बुद्ध एयरको जहाजमा भएको घटना

काठमाण्डू बाट विराटनगरका लागि सोमवार बिहान उडेको बुद्ध एअरको एउटा विमानलाई पुनः काठमाण्डू नै फर्काएर अवतरण गराइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमानमा प्राविधिक समस्या देखिएको जानकारी ९ बजेर १५ मिनेटमा गराइएको थियो ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त निर्देशक क्षेत्रीका अनुसार चालक दलका सदस्यबाहेक ७३ जना सवार बुद्ध एअरको एटीआर विमान बिहान ८ बजेर ३५ मिनेटमा काठमाण्डूबाट उडेको थियो।    ल्यान्डिङ गिअरमा अचानक समस्या देखिएपछि गन्तव्यमा नपुग्दै विमानलाई फर्काइएको थियो।

पाइलट आफूले पनि प्रयास गर्दै गर्दा पछि तीनवटै ल्यान्डिङ गिअर ठिक देखियो र हरियो बत्ती पनि बल्यो। तर सुरक्षा सावधानी अपनाउँदै जहाजलाई उहाँले डाइभर्ट गर्नुभयो  काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका फर्काइएपछि पनि कम उचाइमा विमानलाई उडाएर अवतरणको स्थितिको समीक्षा गरिएको छ।  काठमाण्डू र विराटनगर बीचको हवाई दूरी ४० मिनेटको छ।

   
Spread the love