पुटिन र ट्रम्पको शिखर वार्ता हेलसिन्कीमा हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भनिएको शिखर वार्ता १६ तारिखमा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीहरुले बताएका छन् ।  बिहीबार सार्वजनिक गरेको वक्तव्यमा उहाँहरूको शिखर वार्ता, मिति र स्थानका बारेमा ट्रम्प र पुटिनसँगको परामर्श र सहमतिमा निर्णय भएको उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्यादिमिर पुटिन जुलाई १६ मा हेल्सीन्कीमा दुई पक्षीय शिखर वार्ता गर्न सहमत हुनुभएको छ ।

Spread the love