३ किलो सुनसहित दुई जना समातिए

काठमाडौं :  काठमाडौंबाट कञ्चनपुरको मेहेन्द्रनगर हुँदै भारत जान लागेको युके ०२४६८४ नम्बरको कार बाट  ३ किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  नागढुंगा चेकप्वाइन्टबाट  ३ किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालबाट सुन लिएर आज भारत जाने क्रममा उनीहरुलाई प्रहरीले नागढेंगाबाट पक्राउ गरेको हो ।  यो घटनाबाट सुन तस्कारबारे केही थप सूचना पाउन सकिने प्रहरीको भनाइ छ।

Spread the love