१७ किलो सुन प्रकरणमा भरियालाई १० बर्ष जेल

१७ किलो सुन प्रकरणमा भरियालाई १० बर्ष जेल

दिपक न्यौपाने, काठमाडौ : १७ किलो सुनसहित पक्राउ परेका मनाङ नासों गाउँपालिका ९, दानाक्युका ३१ बर्षीय पासाङ लामालाई लमजुङ जिल्ला अदालतले १० बर्ष ६ महिना कैदको फैसला सुनाएको छ । कार्तिक १६ गते पक्राउ परेका लामालाई पुस १७ गतेदेखि पुर्पक्षका लागि जिल्ला कारागारमा राखिएको थियो । संगठित अपराध ऐन २०७० अन्तर्गतको मुद्धामा उनलाई थप ५० हजार रुपैयाँ जरिवाना सुनाएको अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले बताउनुभयो । प्रहरीले जिल्ला न्यायाधिबक्ताको कार्यालय हुँदै अदालतमा पेश गरेको मिसिलमा भरियालाई १० बर्ष जेलर बिगो बमोजिम ८ करोड १६ लाख १४ हजार ९ सय ६० रुपैयाँ जरिवाना समेत तोकेको छ ।  प्रहरीले मुद्धा चलाएको करीब साढे ६ महिनाकै अवधिमा सुन बोकेर ल्याएका भरियालाई कैद फैसला सुनाएपनि यसमा संलग्न को हुन् भन्ने अझै पत्ता लगाउन सकेको छैन ।

कैदिको असल चालचलन छ भन्दै जेल मुक्त

दिपक न्यौपाने, काठमाडौ : द्वन्द्वको एक पक्ष तत्कालीन माओवादी र एमाले मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको छ। कम्युनिष्ट पार्टीको सरकारले ओखलढुंगाका उज्जवनकुमार श्रेष्ठको हत्यामा दोषी पूर्वसांसद बालकृष्ण ढुंगेलको १२ वर्ष कैद मिनाहा गरिदिएको छ।  माओवादी सशस्त्र द्वन्द्वमा भएका घटनाको टुंगो सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत् गर्नुपर्ने आवाजमा एमाले स्वर उचो थियो। ओली अहिले प्रधानमन्त्री छन्।  ४० प्रतिशत कैद सजाय काटेको र जेलमा राम्रो चालचलन देखाउने कैदीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गर्ने कानुनी व्यवस्था छ। जेलमा असल चालचलन देखाएको भन्दै गणतन्त्र दिवसमा ढुंगेललाई जेलमुक्त गरिएको छ ।