३ किलो सुनसहित दुई जना समातिए

३ किलो सुनसहित दुई जना समातिए

काठमाडौं :  काठमाडौंबाट कञ्चनपुरको मेहेन्द्रनगर हुँदै भारत जान लागेको युके ०२४६८४ नम्बरको कार बाट  ३ किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  नागढुंगा चेकप्वाइन्टबाट  ३ किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालबाट सुन लिएर आज भारत जाने क्रममा उनीहरुलाई प्रहरीले नागढेंगाबाट पक्राउ गरेको हो ।  यो घटनाबाट सुन तस्कारबारे केही थप सूचना पाउन सकिने प्रहरीको भनाइ छ।

ग्रान्डी अस्पतालमा हेलिकप्टर दुर्घटना

१६ असार, काठमाडौं  :  ग्रान्डी इन्टरनेशनल अस्पतालमा  हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । अस्पतालको रुफ टप हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियाे । हेलिकप्टरमा सामान्य क्षति पुगेको छ ।

तस्विर:दिपक न्यौपाने

रबि लामिछाने र किशोर श्रेष्ठ बीचको लडाईं

काठमाडौं : साईबर क्राइम अन्तर्गतका कयौ संबेदनशीशील मुद्दा पेन्डिङमा,प्रेस काउन्सिलले बोल्न पाएको छैन, हाम्रा समर्थक चाहि एकै छिनमै पक्राउ। वाह !! साईबर क्राइमको स्पीड बढेछ । ‘सीधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले आपत्ति जनाएका छन् । प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष र पदाधिकारीहरुलाई गाली गलौज गरेको काण्डमा सामाजिक सन्जालमा रबि लामिछानेले आपत्ति जनाउँदै लेखेका छन् । सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिसँग जोडिएका सबै विषयलाई विद्यतीय कारोवार ऐनमार्फत मात्र कार्वाही गर्न खोज्ने प्रवृतीले सहि बाटोतर्फ नलैंजाने प्रेस युनियनको भनाइ छ ।  काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ र अन्य पदाधिकारीलाई सामाजिक सन्जालमार्फत धम्की दिएको भन्दै इलाम घर भई ललितपुरको बागडोल बस्ने ५० वर्षका विनोद गौतम र नवलपरासी सुनवल नगरपालिकाका ३६ वर्षका विष्णु ढकाललाई प्रहरीले पक्राउ गरी साईबर क्राइम अन्तर्गत कारवाही अगाडि बढाएको छ ।  लामिछानेले भने क्षणिक आबेशमा आएर उनीहरुले गालीगलौज गरेको भन्दै मुद्दालाई ठुलो नबनाउन प्रहरी समक्ष आग्रह गरेका छन् । श्रेष्ठले भने लामिछानेप्रती आफ्नो कुनै पुर्वाग्राह नरहेको र उनीबिरुद्द परेको उजुरीलाई कानुनसम्मत रुपमा कारवाही  अगाडि बढाउँदा आफु बिरुद्द धम्की र गालीगलौज भैरहेको बिभिन्न संचारमाध्यममार्फत उल्लेख गरेका छन्  ।

पत्रिकाको अफिसमा बन्दुक आक्रमण

 सिसाको ढोकाबाट प्रवेश गरेर बन्दुकधारीले जथाभावी गोली प्रहार गर्न थालेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । एक व्यक्तिले मेरिल्याण्डको अन्नपोलिसमा रहेको क्यापिटल गजेट पत्रिकाको कार्यालयमा अन्धाधुन्ध गोली चलाउँदा पाँच जना मारिएका छन् । घटनामा संलग्न बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएका छन्  । के कारणले बन्दुकधारीले आक्रमण गरे भन्ने बारेमा केही खुलाईएको छैन । मेरिल्याण्ड अमेरिकी राज्यधानी वासिङटन डिसीसँग जोडिएको राज्य हो । सञ्चारमाध्यमको कार्यालयमा अन्धाधुन्ध गोली प्रहारको विषयलाई लिएर अमेरिकामा चिन्ता प्रकट गरिएको छ । अमेरिकामा बन्दुक र यसबाट दिनहुँ जसो घटनाहरु हुँदै आएका छन् । तस्बिर: सामाजिक संजाल

पुटिन र ट्रम्पको शिखर वार्ता हेलसिन्कीमा हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भनिएको शिखर वार्ता १६ तारिखमा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीहरुले बताएका छन् ।  बिहीबार सार्वजनिक गरेको वक्तव्यमा उहाँहरूको शिखर वार्ता, मिति र स्थानका बारेमा ट्रम्प र पुटिनसँगको परामर्श र सहमतिमा निर्णय भएको उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्यादिमिर पुटिन जुलाई १६ मा हेल्सीन्कीमा दुई पक्षीय शिखर वार्ता गर्न सहमत हुनुभएको छ ।

आज राष्ट्रिय धान दिवस

काठमाडौं : नेपालमा मौसमका आधारमा चैते धान, बर्खे धान, भदैया धान, घैया धान र हिउँदे धान (बोरो धान) खेती हुँदै आएको छ ।  असार १५ भित्र साढे १२ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ । निर्धारित समयभन्दा पहिला मौसम सक्रिय हुँदा त्यसको प्रभाव रोपाइँमा पनि परेको छ । २०७२ को असार पहिलो साता देशभर सात दशमलव आठ प्रतिशत र २०७३ को यस अवधिमा नौ दशमलव १५ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा एक दशमलव पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको थियो । सरकारी आँकडाअनुसार यो वर्ष ५१ लाख ५२ हजार मेट्रिक टन धान फलेको थियो । २०७४ को असार पहिलो साता आठ दशमलव ८६ प्रतिशत हाराहारी रोपाइँ भएको विभागको अभिलेखले देखाउँछ । समयमा मनसुन सक्रिय भएकाले असार लागेसँगै मुलुकभर रोपाइँ सुरु भएको हो ।

नेपालको कूल जनसंख्याअनुसार स्वदेशमै धान उत्पादन नहुँदा बर्सेनि अर्बौं मूल्यको चामल भारतलगायत तेस्रो मुलुकबाट आयात हुने क्रम जारी छ । नेपालको कुल जनसंख्याको करिब दुई करोड ८९ लाख ८२ हजार सात सय ७१ जनालाई दुई छाक गरी वर्षभरी टन्न पेट भरी भात खुवाउन ३९ लाख ९९ हजार ६ सय २२ मेट्रिक टन चामलको आवश्यकता पर्छ ।

Nepal Tourism Summit Los Angeles

Deepak Neupane, Kathmandu : Nepal Tourism was in Los Angeles Wednesday night. “This feels like stepping into Nepal for a few hours”, This evening, the 2018 US Summit/Sales Mission  for the Nepal Tourism Board concluded in Los Angeles at Tara’s Himalayan Cuisine,  in Artesia, and was a special occasion with the Nepal Tourism Board welcoming and hosting the Honorary Consul General of Nepal, Rishi P.Dhakal, and his special guest a dignitary from the Artesia City Council, who hails from Nepal.He was not only talking about the exciting video presentation he just saw about Nepal. The decoration, the food, and the atmosphere and of course. Tonight’s Grand Prize Winner of a trip of a lifetime for two to Nepal, provided by the Nepal Tourism Board was Ozella Anderson from Ozee Travel in Los Angeles.

रौतहटमा प्रहरीसँगको भिडन्तमा एक जनाको मृत्यु

रौतहट — रौतहटको राजदेवी नगरपालिकास्थित सीमा क्षेत्रमा हतियारसहित आपराधिक समूह  पक्राउ गर्न गएका सुरक्षाकर्मी माथि गोली प्रहार गरेपछि भएको भिडन्तमा बिहीबार राति एक जनाको मृत्यु भएको छ । नगरपालिकास्थित मुडवल्वा टोलको बाग्मती नदी तटबन्धमा हतियाधारी समूह पक्राउ गर्न केन्द्रिय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी र इलाका प्रहरीका डीएसपी शान्तिराज कोइरालासहितको टोली एम्बुस थापेर बसेको थियो । घटनास्थलबाट प्रहरीले अत्याधुनिक हतियार एसएमजी र गोली बरामद गरेको छ । घट्नास्थलमा राति ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । भिडन्तमा एकजनाको खुट्टा र पिठ्यूमा गोली लागेको थियो । २ जना भारततर्फ भागेको प्रहरीले जनायो । गोली लागेर घाइतेको उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइदै गर्दा बाटोमै मृत्यु भएको हो ।

जापानविरुद्ध पोल्याण्डको ० – १ गोलको अग्रता

काठमाडौं : जापानविरुद्ध पोल्याण्डको ० – १ गोलको अग्रता  एसिया राष्ट्रलाई प्रतिनिधित्व गर्ने गरेको जापान ४ अंक बनाउँदै समूह एचको शीर्ष स्थानमा छ ।   रुसमा जारी विश्वकप अन्तर्गत आज समूहको खेलमा जापानविरुद्ध पोल्याण्ड ० – १ गोलको अग्रता भएको छ  ।  जापान भर्सेस पोल्याण्डको खेल  वोल्गोग्राड एरेना स्टेडियममा भइरहेको छ । पोल्याण्डको जन बेद्नरेकले ५९ औँ मिनेटमा गरेको छ ।   जापानले पोल्याण्डलाई हराएमा समूह विजेता बन्नेछ ।  जापानले समूहको पुछारमा रहेको टिम पोल्याण्डसग खेल्नेछ ।

Dr. Govinda KC

डा. केसीको फेरि आमरण अनशन सुरु

काठमाडाैँ :  डा. केसीको फेरि आमरण अनशन सुरु  गरेका छन् ।  चिकित्सा शिक्षासम्बन्धी अध्यादेशमा समेटिएका सुधारका मुल बुँदालाई प्रतिस्थापन विधेयकमा तोडमोड गर्न खाजेको भन्दै अनशन सुरु गर्ने घोषणा गरेका छन् । दुईपटकसम्म जारी उक्त अध्यादेशलाई सार्थक रुपमा दिन असार तेस्रो सातासम्म प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्छ । स्रोत : नागरिक दैनिक