तरलता अभाव हट्नेमा बैंकहरु ढुक्क

काठमाडौं :  गएको बिहीबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे तथ्यांक सार्वजनिक गर्‍यो । चरम तरलता अभाव झेलिरहेका बैंक तथा वित्तीय संस्था भने त्यही रेमिट्यान्सले आफूलाई त्राण दिने अपेक्षामा छन् । सरकारले  खर्च गर्न नसकेको साउन महिनामा रेमिट्यान्समा समेत उच्च गिरावट आएको देखिएको छ ।  त्यसपछि अधिकांश सञ्चार माध्यममा प्राथमिकताका साथ समाचार छापिए- रेमिट्यान्स आप्रवाहमा ठुलो गिरावट । विदेशबाट ठुलो मात्रामा रेमिट्यान्स भित्रने हुँदा अहिलेको अभाव हट्ने बुझाइमा उनीहरू रहेका छन् ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना साउनमा विप्रेषण आप्रवाह १८.१ प्रतिशतले कमी आई ७५ अर्ब ९६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो । तर, अहिले किन घट्यो त्यसको जवाफ खोज्ने तर्फ लाग्ने  हुनसक्छ ।

अन्तर बैंक सापटी पाउन छाडेपछि बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा प्रयोग गरिरहेका हुन् । स्थायी तरलता सुविधाको ब्याज ५ प्रतिशत हुन्छ । बैंकहरुले आफूसँग भएको ऋणपत्र धितो राखेर राष्ट्र बैंकबाट लिने गर्छन् । बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा बैंकहरुले जुनसुकै बेला लिन सक्छन्।

Spread the love