टुडिखेल मा फूट्बल गुडाएको याद छ – राजेन्द्र के सी (गुरु बा )

टुडिखेल मा फूट्बल गुडाएको याद छ – राजेन्द्र के सी (गुरु बा )

दीपक न्यौपाने ,काठमाडौ- –राजेन्द्र के सी नेपाली फुटबल प्रेमी दर्शक हरु को लागि कुनै नैलो नाम होईन । १७ बर्श को उमेर देखी नै आफ्नो खेल जिबन सुरु गरेका के सी रुपक स्मृती सम्मान का साथै दर्जनौ पुरस्कार ले सम्मनित भएका छन । संकटा, जनकपुर चुरोट कारखाना र ब्वाइज युनियन बाट आफ्नो खेल को कैसलता देखाइ सकेका राजेन्द्र के सी २३ बर्ष कै उमेर मा नेपाल कै सबै भन्दा ठुलो शहीद स्मारक ए डिभिजन लीग का कोच भए का थिए । २०५२ सालमा एकै खेल मा ब्वाइज यूनियन क्लब बाट ५ गोल गरी किर्तिमनी नै राखेका थिए । उनि द्वारा प्रक्षित हजारौ खेलाडी हरु आज पनि देश बिदेश का कयौ क्लब हरुमा आफ्नो खेलको जादु देखाइ रहेका छन । उनलाई गुरु मान्ने हरु को पनि ठूलै जमात छ । आज पनि उनलाई ूगुरु बाू को नाम ले सम्बोधन गर्ने जमात को कुनै कमी छैन । द्दण्ण्ठ देखी अमेरिकामा उनि आफ्नो रिटायड लाईफ अमेरिका को न्यूयोर्क शहरमा पत्नी मोनिका र छोरी जेसिका को साथ बिताइ रहेका छन । हाल उनि होटल म्यानेजमेन्ट ब्यबसाय लाई आफ्नो कर्म क्षेत्र को रुपमा अगि बढाइ रहे का छन । खेलकुद को साथै देश बिदेश घुम्न निकै रुची राख्ने के सी उनि राम्रो पाठक पनि भएको बताउछन । साहित्य मा पनि उति नै दखल राक्छन । रिटायड लाईफ बिताउन न्यूयोर्क नै रोज्नु को कारण बारे राजेन्द्र भन्छन्( “न्यू योर्क सपना को शहर हो । यो बिश्व कै राजधानी हो र हामी जस्ता हरुको लागि एक खुल्ला किताब पनि, शान्ति सँग सपना र बिपनाको ताल मेल मिलाई यो जिन्दगी बिताउन चाहन्छु ।“

1. आफु लाई कसरी ब्याख्या गर्नु हुन्छ ?
 म जित बहादुर के सी को छोरा हु । जित बहादुर के सी भने को नेपाल को लागि पहिलो अन्तराष्ट्रिय मेड्ल भित्राउने एक कर्मठ नेपाली हुन । म सानै देखी नै फूटबल खेलथे ठ्याक्कै कती बर्स बाट सुरु गरे त्यो मलाई याद छैन । तर सानै देखी काठमाडौं को टुडिखेल मा फूट्बल गुडाएको याद छ । होल्गर म्यान जर्मन बाट नेपाल प्रोजेक्ट लिएर आएका थिए त्यसपछी म अन्डर १७ खेल खेल्न सुरु गरे को हो । त्यसपछी त्यो बेलामा नेपाल आज जस्तो ब्यबासिक खेलकुद सुरु भएको थिएन ।

2. फुटबल क्षेत्रमा कसरी आउनु भयो ?
 गणेश थापा, राजु शाक्य, नरेन्द्र मान सिङ, उमेश प्रधान मणी साह, मान बहादुर मल्ल, धिरेन्द्र प्रधान हरु जस्ता दिग्गज हरु मेरो खेल बाट प्रभाबित हुनु भयो । हौसला दिनु भयो अनि म फुटबलमा आए ।

3. सानै उमेर मा कोच हुनु को करण के हो रु तपाइमा त्यस्तो परिपक्कता कसरी आयो ?
 हेर्नुस सबै भन्दा ठुलो कुरा आत्म बिश्वास हो । म सबै भन्दा बढी आफु लाई बिश्वास गर्छु । अर्को कुरा भनेको नेपालमा धेरै गरीब तथा जेहेन्दार खेलाडीहरु छन उनिहरु ले मौका पाइरहे का छैनन । उनि हरु लाई माथि ल्याउन नै मैले सानै उमेरमा नेसनल लेभलको कोचको अभिभारा लिएको थिए ।

4. फुट बल नै रोज्नु को कारण ?
 त्यो बेला भबिश्य कुनै खेलको पनि थिएन । मैले भबिश्य भन्दा पनि सपना देखे त्यसैले फुटबल रोजे ।

5. तपाईं लाई नेपालमा मन पर्ने फुट बल खेलडी को हो ?
 मुरारी के सि र नरेन्द्र श्रेष्ठ मलाई मन पर्ने खेलडी हो ।

6. तपाईं कोही खेलडी बाट प्रभाबित हुनु हुन्छ ?
 प्रभाबित त म कोही बाट पनि छैन । म आफै बाट आफै प्रभबित भा’को ब्यक्ती हो । तर मैले मान्नु नै पर्ने हो भने मुरारी के सि र नरेन्द्र श्रेष्ठ लाई मान्छु ।

7. नेपाल को के कुरा मिस गरी राख्नु भा को छ ?
 मिस गरेको भने को चाही के हो भने मैले दुर्गम क्षेत्र को धेरै खेलाडी लाई मौका दिन सक्थे तर त्यो भने जती दिन सकिन म जुन बेला नेपाल मा थिए त्यो बेला मैले धेरै लाई दिए जुन मलाई गर्ब पनि छ ।

8. अमेरिका आएर के पाउनु भयो ?
 पाउन को लागि अमेरिका आए को होईन तर पनि भन्नु नै पर्दा अमेरिका आए र मैले एउटा भित्री सन्सार पाए । खुल्ला बिश्व बिद्यालय पाए ।

9. भबिश्यमा के के योजना हरु छन ?
 भबिश्य मा नेपाल गएर जस्ले राम्रो खेल्छन्, मौका नपएका हरु लाई
मौका दिदै अघी बढ्ने योजना छ ।

10. फुटबलमा तपाईं को यती धेरै मोह चाही किन ?
 जता पनि गुड्ने भएर होला । ९लामो हासो०

11. नेपाली राजनिती राम्रो हुन नसक्नु को कारण ?
 ब्यक्तिबाद को हाबी भएर, देशको लागि सोच्ने खै को छ रु हो त्यही भएर हो । तैपनी प्रायस गरी रा’छन आशा गरौ एकदिन सबै ठीक हुन्छ ।

12. अमेरिका भएको नेपाली समुदाय कस्तो लागि रा’छ ?
 सबैले आफ्नो तर्फ बाट राम्रो गरी रहनु भाको छ । जे भए पनि जक्सन हाईट्स थकाइ मर्ने चौतारी भा’छ । (लामो हासो)

13. फुट बल खेल्ने मान्छे अब साहित्य तिर पनि लागि रहनु भा छ “घाट्” कस्तो किसिम को उपन्यास हो ?
 मैले भन्दा पनि राजन थपलिया भाइले दाइ एउटा राम्रो बिसय चाहियो भन्दै हुनु हुन्थ्यो । मेरो लेखन भन्दा पनि उहा सँग एउटा अटच्मेन्ट हुन मात्र खोजेको हो । पछी मेरो कन्सेप्ट उहा ले निकै मन पराउनु भयो । उहा मोटिभेस्नल्, सेल्फ(हेल्प अथर हो । उहा जस्तो एक अन्तराष्ट्रिय स्तर को लेखक सँग आफ्नो नाम जोड्न पाउनु एक गर्बको कुरा हो । बिषेश गरेर उहाले अङ्रेजी भाषा मा ८ वटा किताब निकाली सक्नु भाको छ । ूघाटू उपन्यास जिबन को भोगाइ अनि मान्छेले मर्ने बेलामा के कुरा को इच्छा राख्द छ भन्ने कुरा मा केन्द्रीत अत्यन्त मर्मिक उपन्यास हो । आफै मा गहन बिसय बोकेको एक उत्कृष्ठ कृती हो । यथार्थ परक हामी सबै लाई जिबनमा आइपर्ने कुराहरु हो । पसुपतीनाथ देखी अमेरिका को कोलम्बिया युनिभर्सिटी सम्मको कथा लाई समेटिएको छ ।

14. तपाईंको बिचारमा जिन्दगी के रैछ त ?
 जन्म र मृत्यु बिच को लडाईं हो ।

1620668_10202026737738232_5955209172135156560_n