भारतको बिजुली २ वर्षपछि चाहिँदैन : कुलमान

भारतको बिजुली २ वर्षपछि चाहिँदैन : कुलमान

काठमाडौं : कुलमान घिसिङ प्रबन्ध निर्देशक भएपछि नेपाल विद्युत् प्राधिकरणले भारतकाे िबजुली अाबश्यक नपने कुरा बताएका छन। २ वर्षपछि मेराे कायर्कालमा म सकेकाे िबत्द्ुत खपत सहज गनेेी बतााएिका् छन।१८ घन्टासम्म लोडसेडिङ गरेर आलोचित पनि थियो ।
कुलमानले व्यवस्थापकीय कौशल देखाउँदै देशभरबाट लोडसेडिङ मात्रै हटाएनन्, प्राधिकरणलाई मुनाफामा र्थिक वर्षमा प्राधिकरणले ७ अर्बभन्दा बढी त नाफा नै कमाएको छ ।

आज त्रयोदशीको दिन साँझ दीपदान गरेर बालाचतुर्दशी पर्व मनाईंदै

प्रत्येक वर्षको मंसिर महिनाको कृष्ण चतुर्दशीमा बालाचतुर्दशी पर्व मनाइन्छ । बालाचतुर्दशी पर्व पितृका नाममा साँझ दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरेर मनाइन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथ लगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ ।

अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा बताइएको छ । यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले पशुपति परिसरमा आइपुग्छन् । त्रयोदशीको दिन साँझ दीपदान गरेर उनीहरु रातभर भजनकीर्तन गरी जाग्राम बस्छन् र भोलिपल्ट चतुर्दशीको दिन आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्छन् । भगवान् शिव मृगरूप लिएर घुमेको भनिने क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवगंत आत्माले पनि मुक्ति पाउने धार्मिक विश्वास छ ।

oil nigam

आयल निगमको ट्यांकर अपहरण

सिराहाबाट आयल निगमको ट्यांकर अपहरण भएको छ। २० हजार लिटर डिजल लिएर अम्लखेगन्जबाट विराटनगरका लागि छुटेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको छ । नेपाल आयल निगम विराटनगर डिपोका अनुसार पूर्वपश्चिम राजमार्गको हुलाक कार्यालय अगाडि रोकेर चालकहरु आराम गरेको बेला राति १२ देखि १ बजेको बीचमा अपहरणमा परेको जानकारी दिएको छ । ट्यांकर अपहरणमा परेको कुरा चालकले आज बिहान १० बजे कार्यालय समयमा आएर जानकारी दिएको थियो ।

ट्यांकर चालकका अनुसार आइतबार राति मुखमा पट्टी बाँधेर आएका ६/७ जना नकाबधारी समूहले उनीहरुको आँखामा पट्टी बाँधेर जीपमा राखेर बर्दिबास र लालबन्दीबीचको जंगलमा छोडेर डिजल भरिएको ट्यांकर लिएर भागेको जानकारी दिएको छ । नेपाल आयाल निगमले ट्याकंर अपहरण प्रकरण छानबिन गर्न विराटनगर डिपो प्रमुख अशोक साहको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ ।

भूकम्पको धक्का महसुस

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ। बैतडी लगायत सुदूपश्चिमका सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। ७ बजेर १५ मिनेटमा नेपाल भारत सीमाक्षेत्र केन्द्रविन्दु भएर ५.७ स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

५८ किलाे चरेससहित ५ जना पक्राउ


बर्दियाको गुलरियाबाट प्रहरीले ५८ किलाे लागूऔषध चरेससहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भन्सार राेडमा चेकजाँचका क्रममा उनीहरूबाट चरेस बरामद भएकाे जनाएकाे छ । भागेका दुई जनाकाे खाेजीका लागि बर्दियाकाे सम्पूर्ण नाकामा चेकजाँच कडा पारिएकाे छ भने जिल्ला प्रवेश गर्ने र बाहिरिने सवारीसाधनकाे समेत चेकजाँच कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । पक्राउ पर्नेमा दाङ घाेराहीका ३४ वर्षीया राजकुमार पुन मगर, २७ वर्षीया जुनतारा पुन, ३४ वर्षीया सुनथामी बुढामगर, २९ वर्षीया खिमप्रसाद राेक्का मगर र रूकुम उतरगंगा निवासी २६ वर्षीया अस्मिता रामजाली रहेका छन् ।

सुनको मूल्य बढ्यो

काठमाडौं : मंगलबार 2 सय बढेर सुन बुधबार सुन तोलामा २ सय रुपैयाँ बढेको छ। नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ।आज सुन तोलाको ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। आज तेजाबी सुन तोलाको ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुनकोशी नदीमा बस खस्दा १७ जनाको मृत्यु

सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा १५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

सूर्यको पूजा गरी छठ पर्व मनाइँदैछ

छठ पर्वको आज तेस्रो दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्व मनाइँदैछ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर व्रत बस्ने गरिन्छ। दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई ब्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ।  यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने विधि विधान रहेको छ ।

षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ। छठ पर्वका लागि काठमाडौंको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ ।

करेन्टमा परेर दुईको मृत्यु

झापाको बुद्धशान्तिमा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार माछा मार्न जाने क्रममा विद्युतीय करेन्ट प्रवाह भएको तारमा परेर बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राईको मृत्यु भएको जनाएको छ । दुवै जनालाई आज बिहान ७ बजे मृतावस्थामा स्थानीय नवज्योति सामुदायिक वनभित्रको एउटा खोल्सीमा भेटिएको प्रहरीले जनाएको छ ।घटनाको थप अनुसन्धान भइरहेको छ ।