न्हू जः (शुभजन्माेत्सव) – प्रकाश डंगोल

निर्दलिय पञ्चहरुका बिरुद्ध जनजनमा राजनैतिक चेतना अभिबृध्दि गर्न नयाँ प्रकाश पुञ्चहरुकाे समिकरण गरि जब तिम्राे जन्म भयाे, तिमीलाई जन्म दिन युवक समूहले कठाेर प्रश्रव तपस्या समेत गर्नु पर्याे ।

प्रशासनले तिम्राे नाममा जब अंकुश लगाए, तब आफ्नाे भाषा शब्द ईतर नेपाली भाषामा नयाँ किरण समूह राख्नु पर्दाकाे आफ्नाे भाषा प्रति राज्यले गरेकाे बिभेदकाे पिडाबाेध बेग्लै थियाे । जनतालाई राज्य ब्यवस्थाका सन्दर्भमा पुस्तकसंग
एकाकार गर्नु कम्ता चुनाैति थिएन ।

समाजलाई सांस्कृतिक क्रान्ति मार्फत मुलधारमा ल्याउन संस्कृति, संस्कार र समाजमा खेलेकाे भूमिकाले आज पनि जनजनमा मनमनमा न्हु ज: प्रज्ज्वलित रहेकाे छ । २०४६ काे आन्दाेलनका लागि जनतालाई संगठित रुपमा सशक्तिकरणकाे भूमिका कम थिएन ।

नेपाल संवतकाे प्रचलन, बिस्केट जात्रामा सिन्दुर जात्राकाे चलन, पुस्तकालयकाे स्थापना, विभिन्न बाजागाजामा प्रशिक्षण सहितकाे नेतृत्वगामी भूमिका , संचालन, परिचालन । नवीन साेच, दिशानिर्देश सहित रचनात्मक तथा बाैध्दिक बहस पैरवीबाट सुसज्जित समाजकाे पुनर्निर्माण कार्य कम्ता थियाे कठिन ।

बिबिध खेलकुद, सांस्कृतिक कार्यक्रम, नाट्य मञ्चन, सामाजिक जनजागरणयुक्त कला, साहित्य श्रृजना र मन्थन,
ती बिगतका अदम्य, शाेभा शाहस, आँट, हाैसल्ला र जाेश कता थुनिएका छन् । म साेधिखाेजी गर्दैछु त्याे प्रकाश पुञ्ज, जसकाे एक झिल्काे किरणले समग्रतामा राेशन पैदा गर्दछ । त्याे शक्ति, जसकाे एक हिम्मत र अठाेटले समग्र समाजमा बदलाप ल्याउन सक्छ ।
यक्ष प्रश्नका बिचमा ४० बर्ष लागेकाे न्हूज: खल, पुस्तकालयकाे अग्रगामी बिकास समृद्धिकाे हार्दिक शुभकामना ।

Spread the love