बाङ्ग्लादेशमा तीनतले डुङ्गामा आगलागी

बाङ्ग्लादेशमा एउटा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको छ। डुङ्गामा ५०० जना यात्रु रहेको बताइएको छ। त्यहाँको सुगन्धा नदीमा उक्त घटना भएको हो।

घटना भएको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले अहिलेसम्म कम्तीमा ३७ वटा शव फेला पारिएको छ। डुङ्गामा आगो लाग्दा कैयौँ यात्री नदीमा हाम फालेको अधिकारीहरूले बताएका छन्। “मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ। धेरैजसोको मृत्यु आगोले जलेर भएको छ भने केही आगलागी भयो भनेर पानीमा हामफाल्दा डुबेर मरेका छन्।”

Spread the love