माया गर्ने जोडीहरू पोख्दैछन् मनको बह – रचनाकार बी पाण्डे

nisthurile mandai ma ni na 1

माया गर्ने जोडीहरू पोख्दैछन् मनको बह – रचनाकार बी पाण्डे

माया गर्ने जोडीहरू एक अर्कामा समर्पित हुन चाहन्छन् । जुनी जुनी सँगै बाँच्ने अनि सँगै मर्ने कसम पनि खान्छन् तर कुनै एउटाले मात्र पनि अफ्नो कसम तोड्छन् भने अर्कोलाई मनको बह पोख्ने बाटो साथी हुन पुग्छन् । यस्तै आफ्नो बह पोख्दैछन् गायक गुणराज श्रेष्ठ र गायिका मेलिना राई । रचनाकार बी पाण्डेको शब्द तथा सुवास भुषालको संगीत रहेको यो गीतको भिडियो अर्जुन तिवारीको छायाङ्कन रहेको छ भने रचनाकार स्वयम्को निर्देशन रहेको छ । निस्ठुरीले बोलको गीतमा श्रृष्ठी, किशोर, कञ्चन र गुणराजको अभियन रहेको छ ।

dadai kati jaubhane - b panday

https://www.youtube.com/watch?v=W6lnExuFZaA

Bhola Dulal

बुझिनसक्दो काठे राजनीति

उपत्यकाको वरिपरी डाँडाका फेदिमा बर्षैदेखि जमिरहेको समाज हो काठे समाज । आर्थिक तथा चेतनाको दृश्टिकोणले पछौटेपनले ग्रसित यो समाज बिकासका दृश्टिकोणले पनि पछाडी परेको छ ।

देशको राजधानी शहर काठमाडौबाट नजिक रहेर पनि काठमाडौ शहरमा हुदेै गरेको भौतिक बिकासबाट पनि वञ्चित छ । खासगरि बाहुन, क्षेत्री, तमाङ्ग, नेबार आदिको बसोबास रहेको काठ क्षेत्र लाग्छ हुम्ला जु्म्लाको पर्याय नै हो । यधपी केहि ठाँउहरु भने बिकसित हुनेक्रममा नरहेका होइनन् । शिक्षा स्वास्थ्य सार्वजनीक यातायात तथा अन्य भौतिक पुर्वाधारबाट पछाडी परेको यो समाज बर्तमान राजनीतिक बिकास क्रमबाट पनि आक्रन्त छ । बेलाबेलामा हुने राजनीतिक परिवर्तनको आन्दोलनमा काठ क्षेत्रले उल्येख्य सहभागीता नजनाएको पनि होइन । तथापी राजनीतिक पहुचका हिसाबले पनि अथवा राज्य संयन्त्रको बिषयमा काठ क्षेत्रको प्रतिनिधित्व हुन र पहुच विलकुल छैन । राजनीतिक पुर्वाग्रह राख्ने, खुट्टा तान्ने यथा स्थितिबादी सोच राख्ने काठे समाजको बिशेषता नै मान्नु पर्छ ।
नियमित रुपमा हुने आवधीक निर्वाचनमा काठ क्षेत्रले आफ्नो नेतृत्व स्थापना गर्न सकिरहेको छैन । गैर काठे नेतालाई विजयी गराउदा काठका बास्तबिक समस्याको कुनै सम्बोधन हुन सकेको छैन ।Omतैपनि काठका एकथरि युवा तिनै राजनीतिक दलको पिक्षलग्गु एवं भ¥याङ भैरेका छन् । केहि मानिसहरुले व्यतिगत कामलाई फत्त्तेगर्न सफल भएतापनि सिंगो समुदायको उत्थान हुने कुनै कार्य हुनसकेको छैन । श्रमगर्ने संस्कृतिको अभाब, सामुहिकताको अभाब तथा केहि गरौ भन्ने भाबनाको अभाब काठ क्षेत्रको दुर्वल पक्ष हो भने अर्का तिर महिलाहरुले आफुलाई व्यबसायीक बनाउदै लगेको र आर्थिक निर्भर्ता तिर उन्मुख भैरहेको देख्न सकिन्छ । स्थानिय निकायवाट विनियोजीत रकमको व्यापक दुरुपयोग हुने गरेको पनि पाइन्छ । बिभिन्र्न शीर्षकमा रकम माग गर्नै तर पारदर्शि ढंगले काम नगर्ने बिडम्वना यहा छ । भएको काम पनि दिर्धकालीन(Sustainable) छैन । आफ्ना दल नजिकाका मानिसलाई योजना पार्ने र बाहुबलको आधारमा काम सम्पन्न भएको कागज तयार पारी राष्ट्रको सम्पती दुरुपयोग गर्ने प्रणली मौलाउदै छ ।
यसरी समग्रमा भन्नुपर्दा काठ क्षेत्रमा राज्यको उपेक्षा कायमै छ । उता काठ क्षेत्रका जनता भने तिनै राजनीति दलको फुदा गासेर बस्नु बझि नसक्दो छ । Mr. Bhola Dulal, Kathmandu

kp-sharma-oli-after-pm-nomi

भरतलाई रित्तो झोली प्रधानमन्त्री के पी ओली

दिपक न्यौपाने, काठमाडौ । समग्रा रुपमा नेपाली जनताले करिब दुई महिना अघिदेखि तराई लगायत नेपाल भर पाएको दुःख सम्झदा नेपालका नेताहरुको छबि प्रष्ट रुपमा जनताको पिर मर्का भन्दा आफ्नो स्बर्थमा केन्द्रीत भएको पाईएको छ । यति लामो भारतको नाका बन्दीलाई कामचलाउ नेपाली कांग्रेसको सरकारले नाकाबन्दी भनेर जीब्रो सम्म नउचालेको र आज भैरहेको प्रधान मन्त्रीको चुनाबमा बन्द हडतालमा लागेका राजेन्द्र महतो लगायत तराईमा अघोषीत नाका बन्दीलाई जारी राखेका तराई केन्द्रत दलहरु प्रधानमन्त्री छान्नको लागी नेपाली कांग्रेसलाई भोट दिन्छौ भन्ने मधेषी दलहरुको खुल्ला अभिव्यतिmले तराईमा यतिलामोे समयसम्मको संकट निम्त्याउन नेपाली कांग्रसको हात रहेको बिज्ञहरुको ठम्याई छ । अर्काे तर्फ बिपरित धुर्वमा रेहका एनेकपा माओवादी, एमाले, राप्रपा लगायत यति खेर एकातर्फ एउटै धारमा उभिएर नेकपा एकालेका अध्यक्षलाई समर्थन गरि प्रधानमन्त्रीमा बिजयी गराउनु भारत समर्थक र नेपाली बिचको  बिपरित धुर्बका पार्टीहरुको मान्यता नै हाल राष्ट्रमा आएको संकटको निराकरण गर्ने पक्षधरको रुपामा चित्रण गर्न लाएक छ ।

thepowernews, bhola dulal, jhor mahankal, powernews,dada gawon village project, shivapuri hight cottage, nepal

कहाँ गयो नयाँ नेपाल ?

कबिता

भन्थे सब जनहरु एक स्वरले नयाँ नेपालमा !
शान्ति आउछ घरघरमा मेलहुन्छ आपसमा !!
खोई त्यो शान्ति कता गयो अहिले मुर्दा सरिभइगयो !
टालटुलको राजनीति कतिदिन चलोस झुठा सरिभइगयो !!

नेता झन जालझेल गर्छन् कपट पाली मनमा !
मर्छन् गरीबहरु खान नपाई तागत नभई तनमा !!
आङ ढाक्ने खोल छैन बिचरा अन्धकारैमा परि !
गुण्डा राज छ यहाँ दिन दहाडै काला बजारी गरि !!

अड्डा खाना न्यायलयहरु घुसखोरीको केन्द्रभो !
सास्ती पाउँछ निर्दाे विचरो बेसहारा त्यो छ जो !!
खुलमखुल्ला भ्रष्ट्रचारीहरुको बर्चश्व बढ्दै गयो !
इमान्दारी, सज्जनहरु हरदिन त्र्रmमशः घट्दै गयो !!

ठुलो आश देखाई पहिले माखो नमारी कन !
जानीजानी खेलवाड गछ्र्रन् लाजै नमानी कन !!
फोस्रो भाषण तारेहोटलमा गर्छन वेजोडले !
बेच्छन् नाम सधै निमुखाहरुको जस पाउने होडले !!

फेर्छन् बोली दिन दिन पिच्छे पत्याउनै गाह्रो भो !
कामै केहि नगरि पेटभरनु यो त अति साह्रो भो !!
भन्थे सपना सहिदको साकार पाछौ अब !
बेला भड्किन लाग्दा हतार गर्छन् जो मान्यजन सब !

छैन स्थान राम्रा मान्छेहरुको पारिन्छन् पाखामा !
जस्तै खराब होस्ता पनि आफ्नाहरुलाई च्यापिन्छ काखमा !!
ठुलो माछाले सानालाई फगतमा निल्छ उसै चालले !
मत्य न्याय सरि बिभेद जगतमा बढ्यो यसै तालले !
– भोला दुलाल –

Texas USA

लायन्सको हवाई सम्मेलनमा ६ सय भन्दा वढी नेपाली

टेक्सास,  अमेरिका  -लायन्स क्वल इन्टरनेश्नलको अमेरिकामा गत साता भएको अन्तराष्ट्रिय सम्मेलनमा सहभागीहरु अहिले अमेरिकाका विभिन्न सहरमा पुगेका छन् । यो सम्मेलनमा कति नेपालीको सहभागीता थियो, यो चासोको विषय वनेको छ । उक्त सम्मेलनमा सहभागी नेपालका विभिन्न क्ष्ँेत्रमा रहेका लायन्स क्वलका सहभागीका अनुसार सम्मेलनका लागि ६ सय भन्दा वढी नेपाली हवाई आईपुगेका थिए ।
उक्त सम्मेलनमा भाग लिन आउने क्रममा झण्डै एक दर्जन नेपालीलाई भने अमेरिकी अध्यागमन कार्यालयले न्यूओर्क विमानस्थलवाटै फिर्ता गरिदिएको थियो । हवाई अमेरिकाका मुख्य भुमिसंग जोडिएको छैन । यो प्रशान्त महासागरको विचमा रहेको टापु हो । न्यूओर्कवाट हवार्य पुग्न झण्डै ९ घण्टाको हवाई यात्रा गर्नु पर्छ । फिर्ता पठाईएका नेपालीसंग हवाईसम्म पुग्ने जहाज टिकट थिएन । त्यही आधारमा शंका लागि अध्यागमन कार्यालयले फिर्ता गरिदिएको अनुमान छ । उक्त सम्मेलनमा सहभागीलेपनि झण्डै एक दर्जन जतिलाई फिर्ता गराईदिएको स्विकार गरे ।
सम्मेलनमा सहभागी हुन लायन्स क्लवमा सकृय लगायत व्यवसायी, राजनीतिक कार्यकताहरुको सहभागिता थियो । यती धेरै सहभागी आवश्यक थियो ? भाग लिन आउनेहरुका अनुसार यस पटक नेपालवाट एक जना अन्तराष्ट्रिय निर्देशक चयन भएका छन् । छिमेकी देश भारतवाट उपाध्यक्ष चयन गरिएको छ । यत्रो ठुलो संख्यामा अमेरिकाले कसरी भिषा दियो ? यो प्रश्नपनि उठेको छ । लायन्सका पदाधिकारीले सम्मेलन शुरु हुनु अघि अमेरिकी राजदुत पिटर वोडेलाई रात्री भोजमा निम्त्याएर छलफल गरेका थिए । उनीले यसपटक नेपालले महत्वपुर्ण पदमा दावी गरिरहेको हुदां सहभागी संख्या वढी हुने जानकारी दिएका थिए ।
Alina magar

पर्यटनको स्थायित्वका लागि पहल

एलिना मगर, धरान, प्राकृतिक, सामाजिक र सांस्कृतिक सम्पदाको धनी भनेर चिनिने नेपाल यस पटक ठूलै प्राकृतिक विपत्तिबाट गुज्रिरहेको छ । गत वैशाख १२ गते ७.६ रेक्टर स्केलको भुकम्पले देशमा ठूलै हलचल ल्यायो । महाविनासको रुपमा विपत्ती नै आयो । यसबाट देशको अर्थतन्त्रमा पनि हलचल मच्चिएको छ । देशको बलियो आर्थिक स्रोत मानिने पर्यटन व्यवसाय अहिले धराशयी अवस्थामा छ ।
त्यति मात्र नभएर यसपछि पनि विभिन्न समयमा अन्य थुप्रै पराकम्पनले क्षति पु¥याएको र पु¥याइरहेको छ । यसबाट देशले मानवीय साथै भौतिक क्षति पनि व्यहोर्नुप¥यो । आर्थिक उपार्जनका व्यवसायहरु प्रायः ठप्प अवस्थामा नै रहेको व्यवसायीको भनाइ छ । नेपालको पर्यटनमा ‘गोल्डेन ट्राङ्गल’ (सुनौलो त्रिकोण) भनिने पोखरा र चितवन सुरक्षित भएतापनि काठमाडौंमा भने क्षति पुगेको छ । पर्यटकको पहिलो आकर्षणको केन्द्र नेपालको राजधानीकोज्ञ अवस्था अहिले नाजुक छ । प्राकृतिक विपत्ति, सम्पदामा क्षति र व्यवसायमा गिरावटले व्यवसायीहरुका मनमा हतोत्साहले डेरा जमाएको छ ।
पर्यटन विज्ञ लीलाबहादुर बानियाँको शब्द सापटी लिने हो भने देशले भोगेको पीडालाई हामी यत्ति सजिलै त बिर्सन सक्दैनौं । यदि पर्यटनलाई जोगाइ राख्ने हो भने एकजुट भइ अघि लाग्नुको विकल्प छैन । बानियाँ भन्छन्, ‘विदेशीहरुका लागि आकर्षणको केन्द्र अनि नेपालको हवाइ माध्यमबाट जुनसुकै स्थान जान पनि पहिलो पाइला काठमाडौं हो ।’ मुलुकमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल नभएका कारण पनि हवाइ बाटोबाट आउने सम्पूर्ण पर्यटकको पहिलो पाइला काठमाडौंमै पर्दछ । बानियाँ थप्छन् ‘नेपालको पर्यटन धराशयी बन्दा पर्यटन क्षेत्र मात्र नभएर यसले दृष्य अदृश्य रुपमा अन्य क्षेत्रलाई पनि असर पु¥याउछ । यस कुराको सचेतना आम मानिसमा पु¥याउनु पर्छ ।’ किन सचेतनाको आवश्यकता भन्ने प्रश्नमा बानियाँ भन्छन््, ‘सबैतिर अहिले राजधानी असुरक्षित छ भन्ने भान भएको छ । स्वयम् नेपाली नै त्यहाँ जान वा त्यहाँका बासिन्दा राजधानी छाडेर बाहिर निस्कन चाहन्छन् । यसो गर्दा हामीले कुन मुखले विदेशीलाई नेपाल सुरक्षित छ भनेर डाँक्न सक्छौं । यसका लागि स्वयम् हामी विशेषत पर्यटनकर्मीले यस्ता कुराको अनुगमन गर्नुपर्छ । अहिले मनसुन सुरु हुन लाग्यो यसबेला पर्यटन व्यवसायका लागि ‘अफ सिजन’ हो । अब ‘सिजन’ सुरु हुनु पूर्व हामीले सुरक्षित पर्यटकीय गन्तव्य पहिचान गरेर पर्यटकलाई निम्तो गर्नु बुद्धिमानी हुन्छ ।’ यसैगरी प्रकृति प्रेमी समूहले केही समयदेखि पर्यटन विकासको लागि छोटो दुरीको ‘हाइकिङ’ गराउँदै आएको छ । यस समूहकी रामदेवी महर्जनको भनाइमा पनि प्राकृतिक विपत्तिपछि पर्यटनलाई गुलजार बनाउन आन्तरिक पर्यटनलाई जोड दिनुपर्दछ । उनी भन्छिन्, ‘सर्वप्रथम त हामीले आफ्ना ठाउँहरु घुम्नुपर्छ । यसो हुँदा बाह्य पर्यटकलाई नेपाल सुरक्षित छ भन्ने खबर पु¥याउन सहज हुन्छ । अनि उनीहरुको पनि विश्वास जित्न सकिन्छ । यसका लागि देशभरका पर्यटन व्यवसायीहरुले हातेमालो गर्न जरुरी छ ।’
नेपालको पर्यटनको क्षेत्रमा अग्रणी पंक्तिमा गनिने पोखराले भने यसको पहल सुरु गरिसकेको छ । पोखराको करिब ९० प्रतिशत अर्थतन्त्र पर्यटनमा आधारित छ । पर्यटन व्यवसायको मन्दीले पोखराको अन्य क्षेत्रलाई पनि असर पु¥याउदछ । पोखरामा होटल व्यवसाय गरिरहेका माउण्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईका अनुसार अहिले पोखराको होटल व्यवसायको अवस्था नाजुक रहेको छ । उनी भन्छन्, ‘सर्वत्र नेपाल ध्वस्त छ भन्ने गलत प्रचारले हामीलाई मार परिरहेको छ । हवाइ माध्यमबाट विदेशी पर्यटक आवागमनका लागि एकमात्र ‘पोइण्ट’ काठमाडौं भएकोले पनि विदेशी पर्यटक ह्वात्तै घटेका हुन् । अब यस कुरालाई सरकारले बुझ्न जरुरी छ ।’ नरेश दुःखेसो गदैं भन्छन् ‘अन्तर्राष्ट्रिय एयरपोर्ट अन्यत्र भइदिएको भए त्यहाँबाट नेपाल प्रवेशमा उनीहरुलाई सहज हुने थियो । यसबाट काठमाडौंको पर्यटनमा गिरावट आउँदा अन्यत्रको पर्यटकीय गतिबिधी सुचारु भइरहन्थ्यो ।’ लेकसाइडमै रहेको उनको होटलका ५२ कोठामा भुकम्प पूर्व दैनिक ८० प्रतिशत कोठाहरु ‘बुक’ भइरहन्थे भने अहिले ह्वात्तै घटेर शुन्य प्रतिशतमा झरेको भन्दै उनले दुःखेसो पोखे । यस कुरालाई बुझेर पोखरामा पर्यटन व्यवसायीहरुको पहलमा पोखरा पर्यटन पुनर्जागरण समिती (पिटिआरसि) को गठन भएको छ । समितीमा पर्यटन व्यवसायी, उद्योग वाणिज्य संघ, भुकम्पविद् लगायतको संलग्नता रहेको छ । विपत्तिपछि नेपाल ध्वस्त भयो, नेपालमा अब पर्यटकका लागि सुविधा दिने अवस्था छैन भन्ने गलत सूचना फैलिएकोले पोखराले यसलाई चिर्नका लागि पिटिआरसिको गठन गरेको संयोजक गणेश बहादुर भट्टराईले बताए । पिटिआरसीको टोलीले सरोकारवाला मन्त्री, प्रधानमन्त्री लगायतसंग पोखराको पर्यटन पुनरुत्थानका विषयमा गहन छलफल गर्ने र उपायको खोजी गर्ने बताएको छ । विपत्तिपछिको पर्यटनलाई पुनस्र्थापना गर्न विदेशी सञ्चार माध्यमका पत्रकार, नेपालको भ्रमण प्याकेज बेचिरहेका ट्राभल व्यवसायी साथै सामाजिक वा कलाकार क्षेत्रका हस्तीलाई नेपाल बोलाएर नेपालका अन्य स्थान सुरक्षित छन् भन्ने प्रचार गर्न राज्यले पनि सहयोग गर्नुपर्ने जस्ता उनीहरुको मुख्य एजेण्डा रहेको छ । अहिले उनीहरु ‘गोल्डेन ट्राङ्गल’ काठमाडौंमा क्षति पुगेको हुँदा पोखरा, चितवन र लुम्बिनीलाई ‘सिल्भर ट्राङ्गल’ नामाकरण गरेर प्रचारमा जुटेका छन् । यसका लागि सरकारी स्तरबाट नै सहयोग गर्नुपर्ने पहल सुरु भइसकेको छ ।
यसैगरी वैशाख १२ र २९ गतेको भुकम्पले मुख्यतया काठमाडौं, गोरखालगायतका पर्यटकीयस्थलमा हानी पु¥याएको छ । यस ठाउँलाई पुनस्र्थापना गर्न समय लाग्छ । यस्तो स्थितिमा नेपालको पर्यटनलाई ठप्प हुन नदिन र अर्थतन्त्रलाई सुदृढ बनाउन सूदुरपश्चिम, पूर्वाञ्चलले पहल गर्नुपर्नेमा लीला बानियाँले सरोकारवालालाई सुझाव दिए । धरानमा होटल र ट्राभल सञ्चाल गरिरहेका वासुदेव बरालका अनुसार यस बेला पूर्वले पर्यटनबाट लाभ लिने समय आएको छ । उनी भन्छन्, ‘यदि हामीले पूर्वलाई साँच्चिकै पर्यटकीय गन्तव्य बनाउन चाहने हो भने हामीले यसका लागि पहल गर्नुपर्छ । पूर्वेलीहरुले जुरमुराउने समय आएको छ । यसबेला पनि हामीले पहल सुरु गर्न सकेनौं र तैले गर्नुपर्छ मैले गर्नुपर्छ भनेर खुट्टा तानातानमा लाग्यौं भने हामी सदाको लागि पछि पर्दछौं ।’ अब कसरी पूर्वेलीले पहल गर्ने भन्ने प्रश्नमा उनको जवाफ यस्तो छ, ‘सुरुमा हामी सम्पूर्ण पर्यटन सरोकारवालाहरु बसेर छलफल गर्नुप¥यो । यसका लागि साझा संगठनको आवश्यकता पर्दछ । सोही संगठनको माध्यमबाट हामीले पर्यटकीयस्थलको सूची तयार गर्नुपर्छ । पूर्वको पर्यटनको भार अहिलेसम्म आन्तरिक पर्यटकले थामिरहेका छन् । अहिले हामीले आन्तरिक पर्यटकलाई नै ‘टार्गेट’ गरेर कार्यक्रमहरु ल्याउनु पर्दछ । राष्ट्रिय सञ्चार माध्यमका पर्यटनको विषयमा लेख्ने पत्रकारलाई पूर्व ल्याएर उनीहरुलाई पूर्व सुरक्षित छन् । पूर्वका पर्यटकीय गन्तव्यहरु यस्ता छन् भनेर देखाउनु पर्दछ । उनीहरुले पूर्व सुरक्षित छ भन्ने खबर राष्ट्रिय सञ्चारमाध्यमबाट फैलाएपछि यस क्षेत्रमा आउने पर्यटकको संख्या बढ्न सक्नेछ ।’ बरालले अझ विस्तारमा भने ‘त्यसपछि हामीले छिमेकी राष्ट्र भारतका पत्रकारलाई निम्तो गर्न सक्छौं । उनीहरुले आफ्ना मिडियामा सूचना प्रवाह गर्दछन् । भारतीयहरुको आवागमन हुन थाल्छ । हामीले उनीहरुलाई राम्रो सर्भिस ग¥यौं भने पर्यटक काठमाडौं पठाउने ट्राभल एजेण्टहरुले पनि पर्यटकलाई पूर्वतिर पठाउन थाल्छन् । ट्राभल एजेण्टलाई पूर्वमा निम्तो गरेर हामीले आफ्नो क्षेत्रलाई पर्यटकीय हिसाबले भावी दिनमा बेच्न सहज हुन्छ । यति मात्र नभएर  हामीसँग अर्काे सुनौलो फाइदा के छ भने पूर्वका लागि भारतीय सीमाबाट प्रवेश गर्ने विदेशी पर्यटकहरुको ‘ट्रान्जिट पोइण्ट’ काँकडभिट्टा हो । काँकडभिट्टा र धरानको दुरी पनि खासै लामो नभएकोले हामीले काँकडभिट्टाको ट्राभल व्यवसायीसँग सहकार्य गरेर विदेशी पर्यटकलाई पनि धरान भित्र्याउन सक्छौं । यसका लागि कुनै एक क्षेत्रको व्यक्ति वा ‘प्राइभेट सेक्टर’को  व्यवसायी लागेर मात्र सम्भव हँुदैन । यसमा स्थानीय निकाय, पर्यटन व्यवसायी, राजनीतिक दल र अन्य क्षेत्रका व्यवसायीहरुको हातेमालोको आवश्यकता पर्दछ ।’ यसका लागि बरालले धरानका पर्यटन व्यवसायी, भेडेटार र इलामका व्यवसायीहरुलाई झक्झकाउन थालेको बताए ।
बरालको सोही कुराको समर्थन गर्दै होटल एशोशिएसन अफ भेडेटारका अध्यक्ष लीलाराज लावतीले पनि अब पूर्वको पर्यटनलाई उठाउन मिलेर अघि बढ्ने जनाए । लावती भन्छन्, ‘गर्मी मौसम भेडेटारको लागि सिजन भएतापनि जति मात्रामा पर्यटकको आगमन हुनुपर्ने हो त्यसमा कमी आएको छ । दिउसो घुम्न आएतापनि राति भने वास बस्न डराउछन् ।’ भेडेटार भ्युका सञ्चालक जितेन्द्र रुम्दालीको भनाइमा पनि अहिले जुन रुपमा व्यवसाय हुनुपर्ने हो त्यो नभएको बताए । पूर्वका अन्य स्थानमा यहाँभन्दा गर्मी हुने भएकोले दिउँसोभर चिसो महसुस गर्न आउने अनि हत्तपत्त फर्किने गरेको रुम्दालीले बताए । यसैगरी लामो समयदेखि भेडेटारमा होटल सञ्चालन गरिरहेका गोविन्द कार्की पनि पूर्वले पर्यटकलाई अल्मलाउन नसकेकोमा चिन्तित छन् । कार्की भन्छन्, ‘अहिले हामीकहाँ पर्यटक आएपनि उनीहरु रमाउने भौतिक पूर्वाधारको कमी छ । यसबेला हामीले निरुत्साहित भएका लगानीकर्तालाई यस क्षेत्रमा लगानीको लागि आकर्षित गर्न पहल गर्नुपर्छ ।’
नेपालको पर्यटनमा रोकावट आउन नदिन नेपाल पर्यटन बोर्डले योजनावद्ध ढङ्गले अघि बढिरहेको बोर्डका प्रशासकीय प्रमुख रमेशकुमार अधिकारीले जानकारी दिएका छन् । अहिले बोर्डले विपत्तिमा परेकालाई उद्धार, उद्धार कोष खडा, प्रधानमन्त्री राहत कोषमा राहत जम्मा, पुरातत्व सम्पदा पनस्र्थापन कार्य, पर्यटनमा आवद्ध संघ संस्था वा निकायको अवधारणा सहमतिका लागि समिति गठन, ऐतिहासिक केन्द्रहरु पर्यटकका लागि खुल्ला गर्न पहल, र नेपालमा पर्यटकलाई आकर्षित गर्न पर्यटकीयस्थलको सही सूचना सम्प्रेषणका लागि सञ्चारमाध्यमसँग सहकार्य जस्ता कार्य गरिरहेको छ । अधिकारीसँगको टेलिफोन वार्ताको क्रममा बोर्डले विपत्तिपछिको पर्यटन उठानका लागि मुख्यतः यी सात बुँदे कुरालाई महत्व दिएको बताए । उनले हवाइ माध्यमबाट आउने विदेशी पर्यटकको पहिलो गन्तव्य काठमाडौं नै भएकोले काठमाडौंलाई पहिलेको जस्तो अवस्थामा ल्याउन सरोकारवालाहरु लाग्नुपर्नेमा जोड दिए ।
‘विनासपछि अवश्य विकास हुन्छ’ भन्ने युक्तिलाई आत्मसात गरेर अब हामी (पूर्वेली) ले अघि बढ्ने बेला आएको छ । पूर्वलाई हामीले ‘भर्जिन ल्याण्ड’ का रुपमा नयाँ शिराबाट प्रवद्र्धनको थालनी गर्नुपर्छ । भनिन्छ, विपत्तिले बाजा बजाएर आउँदैन । यस्तै प्राकृतिक विपत्ति कहाँ कति खेर कसरी हुन्छ भन्ने पनि किटान गर्न सकिन्न । तर, बेलैमा यस्ता विपत्तिबाट सचेतक बनी पर्यटकीय पूर्वाधारको निर्माण गर्दा युक्तिसंगत हुनेछ ।

Dadelo

गायक कमल किरणको ‘डढेलो’ बजारमा

भरतसन्तोषी,चैत २३,काठमाडौ – चर्चित गायक कमलकिरणको सोलो आधुनिक एल्बम बजारमा आएको छ। आधा दर्जन चर्चित गीत समाबेश उक्त एल्बममा चर्चित गीतकार तथा सङ्गीत्कारको मिहिनेत सुन्न सकिने छ । भाइब्स कृयसन मार्फत बजारमा आएको ‘डढेलो’मा चर्चित गीतकार मनोजराज ,रमेशराज भट्टराई ,राजकुमार घिमिरे ,डम्बर बराइली र गङ्गा ढकाल को सब्द रहेको छ भने चर्चित सङ्गीत्कार मनोजराज,रमेश राज भट्टराई ,राजनराज शिवाकोटी र सत्यराज आचर्यको सङीत रहेको छ ।
आफ्नी जीवनसाथी गायिका मन्जु महतलाई सडक दुर्घटना मा गुमाएका गायक कमल किरण पछिल्लो समय दुखनै दुख र अभावमा जिन्दगी बिताउनु परेको बताउछन् ।’माया नै सन्सारमा ठुलो कुरा रैछ ‘गायक कमल दि पावर न्युज लाई भन्छन् ‘जुन अभाव र आफ्नो जिन्दगी मा सल्किएको डढेलो यस् ” डढेलो”एल्बम मा समेटेको छु।’
डढेलो सर्यो किन मेरै खुसीमा
खडेरी पर्यो किन मेरै मायामा
मेरो मनको फुलको थुङगा..,रङेहात भेटे पछी …जस्ता थुप्रै गीत गाइसकेका कमलकिरणले यस् एल्बम बाट भने दर्शक श्रोताको अपार माया को अपेक्षा गरेका छन ।यस् एल्बमको भिडियो चल्दृस्य समन अधिकारी को निर्देशन मा दिवस उप्रेती र सुपृया कट्वाललाइ देख्न पाइनेछ ।

manisha tripathi

नेपाली साङ्गीतिक आकाशमा नयाँ प्रतिभाको आगमन हुने क्रम बढ्दो

१२ चैत, भरतसन्तोषी नुवाकोट –  नेपाली साङ्गीतिक आकाशमा नयाँ प्रतिभाको आगमन हुने क्रम बढ्दो छ । चाहे शब्द रचना होस या सङ्गीत अथवा गाएन नै किन नहोस् ! गीत-सङ्गीतको क्षेत्रमा आउन चहानेहरु धेरै छन् । नवप्रबेशिको भिडमा साङ्गीतिक आकाशको चम्किलो नक्षेत्रको रुपमा रुपमा नव-गाईका निमिषा त्रिपाठि श्रोता, दर्शक माझ आउने भएकी छन् । उनले गाएको गीतमा जिन्दगीमा माया गर्ने धेरै मानिसहरु आउछन एउटा मात्र हैन । एउटा मानिस टाढा भएपनी आफू एक्लो भईन्न भन्ने भाव समेटिएको छ ।

”तिमी मात्र हैन मलाई माया गर्ने,
छाडेर जाउ एक्लो हुदिन
हासेकै छु म कहिले रुदिन…”  
भन्ने बोलको गीत  आफ्नो पहिलो एल्बम ‘स्मरण’ को काम सकेर बिमोचनको तयारीमा जुटेका रचनाकार एस. टि. स्मरण (सुरेन्द्र थपलिया स्मरण)को रचना र रजु एण्ड राई को सङ्गीतमा तयार पारिएको हो ।

आफ्नो जीवनको पहिलो गीत निमिषाले निक्कै मेहनत गरेर गाएकी छन्  । नयाँ तर निक्कै मेहनती भएकै कारण यो गीत निमिषाले गाएकी हुन रचनाकार सुरेन्द्र ले भने । निमिषाले पनि आफ्नो सांगीतिक जीवनमा थोरै तर निक्कै उत्कृष्ट गीतहरु मात्र गाउने योजना बनाएकी छिन् ।

लोक-पप, रोमान्टिक, आधुनिक, सेन्टिमेन्ट, जुन सुकै बिधाको  पनि गीत गाउन सक्ने उनी सङ्गीतमा साधनाको खाचो छ भन्छिन ।  गीतले भने झै श्रोता र दर्शकको माया निमिषा र एस. टि. स्मरण ले कत्तिको पाउछन् त्यो भने हेर्न बाकी नै छ ।

sailesh pokhrel

रक्की माउन्टेन गरिमा बढाउन नयाँ नेतृत्व–शैलेस पोखरेल

सिद्धान्त छ, विधान छ, नियम छ
तर, व्यवहार छैन
व्यवहार नगर्नेलाई सजांय छैन
काम छ, टाप टिपे
प्रतिफल छ शून्य
यी लाइन प्रध्यापक डा. विजयराज शर्माले गत साता बोल्डरमा आयोजित नेपाली साहित्य सम्बन्धी कार्यक्रममा वाचन गर्नु भएको कठै समाज शीर्षक कविताका सुरुका अंश हुन् । शर्माले अधिकांश नेपाली समुदायको चरित्र देखाउने गरी रचना गर्नु भएको उक्त कविता रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालसँग पनि ठ्याक्कै मिल्न जान्छ । रक्की माउन्टेन कोलोराडोको पुराना संस्था हो । नेपाल र अमेरिकी समाजलाई जोड्ने यो संस्थाको इतिहास झण्डै ४० वर्ष अघिवाट सुरु हुन्छ । यो संस्थाको इतिहास जति गरिमामय छ तर, यसका कामहरू भने खुम्चिदैं गएका छन् । नेपाली समाजको बढ्दो उपस्थिति सँगै अझ सक्रिय हुनु पर्ने रक्की माउन्टेन शर्माको कविता जस्तै काम छ, टाप टिपे प्रतिफल छ शून्य जस्तै गरी अघि वढीरहेको छ । यसै महिना अन्तिममा हुने निर्वाचनले संस्थालाई सक्रिय रूपमा अगाडी बढाउन सक्ने नेतृत्व चयन गर्न चुक्यो भने रक्की माउन्टेनको गरिमा अझ खस्किने छ ।
कोलाराडोमा नेपाली समुदायको बढ्दो उपस्थितिसंगै आवश्यकता र चुनौतीहरू पनि वढीरहेका छन् । यहाँ आउनेलाई सुरुमा अमेरिकी समाजमा स्थापित हुने चुनौती पहिलो हो । तर, यसपछि पनि अप्ठ्यारा सकिदैंनन् । सङ्ख्या बृद्धिसंगै नयाँ नयाँ समस्या पनि थपिरहेका छन् । यही जन्मेको नयाँ पुस्ता ठुलो हुदैं छ, यसलाई पनि नेपाली समाज र संस्कार चिनाउनु पर्ने नयाँ चुनौती छ । यो कसैको व्यक्तिगत प्रयासबाट मात्र सम्भव हुदैंन । सामूहिक रूपमा यस्ता समस्या र चुनौती समाना गर्ने संस्था नेपाली समुदायले खोजिरहेको छ । दुर्भाग्यवश यसको आवश्यकता रक्की माउन्टेनले पुरा गर्न सकेको छैन । कोलोराडोमा बस्ने नेपाली समुदायले रक्की माउन्टेनका कामहरू विगतमा भन्दा पनि खुम्चिंदै गएको गुनासो गर्दै आएका छन् । नेपाल चिनाउने, नेपालीलाई पहिचान दिलाउने कयौँ वर्ष देखि हुदैं आएको नेपाल डे परेड गत वर्ष भएन । यस बाहेक रक्की माउन्टेनले पराम्परागत रूपमा गर्दै आएका अरू थुप्रै कार्यक्रमहरू भएनन् । कार्यक्रम हुदां नेपालीहरू भेला भई अनुभव र सूचना आदान प्रदान गर्ने अवसर मिल्छ । संस्था प्रति समुदायको चासो वढ्छ, मिलेर नयाँ काममा अघि बढ्न उत्साह थप्छ । अध्यक्ष वा पदाधिकारीलाई मञ्चमा जान अतिथि बन्न मात्र संस्था रहेको भान भइरहेको नेपाली समुदायको अनुभव छ ।
रक्की माउन्टेन प्रति नेपाली समुदायको वितृष्णा बढ्दै छ भन्ने जलन्त उदाहरण सदस्य सङ्ख्या पनि हो । डेनवर वरपरका सहरका १० हजार भन्दा बढी नेपाली बसोबास गर्ने भएपनि रक्की माउन्टेनमा करिब ५ सय जना मात्र सदस्य छन् । संस्थामा आवद्ध भएर केही लाभ नदेखेकाले नै सदस्य कम भएका हुन् । यसको महसुस समेत अहिलेको नेतृत्वलाई भएको छैन ।
समुदायका लागि गर्नु पर्ने कामहरू थुप्रै छन् । वहुउद्देशिय नेपाली समुदायिक घरको आवश्यकता टड्करो रूपमा देखिएको छ । यस्तो समुदायिक घरले नेपालीलाई आवश्यकता पर्ने सूचनाहरू दिन सकोस भन्ने हाम्रो चाहना हो । स्वास्थ्य बिमा कसरी गर्ने कयौँ नेपालीलाई राम्रो जानकारी छैन । आफू वा बाल बच्चालाई कहाँ कस्तो स्कुल वा कलेज पठाउने यसबारेमा पनि जानकारी दिने अनुभव लिने ठाउँ अभाव छ । यसबाहेक आवास, देखि दैनिक जीवन यापनका लागि थुप्रै सूचना आदान प्रदान गर्नका लागि बहुउद्देशिय थलोको आवश्यकता परेको छ । आफ्ना सन्तानसंग समय बिताउन आउन बा आमाहरुलाई सजिलोसँग अनुभव साट्दै दिन कटाउने ठाउँ चाहिएको छ । रक्की माउन्टेन यस्ता सवालमा निष्कृय छ । अर्को संस्था नेपाली घरसँग सम्बन्ध रक्की माउन्टेनको वर्तमान नेतृत्वले निकै प्रथामिकतामा राखेको छ । संस्थाहरू मिलेर अघि बढ्नु नराम्रो होइन । तर, रक्की माउन्टेन र नेपाली घर प्रतिस्पर्धी संस्था पनि हुन् । प्रतिस्पर्धा हुनु समुदायको हितमा हुन्छ । जसले समुदायको हितमा काम गर्छ त्यही संस्था अघि बढ्छ आम नेपालीको विश्वास जित्छ । तर, यहाँ संस्था बिच राम्रो काम गर्नेमा प्रतिस्पर्धा होइन काम नगर्नेमा होड छ । यो अवस्थालाई परिवर्तनका लागि पनि नयाँ नेतृत्व चाहिएको हो ।
रक्की माउन्टेन विधान नियम अनुसार चलेको छ, छैन भन्ने अर्को सवाल पनि उठिरहेको छ । लहडको भरमा निर्णय हुने संस्थाकै पदाधिकारी र पूर्व अध्यक्षहरुको गुनासो छ । बैठकमा आएका कतिपय समुदायको हितका लागि गर्न लागिएका कार्यक्रम पनि हुन नसकेकोमा संस्था भित्रैकै पदाधिकारी वताउंछन् । नेतृत्वमा यही मैले चाहेको व्यक्ति नै जानु पर्छ भन्ने होइन । संस्था समुदायका लागि सहयोगी बन्नु पर्छ । र कुनै पनि संस्थाको नेतृत्वले समुदायको हितमा काम गर्नु पर्छ । समग्र समुदायलाई साथमा लिएर अघि बढ्न सक्ने सबल र सक्षम व्यक्ति नेतृत्वमा पुग्नु पर्छ । यस्तो नेतृत्वलाई हामी सबैले संस्था बाहिर भएपनि आफ्नो स्थानबाट सक्रिय सहयोग पनि पुर्‍याउनु पर्छ । यसले मात्र नेपाली समुदाय सबल भई अघि बढ्न सक्छ । अहिले नै रक्की माउन्टेनको गरिमामय इतिहासलाई अझ माथि लैजान सोच्नु पर्ने वेला आएको छ ।
Bhola Dulal

नेपाली समाजमा मौलाएको अनौठो धारणा – भोला दुलाल

 ३० फागुन , २०७१ – आज भोली पैसा र प्रतिष्ठा दुबेै एक अर्काका पर्याय बनेका छन् । पैसाले मानिसको प्रतिष्ठा बृद्घि गर्दछ भन्ने संकिृण सोचाई बाट नेपाली समाज गुज्रीरहेको  बर्तमान परिपेक्षमा सम्पन्न र सम्भ्रान्त बर्गमा त कुरै छोडौ मध्यम बर्गीय समाजमा पनि घर खेत बन्दकी राखेर भएपनि बिकसित मुलुकहरुमा अध्ययन गर्न र पैसा कमाउनका खातिर विदेशिने संस्कृति मौलाएको देख्दा अचम्म लाग्ने गर्दछ । खासगरि संयुत राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका बिभिन्न मुलुकहरुमा अध्ययन र रोजगारीका लागी दश जोड दुई कक्षा पार गरिसकेका युवा युवतीहरुको मुख्य आकर्षणको केन्द्र बन्न पुगेको छ ।

खाडी मुलुकको त कुरै छोडौ जापान, दक्षिण कोरिया, मलेशिया जस्ता बिकासमा अगाडी बढिरहेका मुलुकहरुमा नेपालीहरुको पैसा आर्जन गर्नै थलो बन्न थलोको रुपमा चिनिएका छन् । दैनिक जीवनयापनलाई सहज ढंगबाट संचालन गर्न तथा बदलिदो बिश्व परिबेश सुहाँउदो जीवन प्रणालीको सुनिश्चित गर्नु आबश्यक मात्र हैन अनिबार्य पनि हो । तर धनले के मानिसको इज्जत प्रतिष्ठा बृद्घि गर्दछ ?  समाजमा आफ्नो हैसियत स्थापना गर्ने साधन धन नै सर्बाेपरि बस्तु हो ? बिकसीत मुलुकमा जादैमा के मानिस पुर्ण रुपमा शिक्षित र दिक्षित हुन्छ त ? यि र यस्तै प्रश्नहरु आज हाम्रा सामुतेर्सिएका छन् । बिदेशी मुद्रा भित्राउने नाउमा कर्मठ युवा युवतीलाई बिदेशिन प्रोत्साहित गर्नै सरकारी संयन्त्र यसको प्रमुख दोषी हो । दैनिक हजारौ युवाहरु शिक्षा र धन कमाउने लोभमा लाखौ रुपया खर्चेर बिदेशिने परिपाटीले के हाम्रो मुलुक साचै गरिब, असक्तm र अशिक्षित समाजको उदाहरण बनिरहने हो रु जोशिला तथा कर्मठ मानिसहरु बिदेशिने तर केटा केटि, बुढाबुढी मात्र यहाँ टिकि रहने परिपाटीले हाम्रो मुलुकको बिकासको अभियानमा कतिको नकारात्मक प्रभाब पर्दछ, त्यसको सहि आकलन गरिनु पर्दछ । के हाम्रा देशमा शिक्षा प्रणाली गतिलो छैन  ?
बिश्व परिवेश सुहाउदो शिक्षा प्रदान गर्न नेपाल किन असमर्थ छ रु ताकि लाखौ रुपैया खर्च गरेर शिक्षा प्राप्त गर्न मानिस तछाड मछाड गरेर हँुईकि रहेको अवस्थाले हाम्रो देशका नीति निमार्ण तहमा आशिन व्यतिहरुलाई अलिकति पनि लाजको आभाष हुदैन रु यस्ता गम्भिर प्रश्नहरु आज हाम्रा सामु देखा परेका छन् । नेपालको राष्ट्रियता समृद्घ हुनुपर्दछ भनेर फलाक्ने राजनितिक दलका नेताहरुमा नेपालको एक मात्र हवाई मैदान बाट सयौँको संख्यामा मानिसहरु परदेश बहकिदा राष्ट्रियताको धज्जी उडेको पत्तो छैन ? राष्ट्रियता खाली सिमाना रक्षा गर्नुमा मात्र सिमित  हुदैन । यो त देशको समग्र उन्नती र प्रगतिको बहाक हो । के हाम्रो धर्म, कला, सँस्कृति परदेशमा सुरक्षीत हुन्छन् त ? पक्कै पनि हुदैनन् । हामीले बिदेशमा ज्ञान र शिप हासिल गनुपर्ने हो  तर बिकृति र बिसंगतीको माला उनेर हामी र्फर्किरहेका हुन्छौ । फलस्वरुप हामी नेपाली हौ भनेर गर्ब गर्न लायक हुने छैनौ ।