अविरल वर्षाका कारण ६ जनाको मृत्यु

अविरल वर्षाका कारण ६ जनाको मृत्यु

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म
अविरल वर्षाका कारण रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर र ललितपुरमा गरी ६ जनाले मृत्यु भएको छ । प्रहरीका अनुसार रामेछापमा पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको ,भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर
६६ वर्षीय जगतबहादुर राई को मृत्यु भएको , टेम्केमैयुङका १४ वर्षीय बालक जनक विकको शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको, भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको जानकारी दिएको छ । अविरल वर्षाका कारण पहिरो जाने अनि बाटोमा पानी जमेर आवत जावत गर्न कठिनाइ भएको छ ।

प्रेमिकासँग गेष्ट हाउसमा बस्न पुगेका एक युवक मृत अवस्थामा

प्रेमिकासँग गोगंबुको शुभकलश गेष्ट हाउस बस्न पुगेका एक युवक मृत अवस्थामा भेटिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार गेष्ट हाउसको १०४ कोठा नम्बरमा २५ वर्षीय प्रमोद गुरुङ मृत अवस्थामा भेटिएको जनाएको छ ।  उनीहरु बसेको कोठामा भियग्राहरु र गाँजा खाएर फालिएको चुरोटका ठुटाहरु भेटिएको छ । मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले गेष्ट हाउस सञ्चालक र प्रेमिकालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

अर्घाखाँचीमा श्रीमानको कुटपिटबाट आफ्नो श्रीमतीको मृत्यु भएको छ । प्रहरीका अनुसार अत्याधिक मदिरा सेवन गरेका मृतकका श्रीमान ३५ वर्षीय बिष्णु खत्रीले आफ्नो श्रीमतीलाई सामान्य झगडा हुँदा रिसको झोकमा मुखमा हानेर घरको झ्यालमा टाउको ठोक्किएर नाककानबाट रगत बगेर मृत्यु भएको जनाएको छ ।  मृत्यु हुनेमा ३४ वर्षीया बसन्ता खत्री रहेको छ । मृतकका माईती पक्षले प्रहरीलाई जानकारी दिना साथ प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलमा प्रहरीलाई विष्णुले श्रीमती घरकै दलिनमा झुन्डिएर मृत्यु भएको बताएका थिए ।  सदरमुकाम जिल्ला अस्पताल सन्धखर्कमा शवको पोस्टमार्टमको रिपोर्टले कुटपिटबाटै मृत्यु भएको देखाएपछि प्रहरीले सोधपुछ गर्दा आफुले कुटपिट गरेर मृत्यु भएपछि घाँटीमा पासो लगाईदिएको  उनले स्विकार गरेका छन् ।  जिल्ला अदालतबाट म्याद थप गरि अभियुक्त थुनामा राखिएको छ ।

हिउँमा चिप्लेर बालकको मृत्यु

दार्चुलामा यार्सा टिप्न गएका बालकको हिउँमा चिप्लेर मृत्यु भएको छ । स्थानीयका अनुसार गोठानका अनिष विष्टको यार्सा टिप्न गएका बेला हिउँमा चिप्लेर मृत्यु भएको जानकारी दिएको छ । अनुगमन तथा सुरक्षामा खटिएको सुरक्षाकर्मीहरुका अनुसार व्याँसको दुधिवन क्षेत्रमा यार्सा टिप्न गएका बालकको पाटनबाट फर्किने क्रममा हुमदुम्ती भन्ने ठाउँमा हिउँमा चिप्लिएर ५ सय मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिएको छ । अनुगमन तथा सुरक्षामा खटिएको टोलीले बालकको शव घरसम्म पुर्‍याइदिएको छ ।

जङ्गलको आगलागीमा परी एकको मृत्यु

डोटीको जङ्गलमा भीषण आगलागी भएको छ ।  जङ्गलमा आगो निभाउन जाँदा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गाउँ नजिकैको जङ्गलमा भएको आगो निभाउन गएका बेला आगोमा परी दुर्गादेवी साहु जल्नुभएको थियो । जलेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु भएको जानकारी दिएको छ । आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु

बीरगञ्जको बाइपास रोडमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पुरिएर ५० वर्षका दशरथ पण्डित र५० बर्षका जवाहिर रामको मृत्यु भएको जानकारी दिएको छ । जग खन्दै गर्दा खसेको ढिस्कोमा तीन जना पुरिएका थिए । उनीहरुलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि दुई जनाको मृत्यु भएको छ ।

आकाशे पुलबाट हाम फालेर एक जनाको मृत्यु


काठमाडौंको   ग्वार्को आकाशे पुलबाट हाम फालेर एक जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी बृत्त सातदोबाटोका अनुसार ६० वर्षीय कीर्तिमान राईले बिहीबार विहान कोटेश्वर-कलंकी सडकखण्डको ग्वार्काेमा रहेको आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएको जानकारी दिएको छ । घाइतेको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको छ । पुलबाट हाम फाल्नुको कारण खुलेको छैन । 

युवाहरुको दोहोरो झडप हुँदा एक जनाको मृत्यु


छातिकोटमा आफन्तको विवाहमा गएका युवाहरुको दोहोरो झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय प्रेमबहादुर थापा गरेको छ । समूहबीच झगडा हुँदा मृत्यु भएका ३२ वर्षीय प्रेमबहादुर थापाको हत्याको आशंकामा परेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार झडपमा थापाको मृत्यु भएपछि फरार रहेका दुवैलाई प्रहरीले पक्राउ गरेको छ । आफन्तका अनुसार मृत्यु भएका थापाको घाँटीमा चोट देखिएको जानकारी दिएको छ ।

ब्राजिलको दक्षिण पूर्वस्थित मेनस जेराइस नजिकै भएको बाँध भत्किँदा ३४ को मृत्यु

ब्राजिलको दक्षिण पूर्वस्थित मेनस जेराइस राज्यको ब्रूमाडिनो शहर नजिकै भएको एउटा बाँध भत्किँदा अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ ।भने तीन सय बढी हराइरहेका छन् ।।ब्रूमाडिनो बाँध भत्किँदा मेनस जेराइस राज्यका थुप्रै इलाका प्रभावित भएका छन् ।भने थुप्रै गाउँपनि यसको चपेटामा परेका छन् । भग्नावशेषबाट जीवित मानिसको उद्दार गर्ने सम्भावना निकै कम छ ।आपतकालीन राहत टोलीले हेलिकोप्टरको मद्दतले माटोमा फसेका थुप्रैको उद्दार गरेका छन्

 

टर्कीमा मृत अवस्थामा भेटिएका याङ लामा तामाङको परिवारलाई आर्थिक सहयोग

धादिङ टर्कीमा मृत अवस्थामा भेटिएका खानियाबास-५का याङ लामा तामाङको छोरी पुर्णिामालाई नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष चिज कुमार तामाङको नेतृत्वमा सङकलित रकम रु.१०११११(एक लाख एक हजार एक सय एघार) पूर्व राज्य मन्त्री दिनमान पाखृन द्वारा हस्तान्तरण गरिएको छ। सत्यदेबी-काठमाडौ सम्पर्क मन्चद्वारा आयोजित उक्त कार्यक्रममा बोल्दै पूर्वमन्त्री पाखृनले गरिबी र स्वदेशमा रोजगारीको अभावका कारण नेपालीहरु बिदेसिनु बाध्यता भएको उल्लेख गर्दै, नेपालमा नै सुरक्षित र सहज जीवनयापनको लागि राज्य जिम्मेवार बन्न नसकेकोमा दुख व्यक्त गरे। स्थानीय यूवा मरिचमान तामाङले बिपन्न परिबारका विद्यार्थीलाई यो रकमले शिक्षा आर्जनमा सघाउ पुर्याउने चर्चा गर्दै, जनसम्पर्क समितिले सामाजिक क्षेत्रमा ठूलो योगदान हो भन्दै प्रशंसा गरेका थिए।