२५ तोला सुनसहित खेलकुद परिषद्का उपाध्यक्ष टेण्डी शेर्पा पक्राउ – सुन राजश्वमा बुझाइयो

Tendy

काठमाडौ – राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष टेण्डी शेर्पा २५ तोला सुनसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । शेर्पा हककङबाट हिजो राति साढे १० बजे त्रिभुवन विमानस्थल ओर्लिएका थिए ।   उनले आफ्नो साथमा २२ तोलाको बाला र डेढ डेढ तोलाको ढ्याक  ल्याएका थिए ।उनलाई राजश्व अनुसन्धान विभाग पठाईएको  विमानस्थल प्रहरीले जानकारी दिएको छ ।  लामालाई छुटाउन एमाले नेताहरुले प्रहरीलाई दबाब दिन थालेको प्रहरीले जानकारी दिएको छ ।

Spread the love