माछा मार्ने क्रममा मृत्यु श्रीमान् श्रीमतीको मृत्यु

माछा मार्ने क्रममा मृत्यु श्रीमान् श्रीमतीको मृत्यु

५ मंसिर, काठमाडौं : सोमबार अपराह्न ४ बजे माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-२९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार रहेका छन् । उनीहरू श्रीमान् श्रीमती भएको  जनाईएको छ ।  उनीहरूलाई पटनेरीस्थित कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेपछि उद्धार गरी अस्पताल पुर्‍याए पनि ५: २३ मा चिकित्सकले मृत घोषणा गरेका थिए ।

हातैले ढल सफा गर्ने क्रममा निसास्सिएर मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा रहेको एउटा अँध्यारो छाप्रोमा अञ्जना आफ्नो सानो छोरालाई हातमा लिइरहेकी थिइन्। आफ्नो छोराको नाम उनका बुवाको नामबाट राखिएको भन्दा उनका आँखा आँसुले डम्म भरिए। अञ्जनाका पति उमेश बामनियाको छोरा जन्मिनुभन्दा १० दिनअघि ढल सफा गर्ने क्रममा मृत्यु भएको थियो। त्यो कामबाट उनले दुई हजार भारतीय रुपैयाँ कमाउँथे। उनको शव गुजरातस्थित थराद नगरमा ढलभित्र भेटिएको थियो। उनी जम्मा २३ वर्षका थिए। दैनिक रोजीरोटी कमाउने उमेशको मृत्युले अञ्जना विक्षिप्त बनिन्। “मैले आफ्नो बच्चालाई कसरी हुर्काउने अनि पढाउने?” उनी प्रश्न गर्छिन्। गुजरातबाट सयौँ कोष टाढा पर्ने भारतको दक्षिणी राज्य तमिल नाडुमा अन्नाम्मा अञ्जनाकै जस्तो अवस्थामा छिन्। उनका ४० वर्षीय पति मोसेसको चेन्नाइस्थित एउटा कारखानाको नालीमा निसास्सिएर गत सेप्टेम्बरमा ज्यान गएको थियो।

उनको मृत्युसम्म अन्नाम्मालाई आफ्नो पति नाली सफा गर्ने काम गर्छन् भन्ने थाहा थिएन। “उहाँले हामीलाई चमेना गृहमा काम गर्छु भन्नुभएको थियो र कहिलेकाहीँ दैनिक ज्यालादारीको रूपमा पनि काम गर्नुपर्छ भन्नुभएको थियो,” उनले भनिन्। अन्नाम्माका दुई छोरी छन् र उनी अझै पनि पतिको मृत्युले मर्माहत छिन्। “कसरी बाँच्ने वा पैसाको कुरा छोड्नुस्, मैले आफ्ना छोरीलाई उनीहरूका बुवा सेप्टिक ट्याङ्क सफा गर्दा बित्नुभो भनेर कसरी भन्ने?” उमेश र मोसेस तथाकथित तल्लो जातका हजारौँ सरसफाइ कर्मचारीमध्येका हुन् जो नाली, सेप्टिक ट्याङ्क, शौचालय र ढलहरू हातैले सफा गर्छन्। उनीहरूलाई आम रूपमा हातैले नाली सफा गर्ने मानिस (म्यानुअल स्काभेन्जर्स) भनेर चिनिन्छ तर विज्ञहरू भने त्यो शब्दको कानुनी परिभाषामा रेलवेको ट्र्याक र अव्यवस्थित शौचालयजस्ता ठाउँहरूमा सरसफाइ र मानव फोहोर व्यवस्थापन गर्ने मानिसहरू मात्र बताउँछन्। भारतमा म्यानुअल स्काभेन्जिङको काममाथि प्रतिबन्ध लगाइएको छ। तर जातको कडा नियमका कारण र रोजीरोटीको विकल्प नभएका कारण यस्तो काम अझै पनि धेरै मानिसले गर्छन्। ती मानिसलाई स्थानीय सङ्घसंस्था र ठेकेदारहरूले प्लास्टिक र हिलोका कारण बन्द भएका नाली र ढलहरू सफा गर्न लगाउँछन्।

सर्पले डस्दा एकको मृत्यु

महोत्तरीमा बिहीबार राति विषालु सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार
राति ९ बजेतिर आफ्नै घरमा काम गरिरहेकी महिला सरदारलाई विषालु सर्पले डसेपछि परिवारजनले उपचारको लागि सिरहा जिल्लाको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा रहेको सर्पदंश उपचार केन्द्रमा लैजाँदै गर्दा राति करीब सवा १० बजे बाटोमै मृत्यु भएको जनाएको छ। मृतक महिलाको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको र आज शव परीक्षण गरिसकेपछि परिवारजनलाई बुझाइने जनाइएको छ ।  मृत्यु हुनेमा भंगहा नगरपालिका–५ बस्ने सुरजा सरदारकी पत्नी उर्मिलादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरीले जनाएको छ ।

श्रीमानको कुटाइबाट श्रीमतिको मृत्यु

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतिको ज्यान गएको छ । सोमबार राति १० बजे घरायशी विवाद बढ्दै जाँदा तिर्थ आले मगरले उनकी श्रीमती मन्जुलाई कुटेका हुन् । कुटपिट गर्दा गम्भीर घाइते भएकी मन्जुको उपचारको क्रममा धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा सोमवार राति ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार  तिर्थले सोमबार राति मन्जुलाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी मन्जुको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले तिर्थलाई घटना लगत्तै नियन्त्रणमा लिएको छ ।

डेङ्गुबाट ४७ जनाको मृत्यु


श्रीलंकाली स्वास्थ्य सूचना विभागका अनुसार श्रीलंकामा डेङ्गुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको जनाएको छ । राजधानी कोलम्बो समेत गाम्पाहा, ग्याल्ले, कालुतारा र रत्नापुरामा डेङ्गुको सर्वाधिक संक्रमण छ । स्वास्थ्यकर्मीहरुले स्थानीय मानिसहरुलाई उच्च ज्वरो आउने, बारम्बार वान्ता हुने, पेट दुख्ने, रिङ्गटा लाग्ने तथा पिसाब कम लाग्ने लक्षण देखिए तत्काल स्वास्थ्यकेन्द्रमा गई उपचार गर्न आग्रह गरेका छन् । उनीहरुले गर्भवतीहरुलाई डेङ्गुको सम्भावित लक्षण देखिनासाथ अस्पतालमा भर्ना भएर उपचार गर्न आग्रह गरेका छन् ।

खोलामा डुबेर दुई बालकको मृत्यु

बारामा प्रसौनी गाउँपालिका–४ खुटवास्थित दुधौरा खोलामा डुबेर दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। १० वर्षका साहिल र १२ वर्षीय अरमा रहेको प्रहरीले जनाएको छ । बिहानै बाख्रा चराउन गएका दुई जना नुहाउने क्रममा करीब ११ बजे पानीमा डुबेर गम्भीर घाइते भएपछि उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चार्जमा राखेको मोवाइलबाट करेन्ट लागेर १ बालकको मृत्यु

मोरङमा मोवाइल चार्जमा राखेर गेम खेल्ने क्रममा करेन्ट लागेर १ बालकको मृत्यु भएको
छ । मृत्यु हुने बालकमा १५ वर्षिय सौजन राई रहेको प्रहरीले जनाएको छ । उनलाई चार्ज गरिरहेको मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ । बुधबार राति शौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए। दुवैजना एउटै खाटमा सुतिरहेको अवस्थामा बिहीबार बिहान शौजनलाई करेन्ट लागेको थियो । सुरजले खाटको भित्तापट्टी सुतेका शौजन अचानक छट्पटाउन थालेपछि बाबु-आमालाई बोलाएका थिए। करेन्ट लागेका बेला शौजनको हातमा नै मोबाइल थियो। करेन्ट लागेर शौजनको घाटी डढेको छ ।

पानीमा डुब्दा दाजु बहिनीको मृत्यु


रौतहटमा चन्द्रपुर नगरपालिका ९ डुमरियामामा इँटा उद्योगले बनाएको खाल्डोमा जमेको पानीमा डुब्दा एकै घरका दाजु बहिनीको मृत्यु भएको छ । ईट्टा उद्योगले बनाएको खाल्डोमा जमेको पानीमा खेल्न गएका दाजु बहिनीको डुबेर मृत्यु भएको रौतहटका प्रहरीले जानएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानएको छ । मृतकको शब पोष्टमार्टमको लागि चन्द्रनिगाहपर अस्पतालमा राखिएको छ ।

पानीमा डुबेर दुई जना बालिकाको मृत्यु

रौतहटमा खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार गोठालो गएका उनीहरु गर्मी बढेपछि नुहाउन खोज्दा लालबकैया नदीको बाँधमा रहेको खाल्डोमा परेको अनुमान गरिएको जानकारी दिएको छ । मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका ५ का निरुता कुमारी र पिन्की कुमारी रहेकोप्रहरीले जनाएको छ ।

पहिरोले पुर्दा एकै परिवारका ३ जनाको मृत्यू

अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिदाँ एकै परिवारका ३ जनाको ज्यान गएको छ । , मानेभञ्ज्याङमा स्थानीय कुमार राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार करिब पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरो पुरिएपछि एकै परिवारका ३ जनाको मृत्यू भएको जानकारी दिएको छ ।राई भने केहि घरायसी कामले गाउँ निस्केको बेलामा परेको ले बच्न सफल भएको प्रहरीले जनाएको छ । राईको घर भिरालो जमिनमा भएको प्रहरीले जनाएको छ ।