विदेशी मुद्राको सञ्चिति बढेपछि आयातमा लचक राष्ट्र बैंक

विदेशी मुद्राको सञ्चिति बढेपछि आयातमा लचक राष्ट्र बैंक

 सोमबार परिपत्र जारी गर्दै केन्द्रीय बैंकले वस्तु आयात गर्दा एलसीको सीमा बढाएको छ । विदेशी मुद्राको सञ्चिति बढेपछि नेपाल राष्ट्र बैंकले आयातलाई खुकुलो बनाएको  हो। भारतबाट हुने आयातमा भारतीय रुपैयाँ ३ करोड रुपैयाँसम्मको एलसी खोल्न पाइनेछ भने तेस्रो मुलुकबाट मालसामान आयात गर्दा एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको एलसी खोल्न पाइने भएको छ। यस अघि ५० हजार अमेरिकी डलर बराबरको मात्रै एलसी खोल्न पाइने व्यवस्था थियो।  एक पटक सटही सुविधा प्राप्त गरेपछि सोही आयात तथा निर्यातकर्ताबाट ७ दिन पछि मात्रै अर्को सटही सुविधा प्राप्त गर्ने व्यवस्था पनि गरेको हो।

 

संसदको गतिरोध अन्त्य गर्न सभामुखको सक्रियता

काठमाडौं : आज बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख घिमिरेसमेत उपस्थितिमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रमुख सचेतकहरु सहभागी हुने बताइएको छ।  सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक आज पुन : बस्ने भएको छ।  बैठकमा उनीहरुबीच संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ। सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरूको अडान कायम भएपछि बैठक अनिर्णित भइरहेको छ।

प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्ने बैठक गरी सोमबार सूचना टाँस गरी स्थगित भएको थियो। घिमिरेले दलहरूबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा  आफू उभिँदै आएको बताउँदै आएका छन्।  १०० किलो सुन प्रकरणमा पनि माओवादी नेतृत्व संलग्न भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले छानबिनको माग गर्दै निरन्तर संसद अवरुद्ध गरेको छ। हालको अनुसन्धान प्रक्रियाबाट निष्कर्षमा पुग्न नसकिने भन्दै एमाले र राप्रपाले तस्करी भएको सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानवीन समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने र गृहमन्त्रीले जवाफ दिनुपर्ने बताउँदै आएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदामबाट इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ल्याएको करिब ९ किलो सुन हराएपछि उक्त प्रकरणमा संलग्न चिनियाँ व्यापारी समेत रहेका तस्करसँग महरा बाबुछोराले पटकपटक टेलिफोन सम्पर्क गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। तर हालसम्म प्रहरीले महरा बाबुछोरालाई पक्राउ गरेर अनुसन्धान गरेको छैन।

अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रमा बाढी

२३ साउन, काठमाडौं : बिहान साढे ६ बजेदेखि तरकारी बजारमा  पसेको  बाढीले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बजारका ४ सयमध्ये ३७० वटा पसलमा बाढी पसेको छ । भारी वर्षाका कारण काठमाडौं उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।   ‘भारी वर्षाले काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्,डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि खटिएको छ,सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पट्रोलिङ गर्ने र माइकिङ भइरहेको छ ।’ यसैगरी भारी वर्षाका कारणसडक,घर,विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ ।

क्यूआरकोडबाट हुने कारोबार व्यापक

नेपालमा पछिल्ला दिनमा क्यूआरकोडबाट हुने भुक्तानी व्यापक हुँदै गएको नेपाल राष्ट्र ब्याङ्कले बताएको छ । उनीहरूका भनाइमा विशेषगरी कोभिड महामारीपछि क्यूआरकोडबाट हुने कारोबारमा व्यापक वृद्धि भएको हो। त्यस्तो वृद्धि हुने क्रम तीव्र बन्दै गएको अधिकारीहरूको भनाइ छ।  वित्तीय संस्थाहरू तथा भुक्तानी सेवाप्रदायकहरूले पनि क्यूआरकोडबाट हुने कारोबारमा उल्लेख्य वृद्धि भइरहेको विवरण सार्वजनिक गरिरहेका छन्। क्यूआरकोडबाट भुक्तानी गर्ने ग्राहक तथा त्यसबाट कारोबार गर्ने विशेषगरी साना व्यवसायीले पनि उक्त प्रविधिले आफूलाई निकै सुविधा दिएको बताएका छन्। यद्यपि क्यूआरकोडबाट हुने भुक्तानी बढेसँगै केही समस्या र असुविधा पनि थपिएको उनीहरूको गुनासो छ।

भुक्तानी प्रणालीसम्बन्धी नेपाल राष्ट्र ब्याङ्कको एउटा पछिल्लो अध्ययन प्रतिवेदनले पनि क्यूआरकोडबाट हुने भुक्तानी लोकप्रिय माध्यम बन्दै गएको उल्लेख गरेको छ। भुक्तानी प्रणालीसम्बन्धी उक्त प्रतिवेदनमा भनिएको छ, “क्यूआरकोड अहिले व्यापक रूपमा ग्राहकहरूले रोजेको भुक्तानीको माध्यम हो।” प्रतिवेदन अनुसार सन् २०२१/२२ मा क्यूआर कोडबाट हुने कारोबार अघिल्लो वर्षको तुलनामा ३८२.८ प्रतिशतले वृद्धि भएको थियो। त्यस्तै सन् २०२०/२१ मा ३६६ प्रतिशतले त्यस्तो कारोबारमा वृद्धि भएको थियो।

एक लाख १३ हजार सुनको मूल्य

१६ साउन, काठमाडौं : नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसा सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।आज छापावाल सुनको मूल्य एक लाख १३ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य एक लाख १२ हजार ४५० र चाँदीको मूल्य १४ सय ७५ रुपैयाँ तोकिएको छ ।