विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा

काठमाडौ  : बेलायतको ट्राभल गाइड बुकले पर्यटकीय गन्तव्यका लागि विश्वका १० उत्कृष्ट  सुन्दर देशहरुको सूचीमा नेपाल पहिलो नम्बरमा  सुची प्रकाशित गरेको छ। भ्रमणका लागि नेपाल पहिलो नम्बरमा परेको छ । सन् २०२१ मा भ्रमणका लागि बेलायतको रफ गाइडले प्रकाशित गरेको विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल परेको हो । सन् २०१६ देखि नै लगातार नेपाल पहिलो स्थानमा छ ।

०७२ साल वैशाख १२ गते गएको भूकम्पले थिलो थिलो । यो नेपालका लागि मात्र हैन विश्वभरीकै लागि हो । यही अवस्थामापनि नेपाल नै पहिलो गन्तव्य रहेको भन्दै गाईडले नेपाल भ्रमण गर्न योग्य सुन्दर देश भनेको छ । रफ गाईडले नेपालको ट्रेकिङ रुट, होम स्टे तथा विभिन्न सांस्कृतिक क्षेत्रलाई पर्यटकीय आकर्षणको मुख्य केन्द्र भनेको छ । विभिन्न हिम श्रृँखला, जंगली जनावर तथा विविधताले भरिपूर्ण नेपाली जंगलहरुलाई पर्यटनका लागि उत्कृष्ट रहेको बताईएको छ ।   १० देशको सूचीमा नेपाल पहिलो, कोलम्बियालाई दोस्रो नम्बरमा राखिएको छ ।

Spread the love