एसएसपी सुशील यादव मृत फेला

एसएसपी सुशील यादव मृत फेला

रुपन्देहीको भैरहवामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक  सुशील यादव शुक्रबार बिहान आफ्नै सरकारी निवासभित्र मृत फेला परेको छ । संघीय प्रहरी इकाई कार्यालय लुम्बिनीका प्रमुख समेत रहेका उनी निवासभित्र झुन्डिएको अवस्थामा फेला परेको दाबी गरिएको छ । यादव २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन् । ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते यादवले अवकाश पाउन लागेका थिए । उनको मृत्युको यकिन कारण भने खुलेको छैन ।विस्तृत विवरण आउन बाँकी छ ।

ओमिक्रोन भेरिअन्ट कम घातक भएको सङ्केत

प्रारम्भिक नतिजाले अन्य भेरिअन्टले सङ्क्रमण कम घातक भएको सङ्केत देखाएको छ।  ओमिक्रोन सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको यूके र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनहरूले देखाएका छन्।

 ओमिक्रोन भेरिअन्टले सङ्क्रमण भएका ५० देखि ७० प्रतिशतसम्म कम मानिसहरू अस्पताल भर्ना हुनुपर्ने देखाएको छ। तर ओमिक्रोन सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले एकदमै धेरै मानिसलाई चाँडो सङ्क्रमित गर्न सक्ने हुँदा अस्पतालमा भिड हुनसक्ने चिन्ता व्यक्त गरिएका छन्। यूकेमा बुधवार सर्वाधिक दैनिक सङ्क्रमण पुष्टि हुँदा एक लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन्।

समुद्रमा हेलिकप्टर दुर्घटना – १२ घण्टा पौडिएर बाँचे एक मन्त्री

 

समाचार संस्था एएफपीलाई बताएअनुसार म्याडग्यास्करका एक जना मन्त्रीले उद्धार कार्यमा खटिएको एउटा हेलिकप्टर समुद्रमा दुर्घटना परेसँगै सुरक्षित स्थानसम्म पुग्नका लागि १२ घण्टा पौडिएको बताएका छन्। उनीसँगै यात्रा गरिरहेका सुरक्षा निकायका दुई अधिकारीहरू पनि दुर्घटनामा बच्न सफल भएका छन्। उनीसँगै यात्रा गरिरहेका सुरक्षा निकायका दुई अधिकारीहरू पनि दुर्घटनामा बच्न सफल भएका छन्।   सोमवार भएको दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन तर ५७ वर्षका गेलले आफूले “रात साढे सात बजेबाट बिहान साढे सात बजेसम्म” पौडिएको बताए। प्रहरी प्रमुख जाफीसम्बत्रा राभोआभीले  गेलले हेलिकप्टरको एउटा सिटलाई तैरिनका लागि प्रयोग गरेका थिए।

 

उखुको मूल्य घटाउन चलखेल

पुस, काठमाडौं : नेपालमा ४१ जिल्लाका ७१ हजार ६ सय २५ हेक्टर क्षेत्रफलमा वर्षेनी उखु खेती गरिन्छ । जसमध्ये तराईका ११ वटा जिल्लामा उखुखेती व्यवसायीक रुपमा गरिर्दै आइएको कृषि विकास मन्त्रालयले जनाएको छ ।  उखुको खरिद मूल्य घटाउन उद्योगीले चलखेल गरेको भन्दै सरकारले प्रस्तावित गर्ने मूल्य स्वीकार नगर्ने चेतावनी उखु उत्पादक महासंघले दिएको छ । यो वर्ष उखुको मूल्य तोक्न उखुको पकेट क्षेत्र मानिने तराईका १० जिल्लामा अधिकृत स्तरको २ जना प्रतिनिधि खटाएर कृषि मन्त्रालयले गृहकार्य थालेको थियो । प्रत्येक जिल्लाबाट कम्तीमा पनि ३० भन्दा बढी अध्ययन नमूना संकलन गरिएको र सोकै आधारमा मूल्य तोक्ने तयारी थालेको मन्त्रालयको दाबी छ । गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम् मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।

किसानले आफ्नो लागतअनुसार माग गरेकोभन्दा प्रतिक्विन्टलमा १२६ रुपैयाँ कममा मूल्य तोक्न चलखेल भएको महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए । किसानसँग भएको छलफलमा उखुको मूल्य प्रतिक्विन्टल ६८० रुपैयाँ तोक्न राजी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय उद्योगीले कान फुकेपछि ५५४ रुपैयाँ मूल्य तोक्न अग्रसर भएको अध्यक्ष मैनालीको आरोप छ ।

मंसिर अन्तिम सातादेखि नै उखुको मूल्य तोक्न चरणबद्ध छलफल भएको र हरेक बैठकमा किसानलाई सस्तो मूल्यमा उखु बिक्री गर्न दबाव दिएको महासंघले जनाएको छ ।

 

प्रतिनिधिसभा बैठकमा पत्रकारलाई रोक

संसद सचिवालयले प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक  लगाएको छ । संघीय संसद् भवनको प्रतिनिधिसभामा रहेको पत्रकार कक्ष प्रवेशमा पत्रकारलाई सुरक्षाकर्मीले माथिको आदेशु भन्दै रोक लगाएको छ । नियमित रुपमा पत्रकारहरूले प्रत्यक्ष रिपोर्टिङ गर्न जाने क्रममा  सुरक्षाकर्मीले रोक लगाएको छ ।  यसअघि पत्रकारहरूलाई सहज रुपमा प्रवेश हुँदै आएको थियो ।

पत्रकारहरूलाई रोक लगाएको विषयमा बुझ्न खोज्दा संसद् सचिवालयका कसैले पनि प्रतिक्रिया दिन चाहेनन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले पत्रकारहरूलाई जान नदिनेबारे आफूलाई मंगलबार बिहानै जानकारी मिलेको प्रतिक्रिया दिए । किन त्यस्तो गरिएको भन्नेबारे उनले प्रतिक्रिया दिन चाहेनन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठक पनि एमालेले अवरुद्ध गरिराखेको छ । एमालेको अवरोध र नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही अगाडि बढाएको छ ।

विश्व स्वास्थ्य संगठनद्धारा क्रिसमसका कार्यक्रम रद्द गर्न आग्रह

अमेरिकाका स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो समयमा अमेरिकामा ओमिक्रोनका सङ्क्रमितहरु  बढ्दै गएको देखिएको बताएका छन् ।अमेरिकाका अधिकारीहरुले विश्वका अरु देशका तुलनामा ओमिक्रोन भाइरस अमेरिकाका निकै नै दू्रत गतिमा फैलिएको बताएका छन् । उनीहरुले गएको डिसेम्बर १ मा मात्र अमेरिकामा पहिलो सङ्क्रमित देखिएकामा अहिले आएर यहाँका करिब ४८ राज्यमा नै यो सङ्क्रमण फैलिएको जनाएका छन् । अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा।एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा पनि ओमिक्रोनको सङ्क्रमण सर्न सक्ने बताउनु भएको छ ।

विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको रक्षाका लागि भन्दै आफ्ना छुट्टीका कार्यक्रमहरु तथा योजना रद्द गर्न सर्वसाधारणलाई  आग्रह गरेको  छ ।विश्व स्वास्थ्य संगठनका प्रमुख डा। टेड्रोस एड्हानोम गेहब्रेयससले ओमिक्रोन डेल्टा भेरिअन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य पत्ता लागेको भन्दै यो क्रिसमसका बेला हुने ओहारदोहोरले अझ धेरै असर गर्नेतर्फ सबैजना सचेत हुनुपर्ने बताउनुभयो । (रासस

सुनको भाउ बढ्यो

सुनको भाउ फेरि बढेको छ ।  छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   तेजाबी सुन पनि बढेर प्रतितोला ९३ हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । आइतबार भने सुनको भाउमा गिरावट आएको थियो । सो दिन सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेर प्रतितोला ९३ हजार ६०० रुपैयाँमा झरेको थियो ।  पुष ५ गते, सोमबार सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको हो । सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार हुँदैछ । साताको पहिलो कारोबार दिन भने तोलामा पाँच रुपैयाँले घटेको थियो ।

 

युएस नेपाल क्लाइम्बर्समा १७ सदस्यीय नयाँ कार्यसमिती चयन, अध्यक्षमा पुन: पासाङ् निमा शेर्पा

डिसेम्बर १२ तारिक २०२१ मा न्यू योर्क को कुइन्स मा अन्तरराष्ट्रिय प्रबतारोहन दिबस को अवसर पारेर सम्पन्न भएको यु यस् नेपाल कलाइम्बर्स एस्सोसियसन को तेस्रो अधिबेसन मा पासाङ् निमा शेर्पा प्रेसिडेन्ट मा तथा आङ दावा शेर्पा जेनेरल सेक्रेटेरी लगायत १७ सदसिय नयाँ कार्यसमिती चयन आगामी ३ बर्से कार्यकाल को निमित्त सर्बसम्मत चयन भएको छ | संस्थाको भुत्पुर्ब प्रेसिडेन्ट तथा फाउण्डर सेराप जाङ्बु शेर्पा ज्युको सभापतित्व मा सम्पन्न उक्त कार्यक्रम मा शेर्पा किदुक अमेरिका का प्रेसिडेन्ट छिरीङ शेर्पा, शेर्पा संघ अमेरिका का प्रेसिडेन्ट आङ जाङ्बु शेर्पा, शेर्पा किदुक अमेरिका बोर्ड अफ ट्रस्टिस का कोअर्डिनेटर पेम्बा ग्याल्जेन शेर्पा, शेर्पा किदुक अमेरिका का प्रबक्ता पासाङ् जि शेर्पा, गुरुङ सोसाइटी अमेरिकाका निबर्तमान सदस्य तथा यु यस् नेपाल कलाइम्बर्स एस्सोसियसन का आजिबन सदस्य जीत गुरुङ, यु यस् नेपाल कलाइम्बर्स एस्सोसियसन का भु पु महासचिब लाक्पा नुरु शेर्पा, उक्त संस्थाको अर्को भु पु महासचिब आङ ग्याल्जेन शेर्पा लगायत ले शुभकामना मन्तब्य दिनु भएको थियो |

उक्त कार्यक्रम मा संस्थाको महासचिब मिङ्मार लामा द्वारा संस्था ले बिगत ३ बर्से कार्यकाल मा गर्नु भएको काम को प्रतिबेदन सुनाएका थिए भने संस्था का ट्रेजर लाक्पा गेलु शेर्पा ले संस्थाको खर्च तथा आम्दानी को हिसाबकिताब को विवरण प्रस्तुत गरेका थिए | कार्यक्रम को अन्त्य मा प्रेसिडेन्ट पासाङ् निमा शेर्पा ले संस्थाको बारेमा चर्चा गर्दै सम्पूर्ण उपस्थित सबैलाई धन्यवाद दिएका थिए भने उक्त तेस्रो अधिबेसन को सभापति र भु पु प्रेसिडेन्ट तथा संस्थाका फाउनडर शेराप जाङ्बु शेर्पा ज्यु ले सम्पूर्ण नव निर्बाचित नयाँ कार्यसमिती हरु लाई सपथ ग्रहण गराउनु भएको थियो | उक्त कार्यक्रम मा नवनिर्बाचित नयाँ कार्यसमिती हरुलाई युनाईटेड शेर्पा एस्सोसियसन इन्क अमेरिकाका प्रेसिडेन्ट छिरीङ शेर्पा ले प्रमाणपत्र बितरण गर्नुभएको थियो भने निबर्तमान कार्यसमिती हरुलाई शेर्पा संघ अमेरिकाका प्रेसिडेन्ट आङ जाङ्बु शेर्पा ले प्रमाणपत्र बितरण गर्नु भएको थियो उक्त तेस्रो अधिबेसन को कार्यक्रम संस्थाका सचिब कर्ण बहादुर तामाङ् ले सन्चालन गरेको थियो |

सर्बसम्मत निर्वाचित नयाँ कार्यसमितीका पदाधिकारिहरु —

१. पासाङ् निमा शेर्पा, प्रेसिडेन्ट          

२. मिङ्मार लामा, फस्ट भाईस प्रेसिडेन्ट           

३. पासाङ शेर्पा, सेकेन्ड  भाईस प्रेसिडेन्ट           

४. आङ  दावा शेर्पा, महासचिब     

५. पासाङ् शेर्पा, सचिब  

६. लाक्पा नुरु शेर्पा, टेरेजर 

७. लाक्पा गेलु शेर्पा, भाईस टेरेजर  

८. आङ काजी शेर्पा, बोर्ड् मेम्बर  

९. लाक्पा जि शेर्पा, बोर्ड्  मेम्बर   

१०. दा वोङ्छु शेर्पा, बोर्ड्   मेम्बर   

११. काजी शेर्पा, बोर्ड्  मेम्बर   

१२. दोमे शेर्पा, बोर्ड्   मेम्बर   

१३. छुरिम डोमा शेर्पा, बोर्ड् मेम्बर   

१४. पासाङ् शेर्पा, बोर्ड्  मेम्बर 

१५. मिङ्मार टि शेर्पा, बोर्ड मेम्बर 

१६. ङिमा गेल्जेन शेर्पा, बोर्ड् मेम्बर 

१७. दावा जाङ्बु शेर्पा, बोर्ड् मेम्बर

सभापति शेरबहादुर देउवा र पराजित शेखर कोइरालाको राजनीतिक यात्रा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन्। पहिलो चरणको निर्वाचनबाट सभापति चयन हुन नसकेपछि दोस्रो चरणको चुनावबाट उनी सभापति चुनिएका हुन्। मङ्गलवार पुन: भएको निर्वाचनमा कूल ४,७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४,६२३ ले मत खसालेकोमा देउवाले २,७३३ र कोइरालाले १,८५५ मत पाए। ३५ मत बदर भएको दोस्रो चरणको निर्वाचनमा पहिलोमा भन्दा ५६ मत कम खसेको थियो।  उनले शेखर कोइरालालाई पराजित गरेर दोस्रो पटक सभापति बन्न सफल भए। देउवाले पाएको मत कुल प्रतिनिधिको ५७.६२ प्रतिशत हो।

पहिलो चरणमा देउवाको विरुद्धमा सभापतिको उम्मेदवार बनेका विमलेन्द्र निधि र प्रकाशमान सिंहले दोस्रो चरणमा समर्थन गरेपछि देउवालाई चुनाव जित्न सहज बनेको थियो।   कांग्रेसका सभापति देउवा पाँचौँ पटक प्रधानमन्त्री हुन पाउने भाग्यमानी नेपाली नेतामा पर्छन्।

  राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु गरेका थिए। कार्यकर्ताको मतले सभापति चुनिएका देउवाको राजनीतिक छवि भने विवादरहित छैन। आलोचकले उनलाई ‘प्रजातन्त्र दरबारलाई लगेर बुझाएको’ भन्ने आरोप पनि लगाउँछन्। त्यस्तै उनले प्रधानमन्त्रीका रूपमा होस् वा पार्टी सभापतिका रूपमा “खासै राम्रो भूमिका निभाउन नसकेको” भन्नेहरू धेरै छन्। कतिपयका नजरमा उनी “राजनीतिक संयोगहरूका कारण” पटक पटक सफलताको सिँढी चढ्न सफल भएका हुन्।

तस्बिर, भिडियो खिच्न नदिएपछि पत्रकारले गरे क्यामरा डाउन

काठमाडौं : सोमबार मतदान सुरु भएपछि प्रहरीले मतदानस्थलमा तस्बिर तथा भिडियो खिच्न पत्रकारलाई रोक लगाइएको छ। नेपाली कांग्रेसको जारी महाधिवेशनमा तस्बिर/भिडियो खिच्न नदिएपछि पत्रकारले क्यामरा डाउन गरेका छन्।  प्रहरीले बाहिर जान भन्दै पत्रकारलाई दुर्व्यवहार गरेको उनीहरुले बताएका छन्। कांग्रेस निर्वाचन समितिको निर्देशन भन्दै मतदानस्थलबाट प्रहरीले पत्रकारलाई प्रवेश गर्न नदिइएको त्यहाँ उपस्थित पत्रकारहरुले जनाएका छन्।  पत्रकारलाई गेट बाहिर निकालेपछि पत्रकारहरुले सडकमा क्यामेरा राखी विरोध गरेका छन्।  उनीहरुले दूर्व्यवहार भएको भन्दै माफि नमागे महाधिवेशन बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन्। भृकुटीमण्डपको हलमा प्रदेश नं १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधि र भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ।