अख्तियारको ‘कोर्ट’मा भासिएको बबई पुल

अख्तियारको ‘कोर्ट’मा भासिएको बबई पुल

३ असार, काठमाडौं  : २९ गते आएको बाढीका कारण वीचमा केही मिटर भासिएको बबई पुलमा कसको कमजोरी छ ।नेकपाका नेता वामदेव गौतमको गृह जिल्ला बर्दियाको जब्दीघाटस्थित बबई नदीमा पक्की पुल भासिएको एक वर्ष बित्नै लाग्यो ।  ठेकेदार पप्पु कन्स्ट्रक्सनले समयभन्दा अगावै पुल बनाएर हस्तान्तरण गरेको तर, एक वर्षपछि बाढीका कारण पुल भासिएको दाबी गर्दै आएको छ । दोषी खोज्ने क्रममा अहिले बबई पुल प्रकरण अख्तियारको कोर्टमा पुगेको छ ।  विषय अदालतमा समेत प्रवेश गरिसकेको छ । सरकारले समयमै काम नगर्ने ठेकेदारहरुको सूची तयार पारेर कारवाहीको चेतावनी दिइरहेका बेला बबई पुलको मुद्दा अलि फरक ढंगले सतहमा आएको छ । सडक विभाग अन्तरगत पुल विभागका हाकिमहरुले भने पुल भत्किनुमा पप्पु कन्स्ट्रक्सन नै दोषी रहेको बताउँदै आएका छन् ।

जीर्ण बबई पुलको अवस्था र हालसम्म भइरहेको विवादका विषयमा केही सूचना दिने प्रयास गरेको छ । बबई नदीमा पुल निर्माणका लागि ०६८ साल असार २२ गते पप्पु कन्स्ट्रक्सन र सडक डिभिजन कार्यालय बाँकेवीच सम्झौता भएको थियो । सम्झौतापत्रमा डिभिजन कार्यालयका तत्कालीन प्रमुख भानु जोशीले हस्ताक्षर गरेका थिए । कुल १६ करोड ६८ लाख ४ हजार ३०८ रुपैयाँमा पप्पु कन्स्ट्रक्सनले पुलको ठेक्का हात पारेको थियो ।, निर्माण सम्पन्न भएको एक वर्षपछि बाढीले पुल भत्काएकोमा सरकारी कर्मचारीले आफ्नो कमजोरी ढाकछोप गर्न निर्माण कम्पनीलाई दोष देखाइरहेको छ ।

पप्पु कन्स्ट्रक्सनलाई पुल निर्माणको ठेक्का दिने क्रममा सडक विभाग अन्तरगत पुल विभागका कर्मचारी र इञ्जिनियरहरुले समेत लापरवाही गरेको ठेकेदार कम्पनीको आरोप छ । र, सोही लापरवाहीकै कारण पुल भासिएको हुन सक्ने विषयमा अझैसम्म गहिरो गरी छानविन हुन सकेको छैन । अहिले अख्तियारले सरकारी कर्मचारी र इञ्जिनियरमाथि पनि छानविन गरिरहेको छ । बबईको पुलको पिल्लर ‘वेल डिजाइन फाउन्डेसन’ मार्फत बनाइएको भए पिल्लरको गोलाइ ७ मीटरको हुने थियो र फाउन्डेसन पनि बलियो हुने थियो ।  ७० सेमी गोलाकार पिल्लर बोरिङ प्रविधिबाट राखेर पुल निर्माण गरिएपछि वर्षायामको बाढी आउँदा पिल्लर भासियो ।

मुलुकभरिका बीस हजार फैसला लेखिन बाँकी

काठमाडौं : पुरानो मुलुकी ऐनलाई विस्थापित गर्दै भदौ १ देखि नयाँ मुलुकी फौजदारी र देवानी संहिता लागू हुँदैछ मुलुकभरिका अदालतमा २० हजारभन्दा बढी फैसला लेखिन बाँकी रहेको देखिएको छ ।  पछिल्लो एक प्रतिवेदनअनुसार सर्वोच्च अदालतमा मात्रै अझै चार हजारको संख्यामा फैसला लेखिएका छैनन् ।  ‘छिटो र प्रभावकारी न्याय’को पञ्चवर्षीय रणनीतिक योजनालाई नै चुनौती दिने गरी न्यायपालिकाको माथिल्लो तह सर्वोच्च अदालतमै फैसला लेखन ढिलाढाला देखिएको हो । सर्वोच्चमा यस आर्थिक वर्षभित्र झण्डै एघार हजारको संख्यामा अन्तिम फैसला भएका थिए, जसमा सात हजार मात्र फैसला लेखिएका छन् । सर्वोच्चका सहरजिस्ट्रार लालबहादुर कुँवरले तयार गरेको खोज प्रतिवेदन अनुसार सर्वोच्चमा चार हजार, उच्च अदालतमा नौ हजार र जिल्ला अदालतमा सात हजार थान फैसलाहरू अझै तयार हुन सकेका छैनन् ।  जसले निर्णय सुनाएकै दिन न्यायका याचकलाई फैसला लेखेर दिनुपर्ने व्यवस्था गरेको छ । तर, अदालतको फैसला लेखनको गति अत्यन्तै नाजुक देखिएको छ । यस आर्थिक वर्षमा उच्च अदालतमा मात्र २९ हजार र जिल्लामा ७० हजारको संख्यामा फैसला भएका थिए ।  सर्वोच्चमा ३६ प्रतिशत, उच्चमा ३१ प्रतिशत र जिल्लामा १० प्रतिशत फैसला तयार हुन अझै बाँकी देखिएको हो ।

न्यायका याचकले एक तिहाइभन्दा बढी फैसला पाउन नसकेको तथ्य उजागर गरेको छ । खोज प्रतिवेदन अनुसार सर्वोच्चमा एकजना इजलास अधिकृतले वार्षिक सरदर एक सय एक वटा मात्र फैसला तयार गर्नुपर्ने तथा दुई सय ४१ वटा अन्य आदेश तयार गर्नुपर्ने कार्यबोझ रहेको छ । ‘हाल सर्वोच्च अदालतको मुद्दा फछ्र्योट उल्लिखित संख्यामा दोब्बरभन्दा बढी रहेको छ । फैसला लेखनको कार्यबोझ पनि दोब्बरभन्दा बढी अनुपातमा वृद्धि भएको छ । हालसम्म नेपालको न्यायपालिकाको कार्यकारी व्यवस्थापन र बजेट प्राप्तिको विषय अझैसम्म पनि बक्सिस वा निगाहको विषयजस्तो बनेको छ । ‘ लोकतन्त्रमा यो ज्यादै दुःखद् कुरा हो,’ जोशीले भने । रणनीतिक योजना लागू भएयता पर्याप्त जनशक्ति अभावकै कारण योजनाअनुसार अदालतहरू गतिशील हुन नसकेको उनको स्विकारोक्ति थियो ।

AXE BAND SET TO EMBARK ON TEXAS CONCERT

Pulsating, energetic and rocking-that is how The Nepali community in Dallas, Texas is buzzing about the city’s largest music Festival July 7th at Toyota Music Factory. The NepcineSummer Music Festival with the Axe Band, sponsored by Lonestar Fish Games, is expected to be huge. With power-packed performances by stars such as Ankit Dhakal, Band- Accentors, Monday Junkies and Near Mirrors.  Renowned Shyam Nepali and Barsha Karmacharya will be appearing as well. Fans can expect a fusion of traditional Nepali vocals and blues.
“We are excited to perform at Toyota Music Factory, which is the biggest concert venue we’ve played to date in the US. The fans are great and we’re always excited to work with the Nepcine team. The show is going to be crazy and we’ll be playing all of our hit songs” says the Axe band’s frontman Shiva Mukhiya. The band will be performing in various major cities with huge Nepali residents on the management of Fuzon International who is the official promoter of the band on the USA. The band is set to perform songs from its collection of both old and new including few songs from its upcoming album at the concerts, as stated in the statement. “We’ll be ready with a line-up of Nepali traditional Sarangi music” Shyam Nepali adds. “Since the audience is diverse, we’ve tailored the set list accordingly” Expect entertaining numbers such as “Timro Ek Muskan” by Ankit and “Sarara” by Barsha Karmacharya will be sure to get the fans jumping.
The Accentors Band credits the band’s versatility to the diverse musical influence of its members. “Everyone in the band comes from a different musical background which adds uniqueness to our sound”.

For Dallas people Near Mirror, the band born out of the passion for music is going to win the heart of Dallas Fans. The band lauds the corporates in the Millennium City who are finding time for their passions besides their busy life. “It’s so cool to get a chance to perform in such a big concert hall in front of huge crowd in the Summer Festival.” Says Monday Junkies ( The band remember, when they were in college they always had a dream to perform in the big concert hall. Now our dream comes true(smiles).
Catch it live
What: Summer Music Festival with the Axe Band
Where: Toyota Music Factory, Irving Tx
When:  Saturday, July 7th  (Door opens at 7:30)

International tourism surpasses outlook – UNWTO

International tourist arrivals grew 6% in the first four months of 2018, compared to the same period last year, not only continuing the strong 2017 trend, but exceeding UNWTO’s forecast for 2018. “International tourism continues to show significant growth worldwide, and this translates into job creation in many economies. This growth reminds us of the need to increase our capacity to develop and manage tourism in a sustainable way, building smart destinations and making the most of technology and innovation,” said UNWTO Secretary-General, Zurab Pololikashvili.

The limited information coming from Africa and the Middle East points to 6% and 4% growth, respectively, confirming the rebound of Middle East destinations and the consolidation of the growth in Africa. Confidence in global tourism remains strong according to the latest UNWTO Panel of Tourism Experts survey. The Panel’s outlook for the May-August period is one the most optimistic in a decade, led by the particularly upbeat sentiment in Africa, the Middle East and Europe. Experts’ evaluation of tourism performance in the first four months of 2018 was also robust, in line with the strong results recorded in many destinations around the world.

Growth was led by Asia and the Pacific (+8%) and Europe (+7%). Africa (+6%), the Middle East (+4%) and the Americas (+3%) also recorded sound results. Earlier this year, UNWTO’s forecast for 2018 was between 4-5%.

From January to April 2018, international arrivals increased in all regions, led by Asia and the Pacific (+8%), with South-East Asia (+10%) and South Asia (+9%) driving results. The world’s largest tourism region, Europe also performed strongly during this four-month period (+7%), pulled ahead by the destinations of Southern and Mediterranean Europe, and Western Europe (both +8%). Growth in the Americas is estimated at 3%, with strongest results in South America (+8%). The Caribbean (-9%) is the only sub-region to experience a decrease in arrivals during this period, weighed down by some destinations still struggling with the aftermath of the hurricanes of August and September 2017.

पुनर्वास खोज्दै आएका भूकम्प पीडितहरुको घोर उपेक्षा

शक्ति माया तामाङ : नुवाकोट विनासकारी भूकम्पको कारण रसुवाको डाडगाउ र हाकुबाट विस्थापित भएर अन्यत्र ठाउमा बस्दै आउनु भएका भूकम्प पीडितहरु भूकम्प गएको ३ वर्ष विति सक्दा समेत अझै पुनर्वासको पर्खाइमा छन् । विस्थापितहरु अहिले रसुवाको खाल्टे, लहरेपौवा, नौबिसे, शान्तिबजार, कालीकास्थान, लगायतका स्थानमा अस्थायी आवास बनाएर बसिरहेका छन् । कहिले वर्षा, कहिले ठण्डी त कहिले हावाहुरीबाट आजित बनेका विस्थापितहरु यो वर्षको वर्षाद पनि टहरामै विताउनुपर्ने हो कि भनेर चिन्तित बनेका छन् । रसुवाको हाकु साविकको वडा नम्बर ८, ९ र डाँडगाउ ७ को गरी ३ सय ४७ घर परिवार अझै अस्थाइ टहरामा कष्टपुर्ण जिवन जिउन बाध्य रहेकका छन् । विनासकारी भूकम्पले घरबार भत्काएपछि आफ्नो थातथलो छोडेर अन्यत्र ठाउँमा बस्दै आएका पीडितहरु घाम पानी र कठ्यांग्रिँदो जाँडो त छदैछ मजदुर नगरे आफू र बालबच्चा भोकै बस्नुपर्ने बाध्यता रहेको उनिहरुले बताएका छन् । भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको रसुवा जिल्लामा भूकम्प गए लगत्तै पुगेको प्राविधिक टोलीले त्यहाँको हाकु, डाँडागाँउ लगायतका स्थानहरु बस्न अयोग्य रहेको बताएको थियो । हाकु र डाँडागाउँबाट विस्थापित भएका पीडितहरूको बताए अनुसार खाल्टेमा २ सय ३८ परिवार अस्थायी टहरा निर्माण गरी बस्दै आएका छन ।

त्यस्तै नुवाकोटको पीपलटारमा करिब ८६ र अन्य ठाउमा गरी जम्मा ३ सय ४७ परिवार अस्थाई संरचनामा बसोबास गर्दै आएका छन् । सरकारले वितरण गरेको गरेको दुइ लाख लिएर अन्यत्र ठाउमा छारीएर बस्दा आफ्नो परम्परा सस्कार सस्कृतिहरु लोप हुने बताउनुहुदै बर्षैा देखि समुदायमा मिलेर बस्दै आएका आफुहरुलाई एकिकृति बस्ती विकास गर्न माग गर्नु भएका छन् । रसुवाको खाल्ेटमा बस्दै आउनु भएका पीडितहरु आफुहरुलाई अहिले बस्दै आएको ठाउ खाल्टेमा नै राज्यले एकिकृत बस्ती वीकास गरीदीन माग गर्नु भएका छन् । एकितृत बस्ती विकासको व्यवस्थापन गर्नी हो भने आफुहरुको भाष, सस्कृति, धर्मको संरक्षण हुने र बर्षौ देखि मिलेर बस्दै आएको समुदाय पनि एकै टाउमा नै बस्न पाउने बताउनुहुन्छ । सरकारले एकिकृत बस्ती विकासको निति नल्याउदा आफुहरुको भाषा, धर्म, परम्पराहरु लोम हुने चिन्ता व्यक्त गर्नु भएका छन् । एकिकृत बस्ती विकास र पुनर्वास जस्ता काममा सरकारको ढीलासुस्तीका कारण आफूहरुको दैनिकी झन कष्टकर बन्दै गएको भूकम्पका कारण विस्थापित भएर अस्थाइ टहरामा बस्दै आउनु भएका भूकम्पपीडितहरुले बताएका छन् । अस्थाई टहरमा जाडोम सहनै नसक्नेगरी जाडो हुने निदाउनै नसक्ने, गर्मि महिनाम जस्ता तातेर बस्न नसकिने र वर्षादमा लगातार परेको पानीले बस्ने ठाउमा पानी आउने खान बनाउन सुत्न लगायतको कयौ समस्याहरु खेप्न परेको रसुवाको खाल्टेमा अस्थाई टहरामा बस्दै आउनु भएका बुटिक तामाङले बताउनुभयो । “बुटीक तामाङ भन्नुहुन्छ गर्मिमा जस्ता तातेर सुत्न सक्दैन जाडोमा सित चुहेर जमिन चिसो भएर निदाउन सक्दै भने वर्षादम त झन ठुलो पानी परेको बेला बस्ने ठाउमा भल पानी छिरेर रातभर जागम बस्नुपर्ने बाध्यता छ । ” अस्थाइ टहराम विशेष गरेर बालबालिका र बृद्धबृद्धालाई जोगाउन गरो भइरहेको विस्थापितहरु बताउछन् । बालबालिकालाई निमोनिय, रुगाखोखि र बृद्धबृद्धालाई दम बढने र हात खुट्टाको जोर्निहरु दुख्ने लगायतको समस्याले सताउने गरेको विस्थापितहरुले बताउनु भएका छन् ।

अस्थाइ टहरामा नै तीनवटा वर्षा र तीन वटा हिउद खेपिसकेका पीडितहरु चौथो वर्षा पनि यतिकै जानेमा चिन्तीत बनेका छन् । लामो समय देखि अस्थाई टहरामा बस्दा निकै समस्या भएको बताउदै सुरक्षित आवस बनाउन चाहेर पनि काँह बनाउनी भन्ने ठेगान नभएकाले विभिन्न समस्याको बाबजुद पनि अस्थाई संरचनामा नै बस्न बाध्य भएको विस्थापितहरु बताउछन् । छेकु तामाङले भन्नुभयो“ गाउमा हुदा आनन्द थियो । याँह त काह बस्नी के खानी भइरहेको छ । आफ्नो अस्थाई बस्ने बास छैन । रीनधन गरेर बलियो घर बनाएर बसुम भने पनि काँह बनाउने एकदाम दुख दाई निवन जिउन बाध्य भइरछ । दुखिहरुको पिडा कसैले सुन्दैन रहेछ । ” भूकम्प लगतै पुगेको विभिन्न संघ संस्थाले राहत वितरण गर्दा केहि समय खान समस्या नभएपनि पछिल्लो समय त्यस्तो अवस्था नरहेकाले अहिले एकल महिला र वृद्धवृद्धा अर्थात ज्याल मजदुर गर्न नसक्नेहरुलाई जिविको पार्जनमा समेत समस्या भएको विस्थापितहरुले बताउनु भएका छन् । कान्छी माया तामाङ अहिले परिवार पाल्न निकै गरो भएको बताउदै अहिले पुर्खाले नगरेको गिट्टी, बालुवा बोक्ने काम गर्न बाध्य भएको बताउनुहुदै गुनासो गनुहुन्छ । “उहा भन्नुहुन्छ मजदुर गर्न नगए विहान बेल्का बालबच्चालाई भोकै राख्नुपर्छ । गाउमा त समुदायमा एकआपसमा मिलेर खेति गरेर खान्थे याँह मजदुर गर्न बाध्य भएको छ । विस्थाविद भएर यसरी सत्रुलाई पनि बस्न नपरोस ” । बुटिक तामाङ, छेकु तामाङ र कान्छी माया तामाङ त प्रतिनिधि पात्रमात्र हुन यस्ता कष्टपुर्ण जिवन कयौ विस्थापितहरुले भोग्दै आइरहेका छन् ।

स्थानिय तहको निर्वाचन पछि विस्थापितहरुको समस्या पनि समाधान हुनेमा विस्थापितहरुको भरोषा थियो । तर निर्वाचन सम्पन्न भएको कयौ महिना भइसक्दा समेत आफुहरुको समस्था जस्ताको तस्तै रहेको पीडितहरुको गुनासो छन् । तर यता जनप्रतिनिधिहरु भने आफुहरुले गर्न सकिने सहयोग गर्दै आएको बताउदै आएका छन् । उत्तरगया गाउपालिकाक अध्यक्ष उपेन्द्र लम्सालले पहिले भन्दा विस्थापीतको समस्या विस्तारै सुल्झदै गएको बताउनुभयो । उत्तारगाया गाउपालीका वडा नम्बर ५ बोगेटारमा १ सय ७७ बस्ती र नुवाकोट खुलेबेसीमा ३३ परिवार गरी २ सय १० परीवारलाई व्यवस्थापन गरीसकेको गाउपालिकाले जानाएको छ । गाउपालिकाको भनाई अनुसार जग्गा भाडाम बस्दै आएका विस्थापितहरुलाई सुरक्षित ठाउमा स्थान्तरण नभए सम्मको लागि रसुवाको खाल्टेमा रहेको सार्वजानिक जग्गामा निशुल्क बस्ने व्यस्था गरेको पाइएको छ । साथै अन्य विस्थापीतहरुको सबालमा जग्गा खोज्दै गरेको अध्यक्ष लम्सालले बताउनुभयो । भूकम्प गएको ३७ महिना भइसक्दा समेत सरकारले एकिकृत बस्ती विकास योजनालाई मूर्त रुप दिनसकेको छैन । सरकारको यस्तो ढिलासुस्तीमाझ यो वर्षको बर्षाद पनि टहरा टहरामैै विताउनुपर्ने होकि भन्दै विस्थापितहरु चिन्तित बनेका छन् ।

कोरिया जाने नेपालीका लागि आयो नयाँ नियम

काठमाडौं,  : नयाँ प्रणाली आएपछिमा दक्षिण कोरियाले परीक्षा पछि नेपाली कामदारका लागि सिपमा आधारित परीक्षा प्रणाली लागू गर्ने भएको छ । कोरियाले सन् २०२० देखि नेपालबाट कामदार लैजाँदा सिप र भाषा दुबैलाई परीक्षण गर्ने तयारी गरेको हो । कोरियाले यसअघि नै सन् २०१९ देखि नेपाली युवाको सिप क्षमता पनि परीक्षण गरेर लैजाने घोषणा गरिसकेको थियो । कोरियाको मानव संशाधन विभागले यसअघि नै कामदार छनोट प्रणालीमा अंक पद्धति लगाउने घोषणा गरिसकेको थियो ।  कोरिया जानेहरुले भाषा परीक्षासँगै सीपको पनि परीक्षा दिनुपर्नेछ ।  तयारी नपुगेपछि एकवर्ष पछि धकेलिएको छ ।

अनुसार रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा मात्रै उत्तीर्ण गरी रोजगारीका लागि कोरिया जाने क्रम आगामी वर्षसम्म मात्रै चल्नेछ । सन् २०१९मा भने अहिलेर्कै प्रणालीमा परीक्षा हुनेछ । नयाँ प्रणाली आएपछि भाषा राम्रो भएपनि हातमा सिप नभएका युवालाई कोरियाले ‘अयोग्य’ ठहर्‍याउने छ । अब उत्पादनमूलक समूहमा जाने कामदारले भाषा परीक्षा ल्याएको अंकलाई ८० प्रतिशत मानिनेछ । थप २० प्रतिशत अंकको लागी सीपको परीक्षण गरिनेछ ।

‘चौका दाउ’मा सोनिकाको आइटम डान्स

काठमाडौं । पुर्णेन्द्रु झाले निर्देशन गरेको चलचित्र  ‘चौका दाउ’मा सोनिकाको आइटम डान्सको चर्चा शुरु भइसकेको छ । नायिका बर्षा राउत मुख्य भूमिका रहेको चलचित्रमा राउतको भन्दा पनि आइटम डान्स गरेकी एक मोडलको भने अहिल्यै चर्चा शुरु भइसकेको छ । ‘चौका दाउ’ मंसिर १४ गतेबाट रिलिज हुने भएको छ ।    चलचित्रका मुख्य ४ पात्रहरु सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रका मुख्य ४ पात्रहरु मस्ती गर्नका लागि डिस्को गएको समयमा योको आइटम डान्सको चर्चा शुरु भइसकेको छ ।

Milendra rijal

केपी ओली ‘नयाँ राजा’ – डा. मिनेन्द्र रिजाल

१२ असार, काठमाडौं  : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले  कानून मिचेर जथाभावी गर्ने गरेको भन्दै नियन्त्रण गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘नयाँ राजा’ को संज्ञा दिएको छ । कांग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिभिन्न निकायहरुको व्यवस्था गरेर प्रधानमन्त्री ओली ‘नयाँ राजाको अवतार’ को रुपमा देखिएको दावी गरेका  छन् । गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र कानून मन्त्री शेरबहादुर तामाङले कानून मिचेर कर्मचारी र सर्वसाधारणलाई समेत आतंकित बनाएको भन्दै रिजालले मन्त्रीहरुलाई नियन्त्रणमा राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

विश्वकप फुटबलमा समुह सी र डीको समिकरण

१२ असार – समुह सीबाट फ्रान्स यस अघि नै नकअाउट चरणमा प्रवेश गरिसकेको विश्वकप फुटबल अन्तर्गत अाज समुह सी र डीका ४ खेलहरु हुँदै छन्। राति ७ः४५ बजे हुने खेलमा समुह सी अन्तर्गत पेरू र अस्ट्रेलिया तथा फ्रान्सविरुद्ध डेनमार्क भिड्दै छन्।

समुह सीमा पहिला २ खेलबाट ६ अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ भने, डेनमार्कको एक खेलमा जीत र १ मा बराबरीबाट ४ अंक रहेको छ। त्यस्तै, अस्ट्रेलियाले पनि १ खेलमा जीत हातपार्दै ३ अंक बटुलेको छ।  राति ११ः४५ बजे हुने समुह डी अन्तर्गतका खेलहरुमा अर्जेन्टिना र नाइजेरिया तथा क्रोएसिया र अाइसल्याण्ड भिड्दै छन्। तालिकाको शीर्ष स्थानमा रहेको क्रोएसियाको ६ अंक रहेको छ भने, दोश्रो स्थानमा रहेको नाइजेरियाको ३ अंक रहेको छ।

प्रेमीसँग मिलेर श्रीमानको हत्या

धनगढी : कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर  गोदावरी नगरपालिका-११ ओलानी ससुराली भएका विष्टलाई उनकी श्रीमती लक्ष्मी बढेला र प्रेमी दीपक खत्रीले हत्या गरी भीमदत्त पन्त राजमार्गमा पर्ने भासु भीरमा खसालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।असार ८ गते ससुरालीमा रहेकी पत्नीलाई बोलाउन गएका विष्ट लाई उनकी श्रीमती लक्ष्मी बढेला र प्रेमी दीपक खत्री मिलेर हत्या गरी भीरमा खसालेको प्रहरीले जनाएको छ। आमा हिरादेवी विष्टले कैलालीको मालाखेती प्रहरीमा ससुराली गएको छोरा वेपत्तासम्बन्धी उजुरी दिएपछि प्रहरीले सोमबार राति लक्ष्मी र दीपकलाई पक्राउ गरेको थियो।