प्रवासी नेपाली मन्च टेक्सास, राज्य अधिवेशन आयोजक कमिटी गट्न तथा अन्तर्क्रिया कार्यक्रम

प्रवासी नेपाली मन्च टेक्सास, राज्य अधिवेशन आयोजक कमिटी गट्न तथा अन्तर्क्रिया कार्यक्रम

टेक्सस, अमेरिका  / प्रवासी नेपाली मन्च  अमेरिकाको टेक्सास राज्यमा अक्टोबर २६ तारिख आइतबार बसेको मन्च  सम्बद्ध सदस्यहरूको भेलाले श्री सुशील क्षेत्रीको संयोजक्त्वमा १९ सदस्ययिय टेक्सास राज्य साधारण सभा आयोजक समितिको गठन गरेको छ । जनवरी १, २०१५ मा साधारण सभा गर्ने गरी विभिन्न विभागहरूको पनि गठन गरिएको छ, जसनुसार सदस्यता नविकरण, वितरण तथा रूपान्तरण विभागको प्रमुखमा श्री चेतनाथ भट्टराई , कार्यालय संयोजन तथा प्रचार प्रसार विभाग प्रमुखमा श्री युबराज खनाल, अतिथि सत्कार विभाग प्रमुखमा सरिता चौलागांई, संघसस्था सम्पर्क विभाग प्रमुखमा जित थापा र भोजन तथा हल व्यवस्थापन विभाग प्रमुखमा श्री सङ्राम सिंह तामाङ् रहनु भएको छ । अक्टोबर २६ तारिख देखि नोवेम्बर २५ तारिख बेलुका ८ बजे संम्म सदस्यता वितरण, नविकरण तथा रूपान्तरण गरिनेछ साथै साधारण सभामा प्रवेश पाउन उक्त मितिभित्र मन्चले तोकेको रकम बुझाई नंबरिङ गरेको रसिद लिनुपर्ने छ। सदस्यता लिनेहरूको लागि सजिलो होस भनेर प्रवासी नेपाली मन्चको कार्यालय ३४०१ कन्फलान्स रोड,अर्विङ टेक्सास ७५०६१ हरेक हप्ताको शनिवार र आइतबार बेलुका ६-८ बजे संम्म खुला राखिने छ भने सदस्यता नामावली प्रकाशन नोवेम्बर २५ तारिख बेलुका ७ बजे, त्यसैगरि नोवेम्बर २५ तारिख देखि डिसेम्बर २५ तारिख संम्म प्रचार प्रसार, निर्वाचन कमिटीको गठन !

निर्वाचन कमिटीले तोकेको रकम बुझाई उम्मेद्वारी दिने अन्तिम मिति डिसेम्बर २७ तारिख बेलुका ८ बजे ,  दाबीबिरोध तथा उम्मेदवारी फिर्ता अन्तिम मिति डिसेम्बर २८ तारिख बेलुका ८ बजे संम्म रहने छ भने जनवरी १, २०१५ सालको दिउसो १२ बजे देखि ४ बजे संम्म उद्घाटन समारोह र ५ बजे देखि बन्द सत्र सुरु हुनेछ ।

 मन्चको यस कार्यक्रम लाई सहयोग गरी सफल बनाउन सम्पूर्ण पत्रकार मित्रहरू, नेपाली दाज्युभाइ दिदिबहिनिहरुमा हार्दिक अनुरोध गरिन्छ । मन्चको उदेस्य सामाजिक, अर्थिक ,सांस्कृतिक र नेपालमा उत्पादनमा लगानी गर्ने रहने छ ।

क्रिकेट मैदान माग गर्दै खेलप्रेमी – ‘डिभिजन २ पाइयो, रंगशाला चाहियो’

दि पावर न्युज सम्वाद दाता, काठमाडौ – मलेसियामा आयोजित आईसीसी क्रिकेट लीग डिभिजन थ्री प्रतियोगिताको उपाधी जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खेलाडीहरूको भव्य स्वागत गरिएको छ ।  टोलीको स्वागतको लागि राष्ट्रिय खेलकुद परिषद् सदस्य युवराज लामा, युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता चुणामणि पौडेल, क्यानका कार्यवाहक अध्यक्ष श्रीनिवास राणा, उपाध्यक्ष विकास घिमिरे, महासचिव उत्तम कर्माचार्यलगायत पदाधिकारी बिमानस्थमला छन् । राष्ट्रिय झण्डा र फूलमाला सहित विमानस्थल पुगेका क्रिकेट खेलप्रेमीहरुले नेपालमा अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन माग गर्दै नारा लगाएका थिए । कप्तान पारस खड्काले डिभिजन थ्रीको उपाधी हातमा उचालेर विमानस्थलको मुख्य भवनबाट बाहिरिदै गर्दा खेलप्रेमीहरूको उत्साह बेग्लै देखिन्थ्यो ।

खुम्बु क्षेत्र बिश्वकै छैटौ उत्कृष्ट गन्तव्य “ लोन्ली प्लानेट ”

दि पावर न्युज सम्वाद दाता, काठमाडौ – यो क्षेत्रमा एक्स्प्लोर भएका नयाँ रुटहरूले पनि खुम्बुलाई आकर्षणको केन्द्र बनाएको लोन्ली प्लानेटमा उल्लेख छ । आगामी वर्ष २०१५ मा घुम्नका लागि उत्कृष्ट १० क्षेत्रमा खुम्बु परेको छ । सबैभन्दा अग्लो शिखर सगरमाथाका कारण बढी चर्चित हुने गरेको खुम्बु क्षेत्र सूचीको छैटौं नम्बरमा छ । यो क्षेत्रमा एक्स्प्लोर भएका नयाँ रुटहरूले पनि खुम्बुलाई आकर्षणको केन्द्र बनाएको लोन्ली प्लानेटमा उल्लेख छ । खुम्बुभन्दा अगाडि टर्कीको गल्लीपोली, अमेरिकाको ढुङे पर्वतीय राष्ट्रिय निकुञ्ज, बेलायतको टोलेडो, अस्ट्रेलियाको टास्मानिया र नर्वेको नर्वे आर्टिक परेका छन् । नेपाल आउने पर्यटकमा सबैभन्दा बढी जाने क्षेत्रमा पनि खुम्बु पर्छ । खुम्बु क्षेत्रका लागि काठमाडौंबाट दैनिक ६० र मौसमको समय ८० उडान हुने गर्छ । उक्त क्षेत्र पर्यटकीय मौसममा सबैभन्दा बढी भिडभाड हुने क्षेत्र हो ।

नेपालका जया लुइँटेल र दर्शन कार्की बिबिसीको उत्कृष्ट सूचीमा

काठमाडौँ । बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ सर्भिस (बिबिसी)को बनाएको संसारभरका सय महिलाको सूचीमा नेपालका जया लुइँटेल र दर्शन कार्की परेका छन् । लुइँटेल पत्रकार र महिला अधिकारकर्मी हुन् भने कार्की द काठमाडौँ पोष्ट दैनिककी विचार पृष्ठ सम्पादक र ब्लगर हुन् ।  कला, साहित्य, उद्यम राजनीतिजस्ता पेसामार्फत महिला सशक्तीकरणमा महत्वपूर्ण प्रभाव पार्नेलाई विश्वभरिबाट छनोट गरी बिबिसीले प्रत्येक वर्ष सय जना उत्कृष्ट महिलाको सूची सार्वजनिक गर्छ । बिबिसीले आफूले बनाउने समाचार र उठाउने विषयवस्तुमा महिलाको पनि प्रतिनिधित्व र योगदान होस् भनेर २०१३ सालदेखि यस्तो सूची बनाउन सुरु गरेको हो । रासस

छठ पर्वको आज मूख्य दिन

चितवन १२ कात्र्तिक ।  छठ पर्वको आज मूख्य दिन छठ पूजा गरिँदैछ । आज साँझ व्रतालुहरुले नजिकैको नदी, तलाउ, पोखरीमा गएर अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने गर्दछन् । आज साँझ छठी मातालाई गहुँ र चामलको पिठोबाट बनेको विभिन्न परिकार चढाउने गरिन्छ । आज रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर भोलि बिहान पुनः उदाउँदो सूर्यलाई ती सबै खाद्य वस्तुले अर्घ दिँदै छठ पर्वको समापन गर्ने गरिन्छ । दिनभर उपवास बसेका ब्रतालुहरुले हिजो साँझ पख स्नान गरेपछि कुलदेवता रहेको कोठामा नयाँ चुल्हो बनाएर प्रसाद तयार पारेका छन् । यसअघि हिजो ब्रतालुहरुले दिनभरि उपवास बसेर राति खीर, पुरी लगायतका वस्तुहरु गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात बिना नुनको खानेकुराहरु खाएका थिए । Chat parbaछठमा गहँुको पीठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, पञ्चमेर, पञ्चफल, विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, कागती, अदुवा, सुथनी, उखु, केरालगायतका सामग्रीहरु प्रसादका रुपमा अर्पण गर्ने चलन रहेको छ । दशैं र तिहार जस्तै तराईवासीका लागि छठ पर्वले विशेष महत्व राखेको छ । केही वर्षयता नेपाली भाषी तथा कतिपय मुश्लिम समुदायका नेपालीले पनि छठ पर्व मनाउन शुरु गरेपछि यस पर्वको आकर्षण झनै बढ्दै गएको छ । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने चार दिने छठ पर्व मिथिलाञ्चलसहित नेपालका विभिन्न भागमा धामिर्क विधिपूर्वक मनाइने गरिन्छ । छठ पर्वको पहिलो दिन ब्रतालुहरुले नुहाएर खाने विधि पूरा गरी छठ पर्वको शुभारम्भ गर्ने गर्दछन् । राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना  राष्ट्रपति डा रामवरण यादवले छठी माताले संविधान निर्माणमा अग्रसर हुन दलका नेताहरुलाई शक्ति प्रदान गर्ने विश्वास गर्नु भएको छ । छठपर्वको अवसरमा शुभकामना दिँदै राष्ट्रपति यादवले तोकिएको समयमा नयाँ संविधान निर्माण भई देशको सार्वभौमिकता र अक्षुणता कायम रहोस भन्ने कामना रहेको बताउनु भएको छ । त्यस्तै उपराष्ट्रपति परमानन्द झाले पनि छठपर्वको अवसरमा शुभकामना दिँदै तोकिएकै समयमा संविधान जारी गर्नेगरी दलहरुलाई एकजुट हुन यस पर्वले प्रेरणा दिने विश्वास व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले छठ पर्वका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नु भएको छ । शुभकामना मन्तव्य व्यक्त गर्दै कोइरालाले छुट्टै मूल्यमान्यता र विश्वाससहितको मौलिक संस्कृति बोकेको यस पर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, सद्भाव र हार्दिकता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई मजबुत बनाउने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली जनताले छ दशकभन्दा लामो समयदेखि प्रजातन्त्रको स्थापना, पुनःस्थापना र विकासका लागि गरेका आन्दोलनको उपलब्धिका रूपमा प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशितालाई संस्थागत गर्न संविधान निर्माणमा हरेक नेपालीले साथ दिनुपर्ने औँल्याउँदै आपसी सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट नै ऐतिहासिक जिम्मेवारी पूरा गर्न सकिने बताउनुभयो ।

विश्वको सवैभन्दा ठुलो वैज्ञनिक अनुसन्धान निष्फल

विश्वको सवैभन्दा ठुलो वैज्ञनिक अनुसन्धान तथा आणविक कम्पनी नासामा अन्तरिक्षमा पठाउनका लागि तयार भएको दुई वटा रकेट विस्फोट भएको छ ।  अमेरिकी समाचार सस्थॉ सिएनएनका अनुसार ३० सकेण्डको फरकमा २ वटा अन्तरिक्ष यान विस्फोट भएको हो । अमिरिकाको पुर्वीय क्षेत्रको भर्जिनिया कोस्टमा रहेको सो आणविक भट्टीमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको नासालाई उद्धृत गर्दै सिएनएनले आफ्नो अनलाइन सस्करणमा लेखेको छ ।  २२ हजार केजीको सो अन्तरिक्ष यान विस्फोटको कारण भने नासाले खुलाएको छैन ।
[embedplusvideo height=”400″ width=”650″ editlink=”http://bit.ly/1ti4JLC” standard=”http://www.youtube.com/v/NdFu40_aL7w?fs=1″ vars=”ytid=NdFu40_aL7w&width=450&height=400&start=&stop=&rs=w&hd=0&autoplay=0&react=1&chapters=&notes=” id=”ep7873″ /]

सार्क शिखर सम्मेलनमा भाग लिनमोदी मोटर चढेर नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिमानाकाबाट आउदो मंसिर १० र ११ गते हुने १८ औं सार्क शिखर सम्मेलनमा भाग लिन गाडी चढेर नेपाल आउने भएका छन् । मोदी गाडी चढेरै नेपाल आउने सुचना पाएपछि बिर्तामोड जनकपुर सडक खण्डमा पिच गर्ने काम धमाधम थालिएको छ ।  पटनाबाट स्थलमार्ग हुँदै भारतीय प्रधानमन्त्री मोदी नेपाल प्रवेश गर्ने बताईएको छ । मोदी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको बैठकमा आउँदा सडकमार्गबाट आउने भएपछि व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिले समेत उक्त सडकखण्ड तत्काल मर्मतसम्भार गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।
पटनाबाट ४ घण्टामा यहाँ सिमा नाका आइपुगिन्छ । जिल्ला विकास समितिले समेत सडक स्तरोन्नती र सरसफाइनको लागि विशेष पहल थालेको छ । तिन महिना अघिमात्र नेपाल आउँदा जनकपुर रामजानकी मन्दिरमा सार्क सम्मेलनमा आउँदा जाने बताएपछि यस क्षेत्रमा विशेष चहल पहल सुरु भएको छ ।  भारत पटनाबाट जनकपुरसम्म स्थलमार्गबाट आएर मोदी जनकपुरधाममा रामजानकी मन्दिरको दर्शन गरेर हवाई मार्ग भएर काठमाडौं जाने बताइएको छ । यसबारेमा भारतीय दुतावासले भने अझैसम्म केही बताएको छैन । परराष्ट मन्त्रालयले भने यसबारेमा कुनै आधिकारीक जानकारी नआएको बताएको छ ।

डिसेम्बरमा लगातार ६ दिन अध्यारो हुने भ्रामक हल्ला मात्र : नासा

बिकास न्यौपाने, अमेरिका, बिगत केहि दिन देखि आगामी डिसेम्बरमा ६ दिन अध्यारो हुने भनेर चलाईएको हल्ला भ्रामक मात्र भएको नासाले जनाएको छ । नासाका अनुसार डिसेम्बरको १६ देखि २२ सम्म लगातार रुपमा अन्धकार हुने हल्ला मात्र हो । बिगत केहि दिन देखि डिसेम्बरमा लगातार ६ दिन अन्धकार हुने भनेर बिभिन्न सन्चार माध्यम तथा सामाजिक सन्जालमा चर्चाको बिषय बनेको थियो । पटक पटक बिभिन्न भ्रामक समाचार फैलाउने एउटा अंग्रेजी अनलाईनमा यो समाचार प्रकाशनमा आए पछि सामाजिक सन्जालमा फैलिएको हो । नासाले बिज्ञप्ती जारी गरेर गलत र भ्रामक समाचारका पछाडि नलाग्न आग्रह गरेको छ ।

व्यंग्यात्मक समाचार प्रस्तुत गर्ने एउटा वेवसाइट हजलर डटकमले यस्तो समाचार प्रकाशित गरेपछि त्यसलाई विश्वास गरेर फेसबुक र ट्वीटरमा हल्लीखल्ली नै मच्चिएको छ । सौर्यमण्डलमा आउने आँधीका कारण पूर्ण रुपमा अन्धकार हुने भन्दै नासाका प्रमुख चाल्र्स बोल्डेनलाई हवाला दिएर समाचार प्रकाशन गरिएपनि नासाका प्रमुखले त्यस्तो अभिव्यक्ति नदिएको खुल्न आएको छ । हजलर डटकमले यस अगाडि पनि एकजना मृत अमेरिकन कलाकारले आफू जीवित रहेको दावी गरेको नक्कली रिपोर्ट प्रकाशित गरेको थियो ।

पारसलाई प्रेमिकाकै षड्यन्त्रका कारण पक्राउ परेको अनुमान

काठमाडौं, १०  कात्तिक । पूर्वराजा ज्ञानेन्द्रका परिवारले पूर्वयुवराज पारस शाहलाई नेपालमा नल्याई थाइल्यान्डको राजधानी बैंकको पुनःस्थापना केन्द्र (सुधार गृह) मा राख्ने गृहकार्य अघि बढाएको छ ।

थाई अदालतमा १० लाख भाट धरौटी राखी केही दिनअघि मात्र प्रहरी हिरासतबाट मुक्त भएका पारसलाई उपचारका लागि बैंककमै पुनःस्थापना केन्द्रमा राख्ने निष्कर्षमा निर्मल निवास पुगेको हो ।

अवैध लागूऔषध सेवन गरेको अभियोगमा गत महिना उनी थाइल्यान्डको रुङखाईमा पक्राउ परेका थिए । नेपालमा ल्याउँदा उनी फेरि दुव्र्यसनमा फस्न सक्ने भएकोले भाइल्यान्डमै पुनःस्थापना केन्द्रमा राख्ने तयारी परिवारले गरेको हो ।

पारसलाई तत्काल नेपाल ल्याउने सोच ज्ञानेन्द्र परिवारले त्यागिसकेको छ । उनलाई भेट्न जाने सोच पनि पूर्वयुवराज्ञी हिमानी र पूर्वराजकुमारी प्रेरणाले त्यागिसकेकी छन् । सुधार केन्द्रमा राखेपछि मात्र हिमानी र प्रेरणा बैंकक जाने भएका छन् ।

यता, पारसकी प्रेमिका अझैसम्म उनको सम्पर्कमा आएकी छैनन् । आफु पक्राउ पर्नुमा प्रेमिकाकै षड्यन्त्र भएको अनुमान पारसले गरेका छन् । प्रेमिकासहित उनको सम्बन्ध पूर्ण रुपमा टुटिसकेको छ । प्रेमिकासँग उनको सम्बन्ध टुटेपछि पारस अब सजिलै नेपाल फर्कने अनुमान परिवारले गरेको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।