रबि लामिछाने र किशोर श्रेष्ठ बीचको लडाईं

काठमाडौं : साईबर क्राइम अन्तर्गतका कयौ संबेदनशीशील मुद्दा पेन्डिङमा,प्रेस काउन्सिलले बोल्न पाएको छैन, हाम्रा समर्थक चाहि एकै छिनमै पक्राउ। वाह !! साईबर क्राइमको स्पीड बढेछ । ‘सीधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले आपत्ति जनाएका छन् । प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष र पदाधिकारीहरुलाई गाली गलौज गरेको काण्डमा सामाजिक सन्जालमा रबि लामिछानेले आपत्ति जनाउँदै लेखेका छन् । सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिसँग जोडिएका सबै विषयलाई विद्यतीय कारोवार ऐनमार्फत मात्र कार्वाही गर्न खोज्ने प्रवृतीले सहि बाटोतर्फ नलैंजाने प्रेस युनियनको भनाइ छ ।  काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ र अन्य पदाधिकारीलाई सामाजिक सन्जालमार्फत धम्की दिएको भन्दै इलाम घर भई ललितपुरको बागडोल बस्ने ५० वर्षका विनोद गौतम र नवलपरासी सुनवल नगरपालिकाका ३६ वर्षका विष्णु ढकाललाई प्रहरीले पक्राउ गरी साईबर क्राइम अन्तर्गत कारवाही अगाडि बढाएको छ ।  लामिछानेले भने क्षणिक आबेशमा आएर उनीहरुले गालीगलौज गरेको भन्दै मुद्दालाई ठुलो नबनाउन प्रहरी समक्ष आग्रह गरेका छन् । श्रेष्ठले भने लामिछानेप्रती आफ्नो कुनै पुर्वाग्राह नरहेको र उनीबिरुद्द परेको उजुरीलाई कानुनसम्मत रुपमा कारवाही  अगाडि बढाउँदा आफु बिरुद्द धम्की र गालीगलौज भैरहेको बिभिन्न संचारमाध्यममार्फत उल्लेख गरेका छन्  ।

Spread the love