आज राष्ट्रिय धान दिवस

काठमाडौं : नेपालमा मौसमका आधारमा चैते धान, बर्खे धान, भदैया धान, घैया धान र हिउँदे धान (बोरो धान) खेती हुँदै आएको छ ।  असार १५ भित्र साढे १२ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ । निर्धारित समयभन्दा पहिला मौसम सक्रिय हुँदा त्यसको प्रभाव रोपाइँमा पनि परेको छ । २०७२ को असार पहिलो साता देशभर सात दशमलव आठ प्रतिशत र २०७३ को यस अवधिमा नौ दशमलव १५ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा एक दशमलव पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको थियो । सरकारी आँकडाअनुसार यो वर्ष ५१ लाख ५२ हजार मेट्रिक टन धान फलेको थियो । २०७४ को असार पहिलो साता आठ दशमलव ८६ प्रतिशत हाराहारी रोपाइँ भएको विभागको अभिलेखले देखाउँछ । समयमा मनसुन सक्रिय भएकाले असार लागेसँगै मुलुकभर रोपाइँ सुरु भएको हो ।

नेपालको कूल जनसंख्याअनुसार स्वदेशमै धान उत्पादन नहुँदा बर्सेनि अर्बौं मूल्यको चामल भारतलगायत तेस्रो मुलुकबाट आयात हुने क्रम जारी छ । नेपालको कुल जनसंख्याको करिब दुई करोड ८९ लाख ८२ हजार सात सय ७१ जनालाई दुई छाक गरी वर्षभरी टन्न पेट भरी भात खुवाउन ३९ लाख ९९ हजार ६ सय २२ मेट्रिक टन चामलको आवश्यकता पर्छ ।

Spread the love