हनुमान चालिसा भजनको भिडियोको बिमोचन सम्पन्न

Hanuman chalisa

हनुमान चालिसा भजनको भिडियोको बिमोचन सम्पन्न

बिकाश राज न्यौपाने, अमेरिका – टेक्सास, फेब्रुअरी  ३। कबितान्गम डटकमको संस्थापक साहित्यकार तुंगनाथ उपाध्यायको सक्रियतामा सोहि संस्थाको आयोजनामा हिजो आईतबार नेपाली संस्कृतिक एवंम् आध्यात्मिक केन्द्र (NCSC) भवनमा  हिजो एक गीत बिमोचन कार्यक्रमको आयोजना गरियो।
नेपाली समाज टेक्सासका महासचिब विजयराज भट्टराईले संचालन गर्नु भएको उक्त कार्यक्रममा साहित्यकार सत्यप्रकाशले प्रमुख आतिथ्य गर्नु भएको थियो। कार्यक्रममा साहित्यकार तुंगनाथ उपाध्यायको हनुमान चालिसा भजनको भिडियोको बिमोचन गुरु डा शेखर पण्डितले गर्नु भयो। झन्डै ७० -८० जनाको उपस्थित रहेको उक्त कार्यक्रममा अन्तरा, गुन्जन तथा तुंगनाथ उपाध्यायले ट्रयाकमा विभिन्न भजनहरु प्रस्तुत गर्नु भएको थियो। नेपाली समाजका अध्यक्षको सभापतित्वमा भएको उक्त कार्यक्रममा टेक्सासको ड्यालस क्षेत्रमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरको उपस्थिति रहेको थियो।
Hanuman chalisa
Romantic-Couple-at-Sunset

प्रणय सुत्र मा बाधिनु को मज्जा…

– राजन थपलिया, न्यूयोर्क, अमेरिका

“सप्तरङी फुल बनी जब तिमी आयौ मेरो जिबनमा

अध्यारा रात हरु पनि उज्यालो भए तिमी आए पछी मेरो घरमा”

- राजन थपलिया, न्यूयोर्क, अमेरिका
– राजन थपलिया, न्यूयोर्क, अमेरिका

यो प्रेमिल सब्द हरु कसै बाट सापटी लिएको होईन । जिबन को कुनै प्रहर हरु मा उनि प्रती समर्पित हुँदै लेखिएका मेरो मन को भाब हरु हुन । भाब मात्र होईन म अझै सम्झन्छु, जब म बाथ रुम बाट नुहाएर बाहिर निस्केको थिए । त्यो बेला टावल ले मेरो शरिर हरु पुछिदिदै थियौ । मेरो आखा मा तिम्रो आखा को स्पर्श ले मेरो मनै चङ्गा बनाइ दिएकी थियौ । जहाँ- जहाँ तिमी छौ, त्यहाँ – त्यहाँ तिम्रो साथ छ, त्यसैले त जिबन मा बाचेको आभास छ । त्यसै बखत तिम्रो शरिर बाट निस्केका पर्फुम का रोमान्चकारी बासना ले यो मन थाम्नै सकिएन, त्यसपछी ति बासना हरु सहबास मा रुपान्तरित भयो ।

विवाह कुनै बन्धन होइन यो त एक पबित्र नाता हो । नाता मात्र होईन यो त शारिरिक स्पर्श बाट धर्ती मै स्वर्ग  को महसुस गर्न सकिने एक मध्यम पनि हो । सबै लाई स्विकार्य हुने एक सामाजिक मन्याता पनि हो । कसै लाई तन, मन, धन सबै सुम्पने बाटो पनि हो । एक्लो महसुस गर्ने हरु लाई न्यानो स्पर्श मा रम्ने एक नयाँ पाटो पनि हो । चाणक्य भन्छन –  जिबन को २५ बर्श सम्म अध्यन मा लगाउनु अनि घर गृस्थी बसाउनु, त्यो पनि सही कुरा नै होला आफ्नो – आफ्नो बिचार मा भर पर्ला, फेरी थप्छन – बिबाह अघी खानदान पनि हेर्नु” तर मेरो बिचार मा अचेल जमना बद्ली सकेको छ । यदी कसै लाई भेट्नु भयो भने उ सँग कुरा गर्दै जादा उस्को ब्यबहार बाट थाहा पाउन सकिन्छ कि उ कस्तो परिवार बाट हो भनेर, किनकी तपाइ भने को तपाईं को परिवार को प्रती छाया हो । तपाइ जहाँ – जहाँ जानु हुन्छ त्यहाँ – त्यहाँ तपाईं को परिवार को प्रती निधित्व गरी रहनु हुन्छ । दुनिया बुझ्न टाढा जानु पर्दैन मित्र त्यो तपाइ भित्र छ, मात्र आखा खोल्नुस ।

एकल जिबन न त महान बैज्ञानीक आइन्स्टाइन ले काटे, न त सर स्टेफन हकिन्स ले नै काटे, जस्ले जिबन बुझेका थिए उनिहरु ले प्रकृती लाई चुनौती दिएनन । जे जस्तो आइपर्छ सबै लाई स्विकार गरे । जस्ले प्रकृती लाई चुनौती दिन्छन उनिहरु ले एकदिन ठुलो दुख कस्ट भोग्गनु पर्छ ।  प्रकृती को काख मा खेल्न जान्नु पर्छ । भरपुर सदुपयोग गर्नु नै अर्थशास्त्र को सदुपायोगिता बाद को सिद्दान्त लाई सम्मान गर्नु जस्तै हो । यदी सदुपयोग गरिएन भने त्यो चिज हरु खेर जान सक्छ । कुनै दिन पछुताउनु पर्ने हुन सक्छ । कुनै चिज को सुत्र मा प्रबेश गर्नु अघी बिषय बस्तु को सरलता बुझ्नु जरुरी हुन्छ । प्रकृतिक चिज हरु जहाँ बाट हाम्रो जिबन आरम्भ भएको छ त्यस्लाई बुझ्न पाउनु त हाम्रो एक कर्तब्य हो । जब – जब यि हरिया पाखा पखेरा को चिसो हावा पानी यो  शरिर ले पाइ रहन्छ तब सम्म यो धर्ती मा ज्ञान बिज्ञान को ज्योती ले उज्यालो पारी रहन्छ । हाम्रो सन्तती हरु यौन को बिषय मा खुलेर कुरा गर्न सकुन । बिचार बहस गर्न सकुन किनकी अन्धकार मा हिंड्नु र उज्यालो प्रकाश मा हिंड्नु धेरै फरक छ । जान्ने, बुझ्ने, मनन गर्ने कोसिस गर्नु,जती- जती बुझ्निछ त्यती नै ज्ञान को द्वार खुल्दै जान्छ । एउटा बैज्ञानीक ले अत्यन्त मन पराउने कुरा हो “प्रश्न्” जहाँ बाट नै ज्ञान को सुरुवात हुन्छ ।  त्यसै ले सोध, खोज र हेर, बुझ यो जिबन को रसायन बिज्ञान, तिम्लाई पनि एक महान बैज्ञानिक बन्ने हक छ ।

मैले समाज मा उनलाई नाम दिइ सकेको थिए । एक अर्का लाई हेरेर घन्टौ टोलाउनु हाम्रो नियती भई सकेको थियो । अरु को धेरै कथा कहाँनी सुन्दा होला र जस्तो लाग्थ्यो, आज आफै ले भोग्दा हो रै छ त भन्ने लाग्यो ।

बल्यकाल हिमाली भेगमा नेपाल को स्वच्छ हावा पानी मा खेल्दै गणेश हिमाल हेर्दै क, ख, रा सिक्दै बित्यो । त्यस बखत न प्रेम के हो थाहा थियो, न त बिपरित प्रती आकर्षण थियो । जब जिबन ले पालुवा हाल्दै गयो तब जिन्दगानी ले पखेटा फिजाउदै देश बिदेश को भ्रमण मा आफु लाई रोमान्चित बनाउदै लाग्यो । कहिले जापान को टोकियो शहर घुम्दै त कहिले फिनल्यन्ड को हेलसिन्की सिटी घुम्दै फेरी कहिले न्यूयोर्क शहर घुम्दै जिबन ले आफ्नो चित्र आफै ले कोर्यो । अनन्त अमेरिका को न्यूयोर्क लाई नै आफ्नो गन्तब्य बनाइयो । अचेल त न्यूयोर्क मा बस्दा पनि नेपाल मै छु जस्तो लाग्छ । जापान घुम्दा स्काइ रेस्टुरेन्ट तिर कफी पिउनु हाम्रो दैनिकी हुन्थ्यो । हेल्सिन्की तिर घुम्दा हेल्सिन्की जु मा घन्टौ  हराउनु यि सबै हाम्रो जमाना को कुरा थियो ।

म्यानहाटन मा बिसेश गरी टाइम्स स्कावायर घुम्नु त्यही नजीकै रहेको बिश्व प्रसिद्ध सेन्ट्रल पार्क घुम्नु घाम तापी रहेका आकर्शक युबती तिर आखा तन्काउनु अनि कहिले काही सिधै परिचय गर्न जानु यि सबै सामान्य दिनचर्या हरु थिए । नयाँ -नयाँ किताब को अध्ययन मा निकै रुची राख्ने हुँदा कुइन्स लाईब्रेरी बिशेष गरी फ्ल्स सिङ तिर जानु, साथी हरु सग जिबन को गहन -गहन बिषय हरु मा बहस गर्नु हाम्रो दैनिकी जस्तै थियो ।

सफल प्रणय सुत्र को राज हो – एक अर्का लाई निर्धक्क मन – मुटु देखी स्विकार्नु । हिजो का दिन हरु मा जस्तो ममता को फुल हरु ले पुजा गरिन्थ्यो आज पनि एक अर्का लाई उतिकै असिम माया गर्नु । दैनिक प्रेम देखाउनु,कसै लाई जिबन दिनु छ त पुजा गर्नुस यो नै सफल प्राणय सुत्र हो जग हरु हुन । जब यि कुरा गर्न सकिदैन तब सम्बन्ध हरु चिसो भएर जान्छन । निरर्थक हुँदै जान्छन । हरेक कुरा हरु को आफ्नो समय हुन्छ । समय मै प्राणय सुत्र मा बाधिनु भयो भने जे गर्दा पनि, हात मात्र छोएर बस्दा पनि रमाइलो नै लाग्छ । समय ढल्के पछी यो प्राणय सुत्र हरु पनि ओइलाएको साग जस्तै सुगन्ध हिन बन्दै जान्छ । त्यसै ले मौसम बदलिएको छ मित्र डिसिजन लिन ढिला नगर्नुस ।

एकदिन जिबन ले प्रकृतिक रुपमा नै काचुली फेर्यो । पहिलो भेट मा उनले आफ्नो परिचय यसरि दिएकी थिइन्- मेरो नाम एरिका,  हजुर म उड्साइड बस्छु । फोडम युनीभर्सीटि बाट “ल” मा ग्राजुयट । मेरो प्रश्न –  अनि उमेर कती भयो नि – लाज मान्दै ओ हो पहिलो भेट मै उमेर पनि सोध्नु भयो त ? अफ्ठ्यारो मान्दै मैले भने यस्को उतर नदिन पनि सक्नु हुन्छ “इट्स ओके।” यो सब्द ओठ बाट झर्न नपाउदै भनिन म २४ बर्श को भए अनि हजुर नि ?

म आफ्नो अध्यन पुरा गरी देश को एक सक्षम नागरिक भइ सकेको थिए । जिबन साथी होईन एक साथी चाही खोजी रहेको थिए । जिबन को रङ हरु फेरिदै जादा, एक अर्का लाई बुझ्दै जादा, युगौ देखी खोजेको जिबन साथी त उनै हो कि जस्तो महसुस भयो ।

सामिप्यता प्रगाढ हुन केहि हप्ता हरु पनि लागेन । मन ले स्विकार गरे को चिज लाई मसला को कुनै जरुरत नहुदो रहेछ । हरेक शनिबार ए.एम.मसी थिएटर मा फिल्म हेर्न जानु, न्यानो स्पर्श गर्दै एक अर्का लाई अङालो मा बेर्नु, ओठ – ओठ बाट चुम्बन को स्पर्श गर्नु अनि बाटो मा हात समाउदै हिड्नु उनि सँग बिताएका स्वर्णिम पल हरु हुन । हरेक बिहान रिहाना को गित सुन्दै कुइन्स बृज पार गर्नु, फर्किदा बृट्नी स्पेअर्स को “टक्सिक्” भन्ने मेरो फेबरेट गित सुन्नु अनि मेरो अफिस छुट्ने बेला एरिका मर्सिडिज मा मलाई लिन आउनु अनि त्यहाँ बाट सिधै डिनर को लागी कोनी आइ ल्यान्ड को बिच मा सझ पख घुम्दै, नर्गिस क्याफे मा डिनर गरेर फर्किनु हर पल एक अर्का को हात ले हात लाई स्पर्श गर्दै माया को न्यानो पन मा रमाउनु, मधुमास हरु मा चमेली को बासना छर्नु जस्तै थियो । माया को अनन्त उडान मा आफु लाई पाउदा २,४ बर्श बितेको पनि पत्तै भएन । एक ले अर्का को भाइबर चलाउनु, एक अर्का ले फेसबुक को अकाउन्ट सेयस गर्नु । स्टाट्स अपडेट गरिदिनु । उनको तर्फ बाट पनि आफै ले कमेन्ट को रिप्लाई दिनु, इन्स्टाग्राम मा घण्टा – घण्टा मा फोटो चेन्ज गर्नु, एक अर्का लाई सप्राइज दिनु जिबन को एक अभिन्न अङग जस्तै बन्दै गइ रहेको थियो ।

जिबन को पल हरु र बिभिन्न भोगाइ हरु, बिबाह को सुरुवाती दिन हरु चरम अनान्द मा डुब्दै, सहबास हरु मा लिन हुँदै एक अर्का लाई हेरेर घन्टौ बिताएको पनि याद छ । हरेक दिन उन लाई बिशेष सप्राज उपहार हरु  दिएको पनि याद छ ।  जिबन मा यस्तो लाग्थ्यो कसैले माया मात्र होईन जिबन नै दिन सकियोस । भन्ने सिद्दान्त मा बिश्वास  गर्थे । प्रकृती सँग र परम आत्मा सँग नजिक हुन प्राणय सुत्र मा बाधिनु जिबन लाई सही दिशा तर्फ धकेल्नु हो । खुशी का पल हरु एक अर्का मा बाढ्न पाइयोस । अनन्त यात्रा मा सगै हिड्न पाइयोस्, यसरि नै जुनि – जुनि सम्म..

हाम्रो जिबन को दर्शन नै एक अर्का लाई अध्ययन गर्नु थियो ।  यस्तो कुनै दिन मलाई याद छैन कि मैले उनको मन हरु लाई पढ्न भुलेको कुनै दिन्, हर पल हर बखत हिजो जस्तै आज पनि त्यस्तै, हिजो प्रेमी को रुप मा अनि रङिन सपना बुन्दै अङालो मा सजाइ रहन्थे आज पनि उहि मायालु चुम्बन हरु को बर्षा गराइ रहन्छु । त्यसै ले त हाम्रो सम्बन्ध हिजो जस्तै ताजा छ । त्यसै ले त मुटु भरी उनकै माया ले भरिएको छ, मेरो जिबन को सुन्दर पाना हरु, आज मेरो जन्म दिन ज्याक्सन हाइट न्यूयोर्क ७४ स्ट्रीट  कुइन्स बुलुबाड घर नम्बर ७०४ यहाँ बाट देखिने यम्पाएर स्टेट बिल्डिङ अनि धपक्क बलेको  सुन्दर दृश्य हरु, बिहानी पख चरा चुरुङी को आवज्, म्यान हयाटन र फल्सिङ गुड्ने ७ ट्रैन को दर्शन, नजिकै को सत्य नरायण मन्दिर मा बालिएको धुप को बासना हरु मन नै तरङ्गित गर्ने जगजित सिङ को राम  धुन – हे राम हे राम भजन अनि बिहानी को यो चिसो मौसम  अनि घर भित्र को न्यानो पन को स्पर्श हरु,  नक – नक गर्दै गर्दै ढोका बाहिर उभिएकी उनै प्रिय एरिका,  उनको हात मा तातो कफी ओछ्यान नजिकै को टेबल मा प्रेम पूर्वक राखी दिइन अनि आखा बन्द गर्न लगाइन्- मेरो हात मा रातो बट्टा भित्र सजिएको सिक्री उपहार दिदै – बिर्थ डे विइस गरिन्, त्यो रातो बट्टा भित्र को सेतो कागज मा लेखिएको थियो – “मुटु भरी को माया तिमी लाई” आखा चिम्म गर्दै उनै लाई अङालो मा सजाउदा परमात्मा को  दर्शन पाइ जिबन सार्थक भएको ठाने ।

“तिम्रो आगमन ले मेरो जिबन धन्य- धन्य भएको छ ।

एकै स्पर्श मा पनि बिचार हरु सुन्य – सुन्य भएको छ । “

लेखक लाई rajanthapaliya@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।