चर्चित फुटबल खेलाडी बेकह्याम काठमाडाैंमा

david-beckhams

२० कात्तिक, काठमाडौं । बीबीसीको एक डकुमेन्ट्रीको सुटिङका लागि चर्चित फुटबल खेलाडी डेविड बेकह्याम काठमाडौं आइपुगेका छन् । बीबीसीले तयार पार्न लागेको सेभेन, सेभेन, सेभेन डकुमेन्ट्रीका लागि उनले आज भक्तपुरका बालबालिकासँग टोकन म्याच खेल्नेछन् । काठमाडौंमा उत्रिएलगत्तै उनलाई भक्तपुर दरबार स्क्वायरमा लैजाने कार्यक्रम रहेको छ । पपुवा न्युगिनीबाट बेकह्याम काठमाडौं आएका हुन् ।

Spread the love