बिषयमा सरकारले आवस्यक सहयोग गर्ने बचनबद्धता गरिरहँदा त्यहीं उपस्थित पिडित कुँवरको आँखा रसाईरहेका थिए ।
 यूएईका राजदुत धनन्जय झाले केहि अपवाद बाहेक मृत्यु पश्चात ५ देखि ७ दिन भित्रमा शव नेपाल पठाइने गरिएको बताउदै बिनोद भुसालको मृत्यु आत्महत्याका कारण भएकाले शव पठाउन केहि समय लागेको बताउनु भयो ।140924212
 त्यस्तै उक्त छलफलमा यूएई दुतावासमा कर्मचारी अभावका कारण सेवाग्राहीले भोग्नु परेको शास्ती र समस्याका बारेमा परराष्ट्र मन्त्री पाण्डेको ध्यान आकृष्ट गराउदै थप जनशक्तिको व्यवस्था गरिदिन आग्रह गरिएको थियो ।
 बिदेशमा रहेका नेपाली नागरिकलाई उनीहरु रहेकै मुलुकबाट सहज रुपमा मतदान गर्ने व्यवस्था मिलाउनु पर्ने माग गर्दै रोजगारीका लागि बिदेशिएका नागरिकको बिभिन्न कारणबाट हुने मृत्यु पश्चात बैदेशिक रोजगार बिभाग मार्फत सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकम मृतकका परिवारलाई सहज रुपमा प्रदान गर्नुपर्ने र सो को जानकारी सार्वजनिक गर्नुपर्ने, नेपाल सरकारले बैदेशिक रोजगारलाई ब्यबस्थित बनाउन कानुनत ब्यबस्था गरेको प्रवासमा १ लाख नेपाली श्रमिक बराबर एकजना जनसम्पर्क अधिकृत (पीआरओ) हुनुपर्ने प्रावधानको कार्यन्वयनका बारेमा प्रश्न उठाईएको थियो ।
बिभिन्न प्रश्नका उत्तर दिनेक्रममा राजदुत झाले कर्मचारी अभावमा सेवाग्राहीले झन्झट व्यहोर्नु परेको स्वीकार गर्नुभयो । राजदुत झाले प्रधानमन्त्री सामु भन्नुभयो घरेलु कामदार पठाउन र एक देशमा ल्याई त्यहाँबाट अन्यत्रै मानव तस्कर गर्ने सवालमा नेपाल एयरपोर्ट भित्रै ठुलो सेटिंग छ र वर्तमान समयमा पाकिस्तानलाई ट्रान्जिट बनाउदै दुबई आउने क्रम बढ्न थालेको छ ।
 मन्त्री पाण्डेले आफुसंग सम्पर्कमा आएका श्रमिकको विवरण दुतावासलाई उपलब्ध गराई आफ्ना नागरिकहरुको अवस्थावारे जानकारी गराउन नेपाली समुदाय र संघसंस्थाले ठुलो भूमिका निर्वाह गर्नसक्ने उल्लेख गर्दै यसका लागि अनुरोध गर्नुभएको छ । त्यसैगरी पाण्डेले बिदेशमा कमाएको पैसा बैधानिक माध्यमद्वारा स्वदेश पठाउन सबैमा आग्रह गर्नु भएको छ ।
 परराष्ट्र सचिव बैरागीले सामान्य प्रशासन, अर्थ, परराष्ट्रको टोलीले भिजिट गरेर कर्मचारी समस्या समाधान गरिने र तत्कालका लागि बैदेशिक रोजगार विभागले २ जना कर्मचारीका लागि उपलब्ध गराउने भनिएको बजेट अनुसार कर्मचारी उपलब्ध गराउन सकरात्मक रहेको उल्लेख गर्नुभयो ।
 भारतको एयरपोर्टबाट नेपाली नागरिकलाई नेपाल सरकारले तोकेको कागजात बिना विदेश जान नदिन पत्राचार गरिएको बताउदै बैरागीले मताधिकारको बारेमा अध्ययन टोलीले प्रतिबेदन बुझाए पश्चात थप छलफल हुने र आफ्ना नागरिकलाई जहाँ रहेपनि मतदानको अधिकार प्रदान गर्नुपर्नेमा नेपाल सरकार सकरात्मक रहेको बताए ।
 यसैक्रममा हालसम्म यूएई दुतावास मार्फत ३५०० घरेलु कामदारहरुको अनुमति प्रदान गरिसकिएको श्रम सहचारी हिरादेवी पौडेलले बताउनु भयो ।
 संयुक्त रुपमा तयार गरिएको उक्त १४ बुंदे ज्ञापन पत्र प्रवासी नेपाली मंच यूएईका महासचिव उत्तम अधिकारीले प्रधानमन्त्री, परराष्ट्र मन्त्री, परराष्ट्र सचिव तथा ६ देशका राजदुत समक्ष प्रस्तुत गरेका थिए । सोहि दिन साँझ राजदुत झाको निवासमा भएको भेटघाट कार्यक्रममा नेपाली जनसम्पर्क समितिका अध्यक्ष चित्र बहादुर केसी, प्रवासी नेपाली मंच यूएईका अध्यक्ष प्रकाश कोइराला, नेपाली जनप्रगतिशील मंच यूएईका कार्यवाहक अध्यक्ष शुरेस ढकाल, गैर आवासीय नेपाली संघका मध्यपूर्व संयोजक चन्द्र बहादुर रोकाहा र गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष कृष्ण प्रसाद भुसालको संयुक्त हस्ताक्षर रहेको उक्त ज्ञापन पत्र प्रधानमन्त्री, परराष्ट्र मन्त्री र राजदुत झालाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।