स्मार्ट लाइसेन्स छपाईले निरन्तरता पाउँदै – १४ लाख स्मार्टकार्ड छाप्दै

विगत डेढ बर्षदखि रोकिएको स्मार्टकार्ड छपाईले पुनः निरन्तरता पाउने भएको छ । यातायात विभागका इन्जिनियर सन्तोष पोखरेलले आज ३ बजेदेखि औपचारीक कार्यक्रम मार्फत लाइसेन्स छपाई र वितरण कार्य हुने बताए ।  फ्रान्सेली कम्पनी सेल्प एसएसएलले यातायात व्यवस्था विभागलाई १४ लाख स्मार्टकार्ड उपलब्ध गराएको एक महिनापछि आज मंगलबारदेखि छापाई सुरु हुने भएको हो । स्मार्ट लाइसेन्स आपूर्तिको जिम्मा पाएको फ्रान्सेली कम्पनीले डेढ बर्ष स्मार्टकार्ड ल्याउन ढिलाइले लामो समय स्मार्टकार्ड छपाई रोकिएको थियो भने अर्जेन्टका लागि दिइने लाइसेन्स पनि छाप्न सकेको थिएन ।

नेपालमा कोरोना भाइरसका कारण भएको पहिलो चरणको बन्दाबन्दीपछि स्मार्टकार्डको सर्टेजले स्मार्टलाइसेन्स छपाई र बितरण रोकिएको थियो ।    मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु कुमारी यादवले उद्घाटन गर्दै फ्रान्सेली कम्पनीले गत एक महिना अघि नेपाल ल्याएको स्मार्टकाड लाइसेन्स छपाई सुरु गर्ने कार्यक्रम छ । ईन्जिनियर पोखरेलका अनुसार अब छपाईं हुने स्मार्टलाइसेन्सको डिजाइन र फम्र्याट फरक हुने छ । अहिले वितरण भइरहेको स्मार्टलाइसेन्स प्रविधि मैत्री नभएको र पुनरावलोकन गनुपर्ने जरुरी देखिएकाले पनि कार्ड फरक देखिने उनको भनाई छ ।

 

Spread the love