कहाँ गयो नयाँ नेपाल ?

thepowernews, bhola dulal, jhor mahankal, powernews,dada gawon village project, shivapuri hight cottage, nepal

कबिता

भन्थे सब जनहरु एक स्वरले नयाँ नेपालमा !
शान्ति आउछ घरघरमा मेलहुन्छ आपसमा !!
खोई त्यो शान्ति कता गयो अहिले मुर्दा सरिभइगयो !
टालटुलको राजनीति कतिदिन चलोस झुठा सरिभइगयो !!

नेता झन जालझेल गर्छन् कपट पाली मनमा !
मर्छन् गरीबहरु खान नपाई तागत नभई तनमा !!
आङ ढाक्ने खोल छैन बिचरा अन्धकारैमा परि !
गुण्डा राज छ यहाँ दिन दहाडै काला बजारी गरि !!

अड्डा खाना न्यायलयहरु घुसखोरीको केन्द्रभो !
सास्ती पाउँछ निर्दाे विचरो बेसहारा त्यो छ जो !!
खुलमखुल्ला भ्रष्ट्रचारीहरुको बर्चश्व बढ्दै गयो !
इमान्दारी, सज्जनहरु हरदिन त्र्रmमशः घट्दै गयो !!

ठुलो आश देखाई पहिले माखो नमारी कन !
जानीजानी खेलवाड गछ्र्रन् लाजै नमानी कन !!
फोस्रो भाषण तारेहोटलमा गर्छन वेजोडले !
बेच्छन् नाम सधै निमुखाहरुको जस पाउने होडले !!

फेर्छन् बोली दिन दिन पिच्छे पत्याउनै गाह्रो भो !
कामै केहि नगरि पेटभरनु यो त अति साह्रो भो !!
भन्थे सपना सहिदको साकार पाछौ अब !
बेला भड्किन लाग्दा हतार गर्छन् जो मान्यजन सब !

छैन स्थान राम्रा मान्छेहरुको पारिन्छन् पाखामा !
जस्तै खराब होस्ता पनि आफ्नाहरुलाई च्यापिन्छ काखमा !!
ठुलो माछाले सानालाई फगतमा निल्छ उसै चालले !
मत्य न्याय सरि बिभेद जगतमा बढ्यो यसै तालले !
– भोला दुलाल –

Spread the love