कक्षा १२ को नतिजा प्रकाशित

कक्षा १२ को नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ ।  गत वैशाखमा सञ्चालन गरिएको कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको हो । प्रकाशित गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । परीक्षामा जम्मा ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए ।  नियमिततर्फ ३ लाख ३८ हजार ६ सय ८८ जना परीक्षामा सहभागी भएका थिए । तीमध्ये ३.६ देखि ४.० जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ७ हजार ६३ रहेको छ । कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको थियो भने बोर्डले उत्तरपुस्तिका परीक्षण गरेको थियो । गत वर्ष विद्यालयले नै उत्तरपुस्तिका परीक्षण गर्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको थियो ।

यसपटक ३.२ देखि ३.६ जीपीए ४८ हजार ४९ जना, २.८ देखि ३.२ जीपीए ७० हजार १ जना, २.४ देखि २.८ जीपीए ९९ हजार ५ सय ३७ जना, २.० देखि २.४ जीपीए ७५ हजार ८८ जना १.६ देखि २.० जीपीए २४ हजार ५ सय १५ जना विद्यार्थीले ल्याएका छन् । त्यस्तै ३ हजार ८ सय ७५ जनाले १.२ देखि १.६ जीपीए, २ सय ९६ जनाले ०.८ देखि १.२ जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ । ०.० देखि ०.८ जीपीए ल्याउने विद्यार्थीको संख्या १० हजार ७३ जना रहेको छ ।ग्रेडवृद्धितर्फ २८ हजार ४ सय ६६ परीक्षार्थी सम्मिलित थिए । आंशिकमा ६ हजार ८ सय ६१ जनाले परीक्षा दिएका थिए । उनीहरुको पनि नतिजा सार्वजनिक गरिएको छ ।

https://neb.ntc.net.np/ मा हेर्न सकिने अर्यालले बताए । एनईबी लेखेर एक स्पेस दिई सिम्बोल नम्बर लेखेर १६००मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

The world’s most expensive cities in 2021

Supply-chain blockages and changing consumer demand have pushed up the cost of living in many of our biggest cities, according to new research published Wednesday, and inflation is the fastest recorded over the past five years.
One city has been experiencing more rapid change than most, jumping from fifth place to first in this year’s Worldwide Cost of Living index released by the Economist Intelligence Unit (EIU).
The Israeli city of Tel Aviv topped the rankings for the first time, overtaking last year’s leader Paris, which is now tied in second place with Singapore. The EIU attributes Tel Aviv’s sharp rise on the index to increases to grocery and transport prices and the strength of the Israeli shekel against the US dollar.

कोरोनाबिरुद्धको खानेचक्की प्रयोगको अनुमति सिफारिस

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएका सल्लाहकारहरुले कोरोनाबिरुद्धको खानेचक्की मर्कलाई प्रयोगको आपतकालिन स्वीकृतिका लागि अनुमतिको सिफारिस गरेका छन् । सिफारिसका पक्षमा १३ र विपक्षमा १० मत खसेको थियो । मोल्न्यूपिरभीरलाई स्वीकृतिका लागि सिफारिस गर्ने सन्दर्भमा सल्लाहकारहरुबीच मत विभाजन भएको छ ।  यो चक्की संक्रमण देखिएको पाँच दिनभित्र सेवन गर्नुपर्छ । दिनको दुईपटक चारवटा चक्की ५ दिनसम्म सेवन गर्नुपर्छ । एफडीएका सल्लाहकार समिति सदस्यहरु खासगरी गर्भवती महिलामा चक्कीको सेवनबारे चिन्तित भएका थिए । सल्लाहकार समितिको सिफारिस अनुशार एफडीएले स्वीकृति प्रदान गरेको खण्डमा कोरोनाबिरुद्धको उपचारका लागि अमेरिकामा स्वीकृति पाउने यो पहिलो खानेचक्की हुनेछ ।

अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको मोल्न्यूपिरभीरलाई यूकेको औषधि नियामक निकायले अनुमोदन गरिसकेको छ । यूकेमा कोभिडका हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने एउटा पनि कारक भएका जस्तो कि मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा मोल्न्यूपिरभीरको प्रयोगका लागि अनुमति दिइएको थियो । कोभिडको उपचारमा सुईको रूपमा दिनुको साटो खान मिल्ने विश्वमै यो पहिलो पटक अनुमोदन गरिएको एन्टिभाइरल हो । यूकेले शुरूमा यो वर्षको अन्त्यसम्ममा ४ लाख ८० हजार वटा मोल्न्यूपिरभीर औषधि पाउने गरी खरिद सम्झौता गरिसकेको छ ।

केपी शर्मा ओली फेरि पार्टी अध्यक्ष निर्वाचित

संसद्‌को सबैभन्दा ठूलो दल नेकपा एमालेको अध्यक्ष पदमा नेता केपी शर्मा ओली निर्वाचित भएका छन्। चितवनको सौराहामा जारी दशौँ महाधिवेशनमा भएको निर्वाचनमा भीम रावललाई निकै पछाडि पार्दै ओली पाँच वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्। निर्वाचन आयोग प्रमुख विजय सुब्बाले नवनिर्वाचित अध्यक्ष ओलीलाई शपथ खुवाएका छन्। मङ्गलवार बिहान विद्युतीय उपकरण प्रयोग गरेर निर्वाचन सम्पन्न भएको थियो। निर्वाचन आयोग प्रमुख विजय सुब्बाले नवनिर्वाचित अध्यक्ष ओलीलाई शपथ खुवाएका छन्। महाधिवेशनका लागि छानिएका कुल २,१५३ प्रतिनिधिमध्ये २,०९६ जनाले मतदान गरेका थिए।