पर्यटनको स्थायित्वका लागि पहल

Alina magar

एलिना मगर, धरान, प्राकृतिक, सामाजिक र सांस्कृतिक सम्पदाको धनी भनेर चिनिने नेपाल यस पटक ठूलै प्राकृतिक विपत्तिबाट गुज्रिरहेको छ । गत वैशाख १२ गते ७.६ रेक्टर स्केलको भुकम्पले देशमा ठूलै हलचल ल्यायो । महाविनासको रुपमा विपत्ती नै आयो । यसबाट देशको अर्थतन्त्रमा पनि हलचल मच्चिएको छ । देशको बलियो आर्थिक स्रोत मानिने पर्यटन व्यवसाय अहिले धराशयी अवस्थामा छ ।
त्यति मात्र नभएर यसपछि पनि विभिन्न समयमा अन्य थुप्रै पराकम्पनले क्षति पु¥याएको र पु¥याइरहेको छ । यसबाट देशले मानवीय साथै भौतिक क्षति पनि व्यहोर्नुप¥यो । आर्थिक उपार्जनका व्यवसायहरु प्रायः ठप्प अवस्थामा नै रहेको व्यवसायीको भनाइ छ । नेपालको पर्यटनमा ‘गोल्डेन ट्राङ्गल’ (सुनौलो त्रिकोण) भनिने पोखरा र चितवन सुरक्षित भएतापनि काठमाडौंमा भने क्षति पुगेको छ । पर्यटकको पहिलो आकर्षणको केन्द्र नेपालको राजधानीकोज्ञ अवस्था अहिले नाजुक छ । प्राकृतिक विपत्ति, सम्पदामा क्षति र व्यवसायमा गिरावटले व्यवसायीहरुका मनमा हतोत्साहले डेरा जमाएको छ ।
पर्यटन विज्ञ लीलाबहादुर बानियाँको शब्द सापटी लिने हो भने देशले भोगेको पीडालाई हामी यत्ति सजिलै त बिर्सन सक्दैनौं । यदि पर्यटनलाई जोगाइ राख्ने हो भने एकजुट भइ अघि लाग्नुको विकल्प छैन । बानियाँ भन्छन्, ‘विदेशीहरुका लागि आकर्षणको केन्द्र अनि नेपालको हवाइ माध्यमबाट जुनसुकै स्थान जान पनि पहिलो पाइला काठमाडौं हो ।’ मुलुकमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल नभएका कारण पनि हवाइ बाटोबाट आउने सम्पूर्ण पर्यटकको पहिलो पाइला काठमाडौंमै पर्दछ । बानियाँ थप्छन् ‘नेपालको पर्यटन धराशयी बन्दा पर्यटन क्षेत्र मात्र नभएर यसले दृष्य अदृश्य रुपमा अन्य क्षेत्रलाई पनि असर पु¥याउछ । यस कुराको सचेतना आम मानिसमा पु¥याउनु पर्छ ।’ किन सचेतनाको आवश्यकता भन्ने प्रश्नमा बानियाँ भन्छन््, ‘सबैतिर अहिले राजधानी असुरक्षित छ भन्ने भान भएको छ । स्वयम् नेपाली नै त्यहाँ जान वा त्यहाँका बासिन्दा राजधानी छाडेर बाहिर निस्कन चाहन्छन् । यसो गर्दा हामीले कुन मुखले विदेशीलाई नेपाल सुरक्षित छ भनेर डाँक्न सक्छौं । यसका लागि स्वयम् हामी विशेषत पर्यटनकर्मीले यस्ता कुराको अनुगमन गर्नुपर्छ । अहिले मनसुन सुरु हुन लाग्यो यसबेला पर्यटन व्यवसायका लागि ‘अफ सिजन’ हो । अब ‘सिजन’ सुरु हुनु पूर्व हामीले सुरक्षित पर्यटकीय गन्तव्य पहिचान गरेर पर्यटकलाई निम्तो गर्नु बुद्धिमानी हुन्छ ।’ यसैगरी प्रकृति प्रेमी समूहले केही समयदेखि पर्यटन विकासको लागि छोटो दुरीको ‘हाइकिङ’ गराउँदै आएको छ । यस समूहकी रामदेवी महर्जनको भनाइमा पनि प्राकृतिक विपत्तिपछि पर्यटनलाई गुलजार बनाउन आन्तरिक पर्यटनलाई जोड दिनुपर्दछ । उनी भन्छिन्, ‘सर्वप्रथम त हामीले आफ्ना ठाउँहरु घुम्नुपर्छ । यसो हुँदा बाह्य पर्यटकलाई नेपाल सुरक्षित छ भन्ने खबर पु¥याउन सहज हुन्छ । अनि उनीहरुको पनि विश्वास जित्न सकिन्छ । यसका लागि देशभरका पर्यटन व्यवसायीहरुले हातेमालो गर्न जरुरी छ ।’
नेपालको पर्यटनको क्षेत्रमा अग्रणी पंक्तिमा गनिने पोखराले भने यसको पहल सुरु गरिसकेको छ । पोखराको करिब ९० प्रतिशत अर्थतन्त्र पर्यटनमा आधारित छ । पर्यटन व्यवसायको मन्दीले पोखराको अन्य क्षेत्रलाई पनि असर पु¥याउदछ । पोखरामा होटल व्यवसाय गरिरहेका माउण्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईका अनुसार अहिले पोखराको होटल व्यवसायको अवस्था नाजुक रहेको छ । उनी भन्छन्, ‘सर्वत्र नेपाल ध्वस्त छ भन्ने गलत प्रचारले हामीलाई मार परिरहेको छ । हवाइ माध्यमबाट विदेशी पर्यटक आवागमनका लागि एकमात्र ‘पोइण्ट’ काठमाडौं भएकोले पनि विदेशी पर्यटक ह्वात्तै घटेका हुन् । अब यस कुरालाई सरकारले बुझ्न जरुरी छ ।’ नरेश दुःखेसो गदैं भन्छन् ‘अन्तर्राष्ट्रिय एयरपोर्ट अन्यत्र भइदिएको भए त्यहाँबाट नेपाल प्रवेशमा उनीहरुलाई सहज हुने थियो । यसबाट काठमाडौंको पर्यटनमा गिरावट आउँदा अन्यत्रको पर्यटकीय गतिबिधी सुचारु भइरहन्थ्यो ।’ लेकसाइडमै रहेको उनको होटलका ५२ कोठामा भुकम्प पूर्व दैनिक ८० प्रतिशत कोठाहरु ‘बुक’ भइरहन्थे भने अहिले ह्वात्तै घटेर शुन्य प्रतिशतमा झरेको भन्दै उनले दुःखेसो पोखे । यस कुरालाई बुझेर पोखरामा पर्यटन व्यवसायीहरुको पहलमा पोखरा पर्यटन पुनर्जागरण समिती (पिटिआरसि) को गठन भएको छ । समितीमा पर्यटन व्यवसायी, उद्योग वाणिज्य संघ, भुकम्पविद् लगायतको संलग्नता रहेको छ । विपत्तिपछि नेपाल ध्वस्त भयो, नेपालमा अब पर्यटकका लागि सुविधा दिने अवस्था छैन भन्ने गलत सूचना फैलिएकोले पोखराले यसलाई चिर्नका लागि पिटिआरसिको गठन गरेको संयोजक गणेश बहादुर भट्टराईले बताए । पिटिआरसीको टोलीले सरोकारवाला मन्त्री, प्रधानमन्त्री लगायतसंग पोखराको पर्यटन पुनरुत्थानका विषयमा गहन छलफल गर्ने र उपायको खोजी गर्ने बताएको छ । विपत्तिपछिको पर्यटनलाई पुनस्र्थापना गर्न विदेशी सञ्चार माध्यमका पत्रकार, नेपालको भ्रमण प्याकेज बेचिरहेका ट्राभल व्यवसायी साथै सामाजिक वा कलाकार क्षेत्रका हस्तीलाई नेपाल बोलाएर नेपालका अन्य स्थान सुरक्षित छन् भन्ने प्रचार गर्न राज्यले पनि सहयोग गर्नुपर्ने जस्ता उनीहरुको मुख्य एजेण्डा रहेको छ । अहिले उनीहरु ‘गोल्डेन ट्राङ्गल’ काठमाडौंमा क्षति पुगेको हुँदा पोखरा, चितवन र लुम्बिनीलाई ‘सिल्भर ट्राङ्गल’ नामाकरण गरेर प्रचारमा जुटेका छन् । यसका लागि सरकारी स्तरबाट नै सहयोग गर्नुपर्ने पहल सुरु भइसकेको छ ।
यसैगरी वैशाख १२ र २९ गतेको भुकम्पले मुख्यतया काठमाडौं, गोरखालगायतका पर्यटकीयस्थलमा हानी पु¥याएको छ । यस ठाउँलाई पुनस्र्थापना गर्न समय लाग्छ । यस्तो स्थितिमा नेपालको पर्यटनलाई ठप्प हुन नदिन र अर्थतन्त्रलाई सुदृढ बनाउन सूदुरपश्चिम, पूर्वाञ्चलले पहल गर्नुपर्नेमा लीला बानियाँले सरोकारवालालाई सुझाव दिए । धरानमा होटल र ट्राभल सञ्चाल गरिरहेका वासुदेव बरालका अनुसार यस बेला पूर्वले पर्यटनबाट लाभ लिने समय आएको छ । उनी भन्छन्, ‘यदि हामीले पूर्वलाई साँच्चिकै पर्यटकीय गन्तव्य बनाउन चाहने हो भने हामीले यसका लागि पहल गर्नुपर्छ । पूर्वेलीहरुले जुरमुराउने समय आएको छ । यसबेला पनि हामीले पहल सुरु गर्न सकेनौं र तैले गर्नुपर्छ मैले गर्नुपर्छ भनेर खुट्टा तानातानमा लाग्यौं भने हामी सदाको लागि पछि पर्दछौं ।’ अब कसरी पूर्वेलीले पहल गर्ने भन्ने प्रश्नमा उनको जवाफ यस्तो छ, ‘सुरुमा हामी सम्पूर्ण पर्यटन सरोकारवालाहरु बसेर छलफल गर्नुप¥यो । यसका लागि साझा संगठनको आवश्यकता पर्दछ । सोही संगठनको माध्यमबाट हामीले पर्यटकीयस्थलको सूची तयार गर्नुपर्छ । पूर्वको पर्यटनको भार अहिलेसम्म आन्तरिक पर्यटकले थामिरहेका छन् । अहिले हामीले आन्तरिक पर्यटकलाई नै ‘टार्गेट’ गरेर कार्यक्रमहरु ल्याउनु पर्दछ । राष्ट्रिय सञ्चार माध्यमका पर्यटनको विषयमा लेख्ने पत्रकारलाई पूर्व ल्याएर उनीहरुलाई पूर्व सुरक्षित छन् । पूर्वका पर्यटकीय गन्तव्यहरु यस्ता छन् भनेर देखाउनु पर्दछ । उनीहरुले पूर्व सुरक्षित छ भन्ने खबर राष्ट्रिय सञ्चारमाध्यमबाट फैलाएपछि यस क्षेत्रमा आउने पर्यटकको संख्या बढ्न सक्नेछ ।’ बरालले अझ विस्तारमा भने ‘त्यसपछि हामीले छिमेकी राष्ट्र भारतका पत्रकारलाई निम्तो गर्न सक्छौं । उनीहरुले आफ्ना मिडियामा सूचना प्रवाह गर्दछन् । भारतीयहरुको आवागमन हुन थाल्छ । हामीले उनीहरुलाई राम्रो सर्भिस ग¥यौं भने पर्यटक काठमाडौं पठाउने ट्राभल एजेण्टहरुले पनि पर्यटकलाई पूर्वतिर पठाउन थाल्छन् । ट्राभल एजेण्टलाई पूर्वमा निम्तो गरेर हामीले आफ्नो क्षेत्रलाई पर्यटकीय हिसाबले भावी दिनमा बेच्न सहज हुन्छ । यति मात्र नभएर  हामीसँग अर्काे सुनौलो फाइदा के छ भने पूर्वका लागि भारतीय सीमाबाट प्रवेश गर्ने विदेशी पर्यटकहरुको ‘ट्रान्जिट पोइण्ट’ काँकडभिट्टा हो । काँकडभिट्टा र धरानको दुरी पनि खासै लामो नभएकोले हामीले काँकडभिट्टाको ट्राभल व्यवसायीसँग सहकार्य गरेर विदेशी पर्यटकलाई पनि धरान भित्र्याउन सक्छौं । यसका लागि कुनै एक क्षेत्रको व्यक्ति वा ‘प्राइभेट सेक्टर’को  व्यवसायी लागेर मात्र सम्भव हँुदैन । यसमा स्थानीय निकाय, पर्यटन व्यवसायी, राजनीतिक दल र अन्य क्षेत्रका व्यवसायीहरुको हातेमालोको आवश्यकता पर्दछ ।’ यसका लागि बरालले धरानका पर्यटन व्यवसायी, भेडेटार र इलामका व्यवसायीहरुलाई झक्झकाउन थालेको बताए ।
बरालको सोही कुराको समर्थन गर्दै होटल एशोशिएसन अफ भेडेटारका अध्यक्ष लीलाराज लावतीले पनि अब पूर्वको पर्यटनलाई उठाउन मिलेर अघि बढ्ने जनाए । लावती भन्छन्, ‘गर्मी मौसम भेडेटारको लागि सिजन भएतापनि जति मात्रामा पर्यटकको आगमन हुनुपर्ने हो त्यसमा कमी आएको छ । दिउसो घुम्न आएतापनि राति भने वास बस्न डराउछन् ।’ भेडेटार भ्युका सञ्चालक जितेन्द्र रुम्दालीको भनाइमा पनि अहिले जुन रुपमा व्यवसाय हुनुपर्ने हो त्यो नभएको बताए । पूर्वका अन्य स्थानमा यहाँभन्दा गर्मी हुने भएकोले दिउँसोभर चिसो महसुस गर्न आउने अनि हत्तपत्त फर्किने गरेको रुम्दालीले बताए । यसैगरी लामो समयदेखि भेडेटारमा होटल सञ्चालन गरिरहेका गोविन्द कार्की पनि पूर्वले पर्यटकलाई अल्मलाउन नसकेकोमा चिन्तित छन् । कार्की भन्छन्, ‘अहिले हामीकहाँ पर्यटक आएपनि उनीहरु रमाउने भौतिक पूर्वाधारको कमी छ । यसबेला हामीले निरुत्साहित भएका लगानीकर्तालाई यस क्षेत्रमा लगानीको लागि आकर्षित गर्न पहल गर्नुपर्छ ।’
नेपालको पर्यटनमा रोकावट आउन नदिन नेपाल पर्यटन बोर्डले योजनावद्ध ढङ्गले अघि बढिरहेको बोर्डका प्रशासकीय प्रमुख रमेशकुमार अधिकारीले जानकारी दिएका छन् । अहिले बोर्डले विपत्तिमा परेकालाई उद्धार, उद्धार कोष खडा, प्रधानमन्त्री राहत कोषमा राहत जम्मा, पुरातत्व सम्पदा पनस्र्थापन कार्य, पर्यटनमा आवद्ध संघ संस्था वा निकायको अवधारणा सहमतिका लागि समिति गठन, ऐतिहासिक केन्द्रहरु पर्यटकका लागि खुल्ला गर्न पहल, र नेपालमा पर्यटकलाई आकर्षित गर्न पर्यटकीयस्थलको सही सूचना सम्प्रेषणका लागि सञ्चारमाध्यमसँग सहकार्य जस्ता कार्य गरिरहेको छ । अधिकारीसँगको टेलिफोन वार्ताको क्रममा बोर्डले विपत्तिपछिको पर्यटन उठानका लागि मुख्यतः यी सात बुँदे कुरालाई महत्व दिएको बताए । उनले हवाइ माध्यमबाट आउने विदेशी पर्यटकको पहिलो गन्तव्य काठमाडौं नै भएकोले काठमाडौंलाई पहिलेको जस्तो अवस्थामा ल्याउन सरोकारवालाहरु लाग्नुपर्नेमा जोड दिए ।
‘विनासपछि अवश्य विकास हुन्छ’ भन्ने युक्तिलाई आत्मसात गरेर अब हामी (पूर्वेली) ले अघि बढ्ने बेला आएको छ । पूर्वलाई हामीले ‘भर्जिन ल्याण्ड’ का रुपमा नयाँ शिराबाट प्रवद्र्धनको थालनी गर्नुपर्छ । भनिन्छ, विपत्तिले बाजा बजाएर आउँदैन । यस्तै प्राकृतिक विपत्ति कहाँ कति खेर कसरी हुन्छ भन्ने पनि किटान गर्न सकिन्न । तर, बेलैमा यस्ता विपत्तिबाट सचेतक बनी पर्यटकीय पूर्वाधारको निर्माण गर्दा युक्तिसंगत हुनेछ ।

Spread the love