एन्जल्स हर्ट च्याम्पियन

एन्जल्स हर्ट च्याम्पियन

काठमाडौं : दोस्रो वाइवाइ अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि एन्जल्स हर्ट कलेजले जितेको छ । सोमबार भएको फाइनल खेलमा एन्जल्स हर्टले डिएभी कलेजलाई ६० रनले हरायो । डिएभीले टस जितेर सुरुआतमा फिल्डिङ गरेको थियो । एन्जल्र्स हर्टले १ सय ६२ रन जोडेर खेलमा बलियो पकड जमाएको थियो । एन्जल्स हर्टको सुमित महर्जनले ५६ रनको योगदान गरेका थिए । यसैगरी टोलीका लागी अचल चौधरीले २३ र सन्जय बस्नेतले ३३ रन बनाए । डिएभीका बिपिन आचार्यले ४ विकेट र क्षितिज पाठकले २ विकेट लिए ।

जवाफमा ब्याटिङ गरेको डिएभीले १ सय २ रन मात्र बानाए पछि एन्जल्स हर्ट दोश्रो पटक च्याम्पियन बन्न सफल भयो । डिएभीका जन्मजयले ३१ र बिबेकले १३ रनको योगदान दिएका थिए । एन्जल्र्स हर्टका सन्जय बस्नेतले ४ विकेट, अदिल खान र सुमित झाले समान २–२ विकेट लिएका थिए । प्रतियोगितामा विजेता टिमका सन्जय बस्नेत प्लेयर अफ द म्याच र उत्कृष्ट बलरको उपाधि जिते । संजयनै फाईनल खेलको मेन अफ द म्याच चुनिए । एन्जल्सहर्टकै अदिल खान उत्कृष्ट ब्याटसम्यान भए । प्रतियोगितालाई आरके प्लास्टिक प्रालि र चौधरी गु्रपले सहयोग गरेका थिए ।
चैत ९ देखी १४ सम्म चलेको प्रतियोगिता किर्तिपुरको टियु मैदान र लेबरोटरी स्कुलको मैदानमा भएको थियो । प्रतियोगितामा १२ कलेजका टोलीले प्रतिस्पर्धा गरेको थिए । प्रतियोगिताको विजेता एन्जल्र्स हटले ७५ हजार, दोस्रो भएकोे डिएभीले ३५ हजार रुपैया नगद पुरस्कार पाएको छ । प्लेयर अफ द सिरिजले ५ हजार, उत्कृष्ट ब्याटसम्यान र बलरले समान २ हजार पाएको आयोजकले बताएको छ ।

एन्जल्स हर्ट च्याम्पियन टिम
एन्जल्स हर्ट च्याम्पियन टिम

Brain damage in former players fuels soccer

LONDON: All were skilled headers of the ball. Scientists have found signs of brain damage that could cause dementia in a handful of former soccer players,  The small study was the first of its kind, involving post mortems on six men who died with dementia after long careers playing soccer. fueling worries about the danger of frequent knocks from heading the ball or colliding with others on the field.

नेपाली महिला क्रिकेट टोली विश्व कप ग्लोबल खेलमा छनोट

काठमाडौं: विश्व कप क्रिकेट छनोटबाट बाहिरिएको नेपाल एसिया कप क्रिकेटका लागि छनोट भएको छ । ८६ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ६ विकेटको क्षतिमा ८८ रन बनाएको थियो । आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनोट अन्तर्ग शनिबार भएको खेलमा नेपालले चीनलाई चार विकेटले पराजित गर्यो।  नेपालले खेलेका ६ खेलमा तीन जित र तीन हारको नजिता आत्मसाथ गरेको थियो । अर्को खेलमा थाइल्यान्डले हङकङलाई सात विकेटले हराई दिएपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको एसिया कप खेल्ने भाग्य जुरेको हो ।   एसियाली छनोट खेलमा थाइल्यान्ड १० अंक सहित शिर्ष स्थानमा रहँदै विश्व कप ग्लोबल छनोट खेलका लागि छनोट भएको छ ।

 

Olampic

अपेक्षा गरेभन्दा सफल रियो ओलम्पिक

२०७३ भाद्र ६, – रियो ओलम्पिक सुरु हुन अगाडिसम्म धेरैको आशंका थियो आगामी ओलम्पिक जापानमा आयोजना हुने घोषणासँगै भव्य कार्यक्रमबीच  बिहान रियो ओलम्पिक टुंगिएको छ । , सायद यसपटकको खेलकुद महाकुम्भ पटक्कै सम्झन लायक हुने छैन ।  भलै समापन समारोहमा भरिभराउ दर्शक देखिएनन्, पानीले पनि बाधा पुर्‍यायो । तर जति बेला ओलम्पिक ज्योति निभाइयो, सबैले माने, अपेक्षा गरेभन्दा सफल रह्यो, रियो ओलम्पिक २०१६ । ब्राजिलको सबैभन्दा ठूलो सहर रियो डे जेनेरियो आफ्नो साख जोगाउन सफल रह्यो ।  यसपटकको रियो ओलम्पिकका सबैभन्दा ठूला दुई खेलाडी रहे, पौडीका माइकल फेल्प्स र एथलेटिक्सका युसेन बोल्ट । दुवैले आफ्नो प्रतिष्ठा अनुसार खेले । फेल्प्स रियो ओलम्पिककै क्रममा इतिहासमै सबैभन्दा बढी पदक जित्न सफल खेलाडी बने ।

अन्तिम पदक तालिकामा अमेरिका नै अगाडि रह्यो, कुल १ सय २१ पदकसहित । त्यसमा ४६ स्वर्ण सामेल थियो । यसक्रममा अमेरिकाले विश्व खेलकुदमा आफू नै नम्बर १ देश रहेको सिद्ध गर्‍यो । बेलायतका लागि यसपटकको ओलम्पिक अत्याधिक सुखद रह्यो । कुनै समय विश्व खेलकुदमा बेलायती चुनौती लगातार कमजोर रहने गरेको थियो ।

Portugal-win-Euro-2016

युरोकपको उपाधी पोर्चुगलको हातमा

काठमाडौं – आफ्नो सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई सुरुमा नै गुमाएपनि पोर्चुगल युरो २०१६ को फाइनलमा फ्रान्सलाई हराउन सफल भएको छ अतिरिक्त समयमा एइडरको गोलको मदतमा घरेलु टोलीलाई १-० ले पराजित गर्दै पोर्चुगल युरोपियन महादेश च्याम्पियन बनेको हो ।  पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधि जितेको छ । १०८ औं मिनेटमा पोर्चुगलका ग्यारेरोको फि्रकिक पनि बारमा लोगर फर्कियो । तर, त्यसको एक मिनेटपछि नै एइडर गोल गर्न सफल भए ।Portugal-win-Euro-2016

००४ को उपविजेता पोर्चुगल समूह चरणमा एउटा पनि खेल नजिति तेस्रो स्थानमा रहेको उत्कृष्ट टिमका रुपमा नकआउट चरणमा पुगेको थियो । एकपछि अर्को खेलमा सुधार गरेको उसले फ्रान्सलाई हराएर पहिलो ठूलो अन्तराष्ट्रिय उपाधि जितेको छ । र, क्लब फुटबलमा सबै सफलता हात पारेका रोनाल्डोले अन्ततः देशका लागि ठूलो प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् ।

Sports toli

अलपत्र परेका खेलाडीले घरबाट बाटोखर्च

झापा-टिम व्यवस्थापनको गम्भीर लापरबाहीको शिकार बनेर बाटैमा अलपत्र बनेका उसुका खेलाडी घरबाट खर्च मगाएर शनिबार काठमाडौंतिर लागेका छन् । खेलाडी लिएर प्रतियोगितामा सहभागी हुन गएका उसुका टिम म्यानेजर र प्रशिक्षकहरू पदक विजेता खेलाडीहरूलाई अलपत्रै छाडेर जहाजमा काठमाडौं हिँडेपछि खेलाडीको विजोग भएको थियो । १२ अाैं दक्षिण एशियाली खेलकुद (साग) मा १ स्वर्णसहित १२ वटा पदक जित्ने उसुका ९ जना खेलाडी बिहीबारदेखि झापामा बेखर्ची बनेर भौतारिरहेका थिए । स्रोतका अनुसार उसु टिम व्यवस्थापनका सदस्यहरूले खेलाडीसँग पैसा रहेको बताउँदै उनीहरुलाई सम्पर्क गर्न अस्वीकार गरिरहेको छ । तर, खेलाडीहरू चिकित्सकले लेखिदिएको औषधि किन्ने पैसा समेत नभएको बताउँछन् ।  झापामा अलपत्र पर्ने खेलाडीहरुमा उसुका कप्तान धनवीर महर्जनसहित राजेश चौधरी, युवराज थापा, चित्रसिंह ठकुरी, हरिप्रसाद गोले, सरोज पुन, विजय सिञ्जाली, विश्व बुढा मगरलगायत छन् । मिहेनत गरेर पदक दिलाउने तिनै खेलाडी बेखर्ची भएर बस्न बाध्य बने ।

football

नवयुग श्रेष्ठको ह्याट्रिक – सेमिफाइनल पुग्ने सम्भावना बलियो

दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा नेपालले आइतबार विजयी सुरुआत लिएपछि नवयुग श्रेष्ठको ह्याट्रिक मदतले नेपालले समूह ‘बी’ को पहिलो खेलमा भुटानलाई ५–० ले हरायो । सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ । बंगबन्धुगोल्डकपमा प्राप्त सफलताले उत्साहित नेपालले दस खेलाडीमा सीमित भुटानमाथि अपेक्षित र सहज जित निकालेको हो । जितले नेपालको यू–२३ टिम जितले तीन अंकसहित समूहको शीर्ष स्थानमा रह्यो । अब मंगलबार समूहको अर्को खेलमा बंगलादेशले भुटानको सामना गर्नेछ । पहिलो हाफ सकिन दुई मिनेट अगाडि विशाल राईले दोस्रो गोल थपे । तेस्रो गोल अञ्जन विष्टको नाममा रह्यो र उनले ५१ औं मिनेटमा गोल गरे । नवयुगले ७४ औं मिनेटमा आफ्नो दोस्रो व्यक्तिगत गोल गरे । उनले ८५ औं मिनेटमा ह्याट्रिक पूरा गरे । बंगबन्धुगोल्डकप खेलेको टिमबाट एक खेलाडी मात्र फेरेर नेपाली यू–२३ गोवाहटी आइपुगेको हो । दक्षिण एसियाली खेलकुदको फुटबलमा नेपालले अहिलेसम्म दुई स्वर्ण, दुई रजत र दुई कांस्य जितेको छ । नेपालले अन्तिम पटक सन् २००६ मा कांस्य पदक जितेको हो ।

sports

भारतविरुद्धको खेलमा नेपालले पाँचाै विकेट गुमायो

बंगलादेशमा जारी आइसीसी यु-१९ क्रिकेट विश्वकपमा समूह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दैछ। टस जितेर भारतले नेपाललाई ब्याटिङको निम्तो दिएको छ।  सुनिल धमला, योगेन्द्र सिंह कार्की, राजु रिजाल र सन्दिप सुनारको विकेट झरेको हो। २९ ओभरको समाप्तिसम्म नेपालले ४ विकेट गुमाएको छ। नेपालले ३० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ८५ रन बनाएको छ।  धमला शून्यमा, कार्की ७ रन, रिजाल ६ रन र सुनार ३७ रन बनाएर आउट भएका हुन्। अहिले राजविर सिंह र अरिफ शैख क्रिजमा छन्।

sports

२३ वर्षपछि नेपालले अन्तराष्ट्रिय फुटबलको शानदार जित

८ माघ, काठमाडौं – नेपालले २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । यो २३ वर्षपछि नेपालले जितेको अन्तराष्ट्रिय फुटबल उपाधि समेत हो । यसअघि नेपालले १९९३ मा साफ गेम्समा स्वर्ण जितेको थियो । शुक्रबार भएको फाइनलमा बहराइनलाई ३-० गोल अन्तरले पराजित गर्दै बङबन्धु कप फुटबलको उपाधि जितेको हो ।

खेलको ८१ औं मिनेटमा दुबै टीम १० खेलाडीमा सिमित भए ।  विक्रम लामा र बहराइनका खेलाडीबीचको विवादमा सुमन झगडा गर्न पुगेका थिए । तर, अन्तिममा नेपाल दोस्रो गोल गर्न सफल भयो । अन्जन विष्टको उत्कृष्ट पासमा विशाल राईले गोल गरेका हुन् । लगतै नवयुग श्रेष्ठले गोल गर्दै नेपाललार्इ ३-० को शानदार जित दिलाए । नेपालका स्ट्राइकर नवयुग श्रेष्ठ मोस्ट भ्यालुएवल प्लेयरका साथै टप स्कोरर बने । उनले ह्याट्रिकसहित चार गोल गरे । नेपालका विमल घर्ती मगर म्यान अफ दि फाइनल घोषित भए ।