चार्जमा राखेको मोवाइलबाट करेन्ट लागेर १ बालकको मृत्यु

मोरङमा मोवाइल चार्जमा राखेर गेम खेल्ने क्रममा करेन्ट लागेर १ बालकको मृत्यु भएको
छ । मृत्यु हुने बालकमा १५ वर्षिय सौजन राई रहेको प्रहरीले जनाएको छ । उनलाई चार्ज गरिरहेको मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ । बुधबार राति शौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए। दुवैजना एउटै खाटमा सुतिरहेको अवस्थामा बिहीबार बिहान शौजनलाई करेन्ट लागेको थियो । सुरजले खाटको भित्तापट्टी सुतेका शौजन अचानक छट्पटाउन थालेपछि बाबु-आमालाई बोलाएका थिए। करेन्ट लागेका बेला शौजनको हातमा नै मोबाइल थियो। करेन्ट लागेर शौजनको घाटी डढेको छ ।

Spread the love