उपराष्ट्रपति यादव आज चीन भ्रमण

काठमाडौं : उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै छन्। उपराष्ट्रपति यादव ‘चाइना– साउथ एसिया एक्सपो’मा सहभागी हुन आज सवा ४ बजे चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो  विदेश भ्रमण हो।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारी भइरहेका बेला त्यसअघि नै उपराष्ट्रपति चीन जान लागेका हुन्। साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने मेलामा यादव सहभागी हुनेछन्। चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा जाँदैछन्।

Spread the love