उत्तराखण्डमा सुरुङभित्र फसेका ४० मजदुरको उद्धार प्रयास

उत्तराखण्डमा सुरुङभित्र फसेका ४० मजदुरको उद्धार प्रयास

भारतमा उत्तराखण्ड राज्यमा एउटा भत्किएको सुरुङमा गत आइतवारदेखि फसिरहेका ४० जना मजदुरको ज्यान जोगाउने प्रयास उद्धारकर्मीहरूले गरिरहेको बताइएको छ। फसिरहेका ती मजदुरहरू उक्त भत्किएको सुरुङ निर्माणमा संलग्न थिए। त्यहाँ पहिरोका कारण उक्त निर्माणाधीन सुरुङको केही भाग भत्किँदा मजदुरहरू त्यहाँ फसेका बताइएको छ। ती मजदुरहरूसँग सम्पर्क स्थापित गर्न सफल भएका छन्। उनीहरूलाई खानेकुरा, पानी र अक्सिजन पठाइएको छ। मङ्गलवार राति वा बुधवारसम्म ती मजदुरहरूलाई उद्धार गर्न सकिने अनुमान गरेका छन्। उत्तरकाशी जिल्लामा निर्माण भइरहेको उक्त सुरुङ उत्तराखण्डका प्रसिद्ध तीर्थस्थलहरूलाई जोड्न यातायात व्यवस्थामा सुधार ल्याउने सङ्घीय सरकारको महत्वाकाङ्क्षी राजमार्ग परियोजनाको एक भाग हो। कतिपय हिमाल र हिमनदीहरू रहेको उक्त क्षेत्रमा हिन्दू धर्मावलम्बीहरूका केही प्रसिद्ध तीर्थस्थलहरू पनि छन्। आइतवार स्थानीय समयानुसार बिहान ५ बजे निर्माणाधीन सुरुङमा दुर्घटना भएको थियो। मजदुरहरूले काम गरिरहेको अवस्थामा सिल्क्यारा सुरुङको मुखदेखि २०० मिटरभित्रको भाग भत्किएको उनले बताए।

नजिकै गएको पहिरोले सुरुङ क्षेत्रमा ठूलो मात्रा ढुङ्गामाटो थुप्रिँदा सुरुङ भत्किएको बताइएको छ। त्यसले गर्दा सुरुङभित्र अक्सिजनको आपूर्ति पनि काटिएको बताइएको छ। आइतवार राति वाकीटकी यन्त्रको माध्यमबाट सुरुङमा फसेका मजदुरहरूसँग सम्पर्क स्थापित भएको थियो। सुरुङभित्र निर्माण कार्यका लागि पानी लग्न बनाइएको पाइपलाइनको प्रयोग अहिले ती मानिसहरूसम्म अक्सिजन, खानेकुरा र पिउने पानी पुर्‍याउन भइरहेको छ। फसिरहेका मानिसको उद्धार गर्न त्यस क्षेत्रमा उत्खनन सुरु गर्नुअघि उद्धारकर्मीहरूले त्यहाँ थुप्रिएको ढुङ्गामाटोको कैयौँ मिटर अग्लो विशाल डङ्गुर हटाउनुपर्ने छ। त्यसका लागि एक्स्कभेटर र अन्य ठूला उपकरणहरूको प्रयोग भइरहेको छ। मजदुरहरूसम्म पुग्न मङ्गलवार बिहान ढुङ्गामाटोले पुरिएको सुरुङको भागमा ९०० मिमिको पाइप छिराउनका लागि त्यस स्थानमा ड्रिल गर्ने प्रयासमा उद्धारकर्मीहरू लागिरहेका राज्य सरकारले जनाएको थियो।

गर्भ निरोधक चक्की खानुका फाइदा

अमेरिकामा पनि अब महिलाहरूले डाक्टरको सिफारिसबिना गर्भनिरोधक औषधि किन्न सक्छन्। यस बारेमा हालै अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले घोषणा गर्‍यो- गर्भनिरोधक औषधि ओपिल हर उमेरका महिलाले प्रयोग गर्न सक्छन्। ओपिलको भनाइ छ– सन् २०२४ को सुरुवातमा औषधि पसलहरूमा त्यो औषधि उपलब्ध हुनेछ। अमेरिकासमेत संसारका १०० देशमा औषधि पसलमा गर्भनिरोधक औषधि सिधै किन्न पाइन्छ।

यस्ता देशका सूचीमा दक्षिण अमेरिका, चीन, ब्रिटेन र भारत पनि छन्। अमेरिकामा महिला विशेषज्ञहरू भन्छन् गर्भनिरोधक यी औषधिबारे महिला खासगरी किशोरीहरूमा जुन लाजको भावना छ त्यो अब रहने छैन। साथै प्रजननसँग जोडिएका स्वास्थ्य सेवा लिन उनीहरूलाई जे समस्या थियो त्यसमा पनि मद्दत मिल्ने बताइएको छ। न्याशनल लाइब्रेरी अफ मेडिसिनमा छापिएको जानकारीका अनुसार औषधीको इतिहासमा हजारौँको सङ्ख्यामा औषधि उत्पादन गरियो तर सन् १९५० मा गर्भनिरोधक औषधी विकास भएपछि ठूलो परिवर्तन आयो। यसमा लेखिएको जानकारी अनुसार त्यस्तो औषधिले महिलाहरूलाई स्वतन्त्रता र प्रजननको स्वायत्तता पनि दिलायो।

भारतमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा एसएन बसु भन्छिन्, ”गर्भनिरोधक औषधि परिवार नियोजनको एउटा प्रभावकारी तरीका हो। यदि सही तरिकाले औषधि खाने हो भने तिनले शत प्रतिशत रोकथाम गर्छन्। यिनै औषधिले एउटापछि अर्को बच्चा कहिले जन्माउने भन्ने स्वतन्त्रता पनि दिएका छन्।” गर्भनिरोधक एकथरी औषधिमा दुवै हर्मोनहरू एस्ट्रोजन र प्रोजेस्ट्रोन हुन्छन् जसलाई सीओसी पनि भनिन्छ। त्यसैगरी दोस्रोमा केवल प्रोजेस्ट्रोन मात्रै हुन्छ जसलाई पीओपी भनिन्छ। दिल्लीस्थित अमृता अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा प्रतिमा मित्तल भन्छिन्- “पहिले जुन गर्भनिरोधक खाने चक्की हुन्थे तिनमा एस्ट्रोजनको मात्रा ज्यादा हुन्थ्यो जसको दुष्प्रभाव पनि हुन्थ्यो तर अब त्यस्तो दुष्प्रभाव असाध्यै कम मात्रामा हुन्छ।” अर्की स्त्रीरोग विशेषज्ञ डा सुचित्रा देलवीका अनुसार महिलाका शरीरमा एस्ट्रोजन र प्रोजेस्ट्रोन दुवै हर्मोन हुन्छन् त्यस्ता औषधिमा ती हर्मोनको प्रयोग गरिन्छ जसको शरीरमा फरकफरक असर हुन्छ। डाक्टर प्रतिमा मित्तल भन्छिन्, गर्भ निरोधकलाई लामो समय प्रयोग गर्न सकिन्छ। त्यसको ज्यादा दुष्प्रभाव हुँदैन।

डाक्टर प्रतिमा मित्तल भन्छिन्, “कुनै औषधि खाँदा क्यान्सर हुन्छ भन्ने भ्रम रहे पनि त्यो सत्य होइन।”  डाक्टर सुचित्र देलवीका अनुसार दैनिक यी औषधि लिदाँ तपाईँको शरिरमा हर्मोन जम्मा हुन्छ भन्ने होइन। बरु कलेजोको मद्दतले यो शरीरबाट बाहिर निस्कन्छ। डाक्टर भन्छन् कुनै पनि सुरक्षाको साधन बिना सम्बन्ध राखेको खण्डमा १२० घण्टाभित्र यस्ता चक्की लिने सल्लाह दिने गरिन्छ। त्यसो गर्दा गर्भधारण हुने आशङ्का कम हुने बताइन्छ।  महिलामाथि किन बोझ जानकारहरूका अनुसार गर्भ निरोधक चक्कीले महिलाहरूलाई परिवार नियोजनको स्वतन्त्रता दिन्छ। तर त्यसकै कारण कतिपय महिलाहरूले केही जिम्मेवारी पनि उठाउनु परिरहेको छ।

हातैले ढल सफा गर्ने क्रममा निसास्सिएर मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा रहेको एउटा अँध्यारो छाप्रोमा अञ्जना आफ्नो सानो छोरालाई हातमा लिइरहेकी थिइन्। आफ्नो छोराको नाम उनका बुवाको नामबाट राखिएको भन्दा उनका आँखा आँसुले डम्म भरिए। अञ्जनाका पति उमेश बामनियाको छोरा जन्मिनुभन्दा १० दिनअघि ढल सफा गर्ने क्रममा मृत्यु भएको थियो। त्यो कामबाट उनले दुई हजार भारतीय रुपैयाँ कमाउँथे। उनको शव गुजरातस्थित थराद नगरमा ढलभित्र भेटिएको थियो। उनी जम्मा २३ वर्षका थिए। दैनिक रोजीरोटी कमाउने उमेशको मृत्युले अञ्जना विक्षिप्त बनिन्। “मैले आफ्नो बच्चालाई कसरी हुर्काउने अनि पढाउने?” उनी प्रश्न गर्छिन्। गुजरातबाट सयौँ कोष टाढा पर्ने भारतको दक्षिणी राज्य तमिल नाडुमा अन्नाम्मा अञ्जनाकै जस्तो अवस्थामा छिन्। उनका ४० वर्षीय पति मोसेसको चेन्नाइस्थित एउटा कारखानाको नालीमा निसास्सिएर गत सेप्टेम्बरमा ज्यान गएको थियो।

उनको मृत्युसम्म अन्नाम्मालाई आफ्नो पति नाली सफा गर्ने काम गर्छन् भन्ने थाहा थिएन। “उहाँले हामीलाई चमेना गृहमा काम गर्छु भन्नुभएको थियो र कहिलेकाहीँ दैनिक ज्यालादारीको रूपमा पनि काम गर्नुपर्छ भन्नुभएको थियो,” उनले भनिन्। अन्नाम्माका दुई छोरी छन् र उनी अझै पनि पतिको मृत्युले मर्माहत छिन्। “कसरी बाँच्ने वा पैसाको कुरा छोड्नुस्, मैले आफ्ना छोरीलाई उनीहरूका बुवा सेप्टिक ट्याङ्क सफा गर्दा बित्नुभो भनेर कसरी भन्ने?” उमेश र मोसेस तथाकथित तल्लो जातका हजारौँ सरसफाइ कर्मचारीमध्येका हुन् जो नाली, सेप्टिक ट्याङ्क, शौचालय र ढलहरू हातैले सफा गर्छन्। उनीहरूलाई आम रूपमा हातैले नाली सफा गर्ने मानिस (म्यानुअल स्काभेन्जर्स) भनेर चिनिन्छ तर विज्ञहरू भने त्यो शब्दको कानुनी परिभाषामा रेलवेको ट्र्याक र अव्यवस्थित शौचालयजस्ता ठाउँहरूमा सरसफाइ र मानव फोहोर व्यवस्थापन गर्ने मानिसहरू मात्र बताउँछन्। भारतमा म्यानुअल स्काभेन्जिङको काममाथि प्रतिबन्ध लगाइएको छ। तर जातको कडा नियमका कारण र रोजीरोटीको विकल्प नभएका कारण यस्तो काम अझै पनि धेरै मानिसले गर्छन्। ती मानिसलाई स्थानीय सङ्घसंस्था र ठेकेदारहरूले प्लास्टिक र हिलोका कारण बन्द भएका नाली र ढलहरू सफा गर्न लगाउँछन्।

नेपालमा नरभक्षी बाघको सङ्ख्या बढ्दै

पर्सा राष्ट्रिय निकुञ्जमा १२ वर्षमा बाघको सङ्ख्या तीनबाट ४१ पुगेको छ । मानव बस्तीमा हिंसक आतङ्क मच्चाउँदै आएका दुईवटा बाघलाई हाल पर्सा राष्ट्रिय निकुञ्जमा खोरमा राखिएको छ।उक्त निकुञ्जको खोरमा यसअघि नै त्यस्ता तीनवटा बाघ राखिएका थिए। निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतका अनुसार २०७९ सालको चैतमा पर्साको ठोरी गाउँपालिकाबाट उद्धार गरी ल्याइएको बाघ र २०८० सालको असारमा चितवनमा २३ गते उद्धार गरी ल्याइएका हुन्।  भदौको तेस्रो साता ठोरी गाउँपालिकाकै सुवर्णपुरबाट नै ल्याइएकी नरभक्षी बघिनीको खोरमै मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ।

“मानव बस्तीमा यस्ता नरभक्षी बाघ छिरेपछि मानिसलाई जोगाउन ती घाइते भएको अवस्थामा ल्याइएका हुन्,” संरक्षण अधिकृत भगत भन्छन्। “जसले गर्दा सबैखाले उपचार समेत सम्भव नभएको तथा खोर अभावका कारण दुईवटा बाघ राख्न सक्ने खोरमा तीनवटा बाघ राख्नुपरेकोले सरसफाइ समेत गर्न समस्या सिर्जना भएको थियो।” पर्सा

पर्सा राष्ट्रिय निकुञ्जको खोरमा रहेका नरभक्षी बाघहरूमध्ये एउटालाई दैनिक पाँच किलो राँगाको मासु खान दिनुपर्ने निकुञ्जका अधिकारीहरू बताउँछन्। एउटा बाघको आहारामा मात्र दैनिक झन्डै छ हजार रुपैयाँ खर्च हुने गरेको र खोरमा राखिएका बाघ स्याहारमा समेत अतिरिक्त कर्मचारी चाहिने भएकाले उक्त काम चुनौतीपूर्ण रहेको भगत बताउँछन्।  यस्तो परिस्थिति यस निकुञ्जमा बाघको बढ्दो सङ्ख्यासँगै बढिरहेको संरक्षणकर्मीहरू बताउँछन्। बाह्र वर्ष अघिसम्म पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा मात्र बाघ थिए।  सार्वजनिक बाघ गणनाको पछिल्लो नतिजाअनुसार निकुञ्जमा ४१ वयस्क बाघ रहेका छन्। संरक्षणका पछिल्ला प्रयासको कारण बर्सेनि बाघको सङ्ख्या बढ्दै गएको अधिकारीहरू बताउँछन्। हाल नेपालमा ३ सय ५५ वटा जङ्गली बाघ रहेकोमा तीमध्ये १८ वटा बाघ विभिन्न निकुञ्जका खोरमा राखिएका छन्।

इजरेलबाट नेपालीको उद्धार गर्न आजै नेपालबाट विमान पठाइने

लेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परेर इजरेलमा निधन भएका १० नेपालीको शव नेपाल ल्याउन तथा त्यहाँ अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि “सकभर आजै नेपालबाट विमान पठाइने” परराष्ट्रमन्त्रीले बताएको छ।

बुधवार बिहान बीबीसी न्यूज नेपालीसँग सङ्क्षिप्त कुरा गर्दै परराष्ट्रमन्त्री एनपी साउदले उक्त जानकारी दिएका हुन्।

“नेपाल वायु सेवा निगमले हवाई उडान अनुमतिका लागि पहल गरिरहेको छ। उडान अनुमति पाउनेबित्तिकै हामी सकभर आजै विमान त्यसतर्फ पठाउँछौँ,” उनले भने।

शनिवार हमासले गरेको आक्रमणमा गाजानजिकै १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। हराइरहेका भनिएका विद्यार्थी विपीन जोशीको खोजी कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्। हमास र इजरेलबीच लडाइँ भइरहेको क्षेत्रबाट सुरक्षित स्थानमा लगिएका नेपालीहरूले भने उद्धार कहिले हुन्छ भन्ने निश्चित नहुँदा आफूहरू “थप अन्योलमा परेको” बताएको छ।

इजरेलमा निधन भएका १० जना नेपालीको शव नेपाल ल्याउनका लागि इजरेल सरकारका विधिविज्ञान निकायसँग समन्वय भई सकेसम्म चाँडो ल्याउनेगरी कार्यप्रक्रिया सुरु भइसकेको छ,” वक्तव्यमा भनिएको छ। मङ्गलवार अपराह्ण परराष्ट्रमन्त्री साउदले इजरेली समकक्षीसँग टेलिफोन कुराकानीसमेत गरेको बताएको छ। इजरेली परराष्ट्रमन्त्री एली कोहेनले नेपालीहरूको शव फर्काउन र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

तिलगंगा आँखा प्रतिष्ठानद्वारा विश्व दृष्टि दिवस साता व्यापी कार्यक्रम 

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विश्व दृष्टि दिवस २०२३ को अवसरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि अक्टोबर महिनाको दोेश्रो विहिबारका दिनलाई लक्ष्यित गरेर आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमहरू आयोजना गरेको छ । यस वर्षको विश्व दृष्टि दिवसको “कार्यस्थलमा आँखालाई माया गरौं” भन्ने नाराको व्यवहारिक पक्षलाई ध्यानमा राख्दै अस्पतालले साताव्यापी रुपमा विभिन्न कार्यस्थलमा नै स्वास्थ्य टोली परिचालन गरी सचेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरेको हो।
मंगलबार आयोजित संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा अस्पताल सेवाकी प्रमुख डा. सिर्जना अधिकारीले विश्व स्वास्थ्य संगठन, आइएपिबी र अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वभरका काम गर्ने उमेरका करिब १ करोड ३० लाख व्यक्तिहरू दृष्टि कमजोरीसँगै बाँच्ने गरेको जानकारी गराउनुभयो। वार्षिक रूपमा अनुमानित ३५ लाख मानिसहरुलाई कार्यस्थलमा नै दूर्घटनाबाट हुने आँखा सम्बन्धि चोट लाग्ने गरेको उहाँले बताउनुभयो । समान्य व्यक्तिको तुलनामा दृष्टिविहीन कामदारहरूको रोजगारी प्राप्त गर्ने सम्भावना ३०.२ प्रतिशत भन्दा कम रहेकोे अध्ययनले देखाएको उल्लेख गर्नुभयो ।
अन्तरक्रियामा संचारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै प्रमुख कार्यकारी डा.रिता गुरुङ्ले जगारदाताले प्रत्येक कार्यस्थलमा कर्मचारीको खतराहरूको जोखिमलाई रोक्न, आँखा स्वास्थ्यको रक्षा गर्न,उमेरका कारणले प्राकृतिक रूपमा हुने दृष्टि सम्बन्धि समस्या कम गर्न जोखिम पहिचान गर्न आवश्यक रहेको बताउनुभयो। पछिल्लो अनुसन्धान अनुसार नेपालमा ५० वर्ष र माथिका जनसंख्याको २० प्रतिशत जनसंख्याको दृष्टि कमजोर रहेकोे पनि जानकारी गराउनुभयो। उँहाका अनुसार दृष्टिबिहिन गराउने रोगहरुमा मोतिबिन्दु (६५ प्रतिशत) नै पहिलो कारण रहेको छ भने अन्य रोगहरुमा आँखाको पर्दाजन्य, आँखाको नानिमा देखिने समस्या, जलबिन्दु र मधुमेहबाट हुने अन्धोपन रहेको छ । चश्माको जाँच तथा प्रयोग पर्याप्त नहुनाले दृष्टिदोष पनि एक मुख्य समस्या रहेको छ । हालसम्म पनि हटाउन सकिने अन्धोपनको संख्या उच्च छ । पुरुषको तुलनामा महिलाहरुमा दृष्टि बिहिनता बढि रहेका छन् ।

नेपालको अपाङ्गताहरुमा दृष्टिगत अपाङ्गता एक मुख्य रहेको छ । दृष्टि कमजोर भएका बालबालिकाहरुको औपचारिक शिक्षा ५ गुणाले कमि हुने संभावनाबाट शिक्षाको नतिजा राम्रो नहुन सक्छ । ५ जना अन्धोपना भएका बालबालिकाहरु मध्ये ४ जनालाई उपचार गरेर पुनः दृष्टिको अवस्थामा ल्याउन सकिन्छ । यो आकडा अनुसार विगतमा भएको सर्वेक्षण भन्दा रोगको भार कम हुँदै गएता पनि बुढ्यौलीपन, नसर्ने आँखाका नयाँ रोगहरु, नयाँ रोगको वृद्धि र मूख्यतया ग्रामिण भेगमा उपलब्ध सेवाको उचित मात्रामा उपयोग कम भएकाले संख्यात्मक रुपमा जुन मात्रामा घट्नु पर्ने हो त्यो अनुरुप भएको पाइदैन । संचारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै चिकित्सकहरूले बताए अनुसार नेपालमा हालसम्म कार्यस्थलमा हुने आँखारोगको अवस्था बारेमा नगन्य रुपमा अनुसन्धान भएको पाइन्छ । यसको अलावा कार्यस्थलमा आवश्यक पर्ने उपकरणहरुको प्रयोग, नियमित गर्नुपर्ने चेकजाँच र कार्यस्थलको प्रकृति अनुसार जोखिम मूल्यांकन समय–समयमा गर्ने हो भने यसबाट पर्ने असरलाई न्यूनिकरण गर्दै प्रत्येक नेपालीहरुको जीवनशैली उकास्न उत्पादकत्व वृद्धि गरी राष्ट्रलाई समृद्धि तर्फ उन्मुख गराउन सकिन्छ ।
नेपालमा आँखा स्वास्थ्य सेवा प्रदान गर्न सरकारी, गैरसरकारी र निजी क्षेत्रको भूमिका रहिआएको र सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको भए पनि जनचेतनामूलक अभियानमा भने थप कृयाशीलता बढाउन संचारकर्मीहरूले सुझाब समेत दिएका थिए।
अन्तरक्रिया पश्चात् संचारकर्मीहरूको नि:शुल्क आँखा परिक्षण समेत गरिएको थियो।

डेङ्गीका कारण प्लेट्लेट्स कम हुँदा के गर्छन् डाक्टर

अन्तर्राष्ट्रिय  तथ्याङ्कलाई आधार मान्दा प्रत्येक दुईदेखि तीन वर्षको अन्तरालमा लामखुट्टेबाट सर्ने डेङ्गी रोग प्रकोप बनेर फैलिन्छ। गत वर्ष यो रोगले नेपालमा ठूलो क्षति पुर्‍यायो। डेङ्गीले यो वर्ष पनि उल्लेख्य सङ्ख्यामा मानिसहरूलाई सङ्क्रमित बनाइसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सन् २०२३ को ज्यानुअरीदेखि अहिलेसम्म देशभरि १३,००० जनालाई डेङ्गीको सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ। यो रोग हालसम्म ७४ वटा जिल्लामा फैलिसकेको छ। “पानी पर्ने मौसम भएकाले जोखिम बढ्दो छ। अझै तीनदेखि चार महिना ढुक्क हुने अवस्था छैन। सबैले सावधानी अपनाउनुपर्छ,” ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालले बीबीसीसँग भने। सर्वसाधारण मानिसले यो रोगले पार्ने असरबारे बुझ्नु र सावधानी अपनाउनु नै डेङ्गी नियन्त्रणका लागि प्रभावकारी हुने डा दाहालको ठहर छ। प्रकोपको रूप लिन सक्ने डेङ्गी रोगबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च यूनिटका संयोजक डा शेरबहादुर पुनले डेङ्गी रोगसँग सम्बन्धित केही प्रश्नको उत्तर दिएका छन्।

बूढानीलकण्ठ नगरपालिकामा अपाङ्गता व्यक्तिहरुलाई व्हीलचेयर वितरण

बूढानीलकण्ठ नगरपालिकामा अपाङ्गता व्यक्तिहरुलाई व्हीलचेयर वितरण गरिएको  छ ।  अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामि सबैको प्रतिवद्धता भन्ने  मुल उद्देश्यका साथ बूढानीलकण्ठ नगरपालिकामा बसोबास गर्ने शारिरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई निः शूल्क  व्हीलचेयर (WheelChair) प्रदान गरिएको छ ।  बाल अपाङ्ग टेवा संस्था कपनको आयोजना तथा अन्तराष्ट्रिय व्हीलचेयर फाउण्डेशनको समन्वय र मुख्य दाता डि.जे.एच. को सहयोगमा नगरपालिकामा बसोबास गर्ने विभिन्न वडाका ५ जनालाई व्हीलचेयर प्रदान गरिएको छ ।  मंगलबार नगरपालिका महिला, बालबालिका तथा सामाजिक समावेशीकरण शाखाले  एक  कार्यक्रम आयोजना गरी नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाद्वारा संयुक्त रुपमा लाभग्राहीहरुलाई व्हीलचेयर  प्रदान गरिएको छ ।  व्हीलचेयरको बजार मुल्य ९० हजार रुपैयाँ बराबर पर्न व्हीलचेयर गरिएको हो ।

अमला खानुका फाइदाहरू

अमला खाँदा जति स्वादिष्ट हुन्छ त्यतिकै स्वास्थ्यको दृष्टिकोणले पनि गुणकारी हुन्छ। अमलामा सबैभन्दा धेरै भिटामिन सी पाइन्छ।अमला एक बहुगुणकारी फल हो । यो सानो एवं ठुलो प्रकारको हुन्छ । देख्नमा हरियो र गोलाकार दान हुने अमला खाँदा अमिलो र टर्राे भए पनि खाएको एक छिनमा मुखमा मीठो स्वाद उत्पन्न हुन्छ । यो उष्ण एवं पहाडी भेगमा पाइन्छ । नेपालमा पनि यो फल प्रशस्त हुने गर्दछ । अमलामा प्रशस्त मात्रामा गालिक एसिड, क्याल्सियम, सेलुलोज, टान्निक एसिड र अल्बुमिन जस्ता शरीरलाई आवश्यक तत्त्व पाइने हुँदा यसलाई स्वास्थ्यको दृष्टिकोणले औषधीय गुणयुक्त फलको रूपमा पनि मानिन्छ ।आयुर्वेदिक उपचारको क्षेत्रमा अमलालाई औषधिको रूपमै प्रयोग गर्ने गरिन्छ।अमलालाई ताजा प्रयोग गर्न सकिन्छ भने यसलाई सुकाएर राखी आवश्यक परेको समयमा प्रयोग गर्दा पनि यसको गुणमा कुनै कमी हुँदैन ।

अमलाका फाइदा:-

-यसको सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न सहयोग गर्नुका साथै कब्जियत हुनबाट बचाउँछ।

-नाथ्री फुट्ने, महिनावारीमा बढी रगत जाने आदिमा अमलाको नियमित सेवनले रक्तश्राव हुने क्रम घट्छ।

-अमलाको सेवनले रुघाखोकीसमेत निको हुन्छ।

-नियमित अमला सेवनले पिसाब पोल्ने जस्ता पिसाबसम्बन्धी समस्याबाट छुटकरा पाउन सकिन्छ।

-भिटामिन सी प्रशस्त हुने अमलाको नियमित सेवनले कपाल तथा छाला सुन्दर बनाउनुका साथै कपाल झर्ने समस्याबाट पनि मुक्ति दिलाउँछ।

-नियमित अमला खानाले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। साथै रगत सफागर्ने काम गर्छ ।

-अमलाको नियमित सेवनले पाचनशक्ति मजबुत बनाउँछ भने स्मरण शक्ति बढाउन सहयोग पुर्‍याउँछ।

-अमलाको सेवनले बुढोपन हुनबाट जोगाउँछ भने मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट समेत बचाउँछ।

इन्धनको मूल्य नघट्ने

फागुन, काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । खाना पकाउने ग्याँसको मूल्य बढेको र डिजल तथा पेट्रोलको घटेर प्राप्त भएको निगमले जनाएको छ । भारतबाट खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएपनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निगमले जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हाललाई इन्धनको मूल्य यथावत राख्ने निर्णय भएको छ । भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले बुधबार इन्धनको नयाँ सूची पठाएको छ । नयाँ मूल्यअनुसार निगमलाई डिजलको लागत ५ रुपैयाँ ५ पैसाले सस्तो भएर आएको छ ।  पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टीतेलमा ३ रुपैयाँ ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले लागत घटेको छ ।