पत्रकारका लागि प्रतिगामी नयाँ संविधान

Press-Freedom-2047

पत्रकारका लागि प्रतिगामी नयाँ संविधान

१५ असार, काठमाडौं । नयाँ संविधान जारी हुँदा पत्रकारहरुले विगतको भन्दा बढी स्वतन्त्रता प्रत्याभूति गर्ने अनुमान लगाएका थिए । तर, आइतबार तयार पारिएको संविधानको मस्यौदामा सञ्चारमाध्यमलाई अन्तरिम संविधानमा भन्दा कम  स्वतन्त्रता प्रदान गरिएको छ ।

अन्तरिम संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रता उल्लेख छ । नयाँ संविधानको प्रस्तावनाबाट ‘पूर्ण प्रेस स्वतन्त्रता’ लाई हटाएर ‘प्रेस स्वतन्त्रता’ मात्रै उल्लेख गरिएको छ । प्रतिबन्धात्मक वाक्यांश थपियो अन्तरिम संविधानको धारा १५ मा ‘प्रकाशन, प्रसारण तथा छापाखानासम्न्धी हक’ शीर्षकमा प्रेस स्वतन्त्रतालाई मौलिक हक अन्तरगत राखिएको थियो । नयाँ संविधानको धारा २४ मा ‘आम सञ्चारको हक’ शीर्षकमा मौलिक हक अन्तरगत नै राखिएको छ । तर, नयाँ संविधानमा अनलाइनपत्रिका, रेडियो र टेलिभिजनका लागि एउटा प्रतिबन्धात्मक वाक्यांश समेत थपिएको छ ।Press-freedom-2072

कुनै पनि समाचार प्रकाशन गरेवापत रेडियो, टीभी र अनलाइन वा कुनै डिजिटल सञ्चार माध्यमलाई बन्द, जफत वा दर्ता सामाग्री जफत नगरिने अन्तरिम संविधानको धारा १५ को उपधारा २ मा उल्लेख थियो । प्रस्तावित संविधानको धारा २४ को उपधारा २ मा अन्तरिम संविधानको व्यवस्था जस्ताको त्यस्तै सारिएको छ । तर, त्यसमा प्रतिवन्धात्मक वाक्यांश थपेर रेडियो, टेलिभिजन, अनलाइन लगायतका विद्युतीय सञ्चारमाध्यमको अधिकारमा संकुचन गरिएको छ ।

 

Nepal Tourism board

नयाँ आवेदनमा दाबेदार बोर्डमा सीईओ हुन चाहने कोको आए ?

नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १३ जना नयाँ व्यक्तिको आवेदन परेको छ । यस अघि साढे तीन वर्षदेखि १२ जना व्यक्ति पहिलो चरणबाट छनोट भएर बसेका थिए । १२ जनामध्ये सीईओ छनोट हुन नसकेपछि बोर्डले गत जेठ २७ गते १५ दिनको समय राखि बोर्ड ऐन २०५३ र नियमावली २०५५ अनुसार पुनः  आवेदन मागेको हो । नयाँ आवेदनमा बोर्डमा सीईओ हुन चाहने १३ जना व्यक्तिले आवेदन दिएका छन् । यी १३ जना व्यक्तिमध्ये पर्यटन बोर्डकै कर्मचारीदेखि पूर्व आवेदनकर्ता समेत रहेका छन् । नयाँ आवेदन दिनेमा गंगाप्रसाद ज्ञवाली, दीपक बस्ताकोटी, क्षीतिज गौतम, डा। गंगाप्रसाद अकेला, महेश भण्डारी, प्रशान्त अधिकारी, मिलनराज गड्तौला, नेत्रप्रसाद वस्ती, निरज थापा, मिना खनाल, किशोरचन्द्र गौतम, लेखनाथ भुषाल र प्रज्वल शर्मा रहेका छन् । यस अघि सर्ट लिष्टमा परेकाहरुमा दीपकराज जोशी, हरि शर्मा, नारायण प्रधान, हुम गुरुङ, लोक बहादुर खत्री, भूमी लामा, रघु विष्ट, विष्णु जिसी, सुभाष निरौला, ज्ञानेश्वर महतो, ज्ञानेन्द्र तुलाधर र शिव शरण थापा रहेका छन् । पर्यटन बोर्डले यी सबै प्रतिस्पर्धीहरुलाई एकैसाथ प्रतिस्पर्धा गराई एक जना सीईओ नियुक्त गर्ने मनसाय बनाएको छ । तर, सर्ट लिष्टमा परेका १२ जनाले पुनरावेदन अदालतमा मुद्धा दायर गरेपछि भने बोर्डको योजनामा बाधा सिर्जना भएको छ । पुनरावेदन अदालतले स्टे अर्डर जारी गरेपछि अहिले नयाँ सीईओ नियुक्ति प्रकृया नै अबरुद्ध रहेको छ । बोर्डले भने कानूनको सम्मान गर्दै प्रकृयालाई तत्काल अगाडि बढाउने र निकास दिने बताएको छ । चार वर्षसम्म सीईओ नहुँदा बोर्डका सबै काम प्रभावित भएको भन्दै बार्डलाई सक्दो छिटो निकास दिने पक्षमा आफूहरु रहेको बोर्डका एक सदस्यको भनाइ छ ।

 बोर्डमा तत्काल सीईओ ल्याउन सक्ने दुईवटा मात्रै विकल्प रहेको छ । पहिलो विकल्प पुनरावेदन अदालतको निर्णय कुर्ने र दोस्रो विकल्प बोर्ड आफैं सर्वोच्च गएर नयाँ आदेश लिएर सोही आधारमा सीईओ छनोट प्रकृया अगाडि बढाउने । १२ जना मध्येबाट नै सीईओ नियुक्त गर्नु विवाद रहित काम हुन सक्थो । तर, बोर्डले धेरै राम्रा बीच प्रतिस्पर्धा गराउन खोज्दा अझै प्रकृया रोकिएको छ । बोर्डले पारदर्शी भएर राम्रा मान्छे थप्न खोज्नु राम्रो कुरा हो । तर, बोर्डमा सधैं मुद्धामामिलामा खेलिरहनेहरुको भीड भएकोले यो बाटो पनि बन्द भएको पर्यटन विज्ञहरुको भनाइ छ । अब पुरोनो १२ जनाबाट मात्रै प्रकृया अगाडि बढाउन पनि अप्ठेरो छ । यदी त्यसो गरियो भने नयाँ आवेदन दिएका १३ जनाले पनि फेरि मुद्दा हालेर सीईओ नियुक्ति प्रक्रियालाई अलमल्याउन सक्छन् । यसर्थ, अहिलेको उपयुक्त विकल्प भनेको पुनरावेदनको निर्णय कुर्ने र सोही अनुसार जाने वा सर्वोच्च गएर नयाँ विकल्प ल्याउने हुन सक्छ ।

 नेपाल पर्यटन बोर्डको सीईओमा चर्चा भइरहने पात्रले भने आवेदन नै दिएका छैनन् । नयाँ आवेदन दिने १३ मध्येमा उनीहरुको नाम भेटिएन । मन्त्री वा पार्टीको निकट तथा योग्य व्यक्तिले सीईओका लागि आवेदन नदिदा पर्यटन बजारमा फेरि नयाँ हल्लाको सुरुवात भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्व सदस्य सचिव जुद्धबहादुर गुरुङ, पर्यटन मन्त्रालयका सहसचिव उमाकान्त पराजुली तथा टानका पूर्व उपाध्यक्ष बच्चुनारायण श्रेष्ठले आवेदन नै नदिएपछि व्यवसायीका अनुमानहरु फेल खाएका छन् । मन्त्रीको निकटको व्यक्तिलाई सीईओ बनाउन नयाँ आवेदन मागेर खेल खेलिएको भन्ने व्यवसायीको अनुमानलाई गतिलो जवाफ पनि दिएको छ । तर, अबको सीईओ को आउँछ भनेर व्यवसायीले अनुमान पनि गर्न सकेका छैनन् ।

बोर्डमा सीईओ पदमा भएको राजनीतिकरण र मुद्दा मामिला चलिरहनुको एउटै कारण बोर्डको आफ्नो आम्दानीको राम्रो स्रोत हुनु हो । बोर्डको सीईओ हुनेले बार्गेनिङ गरेर मासिक तलव भक्ता निर्धारण गर्न सक्छ । आफूले चाहेको तलव र पाएको जिम्मेवारी पूरा गर्ने दायित्व बोर्डको सीईओको हुन्छ । बोर्डसँग एक अर्ब भन्दा बढीको बार्षिक बजेट हुनु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेला महोत्सवमा सहभागि हुन पाउनु, विदेश भ्रमण निरन्तर भइरहनु र सोही अनुसार भक्ता पनि पाइनु साथै आफ्नो चाहनामा बोर्डको रकमलाई विभिन्न योजनाका नाममा खर्च गर्न पाइनुले नै बोर्डको सीईओमा आकर्षण बढेको हो । बोर्डको सीईओलाई पछिल्लो समय शान र दाम दुबै भएको पदका रुपमा चिनिन्छ । बोर्डमा अहिलेकै अवस्थामा भने फेरि सीईओ आउन सक्दैन । बोर्डमा सीईओ आउन निजी क्षेत्रका व्यवसायीको पूर्ण सहयोग तथा कुनै मुद्दा मामिला रहित हुनुपर्छ । भखैरै पुनरावेदन अदालत पाटनले सीईओ तत्काल अगाडि नबढाउन दिएको अन्तरिम आदेशले प्रक्रिया रोकिएको छ ।

nepal

भारतले मिचेको भूमी नेपालले फिर्ता पाउने

काठमाडौँ – भारतद्वारा लामो समयदेखि अतिक्रमित पर्साको ठोरीस्थित ९६ रोपनी नेपाली भूमि अन्ततः नेपालले फिर्ता पाउने भएको छ । नेपाल र भारतबीच मुख्य विवादित क्षेत्रमा पर्साको ठोरी, नवलपरासीको सुस्ता, दार्चुलाको कालापानीलगायत पर्छन् । ८३ र ८४ सीमा स्तम्भ साबिककै स्थानमा गाड्न भारत सरकार राजी भएपछि १२ एकड अर्थात् ९६ रोपनी नेपालको जमिन विधिवत् रुपमा आफ्नै स्वामित्वमा आउने भएको हो । ठोरी गाविसमा पर्ने ती दुई सीमा स्तम्भ नेपालकै प्रस्तावमा पुरानै स्थानमा गाडढ्न भारतीय पक्ष राजी भएपछि संयुक्त सीमा सर्भेका क्रममा नेपाल र भारतबीच स्थानीय स्तरमा जेठ अन्तिम साता त्यस विषयमा हस्ताक्षर भइसकेको  छ । स्रोत : अन्नपूर्ण पोष्ट दैनिक

google Internet

विश्वभर गुगलको निशुल्क वाइफाइ इन्टरनेट

इन्टरनेट जाएन्ट गुगलले विश्वभरि नै निशुल्क रुपमा वाइफाइ इन्टरनेट उपलब्ध गराउने योजना बनाएको छ । यसको सुरुवात तथा परीक्षणका रुपमा गुगलले अमेरिकाको न्युयोर्कमा फ्री वाइफाइ सेवा सुरु गर्दैछ । विश्वमा निःशुल्क वाइफाइ उपलब्ध गराउने आफ्नो योजनालाई मूर्तरुप दिन गुगलले एक अलग्गै कम्पनी खोलेको छ । उक्त कम्पनीको नाम हो, साइडवाक ल्याब्स । गुगलको यो कम्पनीले न्युयोर्कमा अन्त्यन्तै तिव्रगतिको इन्टरनेट उपलब्ध गराएका दुइवटा अन्य कम्पनी खरीद गर्ने तयारीमा छ ।
 गुगलले ती फोन बुथहरुमा आवश्यक परिवर्तन गर्नेछ । त्यसबाट उसले केवल निशुल्क वाइफाइ मात्र होइन मानिसहरुलाई आफ्नो मोबाइल फोन चार्ज गर्ने सेवा पनि उपलब्ध गराउने बताइएको छ । त्यसका साथै ती बुथहरुबाट मानिसहरुले नि:शुल्क डोमेस्टिक फोन कल समेत गर्न पाउनेछन् । निशुल्क इन्टरनेट उपलब्ध गराउने कामलाई कार्यरुप दिन गुगलले न्युयोर्कस्थित बिक एप्पलको पूरानो फोन बुथको प्रयोग गर्दैछ । उक्त परियोजनाका लागि यस्तै प्रकारका १० हजार फोन बुथ प्रयोग गर्ने गुगलको तयारी छ ।
गुगलको योजना यत्तिमा मात्र सिमित कहाँ छ र ? उसले ती फोन बुथहरुमा टचस्क्रिन हाल्नेछ । जसको माध्यमबाट मानिसहरु सहरका महत्वपूर्ण ठाउँ तथा यातायात सेवाहरुको बारेमा पनि जानकारी प्राप्त गर्न सक्नेछन् ।
ब्लुमबर्ग न्यूजका अनुसार आगामी जाडो याम अगाडि नै न्युयोर्कमा नि:शुल्क वाइफाइ लगायतका सेवा उपलब्ध गराउने ती फोनहरु संचालनमा आउनेछन् । उक्त ट्रायल सफल भएसँगै गुगलले यो परियोजनालाई विश्वका अन्य सहरमा पनि विस्तार गर्ने योजना बनाएको छ ।
American tourist drowns in Costa Rica

American tourist drowns in Costa Rica

Costa Rica – The National Coast Guard Service recovered the body of a 52-year-old US tourist who drowned while swimming off Flamingo Beach, in the province of Guanacaste, the Teletica news network reported.

The man, identified as Gary Douglas White, was swimming around the nearby Plata Island when he drowned. The Coast Guard reportedly received an emergency phone call indicating that a person who had been swimming was no longer visible. The Coast Guard has warned visitors to the country’s beaches to exercise caution, particularly now that the mid-year tourist season is approaching, according to Teletica. White is the third U.S. tourist to drown in a Costa Rican beach over the last month.

pakisthan

मानवरहित विमान आक्रमणमा परी पाँच आतङ्ककारी मारिए

अफगानिस्तान – पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तमा  नेटो सैनिकले गरेको हवाई आक्रमण पाँच आतङ्ककारीको मृत्यु भएको एक स्रोतले आइतबार जानकारी दिएको छ । नेटो सेनाले नुरिस्तान प्रान्तको वान्ट बेगाल जिल्लाको मर्दिस क्षेत्रमा लुकेर बसेका आतङ्ककारीलाई लक्ष्यगरी गरेको मानवरहित विमान आक्रमणमा परी पाँच आतङ्ककारी मारिनुका साथै अन्य तीन घाइते भएका एक प्रान्तीय सुरक्षा अधिकारीले सिन्ह्वा समाचार समितिलाई नाम नबताउने शर्तमा जानकारी दिएको छ ।
पाकिस्तानको सीमा क्षेत्रमा पर्ने यस इलाकामा विगत दुई वर्षयता भीषण द्वन्द्व जारी रहेको बताइएको छ ।अफगानिस्ताको राजधानी काबुलदेखि १८० किलोमिटर पूर्व परुननजिकैको कैयौ जिल्लामा सुरक्षाबलले नियन्त्रणमा लिएको बताइएको छ । वान्ट वेगाल जिल्लामा भएको पछिल्लो झडपमा करिब १८ सुरक्षाबल र २५ तालिवानी आतङ्ककारी मारिएका जनाइएको छ । तालिवान आतङ्ककारी समूहले भने यस विषयमा केही टिप्पणी गरेका छैनन् । रासस /सिन्ह्वा
NRN USAAA

गैरआवासीय नेपालीहरुले नयाँ संविधान बनेपछि नेपाली नागरिकता पाउने

१३ असार, काठमाडौं । गैरआवासीय नेपालीहरुले नयाँ संविधान बनेपछि ‘गैरआवासीय नेपाली नागरिकता’ पाउने भएका छन् । राजनीतिक अधिकारविहीन यस्तो नागरिकता दिने प्रावधानसहित संविधानको मस्यौदा तयार भएको छ । संविधान मस्यौदा समितिले आइतबारको वैठकले नयाँ संविधानको एकीकृत मस्यौदा पारित गरेको छ । बैठकमा सभापति कृष्ण सिटौलाले कार्यदलले तयार पारेको एकीकृत मस्यौदामा समितिका सदस्यहरुले दिएको सुझाव अनुसार परिर्माजनसहित पारित भएको घोषणा गरेको छ ।

संविधानको एकीकृत मस्यौदाको धारा १९ मा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने सम्वन्धी व्यवस्था छ । नयाँ संविधान निर्माणका क्रममा प्रमाण पत्र कि नागरिकता दिने भन्ने बहस चलेको थियो । अन्तिम दिनसम्म पनि राजनीतिक दलहरुवीच गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने विषयमा एकमत हुन सकेको थिएन । खासगरी नेकपा एमालेले सकेसम्म गैरआवासीय नेपाली परिचय पत्र मात्रै दिनुपर्ने भन्दै अडान लिएको वैठकमा सहभागी एक नेताले जानकारी दिए ।  गैरआवासीय नेपाली संघले नेपाली नागरिकताको निरन्तरताको बिषयलाई आफ्नो प्रमुख एजेण्डा बनाउंदै आएको थियो । करिव दश बर्षदेखिको एजेण्डा पुरा भएपछि गैरआवासीय नेपाली संघले यसलाई आफ्नो सफलता ठानेको छ । सवै दलका शीर्ष नेताहरु संलग्न संवाद समितिमा यस बिषयमा केही महिना पहिले नै टुंगो लागिसकेको थियो । तर, मस्यौदा लेखन प्रकृयामा फेरि राजनीतिक दलवीच यसबारेमा बिबाद भयो । पहिलेदेखि नै एनआरएनलाई नागरिकता दिने बिषयमा असहमति राख्दै अाएको एमालेले गैरआवासीय नेपालीलाई नागरिकता दिन नसकिने भनेपछि मस्यौदाबाट नागरिकताको प्राबधान हटाइयो ।  तर, गैरआवासीय नेपाली संघको नेतृत्वले पुनः राजनीतिक नेतृत्वलाई नागरिकताको ब्यबस्था परिवर्तन नगर्न दबाब दिएपछि आइतबारको अन्तिम मस्यौदामा पुनः नागरिकताको प्राबधान राखिएको छ । संविधानसभाले अन्तिम संसोधन नगरेको खण्डमा अब गैरअावासीय नेपालीले नागरिकता पाउने पक्का भएको छ ।

जमिम साहको हत्याका अभियुक्त पूर्वडीएसपी चन्द

काठमाडौं – सञ्चारउद्यमी जमिम साहको हत्याको योजनाकार  नेपाल प्रहरीका पूर्व डिएसपी जगदिश चन्द पक्राउ परेका छन् ।   उनीविरुद्ध प्रहरीको अन्तराष्ट्रिय सञ्जाल इन्टरपोलले  रेडकर्नर नोटिस समेत जारी समेत गरेको थियो  । चन्दलाई  शनिबार महानगरीय प्रहरी अपराध महाशाखाले साहको हत्या भएको ६ वर्षपछि  पक्रन सफल भएको हो । एसएसपी सर्वेन्द्र खनालले अपराध महाशाखाको जिम्मेवारी सम्हाले लगत्तै  चन्दलाई पक्राउ गरेर ठुलो सफलता हात पारेका छन् ।

नर्भिकमा अस्पतालमा काम गर्दै गर्दा साह मारिएपछि उनी एक महिनाको बिदा स्वीकृत गराएर फागुन १८ गतेवाट फरार भएका थिए। जमिम हत्याको योजनासहित नेपालमा आएको भारतीय अपराधी बब्लु श्रीवास्तवका मुख्य सहयोगी बब्बुलाई सेल्टरको व्यवस्था गर्ने, उच्च प्रहरी अधिकारीहरु भेटाउने काम उनले गरेका थिए। न्यायाधीश रणबहादुर बमको हत्यारालाई सार्वजनिक गर्दा  प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले घाँटीको काँडा निस्किए जस्तै भएको बताएका थिए। अर्यालले अरु पनि केही काँडा हाम्रो संगठनको घाँटीमा रहेको भन्दै छिट्टै सार्वजनिक गर्ने बताएका थिए  ।

जमिम हत्यामा सहयोग गरेको अभियोगमा कारागारमा रहेका नेपाल प्रहरीका सई प्रकाश क्षेत्री बब्बुसँगको फोन सम्पर्ककै आधारमा २०६६ माघ २९ गतेनै पक्राउ परेपनि जगदिश भने फागुन १८ गतेसम्म खुल्लै हुँदा समेत पक्राउ परेका थिएनन् ।

tirthayatra

भारतीय बौद्ध तीर्थयात्री तिब्बतमा तीर्थयात्रा गर्ने खुला

पहिलो खेपका भारतीय बौद्ध तीर्थयात्रीहरूले बाइस तारिख विहान दश बजे चीन-भारत सीमा क्षेत्रको नातुला पास प्रवेश गरेका छन्। यो हिन्दु बौद्ध तीर्थयात्री तिब्बतमा तीर्थयात्रा गर्ने नयाँ लाइन ‌औपचारिकरुपमा खुला गरिएको द्योतक हो। यही खेपका बौद्ध तीर्थयात्रीहरूले तिब्बतको आली क्षेत्रमा पर्ने कैलाश पर्वत तथा मानसरोबरको बाह्र दिने तीर्थयात्रा गर्ने योजना छ। हिन्दु बौद्ध तीर्थयात्रीहरुले तिब्बतमा तीर्थयात्रा गरेको धेरै लामो इतिहास छ। चीनले सन् 1981 देखि हिन्दु बौद्ध तीर्थयात्रीलाई तिब्बत आएर कैलाश पर्वत तथा मानसरोबरको तीर्थयात्रा गर्न स्वीकृति दिँदै आएको छ।   तीर्थयात्रा गर्ने नयाँ लाइन खुला भएको कुराले दुइ मुलुकबीच जनस्तरमा पारस्परिक जानकारी तथा मानसिक आदानप्रदान बढाउँदै दुइ मुलुकको सम्बन्धको स्वस्थ विकास गर्नका लागि बलियो मानवीय आधार बसालेको छ।

My priorities will be more learning and humanitarian works- Nikesh Thapaliya

Nikesh Thapaliya, 21, from Kathmandu, is a multiple world record holder and has had many other accomplishments. Currently residing in Chicago, he recently visited New York City on his 9-day long east coast trip and we got to chat with him. Here are some excerpts of our conversation where Thapaliya talks about his works, interests and other interesting topics.

  1. When did you come to the United States? Where do you live now?

It will be 3 years in December 2015. At the moment, I live in Chicago with my mom and younger sister.

 

  1. Could you tell our readers what world records you hold?

I hold world records such as- Reciting the US States the fastest in the world and with capitals; memorizing capitals of 215 countries and territories. I chose the platform of US based world record site- ‘RecordSetter’ for my world records.

 

  1. When did you make those world records?

In March 2011. I was a petite kid then.

 

  1. What were you doing when you were in Nepal?

I was a distinction holder in the +2 board exams of Humanities. I was also working as a United Nations Volunteer. I was a freelance writer at a leading national daily. Besides, I was working as Communications Officer for a trekking company and its social organization.

 

  1. What major difference did you find between Nepal and USA?

Everyone knows well about differences. Surprisingly, I found a lot of similarities. We tend to generalize things but I have found a lot of American people very warm as much as Nepalese people are. What really keeps me thinking is that here they are very distant from even their immediate families after certain age. I can’t imagine staying away from my family and beloved ones.

 

  1. What have you been doing lately?

Apart from taking care of my recently arrived mom, currently I have been working as a tech support analyst at a leading ice manufacturer company of the United States. Before, I was involved as an assistant paralegal at an organization. I also worked as tech support analyst at a leading internet provider. I had also worked as an elementary teacher in South Carolina. Also, every now and then, I give few immigration related suggestions to some Nepalese friends here in the States. Last but not the least, I plan to study Criminal Justice from Fall 2015.

 

  1. You are only 21 and have done quite a lot for your age. What inspires you to be this way?

First of all, I still don’t think I have done a lot. May be because I have extremely low self esteem. What keeps me always active is that I am a big paranoid and always think that I have to do everything I want to, before something bad would happen to me. I love being loaded by responsibilities because I was used to them since I lost my father at the age of 11.

 

  1. Going back to the topic of world records, do you think that in context of Nepal, world record holders and their feats are recognized in the way they deserve to be?

That’s a good question. I think world record holders are the most underrated and/or neglected international achievers in Nepal. We struggle from the right first step of making a world record- from getting cold reactions for the required media coverage, to the unwillingness of families to support our work. I would rather not even talk about the issue of government recognition and such.

 

  1. Why do you think world records do not get the recognition they need or deserve?

Well, simply because the field of world record has no glamor value or any sensationalism unless it’s something done by an already established public figure or you have nature’s blessing like the shortest height. May be some world record holders from Nepal might disagree with me but that’s okay. It’s entirely my own perspective.

 

  1. You hold multiple world records and have done quite a lot in academic and professional levels. But why are you not often seen in the media?

Again, I believe that anyone hardly has any interest in the subject of world record. I don’t really feel comfortable being around the scene and limelight. I am friendly but can be shy too. I don’t like announcing what I am doing and prefer to lay low.

 

  1. How would you link any state of turmoil, like the recent earthquake, with the responsibility of world record holders like you?

Like anyone else’s! I would think of the responsibilities as a Nepalese citizen and a human being.

 

  1. How did the earthquake affect you and your family, if it did at all?

A lot! I lost some of my very close relatives who always loved me since the time I remember. I still somewhat have a feeling that when I visit them in my village in Nuwakot, they will be there to welcome me.

 

  1. As a multiple world record holder and person with great sense of social responsibility, how did you try to help the earthquake victims?

I financially and emotionally supported my friends who were actively involved in running here and there around some affected districts to help the victims. I also got a few things of my affected families taken care of. As soon as all this happened, I got terminated from my last employment. So, I had to gather all the courage to cope with the crisis of my country and my personal situation as well. You would also see me calm down my mom and other family members. I, in my wildest dreams, would never want to have a recap of those moments.

 

  1. What are other things you are interested in?

In a normal conversation, I might sound very geeky but I am a great movie buff; I especially love watching Bollywood and Nepalese films. I can impress anyone with my knowledge on these movies industries. I also like singing.

 

  1. Talking about your academic career, where is it heading to?

I will be honest! Due to my professional commitments and some other issues, I have had break on it. I don’t even regret much about it because I have plenty of age. I am now planning on continuing my higher studies. I will be pursuing Criminal Justice major.

 

  1. What message do you have for young Nepalese people with unique talents?

I am not best at giving out messages. What I would like to say is- We all are unique and talented. Always listen to your elders’ advices but follow your heart, without any arrogance involved. Don’t feel odd or weird about yourself if you are going through an unconventional path. We all need to leave this planet one day, so let’s be tolerant towards one another.

  1. May we expect some more world records from you?

Oh I don’t think so. I strive to do different things in my life at different stages. Now my priorities will be more learning, humanitarian works, travel and may be a relationship.

Follow him on Facebook –

https://www.facebook.com/nikeshthapaliya.page?__mref=message_bubble