‘चपली हाइट ३’ का कलाकारले पारिश्रमिक पाएनन् !

नेपालमा कलाकारहरुले तीन चरणमा पारिश्रमिक पाउने गरेका छन् । नेपाली फिल्म क्षेत्रमा कलाकारहरुले पारिश्रमिक नपाएको खबर प्रायः सुन्नमा आइरहन्छ । फिल्म साइन गरेपछि पहिलो चरणको, छायांकन सकिएपछि दोस्रो चरणको र डबिङ सकिएपछि अन्तिम चरणको पारिश्रमिक पाउँछन् । तीन वर्ष अगाडि फिल्म ‘रोज’ बाट पूरा पारिश्रमिक नपाएको भन्दै अभिनेता प्रदीप खड्का, अभिनेत्री परमिता आरएल राणा कानुनी उपचारमा समेत जाने तयारीमा थिए ।  पारिश्रमिक नपाएपछि कलाकार राजाराम पौडेलले पनि मिडियामा गुनासो पोखेका थिए । कलाकारहरुले पहिलो चरणबाहेक अरु पारिश्रमिक पाउन निर्मातासँग युद्ध नै लड्नु पर्छ । पारिश्रमिक लेनदेनको विषयले निर्माता र कलाकारबीच बोलचाल समेत हुँदैन ।
Spread the love