संसारको सबैभन्दा उचाइमा फल्ने नेपाली धान

वैज्ञानिकहरूले नेपालको एउटा रैथाने जुम्ली मार्सी धानलाई रोगबाट जोगाउनका लागि त्यसको बीमा आनुवंशिक चरित्र परिवर्तन गरिएको र नयाँ विकसित रोगप्रतिरोधी क्षमताका बीउ प्रयोग गरी खेतीपाती गर्दा सफलता हात लागिरहेको बताएका छन्। सन् २००५ को आसपासबाट ब्लास्टको प्रकोपका कारण विशेषगरी जुम्ला र हुम्लाका उच्च हिमाली भूगोलमा गरिने जुम्ली मार्सी धानको उत्पादन २५ प्रतिशतभन्दा बढीले घटेको थियो।

जुम्लामा कुल धानखेतको आधा अर्थात् १,४०० हेक्टरमा मार्सी धान लगाइने गरेको छ र यसलाई त्यहाँको एउटा प्रमुख नगदे बालीका रूपमा लिने गरिन्छ।  ब्लास्टको प्रकोपले त्यसमध्ये २६ प्रतिशत बाली नष्ट गरिदिएको र त्यसले किसानहरूलाई क्षति पुर्‍याएको ठानेर सन् २००५ बाट नै नेपाल कृषि अनुसन्धान परिषद्ले समाधानको उपाय खोज्न थालेको थियो। त्यसक्रममा नेपालभरि पाइने धानका जातहरू परीक्षण गर्दा अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (ईरी) विकास गरेको र हिमाली क्षेत्रमा खेती गर्न उपयुक्त ठहर गरिएको आईआर-६४ मा ब्लास्टप्रतिरोधी क्षमता रहेको पाइएको थियो। त्यही गुणलाई ‘मोलिक्युलर मार्किङ्ग विधि’ प्रयोग गरेर जुम्ली मार्सीमा सार्न सफलता प्राप्त भएको छ।

नेपाल र यूकेका कृषि वैज्ञानिकहरूको संयुक्त प्रयासमा मरुवा रोग पनि भनिने ब्लास्टप्रतिरोधी अनुवंश भएको आईआर-६४ नामक प्रजातिको बीउको अनुवंश जुम्ली मार्सीमा मिसाएर तीन प्रकारका रोगप्रतिरोधी बीउ तयार पारिएको वैज्ञानिकहरू बताउँछन्। झन्डै डेढ दशक लगाएर विभिन्न किसिमका परीक्षण सफलतापूर्वक सम्पन्न गरेपछि जुम्ली मार्सीलाई रोगप्रतिरोधी बनाइएको उक्त अनुसन्धानमा सक्रिय रहेका एक थियो।

Spread the love