खोलाको प्राकृतिक बाटो मासिँदा सहरमा बाढी

मङ्गलवार बिहानदेखि निरन्तर परेको पानीका कारण काठमाण्डू उपत्यकाका विभिन्न क्षेत्र जलमग्न भएका छन्। खोलाको प्राकृतिक बाटो मासिँदा सहरमा बाढीले एउटा घर भत्किएको छ। कतिपय ठाउँमा घरघरमा पानी पसेको र बाढी तथा पहिरोका कारण अन्य क्षति भएको छ। काठमाण्डू महानगरपालिकाका नगर उपरीक्षक राजुनाथ पाण्डेका अनुसार नगरका कतिपय ठाउँमा जमिन भासिएपछि पर्खालहरू ढलेका छन् भने सामाखुसीस्थित एउटा घर भत्किएको छ।  भीषण वर्षाका कारण भत्कियो। त्यहाँ बस्दै आएका दुई जना व्यक्तिको उद्धार गरिएको छ। अहिले नगर प्रहरीले व्यवस्थापन गर्दै छ ।  नगरपालिकाको कल सेन्टरमा नगरभित्रका बाढी पीडितहरूले निरन्तर सम्पर्क गरिरहेका छन्।

Spread the love