नेपाली साङ्गीतिक आकाशमा नयाँ प्रतिभाको आगमन हुने क्रम बढ्दो

manisha tripathi

१२ चैत, भरतसन्तोषी नुवाकोट –  नेपाली साङ्गीतिक आकाशमा नयाँ प्रतिभाको आगमन हुने क्रम बढ्दो छ । चाहे शब्द रचना होस या सङ्गीत अथवा गाएन नै किन नहोस् ! गीत-सङ्गीतको क्षेत्रमा आउन चहानेहरु धेरै छन् । नवप्रबेशिको भिडमा साङ्गीतिक आकाशको चम्किलो नक्षेत्रको रुपमा रुपमा नव-गाईका निमिषा त्रिपाठि श्रोता, दर्शक माझ आउने भएकी छन् । उनले गाएको गीतमा जिन्दगीमा माया गर्ने धेरै मानिसहरु आउछन एउटा मात्र हैन । एउटा मानिस टाढा भएपनी आफू एक्लो भईन्न भन्ने भाव समेटिएको छ ।

”तिमी मात्र हैन मलाई माया गर्ने,
छाडेर जाउ एक्लो हुदिन
हासेकै छु म कहिले रुदिन…”  
भन्ने बोलको गीत  आफ्नो पहिलो एल्बम ‘स्मरण’ को काम सकेर बिमोचनको तयारीमा जुटेका रचनाकार एस. टि. स्मरण (सुरेन्द्र थपलिया स्मरण)को रचना र रजु एण्ड राई को सङ्गीतमा तयार पारिएको हो ।

आफ्नो जीवनको पहिलो गीत निमिषाले निक्कै मेहनत गरेर गाएकी छन्  । नयाँ तर निक्कै मेहनती भएकै कारण यो गीत निमिषाले गाएकी हुन रचनाकार सुरेन्द्र ले भने । निमिषाले पनि आफ्नो सांगीतिक जीवनमा थोरै तर निक्कै उत्कृष्ट गीतहरु मात्र गाउने योजना बनाएकी छिन् ।

लोक-पप, रोमान्टिक, आधुनिक, सेन्टिमेन्ट, जुन सुकै बिधाको  पनि गीत गाउन सक्ने उनी सङ्गीतमा साधनाको खाचो छ भन्छिन ।  गीतले भने झै श्रोता र दर्शकको माया निमिषा र एस. टि. स्मरण ले कत्तिको पाउछन् त्यो भने हेर्न बाकी नै छ ।

Spread the love