चलचित्र निर्देशक नेम्वाङले गरे आत्महत्या

चलचित्र निर्देशक नेम्वाङले गरे आत्महत्या

चलचित्र क्षेत्रका चर्चित निर्देशक आलोक नेम्वाङको निधन भएको छ । उनको आज बेलुकी ८ बजे आफ्नै निवासमा  झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो। महारजगन्ज प्रहरीले उनको शव झुण्डिएको अवस्थामा फेला परेको पुष्टी गरेको हो ।  महारजगञ्ज प्रहरीले भन्यो, हामी अनुसन्धान गरिरहेका छौ । आत्महत्याको कारण खुल्न सकेको छैन ।

‘सानो संसार’ र ‘कोहीमेरो’ निर्देशन गरेका थिए। , कोही मेरो जस्ता चर्चित फिल्मको निर्देशन गरेका नेम्वाङले दर्जनौं भिडियो निर्देशन समेत गरेका छन् । उनको नयाँ चलचित्र अझै पनि यही फागुन १५ गते रिलिज हुने तयारीमा रहेको थियो ।

नवलपरासी सहायता समाज बेल्जियम द्वारा फोक्सोको बिरामी लाई सहयोग

विष्णु सापकोटा/बेल्जियम । नवलपरासी सहायता समाज बेल्जियम द्वारा विगत लामो समय देखि बिरामी भै हाल उपचार गराउदै आएकी बिमला बिक लाई प्राकृतिक चिकित्सालय रजहर को उद्घघाटन गर्न आएका प्रधानमन्त्री सुशील कोइराला मार्फत एक कार्यक्रमका बिच आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।
नवलपरासी, रजहर -८ स्थाई घर भएकी वर्ष २२ की बिक लामो समय देखि फोक्सोमा समस्या देखिदै आएको थियो । उनको आर्थिक अवस्था ज्यादै कमजोर भएका कारण उपचारमा प्रक्रिया अगाडी बढाउनमा ज्यादै समस्या आएको थियो । चिकित्सले उनको फोक्सोमाको शल्यक्रिया गर्नु पर्ने भएको बताए पनि आर्थिक रकम जुटाउन नसकेका कारण शल्यक्रिया हुन  सकेको थिएन । उनी लगाएत उनका बाबु-आमा तथा जिल्लामा रहेका अन्य सङ्घ-सस्था हरू ले सहयोग को लागी अपिल गरे बमोजिम उनको जीवन बचाउन नवलपरासी सहायता समाज बेल्जियमले बेल्जियममा रहेका नेपालीहरू द्वारा सहयोग सङ्कलन गरी आर्थिक सहयोग स्वरूप रू. पचास हजार उपलब्ध गराएको थियो ।  हाल उनको उपाचार काठमाण्डौको शिक्षण अस्पतालमा भइरहेको र शल्यक्रियाको लागी समेत प्रवन्ध मिलाईएको परिवारिक श्रोतले जनाए अनुसार संस्थाका अध्यक्ष रमेश सापकोटाले बताए । यस सस्थाले पछिल्ला समयमा जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोग पुर्र्याउने क्रममा डण्डा मा अवस्थित मध्य बिन्दु सामुदायिक अस्पताललाई सोलार प्यानल समेत उपलब्ध गराई सकेको छ भने गत वर्षा याममा गएको बाढी पैरो बाट भएको धनजनको क्षति प्रति आर्थिक सहयोग समेत प्रदान गरेको थियो । यसै गरी  जिल्ला मा न्यून आय भएका जटिल प्रकृतिका बिरामी हरुलाई उपचारमा समेत सहयोग गरेको थियो । जिल्ला तथा क्षेत्रले गर्ने रक्तदान जस्तो परोपकारी कार्यमा  पनि सहयोग समेत उपलब्ध गराउदै आएको बताएको छ ।
जिल्लामा विशेष गरी शिक्षा क्षेत्रमा गरिब जेन्दार तथा निमुखा परिवार का बाल बालिकालाई उचित शिक्षा प्रदान गर्न मा सहयोग योजना समेत आगाडी बढाउन लागेको जानकारी दिएको छ । सन् २०११ मा स्थापना भएको यस सस्थाको मुख्य उद्धेश्य नवलपरासी जिल्लाको विकास अन्तर्गत विशेष गरी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा यथासक्य सहयोग पुर्याउने यसको मुख्य उद्धेश्य रहेको बताइएको छ ।

झारफुकको भर पर्दा रेविजले तेह्रजनाको मृत्यु

जाजरकोट (आलीमैगान), १ कात्तिक । जाजरकोटको अति दुर्गम मजकोट गाविसमा धामीझाँक्रीको भर पर्दा रेविज लागेर १३ जनाको मृत्यु भएको छ ।  स्थानीय बासिन्दा हरिबहादुर शाहीले दिएको जानकारीअनुसार बहुलाहा कुकुरले भकाभक गाउँलेलाई टोक्दा रेविजविरुद्धको भ्याक्सिन लगाउनुको साटो धामीझाँक्रीलाई झारफुक गर्न लगाउँदा यति ठूलोमात्रामा क्षति भएको हो ।

सुरुसुरुमा धामीले झारफुक गर्दा निको होला भनेर हेलचेक्र्याईं गरियो अहिले कुकुरले टोकेका मानिसहरुको मृत्यु भएपछि झारफुकबाट निको नहुने देखे पछि रेविजविरुद्धको सुई लगाउन जिल्ला स्वास्थ्य कार्यालयमा जाने गरेको शाहीको भनाइ छ । बहुलाहा कुकुरको टोकाइबाट मजकोट गाविस वडा नं ६ का ५३ वर्षीय मयाराम उपाध्याय, ३५ वर्षीया कल्धरी शाही, वडा नं ५ का ४३ वर्षीया तुली खत्री, २३ वर्षीया दिला बस्नेत, ५४ वर्षीया कल्पना वरसहित १३ जनाको मृत्यु भएको शाहीले उल्लेख गर्नु भयो ।

बहुलाहा कुकुरको टोकाइबाट वडा नं ५ र ६ मा मात्र ६० भन्दा बढी पशुचौपाया मरिसकेको स्थानीयको भनाइ छ ।  अहिले पनि बहुलाहा कुकुरले स्थानीयलाई टोकिरहेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा रेविजविरुद्धको भ्याक्सिन लगाउन आएका रत्नले भन्नुभयो, “धामीको भरमा पर्दा आफ्नै १३ जना दाजुभाइ गुमाउनुप-यो त्यसैले म पनि अस्पताल जान लागेको छु मलाई पनि कुकुरले टोकेको थियो ।

आफ्नो गाउँमा बहुलाएको कुकुरले जथाभावी टोकेर ठूलो क्षति भयो भनेर स्वास्थ्य कार्यालयलगायतका सरोकारवाला निकायलाई भन्दा पनि कसैले ध्यान दिएनन् अहिले यति ठूलो घटना घट्यो । मेरो श्रीमान् बित्नुभयो म पनि दैलेख गएर रेविजको औषधि गरेर आएँ अनि जीवन बचाएँ मृतक मयारामकी श्रीमती महिसरी उपाध्यायले दुखेसो पोख्नुभयो ।”

मजकोटबाट जाजरकोट सदरमुकाम आउन पैदल दुई दिन लाग्ने गर्दछ । यता क्षेत्र नं २ लाई लक्षित गरेर दसेरा स्वास्थ्य चौकीमा भ्याक्सिन राख्ने तयारी भए पनि छ महिनादेखि भ्याक्सिन राख्ने फ्रिज खराब भएका कारण सदरमुकामकै भर पर्नुपर्ने बाध्यता भएको दसेरा स्वास्थ्य चौकीका इन्चार्ज रामबहादुर थापाले जानकारी दिनुभयो । रासस

इबोला नियन्त्रणका लागि २४ घन्टाभित्रै कदम चालौं : ओबामा

काठमाडौं, आश्विन ३० । अमरिकी राष्ट्रपति बाराक ओबामाले इबोला नियन्त्रणका लागि तीव्र रुपमा काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । ह्वाइट हाउसमा उच्च अधिकारीहरुसँग छलफल गर्दै उनले देशमा नयाँ परिस्थिति देखिने बित्तिकै संघीय स्वास्थ्य टीमले २४ घन्टाभित्रै समाधानका लागि कदम उठाउनुपर्नेमा जोड दिए । साथै उनले अफ्रिकी देशमा फैलिएको इबोला भाइरसको  संक्रमण नियन्त्रणका लागि मद्दत गर्न पनि सबैको ध्यानाकर्षण गराए ।यसैबीच, अमरिकी स्वास्थ्य अधिकारीहरुले टेक्सासकी नर्सको साथमा विमानमा यात्रा गर्ने सबै १ सय ३२ यात्रीको परीक्षण गर्न चाहेको बताएका छन् । टेक्सासकी नर्स इबोलाबाट संक्रमित अमेरिकाकी दोस्रो नर्स हुन् । गत सातामात्र अमरिकाकै डालासमा लाइबेरियाका एक व्यक्ति थोमस डंकनको इबोलाकै कारण मृत्यु भएको थियो । इबोलाकै कारण पश्चिम अफ्रिकामा चार हजारभन्दा बढीको मृत्यु भइसकेको छ । (एजेन्सी)

इबोलाग्रस्त मुलुकबाट फर्किएकासँग यौनसम्पर्क नगर्न सुझाव

इबोलाग्रस्त मुलुकबाट फर्किएकासँग यौनसम्पर्क नगर्न सुझाव, तीन महिनासम्म निगरानीमा राखिने

१६ अक्टोबर, काठमाडौं । इबोलाग्रस्त मुलुकबाट फर्केका नेपालीलाई चिकित्सकहरुले दुई महिनासम्म यौनसम्पर्क नराख्न आग्रह गरेका छन् । लाइबेरियाबाट सशस्त्र प्रहरीको एक सय ३१ ज्नाको टोली बुधबार नेपाल फर्किएपछि उनीहरुको यस्तो सुझाव आएको हो ।

‘इबोलाको इन्कुबेसन पिरियड दुईदेखि २१ दिन हो । रगत तथा र्याकलका माध्यमबाट शरीरमा भाइरस छिरेको भए सोही अवधिमा लक्षण देखाउँछ । तर, शुक्रकिट यस्तो पदार्थ हो जसको भाइरस ५७ दिनसम्म विनालक्षण रहन सक्छ,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका इबोला फोकल पर्सन डा वासुदेव पाण्डेले भने ।

इबोला संक्रमित व्यक्तिसँग यौनसम्पर्क राखे शुक्रकिटको माध्यमबाट भाइरस सर्ने र झन्डै दुई महिनासम्म विनालक्षण रहन सक्ने उनले बताएका छन् । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले पनि इबोलाग्रस्त मुलुकबाट र्फकनेलाई केही समय सुरक्षात्मक उपाय अपनाउन सुझाव दिएका छन् ।

‘पश्चिम अफ्रिकी मुलुक लाइबेरिया, सेरालियोन, गिनी, नाइजेरियालगायतका मुलुकमा नेपाली सेना र प्रहरी मात्रै होइनन्, साधारण नागरिक पनि गएका रहेछन् । तिनीहरु ध्माधम फर्केका छन् । सेना(प्रहरीको स्वास्थ्य परीक्षण पनि हुने गरेको छ । तर, सिभिलियनहरु भने सीधै घरमा पुगेका छन् । त्यस्ता व्यक्तिले अझ सुरक्षा अपनाउनुपर्छ,’ डा पुनले भने ।

तीन महिनासम्म निगरानीमा राखिने
इवोला प्रभावित मुलुक लाइबेरियावाट ६ महिने मिसन पुरा गरी राजधानी फर्कन लागेका सुरक्षाकर्मीलाई ३ सातासम्म निगरानीमा राखिने भएको छ । विहिवार एक सय ३१ सशस्त्र प्रहरी इबोला प्रभावित मुलुकबाट फर्कदैछन् ।

इवोलाको संक्रमण देखिए यता हाल सम्म रोग प्रभावित मुलुकवाट मात्र ५० जना आएका थिए भने यसै साता प्रभावित मुलुकवाट करिव पाँचसय यस्ता प्रहरी समेत नेपाल फर्किने छन् । उनीहरुलाई ककनीस्थित तालिमकेन्द्रमा तीन सातासम्म चिकित्सकीय निगरानीमा राखिने सशस्त्र प्रहरी बलले जनाएको छ । ईबोला संक्रमणको लक्षण दुईदेखि २१ दिन भित्रमा देखिन्छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता अत्तिरिक्त नायब महानिरीक्षक एआईजिपी सिंहबहादुर श्रेष्ठले लाईबेरियामा उक्त टोलीको नियमित स्वास्थ्य जाँच भएकाले ईबोला संक्रमणको खतरा नभएको बताए ।

बाथरोगको समयमै उपचार गर्दा आयु बढ्न सक्छ !

आर पि मैनाली / काठमाडौँ/ नर्भिक इन्टरनेशनल हस्पिटलले यस वर्षको विश्व बाथरोग दिवस विविध जनचेतनामूलक कार्यक्रम तथा साइकल र्‍याली गरेर मनाएको छ । विश्व बाथरोग दिवस हरेक वर्ष अक्टोबर १२ तारिखका दिन विश्वव्यापी रूपमा मनाइन्छ । यस वर्ष सो दिवस असोज २६ गते आइतबारका दिन पर्न गएको हुँदा नर्भिकको बाथ रोग विभागले एक विशेष साइकल ¥यालीको आयोजना गरी जनचेतना अभिबृद्धि गर्ने कार्य गरेको हो ।
 
बाथरोग सम्बन्धी प्रवचन र यसरोग बारे जनचेतनाको अभिवृद्धि गराउने अभिप्रायले उक्त साइकल र्‍याली कार्यक्रमको आयोजना गरिएको हो । आज आयोजना गरेको उक्त कार्यक्रम नर्भिक प्राङ्गगणबाट सुरु भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्यूरोड गेट, बसन्तपुरबाट फर्केर महाङ्काल मन्दिर, जमल, दरबारमार्ग नारायणहिटी सङ्ग्रहालय, नागपोखरी, नक्साल भगवती सानो गौचरण, ज्ञानेश्वर मार्ग, पशुपति सडक, गौशाला चोक, चक्रपथ, नेपाल गल्फ कोर्स, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर चोक, माइतीघर हुँदै नर्भिकको प्राङ्गणमा आएर समापन भएको थियो । उक्त कार्यक्रममा बाथरोगीहरूका अलावा सर्वसाधारण, चिकित्सकसहित करिब ९० (साइकल यात्रीहरू ८० र अन्य १०) जनाको टोली संलग्न रहेकोे थियो । 
नेपालीहरूको जीवनशैलीमा आएको परिवर्तनका साथसाथै बाथरोगले अन्य रोगको दाँजोमा दिनानुदिन बढी भन्दा बढी व्यक्तिहरूलाई ग्रसित पार्दै आएको छ । वास्तवमा सबै उमेर समूहका मानिसहरू तिनका जीवनको कुनै समयमा कुनै न कुनै बाथरोगबाट ग्रसित हुँदै आएका छन् । पुरुषका दाँजोमा महिलाहरू अझ बढी रोगको सिकार हुने गरेका तथ्याङ्कले देखाएको छ । अझै डरलाग्दो पक्ष त के छ भने बाथरोग समयमै नियन्त्रणमा नलिने हो भने त्यसले रोगीको आयु नै घटाउने गरेको तथ्य समेत पाइएको छ । 

धूम्रपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण, केही त्यस्ता पेसा जसले जोर्नीहरूमा चोट पुर्‍याउन सक्छन् वा जोर्नीहरूको अत्यधिक प्रयोग गर्छन् र बढ्दो उमेरका कारण मानिसहरूमा बाथरोग लाग्ने जोखिम बढ्ने गर्छ । 

साइकल र्‍यालीकै बिच आजै बिहान बसन्तपुर डबलीमा  एक छोटो प्रवचन कार्यक्रमको पनि आयोजना गरिएको थियो । र्‍यालीलाई सम्बोधन गर्दै यसखाले र्‍यालीले रोगप्रतिको जनचेतना बढाउने मात्रै नभएर रोग रोकथाम तथा उपचारमा शारीरिक व्यायामको महत्वबारे समेत प्रकाश पार्ने डाक्टर गुप्ताले बताए । सो अवसरमा नर्भिकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहले यस्ता बृहत् कार्यक्रमको आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरे । सोही अवसरमा नर्भिकका नायब महाप्रबन्धक, संस्थागत सञ्चार आर.पी. मैनालीले प्रत्येक तीन नेपाली मध्ये एकलाई तिनको जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने तथ्य प्रस्ट पारे । 

बाथरोग सम्बन्धी यस खाले जनचेतनामूलक कार्यक्रमको आयोजना गर्नुको मुख्य उद्देश्य कुनै प्रकारका बाथरोग वा मांशपेशी र अस्थीपञ्जर सम्बन्धी रोग लागिसकेका वा लाग्न सक्ने जोखिममा रहेका व्यक्तिहरूलाई उपचारतर्फ उन्मुख गराई सजग गराउनु, रोग रोकथाम तथा नियन्त्रणतर्फ उन्मुख गराउनु रहेको नर्भिकका बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्ता बताउँछन् ।

यस वर्षको विश्व बाथरोग दिवसको नारा (Living better ageing well) “स्वस्थ जीवन बिताउदै बृद्धावस्थालाई सुरक्षित राखौं” राखिएको छ । यसले बाथ रोगीहरू वा बाथरोगका जोखिममा रहेका व्यक्तिहरूका लागि शारीरिक क्रियाकलापको महत्वबारे प्रकाश पार्दछ ।
 
अनुसन्धानहरूले के प्रमाणित गरेका छन् भने थोरै मात्रामा गरिने शारीरिक व्यायामले पनि बाथरोग वा कुनै पनि अस्थीपञ्जर सम्बन्धीरोगमा राहत पु¥याउने मात्रै नभएर बिरामीहरूलाई आफ्नो क्रियाकलापमा सक्रिय रहन मद्दत पुर्‍याउने, स्वतन्त्ररुपमा सामाजिक कार्यमा सरिक गराउन मद्दत गर्ने र हड्डीको घनत्व घटी हुने बाथरोग जस्ता हड्डी एवम् जोर्नीका रोगबाट बच्न समेत सहयोग पुर्‍याउने गर्दछन् ।

विश्व बाथरोग दिवस मनाउनुको उद्देश्य चाहिँ बाथरोगीहरू र सर्वसाधारणमा मात्रै नभएर चिकित्सकीय समुदायमा समेत बाथरोग र यसका जटिलताबारे आवश्यक जनचेतनाको अभिवृद्धि गर्नु÷गराउनु मुख्य रहेको छ । त्यसरी नै बाथरोगको चुनौति÷बोझबारे राष्ट्रका नीति–निर्माताहरूलाई घच्घच्याउने, बाथरोग उपचारका लागि बाथरोगीहरू र तिनका आफन्तहरूलाई उपचारका नवीनतम् प्रविधिबारे जानकारी गराउनु समेत रहेको छ । 
बाथरोग र अस्थीपञ्जर सम्बन्धी रोगहरू झण्डै २०० भन्दा बढी प्रकारका रहेका छन् । बाथरोग लागिसकेपछि सामान्यतया रोग लागेको भाग वा अङ्ग दुख्ने, चलाउन कठिन पर्ने, कक्रक्क पर्ने, आदि हुने गर्दछ । केही अवस्थाहरूमा भने सामान्य सुन्निने, असामान्य रातो हुने, राता–निला डामहरू देखिने, रोगले असर गरेको भागमा ज्यादा तातो वा पोलेको अनुभव हुने जस्ता लक्षणहरू पनि देखा पर्दछन् । बाथरोगले शरीरका भित्री अङ्ग प्रत्यङ्गहरूलाई समेत असर पार्ने गर्दछ । बाथरोग भन्ने शब्दले सामान्यतया सबैखाले मांशपेशी तथा अस्थीपञ्जर दुख्ने समस्यालाई समेत जनाउने गर्दछ । 

हड्डी नै कुँजो हुने बाथ (RA), हड्डीको घनत्व घटी भएर हुने बाथ (OA), मेरुदण्ड कुप्रो हुने बाथ (AS) लगायतका सबैखाले बाथरोग वा मांशपेशी–अस्थीपञ्जर सम्बन्धी रोगले पुरुष, महिला, बाल–बालिका र वृद्ध–बृद्धा सबै उमेर समूहका रोगीहरूलाई आक्रान्त पार्ने गरे तापनि महिलाहरूमा सो समस्या अत्यन्तै बढी मात्रामा पाइने गरेको छ ।

नेपालमा मात्रै करिब १० लाख भन्दा बढी जनसङ्ख्या यस रोगबाट पीडित भएको डा. अरुणकुमार गुप्ता बताउँछन – See more at: http://www.brtnepal.com/news.php?pid=6959#sthash.LaWCDJNd.dpuf

अमेरिकामा पनि ईबोलाका बिरामी भेटिए, संक्रमण फैलिन नदिन उच्च सर्तकता

टेक्सास , अत्यन्तै डर लाग्दो रोग ईबोलाको अमेरिकामा पनि एकजना बिरामी भेटिएका छन् । ईबोलाबाट ग्रसीत भईसकेको देश लिबियाका एकजना ब्यक्ती अमेरिकाको टेक्सास राज्यको डल्लास शहरमा आएर बिरामी भए पश्चात उनमा ईबोला भएको पत्ता लागेको हो । आफ्नी ग्रलफेण्डलाई भेट्न लिबियाबाट अमेरिकाका आएका उनी ड्यालस  आएको १ दिन पछाडि नै बिरामी परेको समाचारहरुले जनाएका छन् । अफ्रिकाका बिभिन्न देशहरुमा हजारौंको ज्यान लिईसकेको र नियन्त्रण हुन नसकेको रोग ईबोला अमेरिकामा पनि देखिए पछि उच्च सर्तकता अपनाइएको छ । लिबीयबाट अमेरिकामा आएका उनमा इबोला देखिएपछि उनको सम्पर्कमा आएका ५० जनालाई निगारानीमा राखेर उपचार गरिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनको सम्पर्कमा आएका ब्यक्तीहरु मध्ये १० जनामा ईबोला संक्रमणको खतरा देखिएको पनि सिएनएनले जनाएको छ । लाईबेरिया ईबोलाबाट ग्रसीत मुख्य तिन देश मध्ये पर्दछ ।

अधिकारी दम्पतीको अवस्थाप्रति संसदमा चर्को आवाज, एमाओवादीद्धारा प्रतिवाद

काठमाडौं, फाल्गुन १९ । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग राखी ४ महिना भन्दा अघिदेखि आमरण अनसनमा बसेको नन्दप्रसाद अधिकारी दम्पतीको अवस्थालाई लिएर संसदमा चर्को आवाज उठेको छ। [embedplusvideo height=”520″ width=”620″ editlink=”http://bit.ly/1xdKsLh” standard=”http://www.youtube.com/v/WfS0rMiTPSo?fs=1″ vars=”ytid=WfS0rMiTPSo&width=620&height=520&start=&stop=&rs=w&hd=0&autoplay=0&react=1&chapters=&notes=” id=”ep6810″ /]

काठमाडौमा गाँजा फडानी

दि पावर न्यूज सम्वाद दाता, काठमाडौ । – कुलतमा लाग्नबाट जोगाउन तथा सभ्यसमाज निर्माण गर्न काठमाडौ झोर ७ निबासी स्थानीय युवाहरुले संयुक्त रुपमा गाँजा फडानी कार्य सुरु गरेका छन् । आफ्नो टोल छिमेकमा गाँजाका बोट बिरुवा छ भने त्यसलाई नस्ट गर्न आग्रह गर्दै सचेत युवाहरुले यस्तो कार्य आजाबाट सुरुगरेका छन् ।
प्रत्येक हप्ताको शनिबार हरेक टोलमा सबै युवाहरुलाई आफ्नो टोलमा रहेका मदिरा जन्य बोटबिरुवाहरु नस्ट गर्न युवाहरु सकृय रुपले लाग्न सबैलाई आग्रह गरेका छन् ।