श्रीमानको कुटाइबाट श्रीमतिको मृत्यु

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतिको ज्यान गएको छ । सोमबार राति १० बजे घरायशी विवाद बढ्दै जाँदा तिर्थ आले मगरले उनकी श्रीमती मन्जुलाई कुटेका हुन् । कुटपिट गर्दा गम्भीर घाइते भएकी मन्जुको उपचारको क्रममा धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा सोमवार राति ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार  तिर्थले सोमबार राति मन्जुलाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी मन्जुको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले तिर्थलाई घटना लगत्तै नियन्त्रणमा लिएको छ ।

Spread the love