पत्रिकाको अफिसमा बन्दुक आक्रमण

 सिसाको ढोकाबाट प्रवेश गरेर बन्दुकधारीले जथाभावी गोली प्रहार गर्न थालेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । एक व्यक्तिले मेरिल्याण्डको अन्नपोलिसमा रहेको क्यापिटल गजेट पत्रिकाको कार्यालयमा अन्धाधुन्ध गोली चलाउँदा पाँच जना मारिएका छन् । घटनामा संलग्न बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएका छन्  । के कारणले बन्दुकधारीले आक्रमण गरे भन्ने बारेमा केही खुलाईएको छैन । मेरिल्याण्ड अमेरिकी राज्यधानी वासिङटन डिसीसँग जोडिएको राज्य हो । सञ्चारमाध्यमको कार्यालयमा अन्धाधुन्ध गोली प्रहारको विषयलाई लिएर अमेरिकामा चिन्ता प्रकट गरिएको छ । अमेरिकामा बन्दुक र यसबाट दिनहुँ जसो घटनाहरु हुँदै आएका छन् । तस्बिर: सामाजिक संजाल
Spread the love