बूढानीलकण्ठ नगरपालिकामा अपाङ्गता व्यक्तिहरुलाई व्हीलचेयर वितरण

बूढानीलकण्ठ नगरपालिकामा अपाङ्गता व्यक्तिहरुलाई व्हीलचेयर वितरण गरिएको  छ ।  अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामि सबैको प्रतिवद्धता भन्ने  मुल उद्देश्यका साथ बूढानीलकण्ठ नगरपालिकामा बसोबास गर्ने शारिरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई निः शूल्क  व्हीलचेयर (WheelChair) प्रदान गरिएको छ ।  बाल अपाङ्ग टेवा संस्था कपनको आयोजना तथा अन्तराष्ट्रिय व्हीलचेयर फाउण्डेशनको समन्वय र मुख्य दाता डि.जे.एच. को सहयोगमा नगरपालिकामा बसोबास गर्ने विभिन्न वडाका ५ जनालाई व्हीलचेयर प्रदान गरिएको छ ।  मंगलबार नगरपालिका महिला, बालबालिका तथा सामाजिक समावेशीकरण शाखाले  एक  कार्यक्रम आयोजना गरी नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाद्वारा संयुक्त रुपमा लाभग्राहीहरुलाई व्हीलचेयर  प्रदान गरिएको छ ।  व्हीलचेयरको बजार मुल्य ९० हजार रुपैयाँ बराबर पर्न व्हीलचेयर गरिएको हो ।

Spread the love