लायन्सको हवाई सम्मेलनमा ६ सय भन्दा वढी नेपाली

Texas USA
टेक्सास,  अमेरिका  -लायन्स क्वल इन्टरनेश्नलको अमेरिकामा गत साता भएको अन्तराष्ट्रिय सम्मेलनमा सहभागीहरु अहिले अमेरिकाका विभिन्न सहरमा पुगेका छन् । यो सम्मेलनमा कति नेपालीको सहभागीता थियो, यो चासोको विषय वनेको छ । उक्त सम्मेलनमा सहभागी नेपालका विभिन्न क्ष्ँेत्रमा रहेका लायन्स क्वलका सहभागीका अनुसार सम्मेलनका लागि ६ सय भन्दा वढी नेपाली हवाई आईपुगेका थिए ।
उक्त सम्मेलनमा भाग लिन आउने क्रममा झण्डै एक दर्जन नेपालीलाई भने अमेरिकी अध्यागमन कार्यालयले न्यूओर्क विमानस्थलवाटै फिर्ता गरिदिएको थियो । हवाई अमेरिकाका मुख्य भुमिसंग जोडिएको छैन । यो प्रशान्त महासागरको विचमा रहेको टापु हो । न्यूओर्कवाट हवार्य पुग्न झण्डै ९ घण्टाको हवाई यात्रा गर्नु पर्छ । फिर्ता पठाईएका नेपालीसंग हवाईसम्म पुग्ने जहाज टिकट थिएन । त्यही आधारमा शंका लागि अध्यागमन कार्यालयले फिर्ता गरिदिएको अनुमान छ । उक्त सम्मेलनमा सहभागीलेपनि झण्डै एक दर्जन जतिलाई फिर्ता गराईदिएको स्विकार गरे ।
सम्मेलनमा सहभागी हुन लायन्स क्लवमा सकृय लगायत व्यवसायी, राजनीतिक कार्यकताहरुको सहभागिता थियो । यती धेरै सहभागी आवश्यक थियो ? भाग लिन आउनेहरुका अनुसार यस पटक नेपालवाट एक जना अन्तराष्ट्रिय निर्देशक चयन भएका छन् । छिमेकी देश भारतवाट उपाध्यक्ष चयन गरिएको छ । यत्रो ठुलो संख्यामा अमेरिकाले कसरी भिषा दियो ? यो प्रश्नपनि उठेको छ । लायन्सका पदाधिकारीले सम्मेलन शुरु हुनु अघि अमेरिकी राजदुत पिटर वोडेलाई रात्री भोजमा निम्त्याएर छलफल गरेका थिए । उनीले यसपटक नेपालले महत्वपुर्ण पदमा दावी गरिरहेको हुदां सहभागी संख्या वढी हुने जानकारी दिएका थिए ।
Spread the love