आयरल्याण्डविरुद्ध नेपाल ५३ रनमै अलआउट

sports

२८ असार, काठमाडौं । टी-२० विश्वकप छनोट क्रिकेटमा आयरल्याण्डविरुद्धको खेलमा नेपाल ५३ रनमै अलआउट भएको छ । यो नेपालको सबैभन्दा खराब तथा टी-२० अन्तराष्ट्रियकै इतिहासकै सबैभन्दा दोस्रो न्यून स्कोर हो । न्यून स्कोरको रेकर्ड भने नेदरल्याण्डको नाममा छ । उसले विश्वकपमा श्रीलंकाविरुद्ध ३९ रन बनाएको थियो ।

 टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १४.३ ओभरमा ५३ रन जोड्दा अल आउट भयो । यसअघि टी-२० अन्तराष्ट्रियमा नेपालको सबैभन्दा कम स्कोर नेदरल्याण्डविरुद्ध ६९ रन थियो । नेपालका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । ओपनर सागर पुनले २० तथा कप्तान पारस खड्काले १० रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

Spread the love