नेपालमा बीआरआई गतिरोधमा आन्तरिक राजनीति

नेपालमा बीआरआई गतिरोधमा आन्तरिक राजनीति

नेपालले हस्ताक्षर गरेको चीनको महत्त्वाकाङ्क्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभको कार्यान्वयनमा चुनौती देखा पर्नुमा भारत र पश्चिमा देशहरूको प्रतिरोध सहितका कारण जिम्मेवार रहेको चिनियाँ विज्ञहरूले आरोप लगाएका छन्। त्यो बाहेक नेपालभित्रकै जटिल आन्तरिक राजनीति र त्यसलाई हेर्ने चिनियाँ दृष्टिकोणले पनि दुई देशबीच बीआरआईअन्तर्गत ठूला पूर्वाधार अघि बढाउन विलम्ब गरिरहेको एकजना विज्ञले बताए।

सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको बीआरआई परियोजना चीनले अघि बढाएको यो साल १० वर्ष पुग्दैछ। यस बीचमा काठमाण्डू र बेइजिङबीच बीआरआई अन्तर्गतका परियोजनालाई लिएर केही फरक मत देखिए पनि चीनले आफ्नो विदेश नीतिको एउटा महत्त्वपूर्ण स्तम्भका रूपमा राखेको उक्त कार्यक्रमलाई समायानुकूल परिवर्तन गर्न लागिरहेको छ। त्यसको प्रभाव काठमाण्डूमा पनि पर्ने भन्दै नेपालको परराष्ट्र मामिलाका एकजना जानकारले नेपाल जस्तो देशले परस्परविरोधी भूराजनीतिक चुनौतीको सामना गर्नुपर्ने बताए।

उक्त कानुनको २६औँ बुँदामा ‘उच्च गुणस्तरको बेल्ट एन्ड रोडको संयुक्त निर्माणलाई प्रवर्द्धन’ गर्न चीनले जोड दिने भनिएको छ। सन् २०१३ मा वान बेल्ट वान रोड (ओबोर) नाम दिएर सुरु भएको बीआरआईलाई कुनै बेला चीनको नेतृत्वले ‘यो शताब्दीको परियोजना’ का रूपमा उल्लेख गरेको थियो। कार्नेगी इन्डाउमेन्ट फर डिमोक्रेसीमा प्रकाशित एउटा लेख अनुसार हालसम्म १५० वटा भन्दा बढी देश उक्त परियोजनामा आबद्ध भएका छन् भने सयौँ दुईपक्षीय सम्झौतामा हस्ताक्षर भएका छन्। अघिल्लो वर्ष वालस्ट्रीट जर्नलमा प्रकाशित भएको एउटा विवरण अनुसार चीनले बीआरआईअन्तर्गत एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा १० खर्ब अमेरिकी डलर लगानी गरिसकेको छ।

नयाँ शैक्षिक सत्रबाट त्रिविले नेपालीमा पनि प्रश्नपत्र छाप्दै

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले नयाँ शैक्षिक सत्रदेखि अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्नपत्र छाप्ने भएको छ। त्रिविले अंग्रेजीमा मात्रै प्रश्न सोधिँदा विद्यार्थीहरूलाई मार परेको भन्दै आवाज उठ्न थालेपछि नेपालीमा पनि छाप्ने भएको छ।  त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आगामी नयाँ शैक्षिक सत्र अर्थात् वैशाखबाट नेपालीमा पनि प्रश्नपत्र छाप्ने तयारी छ।   सबै तहको सबै विषयको प्रश्न नेपालीमा मात्रै भने छापिने छैन। ‘कुन-कुन विषयमा नेपालीमा छाप्न आवश्यक छ, कुनमा पर्दैन। त्यसमा पनि अध्ययन गरेर निर्णय लिन्छौँ’‚  भने त्रिविको तयारी छ। अहिले स्नातक (ब्याचलर) र स्नातकोत्तर (मास्टर्स) मा अंग्रेजी माध्यममा मात्रै प्रश्न सोधिँदै आएको छ। जसकारण जानेका विषयवस्तु पनि प्रश्न नबुझेकाले लेख्न नसकेकाले सबै विषयको नेपालीमा पनि प्रश्नपत्र छापिनुपर्ने माग सांसदहरूले पनि गर्दै आएका छन्।

नेपालको संविधानले कुनै पनि नागरिक शिक्षाबाट वञ्चित हुन नपाउने व्यवस्था गरेको छ। संविधानको धारा (३१) को शिक्षासम्बन्धी हकको उपधारा (१) मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने उल्लेख छ।

उपधारा (२) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने व्यवस्था छ। आफ्नो मातृभाषामा शिक्षा पाउने अधिकारसमेत छ।

धारा (३१) को शिक्षासम्बन्धी हकको उपधारा (५) मा भनिएको छ, ‘नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुने व्यवस्था छ।’

संविधानमा उल्लेख भएको यो व्यवस्थाअनुसार निजी होस् या सरकारी विद्यालयका विद्यार्थीहरू भाषामा कुनै अवरोध नभई आफूले जानेको भाषामा स्वतन्त्र ढंगले पढ्न र लेख्न पाउनुपर्ने अधिकार छ। ज्ञान प्राप्त गर्ने र परीक्षाको प्रश्नपत्रमा अनिवार्य अंग्रेजी भाषा लादिएका कारण कैयौँ विद्यार्थी पढ्नबाट पछि हट्न बाध्य भएका छन्।

नेपालीमा पनि प्रश्नपत्र छापिनुपर्ने मागसहित सर्वोच्च अदालतमा ६ वर्षअघि अर्थात् २०७४ सालमै मुद्दा दायर भइसकेको छ। हालसम्म फैसला भने हुन सकेको छैन। अधिवक्ता विश्वास पौडेलले नेपाली र अंग्रेजी दुवै माध्यममा प्रश्नपत्र निर्माण गर्न माग गर्दै २०७४ सालमै रिट दायर गरेका थिए।

सबै विद्यार्थीअंग्रेजीमा मात्रै दख्खल छैनन्। त्यसैले धेरै विद्यार्थी अंग्रेजीमा मात्रै प्रश्नपत्र सोधिँदा समस्यामा परेका छन्। कक्षा कोठामा विद्यार्थीले नेपाली भाषामा पढ्छ, लेख्न पाउँछ तर प्रश्नपत्र अंग्रेजीमा सोध्छ। त्यसैले मेरो माग भनेको जुन विषयमा नेपालीमा पढ्न लेख्न पाउँछ। त्यो विषयमा नेपाली/अंग्रेजी दुवैमा प्रश्न सोधिनुपर्छ प्रश्नपत्र छाप्ने व्यवस्था गर्न माग छ।

 

बूढानीलकण्ठ नगरपालिकामा अपाङ्गता व्यक्तिहरुलाई व्हीलचेयर वितरण

बूढानीलकण्ठ नगरपालिकामा अपाङ्गता व्यक्तिहरुलाई व्हीलचेयर वितरण गरिएको  छ ।  अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामि सबैको प्रतिवद्धता भन्ने  मुल उद्देश्यका साथ बूढानीलकण्ठ नगरपालिकामा बसोबास गर्ने शारिरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई निः शूल्क  व्हीलचेयर (WheelChair) प्रदान गरिएको छ ।  बाल अपाङ्ग टेवा संस्था कपनको आयोजना तथा अन्तराष्ट्रिय व्हीलचेयर फाउण्डेशनको समन्वय र मुख्य दाता डि.जे.एच. को सहयोगमा नगरपालिकामा बसोबास गर्ने विभिन्न वडाका ५ जनालाई व्हीलचेयर प्रदान गरिएको छ ।  मंगलबार नगरपालिका महिला, बालबालिका तथा सामाजिक समावेशीकरण शाखाले  एक  कार्यक्रम आयोजना गरी नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाद्वारा संयुक्त रुपमा लाभग्राहीहरुलाई व्हीलचेयर  प्रदान गरिएको छ ।  व्हीलचेयरको बजार मुल्य ९० हजार रुपैयाँ बराबर पर्न व्हीलचेयर गरिएको हो ।

UN rights chief regrets ‘severely restricted’ poll and opposition clampdown

In a news release issued by his Office, Volker Türk, UN High Commissioner for Human Rights, denounced “constant shrinkage” in Cambodia’s democratic space in recent years, which he said is undermining citizen’s fundamental freedoms and their right to participate in the public square. In the lead up to the elections, Cambodia’s National Election Committee disqualified two leading opposition political parties and, immediately prior to polling day, authorities ordered internet service providers to block social media accounts of three media organizations which they deemed critical of the Government, OHCHR said.  “Opposition political parties, activists, members of the media and others have faced numerous restrictions and reprisals that appear intended to curb political campaigning and to hinder the exercise of fundamental freedoms essential for free and fully participatory elections,” said Mr. Türk.

Mr. Türk called on the Government to address the shortcomings and hold dialogue with all political parties and civil society actors to create an enabling and inclusive civic space for all Cambodians. “A vibrant strong and inclusive democracy that nurtures and respects a plurality of voices and opinions is fundamental to ensuring the respect and protection of human rights and is key to peaceful social and economic development,” he said. He also urged Cambodian authorities to boost participation of marginalized groups, including women, indigenous peoples, persons with disabilities, and youth, to foster a more inclusive and representative democracy.

The UN rights chief also expressed concerns that the restrictions and other intimidatory measures, including some physical attacks, created a “chilling effect”, depriving people of credible news and information sources needed to make informed choices. According to media reports, Cambodia’s longtime ruling party, led by incumbent Prime Minister Hun Sen, won an overwhelming number of seats in what was practically an uncontested election. Multiple news outlets also reported on Wednesday that Hun Sen had announced he will resign and hand over power to his son, who is also the country’s army chief, in early August.

नरेन्द्र मोदी विरुद्ध संसद्‌मा अविश्वासको प्रस्ताव

मणिपुर राज्यमा भएको हिंसाका कारण उत्पन्न गतिरोधका माझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्मा अविश्वासको प्रस्तावको सामना गर्नु पर्ने भएको छ। कंग्रेस पार्टीका एक जना सांसदले अविश्वासको प्रस्ताव बुधवार दर्ता गराएका थिए। विपक्षी नेताहरूले प्रधानमन्त्री मोदीलाई मणिपुरबारे बोल्न बाध्य पार्न यसो गरिए बताएका छन्। उनीहरूले उक्त राज्यमा देखिएको जातीय द्वन्द्वबारे प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन्। मे महिना यता मणिपुरमा भएका हिंसात्मक घटनाहरूमा कम्तीमा १३० जनाको ज्यान गएको छ भने दशौँ हजार विस्थापित भएका छन्। त्यहाँ बहुसङ्ख्यक मैतेइ र अल्पसङ्ख्यक कुकी समुदायबीच द्वन्द्व भइरहेको छ। अघिल्लो हप्ता दुई जना महिलाहरूलाई भीडले जबर्जस्ती निर्वस्त्र पारेर हिँड्न लगाएको एउटा भिडिओ सार्वजनिक भएपछि त्यसले विश्वव्यापी आक्रोश र निन्दा निम्त्याएको थियो। त्यसले प्रधानमन्त्रीलाई मोदीलाई मौनता तोड्नुपर्ने अवस्था निम्त्याएको थियो। उनले उक्त घटनाले भारतलाई ‘लज्जित तुल्याएको’ भन्दै आक्रमणकारीहरूलाई नछाडिने बताएका थिए। सन् २०१४ मा सत्तामा आएयता मोदीले अविश्वासको प्रस्तावको सामना गरेको यो दोस्रो घटना हो। सन् २०१८ मा एक जना सांसदले मणिपुरलाई विशेष हैसियत दिनुपर्ने माग गर्दै प्रस्ताव दर्ता गराएका थिए। १२ घण्टाको बहसपछि त्यो विफल भएको थियो।

मौद्रिक नीति सार्वजनिक

आइतबार बिहान बसेको बैठकले पारित मौद्रिक नीति राष्ट्र बैंकले वेब साइट मार्फत सार्वजनिक गरेको छ ।   नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रिय बैंकले दिउसो ३ बजे होटल याक एण्ड यतिमा पत्रकार सम्मेलन समेत बोलाएको छ। । मौद्रिक नीतिको पूर्ण पाठ यस्तो छ ।

विमानस्थलमा बरामद सुनको मालिकको

हङ्‌कङबाट ल्याइएको १०० केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएलगत्तै बरामद भएको विषयमा बिहीवार बिहान गृह मन्त्रालयमा बैठक भएको छ।

बैठकमा भन्सार विभागका कर्मचारीहरू समेत बोलाइएका थिए। बैठकको विवरण दिइएको छैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको हो।

विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार सुन तस्करीमा संलग्न भएको आशङ्कामा छ जना पक्राउ परेका छन्।

भन्सार विभागले आन्तरिक छानबिन गरिरहेको छ। एक्सरेमा नदेखिएको हो कि वा मान्छेको संलग्नता छ भन्नेबारे अनुसन्धान भइरहेको छ।”

आफूहरूले दैनिक जसो दुई-तीन केजी सुन बरामद गरिरहेको र सुन तस्करी व्यापक रहेको देखिएको उनको भनाइ छ। “एक्सरे मशीनले सुन देखाउँदादेखाउँदै छोडेको भए कर्मचारीको संलग्नता हुन्छ। भन्सार विभागले आन्तरिक छानबिन गरिरहेको छ।

“एक्सरे मशीनले सुन देखाउँदादेखाउँदै छोडेको भए कर्मचारीको संलग्नता हुन्छ। ”

बिदेशी बिद्यार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न

काठमाडौ : हिजो २०८० साल आषाढ ३० गते शनिवारको दिन ग्रामिण सामुदायिक कार्यक्रम ( RCDP ) अन्तर्गत ३ हप्ताको सामुदायिक कार्यक्रम समाप्त गरेको उपलक्ष्यमा बिदाई कार्यक्रमको आयोजना भएको थियो। उक्त कार्यक्रममा स्पेनिस समुहको बिदाई गरिएको थियो। कार्यक्रममा भानु नगरपालिका, तनहुँका नगर प्रमुख तथा युनेस्को महासंघका अध्यक्ष श्री आन्नद राज त्रिपाठीज्युले प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो।
होटल लाफा प्रा.लि., लैनचौर, ठमेलमा आयोजित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष श्री दिपक अधिकारीज्यु तथा ठमेल युनेस्कोका अध्यक्ष तथा युनेस्को महासंघका उपाध्यक्ष श्री अनिल सिलवालज्युको पनि सहभागिता रहेको थियो।
कार्यक्रमको संचालन संस्थाका राष्ट्रिय संयोजक श्री होम ओझाज्युले गर्नु भएको थियो। सोही कार्यक्रममा हट न्युज एक्सप्रेस प्रा.लि.का अध्यक्ष श्री दिपक न्यौपानेज्युको पनि सहभागिता रहेको थियो।

अमेरिकाको लस एन्जल्समा ‘नेपाल महोत्सव’

  • कृष्णानन्द भट्ट : यूएसए ,अमेरिकाको क्यालिफोर्नियाको लस एन्जल्स शहरमा ‘नेपाल महोत्सव’ भव्य रुपमा सम्पन्न भएको छ । आयोजक संस्था ‘हामी नेपाली ग्लोवल’का अनुसार लस एन्जल्स शहरमा बसोवास गर्ने नेपाली समुदायले भव्य कार्यक्रमको आयोजना गरी नेपाल महोत्सव सम्पन्न गरेको हाे ।

लस एन्जल्स, क्यालिफोर्निया प्रवासमा नेपाल र नेपाली संस्कृतिलाई चिनाउने उद्देश्यले आयोजना गएिको सो कार्यक्रममा उल्लेख्यरूपमा प्रवासी नेपालीहरुको सहभागिता रहेको थियो ।
नेपाली पहिचान झल्किने गरी विविध भेषभुषा तथा संस्कृति झल्किने पोशाकमा १९ माइल परेड गरिएको आयोजक संस्था हामी नेपाली ग्लोबलका उपाध्यक्ष टेक वाइवा लामाले जानकारी दिनुभयो । उपाध्यक्ष लामाका अनुसार नेपाल डे परेड कार्यक्रममा लोक तथा पञ्चे बाजा, कुमारी, राधाकृष्ण, पञ्चकन्या, लाखे तथा नेपाली परिकारको रुपमा म:म: तथा चाउमिन प्रमुख आकर्षणको रुपमा रहेका थिए ।
कार्यक्रममा लस एन्जल्स शहरका अतिरिक्त आसपासका क्षेत्रबाट पनि नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको आयोजक संस्था हामी नेपाली ग्लोबलले जनाएको छ । कार्यक्रममा नेपालको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल झल्किने विभिन्न फोटो पनि प्रर्दशन गरिएको थियो ।

यो अमेरिकामा नेपाल चिनाउने कार्यक्रम भएको र नेपाल महोत्सव कार्यक्रमपछि नेपालको पर्यटन प्रवर्द्धन भई नेपाली उत्पादनको विश्व बजारिकरण गर्नमा टेवा पुग्ने क्यालिफोर्निया स्थित नेपाली समुदायले अपेक्षा गरेको छ।

नेपाली ग्लोबल संस्थालाई नेपाल सरकारले स्वीकृति दिएको हुनाले विभिन्न देशमा नेपाल फेस्टिजभल आयोजना गर्न लागेको संस्थाका उपाध्यक्ष लामाले भनाइ छ ।

Vianet CEO Ms. Bohra Awarded as a Professional Woman of the Year 2023

Kathmandu, Nepal – July 14, 2023 – In a grand ceremony held at the & quot; STANDARD
CHARTERED PRESENTS NEWBIZ BUSINESSWOMEN SUMMIT AND AWARDS
2023," Ms. Sewa Pathak Bohra, CEO of Vianet Communication Ltd., was honored with
the popular Professional Woman of the Year award. This recognition reflects Ms.
Bohra's outstanding leadership and unwavering commitment to driving innovation and
empowering women in the ISP industry.
Ms. Bohra's incredible journey from being a chartered accountant to spearheading one
of Nepal's leading ISP companies is a testament to her resilience, dedication, and
exceptional leadership abilities. As an integral part of the pioneering team that
introduced Fiber to the Home (FTTH) technology for the first time in Nepal back in 2011,
she has been instrumental in revolutionizing the way Nepalese households experience
internet connectivity.
Under Ms. Bohra's visionary guidance, Vianet Communication Ltd. has expanded its
footprint across 90 cities, establishing 51 branches and employing over 1500 talented
professionals. Beyond spearheading technological advancements, she has fostered an
inclusive work environment that prioritizes collaboration and talent development. Her
commitment to women's empowerment serves as an inspiration, encouraging
individuals to break through barriers and embrace their limitless potential with both
strength and grace.
At Vianet Communication Ltd., Ms. Bohra's leadership has driven a relentless pursuit of
innovation and customer satisfaction. The company is dedicated to providing cutting-
edge products and services that cater to the evolving needs of its customers. With a
wide range of reliable and high-speed internet solutions, Vianet ensures seamless
connectivity, enabling individuals and businesses to thrive in the digital age.