क्रिकेट मैदान माग गर्दै खेलप्रेमी – ‘डिभिजन २ पाइयो, रंगशाला चाहियो’

दि पावर न्युज सम्वाद दाता, काठमाडौ – मलेसियामा आयोजित आईसीसी क्रिकेट लीग डिभिजन थ्री प्रतियोगिताको उपाधी जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खेलाडीहरूको भव्य स्वागत गरिएको छ ।  टोलीको स्वागतको लागि राष्ट्रिय खेलकुद परिषद् सदस्य युवराज लामा, युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता चुणामणि पौडेल, क्यानका कार्यवाहक अध्यक्ष श्रीनिवास राणा, उपाध्यक्ष विकास घिमिरे, महासचिव उत्तम कर्माचार्यलगायत पदाधिकारी बिमानस्थमला छन् । राष्ट्रिय झण्डा र फूलमाला सहित विमानस्थल पुगेका क्रिकेट खेलप्रेमीहरुले नेपालमा अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन माग गर्दै नारा लगाएका थिए । कप्तान पारस खड्काले डिभिजन थ्रीको उपाधी हातमा उचालेर विमानस्थलको मुख्य भवनबाट बाहिरिदै गर्दा खेलप्रेमीहरूको उत्साह बेग्लै देखिन्थ्यो ।

Spread the love